बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

खेलकुद

म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

अन्तराष्ट्रिय, खेलकुद, समाचार
एजेन्सी । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको चौंथो चरणमा लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो । ओल्ड ट्राफोर्डमा भएको रोमान्चक खेलमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो । मोहमद सलाहले १८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, खेलको २६ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ४८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए । तर, सलाहले खेलको ५८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो। त्यसपछि युनाईटेडका लागि ब्रुनो फर्नान्डेस नायक बने ।खेलको ७८ औं मिनेटमा फर्नान्डेसले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए । अब युनाईटेडले पाँचौं चरणमा वेस्ट ह्यामको स...
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशको जित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशको जित

खेलकुद, समाचार
राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतवार विभागीय टोली त्रिभुवन आर्मी क्लब र बाग्मती प्रदेशले जित निकालेका छन् । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकाल्दा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । यस्तै आइतवारकै अर्को खेलमा विभागीय टोली तथा साविकको विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बाग्मतीले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । आर्मीले लगातार जित निकाल्दा कर्णाली प्रदेशले पराजयबाट प्रतियोगिताको सुरुआत गरेको छ । आर्मीले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले मात्र १ सय १५ रन जोड्न सक्यो । ३३.३ ओभरमा कर्णालीले सबै विकेट गुमाउँदा प्रतियोगिता पराजयबाट सुरुआत गर्न पुगेको हो । जवाफी ब्याटिङ गर्ने क्रममा कर्णालीका लागि कप्तान रविन्द्र शाहिले सर्वाधिक ...
राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने

राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने

खेलकुद
राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उद्घाटन खेल दिउँसो २ बजे शुरु हुनेछ । पहिलोपटक बृहत्रूपमा आयोजना गर्न लागिएको महिला लिगको उद्घाटन खेलमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । उद्घाटनपछिका खेल भने एन्फा मैदान सातदोबाटोमा हुनेछन् । पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन् । एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । महिला लिग पहिलोपटक राउण्ड रोबिनको आधारमा हुनलागेको हो । पाँचौँ संस्करणको महिला साफ च्याम्...
इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३-१ को महत्वपूर्ण जित दिलाए

इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३-१ को महत्वपूर्ण जित दिलाए

अन्तराष्ट्रिय, खेलकुद
इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ । आइतवार राति भएको खेलमा युभेन्टसले सासुओलोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, आरोन रामसे र डानिलोले समान एक एक गोल गरे । सासुओलोका ग्रेगोइरे डेफ्रेले एक गोल फर्काए । युभेन्टसविरुद्ध सासुओलो पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । पेड्रो ओबोयाङले पहिलो हाफको अन्तिम समयमा रातो कार्ड पाएका थिए । दोस्रो हाफमा घरेलु टिमले अग्रता बनायो । खेलको ५० औं मिनेटमा डानिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर,५८ औं मिनेटमा सासुओलोका डेफ्रेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ८२ औं मिनेटमा रामसेले गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३-१ को महत्वपूर्ण जित दिलाए । जितसँगै युभेन्टसले १६ खेलमा ३३ अंक जोडे...
स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ ।

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो । ओसासुनाको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियलले अंक बाड्नु परेको हो । बल पोजिसनमा एकतर्फी पकड जमाएपनि रियलका फरवार्डले गोल गर्न सकेनन् । यता, घरेलु टोलीका खेलाडीले पनि केहि उत्कृष्ट अवसरलाई गोलमा बदल्न सकेनन् । बराबरीमा रोकिएसँगै रियलले १८ खेलमा ३७ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । ओसासुना १५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । ...
गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरुको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको दिस्रो दिनका खेलहरु सम्पन्न

गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित क्लब सदस्यहरुको मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको दिस्रो दिनका खेलहरु सम्पन्न

खेलकुद
गोकर्णेश्वर नगरपालिका वडा नं ४मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३१औं बार्षिक उत्सबको अवसरमा आयोजित क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको दोस्रो दिनको खेलहरु सम्पन्न भएको छ । कोरोनाको कारण खेल गतिबिधि प्राय ठप्प हुँदा प्रभावित बनेको खेल क्षेत्रलाइ चलायमान बनाउदै खेलकुदमा रुची राख्ने क्लबका सदस्यहरु बीच आयोजित मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल धनबहादुर श्रेष्ठ र हरिदास श्रेष्ठको जोडी संग रामहरी श्रेष्ठ र राम श्रेष्ठको जोडी बीच भएको थियो। उक्त खेलमा  धनबहादुर श्रेष्ठ र हरिदास श्रेष्ठको जोडीले रामहरी श्रेष्ठ र राम श्रेष्ठको जोडीलाई २१- १८ , २२- २० र २१- २० अंकको तेस्रो सेटमा पराजित गर्दै अर्को चरणमा  प्रवेश गरेको छ । त्यसैगरि आजको दोस्रो खेल विजय श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडी संग प्रमोद चन्द्र डाँगी र राजकुमार ...
सैलुङ भर्चुअल तेक्वान्दोको तयारी पूरा

