म्यानचेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनल साबिक विजेता म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएको हो ।
सिटीको जितमा तेस्रो मिनेटमा गाब्रियल जिसस, ५४ औँ मिनेटमा रियाद महरेज, ५९ औँ मिनेटमा फिल फोडिन तथा ७३ औँ मिनेटमा एमेरिक लापोर्तेले गोल गरे ।
आर्सनलका लागि ३१ औँ मिनेटमा एलेक्सान्डर लाकाजेटीले एक गोल गरेका हुन् ।