बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

खेलकुद

आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै

आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै

खेलकुद, समाचार
 प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघले जनाएको छ । प्रतियोगितामा विभागीय टोली एपीएफसँगै ७ प्रादेशिक टोलीको सहभागिता रहने छ । जसमा सहभागी टोलीहरुलाई समूह ‘ए’ र समूह ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ ।समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् भने समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर १ रहेका छन् । अहिले बिहान साढे ९ बजे हुने उदघाटन खेलमा लुम्बिनीले प्रदेश २ को सामना गर्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलका दुवै खेल १७ गते हुनेछन् भने प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ। प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोज...
म्यानचेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश

म्यानचेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश

अन्तराष्ट्रिय, खेलकुद, समाचार
म्यानचेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनल साबिक विजेता म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएको हो । सिटीको जितमा तेस्रो मिनेटमा गाब्रियल जिसस, ५४ औँ मिनेटमा रियाद महरेज, ५९ औँ मिनेटमा फिल फोडिन तथा ७३ औँ मिनेटमा एमेरिक लापोर्तेले गोल गरे । आर्सनलका लागि ३१ औँ मिनेटमा एलेक्सान्डर लाकाजेटीले एक गोल गरेका हुन् । ...
चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित

चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको हो । उसका लागि थिएगो सिल्भाले एक तथा ट्यामी अब्राहमले दुई गोल गरे । जितसँगै २५ अंक जोडेको चेल्सी पाँचौ स्थानमा पुगेको छ ।
रोवर्ट लेवान्डोस्कीले यो वर्षको ‘बेष्ट फिफा फुटबल अवार्ड’मा पुरुषतर्फ उत्कृष्ट घोषित ,रोनाल्डो दोस्रो, मेस्सी तस्रो !

रोवर्ट लेवान्डोस्कीले यो वर्षको ‘बेष्ट फिफा फुटबल अवार्ड’मा पुरुषतर्फ उत्कृष्ट घोषित ,रोनाल्डो दोस्रो, मेस्सी तस्रो !

अन्तराष्ट्रिय, खेलकुद, समाचार
लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पनि पार्दै बायर्न म्युनिखका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले यो वर्षको ‘बेष्ट फिफा फुटबल अवार्ड’मा पुरुषतर्फ उत्कृष्ट घोषित भएका छन् । पोल्यान्डका ३२ वर्षीय सुपरस्टार लेवान्डोस्कीले सन् २०१९-२० को सिजनमा ४७ खेलमा ५५ गोल गरेका थिए । बायर्नलाई तीन मुख्य उपाधि दिलाउन उनको निर्णायक योगदान थियो । उनी च्याम्पियन्स लिग र लिग कपका सर्वाधिक गोलकर्ता पनि बनेका थिए । फिफाले हरेक वर्ष ९ विधामा अवार्ड प्रदान गर्ने गर्छ । यसवर्ष म्यानचेस्टर सिटीकी डिफेन्डर लुसी ब्रोन्ज महिलातर्फ उत्कृष्ट बनिन् । विजेताको घोषणा राष्ट्रिय टोलीका कप्तान र मुख्य प्रशिक्षक, समर्थकबाट आउने अनलाइन मत र विश्वभरबाट २ सय जना खेलकुद पत्रकारबाट आउने मतका आधारमा गरिन्छ । यस्तोमा लेवान्डोस्कीले ५२ अंक पाएका थिए भने रोनाल्डोले ३८ र मेस्सीले ३५ अंक पाएका थिए । लेवान्डोस्कीले यो...
आगामी फागुन २० मा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको:(राखेप) सदस्यसचिव रमेशकुमार सिलवाल

आगामी फागुन २० मा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको:(राखेप) सदस्यसचिव रमेशकुमार सिलवाल

खेलकुद, समाचार
राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले आज पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा उनले खेलकुदले माहोल सिर्जना गर्नुपर्नेमा यस वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था रहेकाले राष्ट्रिय खेलकुद सञ्चालन गर्ने अवस्था नरहेको स्पष्ट पारे । उनले भने, “नवौँ राष्ट्रिय खेलकुद फागुन २० देखि गण्डकीमा गर्दछौँ भनेर घोषणा गरेका थियौँ तर अहिले तोकिएको मितिमा सञ्चालन गर्ने अवस्था छैन, अब विसं २०७८ भित्र प्रतियोगिता सञ्चालन गर्न सक्छौँ ।” सदस्य सचिव सिलवालले स्थानीय, जिल्ला र प्रदेशमा प्रतियोगिता आयोजना गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने र राम्रो खेलाडी उत्पादन गर्ने गरी राष्ट्रिय खेलकुदको तयारी गरिनेसमेत ...
स्पेनिस ला लिगा खेलमा बार्सिलोनाले लेभान्टेमाथि जित

