गोकर्णेश्वर नगरपालिका वडा नं ४मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबको ३१औं बार्षिक उत्सबको अवसरमा आयोजित क्लबका सम्पूर्ण सदस्यहरु बीच मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगीताको दोस्रो दिनको खेलहरु सम्पन्न भएको छ ।

कोरोनाको कारण खेल गतिबिधि प्राय ठप्प हुँदा प्रभावित बनेको खेल क्षेत्रलाइ चलायमान बनाउदै खेलकुदमा रुची राख्ने क्लबका सदस्यहरु बीच आयोजित मैत्रीपूर्ण ब्याटमिन्टन प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल धनबहादुर श्रेष्ठ र हरिदास श्रेष्ठको जोडी संग रामहरी श्रेष्ठ र राम श्रेष्ठको जोडी बीच भएको थियो। उक्त खेलमा  धनबहादुर श्रेष्ठ र हरिदास श्रेष्ठको जोडीले रामहरी श्रेष्ठ र राम श्रेष्ठको जोडीलाई २१- १८ , २२- २० र २१- २० अंकको तेस्रो सेटमा पराजित गर्दै अर्को चरणमा  प्रवेश गरेको छ ।

त्यसैगरि आजको दोस्रो खेल विजय श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडी संग प्रमोद चन्द्र डाँगी र राजकुमार श्रेष्ठको जोडी बीच भएको थियो निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा विजय श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडीले प्रमोद चन्द्र डाँगी र राजकुमार श्रेष्ठको जोडीलाई २३-२१ , २१-१९ र २१- ११ अंकको तेस्रो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

त्यसै गरि आजनै भएको तेस्रो खेल राजकुमार श्रेष्ठ र रामजी श्रेष्ठको जोडी संग विकेश श्रेष्ठ र मधु श्रेष्ठको जोडी बीच भएको थियो उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको सो खेलमा राजकुमार श्रेष्ठ र रामजी श्रेष्ठको जोडीले विकेश श्रेष्ठ र मधु श्रेष्ठको जोडीलाई २१-११ र २१ -१६ अंकको सोझो सेटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ  ।मंगलबार बाट गोकर्णेश्वर महादेव मन्दिर परिसरको कोर्टमा शुरु भएको प्रतियोगिता पौष १५ गते सम्म चल्नेछ उक्त प्रतियोगितामा प्रथम र  दितीय हुनेले क्रमश नगद रु १० हजार ,७ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here