बलिउडका अभिनेता सन्नी देवलको सुरक्षा बढाइएको छ। उनलाई दुई जना कमान्डो, प्रहरी तथा पिएसओसहित ११ जनाको सुरक्षा टाली उपलव्ध गराइएको भरतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केहि दिन अघि सरकारले ल्याएको किसान कानूनको समर्थनमा बोलेका बोलेका सन्नीको सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको हो । भारतमा सरकारी कानूनको विरोधमा किसानहरु आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनकारीको पक्ष नलिइ सरकारलाई साथ दिएसँगै सन्नीलाई ‘वाई क्लास’ सुरक्षा दिइएको एनडिटिभीले जनाएको छ। उनी भारतीय जनता पार्टी भाजपाका सांसद समेत हुन्।
उनलाई सुरक्षा दिनुको कारण समेत रहेको छ। किसान कानूनको समर्थनमा बोलेपछि आन्दोलनरत किसानहरू भड्किएका थिए। जुन आन्दोलन अहिले भारतमा आन्दोलन चर्चिरहेको छ।
उनले किसानको आन्दोलनका नाममा अरुले फाइदा लिन खोजिरहेको आरोप लगाएका थिए ।
सन्नीले ट्वीटरमा लेखेका थिए,‘मलाई थाहा छ कि धेरैजसो मानिसहरूले यो अवस्थाको फाइदा उठाउन खोजिरहेका छन् र समस्या उत्पन्न गरिरहेका छन्।’
आफ्नो पाटी र आफु सधैँ किसानको पक्षमा उभिएको र उनीहरुको एजेन्ड हुनुपर्ने बताएका छन्।
उनले ट्वीटरमा थप लेखेका छन्,‘उनीहरू किसानका बारेमा सोचिरहेका छैनन्। उनीहरूसँग आफ्नै एजेन्डा हुनुपर्छ। म मेरो पार्टी र किसानहरूसँग उभिन्छु र म सधैं किसान रहन्छु।’