स्पेनिस ला लिगा खेलमा बार्सिलोनाले लेभान्टेमाथि जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
गएराति भएको स्पेनिस ला लिगा खेलमा बार्सिलोनाले लेभान्टेमाथि जित निकालेको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोलीले लेभान्टेमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बार्सिलोनाको जितका लागि लियोनल मेस्सीले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए। उनले फ्रेन्की डी जोङको पासमा ७६ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका हुन्। त्यस्तै गएराति नै भएको अर्को खेलमा शीर्षस्थानमा रहेको रियल सोसिडाडले इबरसँग १–१ को बराबरी खेल्यो। जितसँगै ११ खेलबाट १७ अंक जोडेको बार्सिलोना तालिकाको ८ औं स्थानमा छ। त्यस्तै बराबरीका बावजुत सोसिडाड शीर्षस्थानमा कायम छ। सोसिडाडको १३ खेलबाट २६ अंक छ। ...
फिफाको वर्ष पुरुष खेलाडीको  मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की

फिफाको वर्ष पुरुष खेलाडीको मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की

अन्तराष्ट्रिय, खेलकुद, समाचार
एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको पुरुष खेलाडीको अन्तिम मनोनयनमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की परेका छन् । युरोपेली क्लब फुटबलका सर्वाधिक सफल तीन फुटबलरलाई फिफाले सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरेको छ । लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोकृष्ट सफल क्लब बनाउन मुख्य भूमिका खेलेका थिए । रोनाल्डोले गत सिजन ईटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए । यता बार्सिलोना स्टार लियोनल मेस्सीले समेत युरोपेली फुटबलमा आफ्नो दबदबा कायम राखेका छन् । ...
काठमाडौंमा भोली ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदै

काठमाडौंमा भोली ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदै

खेलकुद, समाचार
महिला रेस्लरहरुबीच शनिबार काठमाडौंमा ‘महिला रेस्लिङ च्याम्पियनसिप’ हुँदैछ। नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा काठमाडौंको शान्तिनगरमा च्याम्पियनसिप हुन लागेको हो। कार्यक्रम फाउन्डेसनको प्राङ्गणमा दिउँसोको २ बजे देखि ५ बजेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महिला खेलाडीहरुको उपस्थितिमा स्वास्थ्यको मापदण्डलाई ख्याल गरि, भौतिक दुरि कायम गरि हुने कार्यक्रमका आयोजक टिमले बताए । फाउन्डेसनको संस्थापक अध्यक्ष तथा नेपालकी पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) ले  यस प्रकारको महिला च्याम्पियनसिप देशमा लकडाउनपछी पहिलो पटक हुन लागेको खड्काले बताइन् । उनले भनिन्, “महिलाहरुको रेस्लिङ अहिलेसम्म भएको छैन, कोरोना संक्रमण महामारीका बेला रेस्लिङ सिकेका दिदीबहिनीलाई रिङमा उतार्न लागेकी छु।” खड्काले महिलाहरुलाई रेस्लिङको तालिम दिंदै आएकी छिन्। अहिलेसम्म आफूले १०७ जना महिलाला...
स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा

स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। समूह बी अन्तर्गतको खेलमा बुधबार राति बोरुसिया मोनचेङ्ग्लाडवाचलाई २–० ले पराजित गरेको रियल मड्रिड समूह विजेताका रुपमा अन्तिम १६ मा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमाले दुई गोल गरेका हुन् । उनले ९ र ३१ औँ मिनेटमा गोल गरेर जित दिलाएका हुन् । ...
लिभरपुलले वुल्भ्समाथि ४–० को जित

लिभरपुलले वुल्भ्समाथि ४–० को जित

अन्तराष्ट्रिय, खेलकुद
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वुल्भ्समाथि ४–० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा मोहम्मद सालह, जर्जिनिओ विनाल्डम र जोएल मातिपले गोल गरेका हुन् । वुल्भ्सका नेल्सन सेमेडोले आत्मघाति गोल गरे । जितपछि दोस्रो स्थानमा उक्लिएको लिभरपुलको ११ खेलबाट २४ अंक पुगेको छ । ...