सैलुङ भर्चुअल तेक्वान्दोको तयारी पूरा

खेलकुद
सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता जनवरी ८ तारिखदेखि सुरु हुँदैछ ।प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्वती गुरुङ, कमल श्रेष्ठ, जितबहादुर बोट, सुशीला राईलगायत २ सय खेलाडीको सहभागिता रहने  छ । त्यसमा १ सय २० पुरुष र ८० महिला खेलाडी रहेको आयोजक डोजाङका प्रमुख नोर्बु मोक्तानले जनाएका छन् ।पुरुष÷महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुष÷महिला दुवैमा १० वर्ष, १२ वर्ष, १५ वर्ष, १७ वर्ष, १८–३० वर्ष, ३१–४० वर्ष र ४१ वर्षमाथि उमेरसमूहमा खेलाडीले आ–आफ्नो कौशल प्रदर्शन गर्ने छन् ।प्रतियोगिताको सम्पूर्ण खर्च सैलुङ गाउँपालिकाले व्यहोर्ने डोजाङ प्रमुख मोक्तानले जानकारी  दिए । सहभागीले बढीमा १ मिनेट ३० सेकेन्डको भिडियो आयोजकलाई पठाउनु...
स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई २–० ले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई २–० ले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोलाई २–० ले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। गएराति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टा हराउँदै १७ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा पुगेको हो। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३५ अंक छ। ​ रियलको जितका लागि लुकास भाञ्क्वेजले खेलको सुरुवाती ६ मिनेटमै पहिलो गोल गरेका थिए । पहिलो हाफमा १–० ले अग्रता रिएको रियलले दोस्रो हाफमा थप एक गोल गरेको हो। दोस्रो हाफको ५३ औं मिनेटमा मार्को एसेन्सिओले गोल गर्दै रियलको २–० को जित निश्चित गरेका हुन्। पराजित भएको सेल्टा १७ खेलबाट २३ अंकसहित आठौं स्थानमा छ । ...
अष्ट्रेलियामा जारी बिग बास लिगमा  सन्दीप लामिछानेको टोली होबार्ट हुरिकेन्स विजयी

अष्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप लामिछानेको टोली होबार्ट हुरिकेन्स विजयी

अन्तराष्ट्रिय, खेलकुद, समाचार
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उनको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ । होबार्टले मेलवर्न स्टार्सलाई आज भएको खेलमा २१ रनले पराजित गरेको हो । लामिछानेले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिए । लमिछानेले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिएका हुन  । उनले मेलबर्नका हिल्टन कार्टराइट र बेन डङ्कलार्यको विकेट लिएका हुन् । चौध दिनको अनिवार्य क्वारेन्टिनको समय सकिएपछि लामिछानेले आज पहिलो खेल खेलेका हुन । टस हारेपछि लामिछानेको टोली होबार्टले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । होबार्टका लागि बेन म्याकड्रेमटले ३१, डविड मलानले ७५ रन बनाए  । एक सय ४६ रनको लक्ष्यका साथ ब्याटिङ गर्न उत्रेको मेलबर्न स्टार्स २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन मात्र बनायो । मेलबर्नका लागि कप्तान ग्लेन म्य...
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी

खेलकुद, समाचार
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी भएका छन् । बिहीबार भएको छनोट खेलमा काठमाडौँले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २९१ रनले पराजित गरेको हो । काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३३ दशमलव ४ ओभरमा ९७ रन बनायो । अन्ठानब्बे रनको विजय लक्ष्य काठमाडौँले २३ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । काठमाडौँका लागि जितेन्द्रसिंह ठकुरीले ३८, रविन जोशीले २७ तथा विभत्सु थापाले १६ रन बनाए । बलिङतर्फ भक्तपुरका सुवास खत्रीले चार तथा धिरज अधिकारीले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा भक्तपुरका लागि अदित सुवेदीले ३६, कृष कार्कीले २७ तथा सुवास खत्रीले १४ रन बनाए । बलिङतर्फ काठमाडौँका ईशान पाण्डेले ७ दशमलव ४ ओभरमा २८ रन खर्चेर ५ विकेट लिए । यस्तै सुमन उद...