आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

लमजुङको तिनपिप्लेमा नयाँ बर्षको अवसरमा खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने

लमजुङको तिनपिप्लेमा नयाँ बर्षको अवसरमा खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने

खेलकुद, समाचार
लमजुङ— चैत्र १५ । नयाँ बर्षको अवसरमा लमजुङको राईनासमा खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । सनराईज युथ क्लबको आयोजनामा उक्त प्रतियोगिता राईनास-५, तिनपिप्लेमा हुन लागेको हो । प्रतियोगिताको लागत अनुमान कुल ४ लाख २० हजारको रहेछ । प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद रु. ५१,००० र ३१,००० का साथै मेडल तथा प्रमाण पत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछन् भने सेमिफाईनलसम्म पुग्ने टिमलाई नगद रु. सात हजार दिईने अायोजक क्लबले जनाएको छ । प्रतियोगितामा राईनास नगरपालिका र आसपासका गाउँपालिका एबम् नगरपालिकाबाट समेत क्लबहरुले प्रतिस्पर्धामा भाग लिने जानकारी क्लबका अध्यक्ष हरिराम अधिकारीले दिए ।...
आईपीएल क्रिकेटमा मुम्बईले पहिलो जित निकाल्दा बेंग्लोरको दोस्रो पराजय

आईपीएल क्रिकेटमा मुम्बईले पहिलो जित निकाल्दा बेंग्लोरको दोस्रो पराजय

खेलकुद, समाचार
बेंग्लोर— चैत्र १५ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी १२ औं संस्करणमा मुम्बई इण्डियन्सले पहिलो जित हात पारेको छ । गएराति भएको रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ रनले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो । मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याएको घरेलु टोली बेंग्लोर २० ओभरमा ५ विकेट गुमाएर १८१ रनमा समेटियो । उसका लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डे भिलियर्सले अविजित ७० रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन् । यसैगरी कप्तान विराट कोहलीले ४६ रन जोड्दा पार्थिव पटेलले ३१ रनको योगदान दिए । बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १८७ रन जोडेको थियो । मुम्बईका कप्तान रोहित शर्माले ४८ रन जोड्दा सुर्यकुमार यादवले ३८ रनको योगदान दिए । यो जितसँगै मुम्बईले २ खेलबाट २ अंक जोडेको छ । प...
लुकास हर्नान्डेज बार्यन म्युनिखमा अनुबन्ध भए

लुकास हर्नान्डेज बार्यन म्युनिखमा अनुबन्ध भए

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १४ । फ्रेन्च फुटबल खेलाडी लुकास हर्नान्डेज जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्ध भएका छन् । विश्वकप फुटबल विजेता फ्रान्सका महत्वपूर्ण सदस्य रहेका हर्नान्डेजलाई बायर्नले स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट अनुबनध गरेको हो । हर्नान्डेजलाई बार्यनले कीर्तिमानी ८० मिलियन युरोमा पाँच बर्षका लागि अनुबन्धन गरेको हो । २३ बर्षका हर्नान्डेजले औपचारिक रुपमा आगामी जुलाई १ बाट बायर्न म्यरुखिनसँग जोडिनेछन् । हर्नान्डेज सेन्टर डिफेन्स र बाँया डिफेन्स दुवैबाट खेल्न सक्छन् । उनले स्पेनिस ला लिगमा ६७ खेल खेलेका छन् । एथ्लेटिको मड्रिडबाट उनले युरोपा लिग र सुपर कप जितेका छन् । फ्रान्सबाट उनले १५ अन्तराष्ट्रिय म्याच खेलेका छन् । उनले विश्वकपका सबै खेल खेलेका थिए । (ईमेज खबर)...
आईपीएलमा कोलकाताको लगातार दोस्रो जित, पञ्जाव २८ रनले पराजित

आईपीएलमा कोलकाताको लगातार दोस्रो जित, पञ्जाव २८ रनले पराजित

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १४ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले लगातार दोस्रो जित दर्ता गरेको छ । कोलकाताको इडन गार्डेन मैदानमा गएराती भएको खेलमा घरेलु टोलीले किङ्स इलाभेन पन्जाबलाई २८ रनले पराजित गर्‍यो । खेलमा दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाताले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो । उसका लागि मायांक अग्रवालले ५८ रन तथा डेभिड मिल्लरले अविजित ४३ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । उसका लागि रोबिन सिंह उथप्पाले ६७ रन जोड्दा नितिश रानाले ६३ रनको योगदान दिए । जितसंगै कोलकाताले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा कोलकाताले सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको थियो । रविचन्द्र आश्विनको कप्त...
युरोकप फुटबलको छनोट खेलमा स्पेन र इटाली विजयी

युरोकप फुटबलको छनोट खेलमा स्पेन र इटाली विजयी

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १३ । युरोकप फुटबलका छनोट खेलहरुमा स्पेन र इटाली विजयी भएका छन् । समुह ‘एफ’ को खेलमा स्पेनले माल्टालाई २–० ले हराउँदा रोमानियाले फारो आईल्याण्डमाथि ४–१ को जित निकाल्यो । यही समुहको अर्को खेलमा स्विडेनले नर्वेसँग ३–३ गोलको बराबरी खेलेको छ । उता समुह ‘जे’ को खेलमा ईटालीले लिचेस्टाईनलाई ६–० ले हरायो । यही समुहका अन्य खेलहरुमा फिनल्याण्डले अर्मेनियालाई २–० ले हराउँदा बोस्निया र ग्रिसले २–२ गोलको बराबरी खेलेका छन् । यसैगरी समुह ‘डि’ को खेलमा आयरल्याण्डले जर्जीयालाई १–० ले हराउँदा स्विट्जरल्याण्ड र डेनमार्कले ३–३ गोलको बराबरी खेलेका छन् । (ईमेज खबर)...
आईपीएलमा चेन्नाईद्वारा दिल्ली पराजित, लामिछानेले खेल्न पाएनन्

आईपीएलमा चेन्नाईद्वारा दिल्ली पराजित, लामिछानेले खेल्न पाएनन्

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १३ । साविक विजेता चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । गएराती भएको खेलमा चेन्नाईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्‍यो । यो खेलम पनि नेपालका सन्दिप लामिछाने दिल्लीको प्लेईङ सेटमा पर्न सकेनन् । दिल्लीस्थित फिरोज कोट्ला रंगशालामा घरेलु टोलीले दिएको १ सय ४८ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नाईका लागि शेन वाट्सनले ४४ रनको योगदान दिदा कप्तान महेन्द्र सिंह धोनीले अविजित ३२ रन बनाए । दिल्लीका अमित मिश्राले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो । उसका लागि शिखर धवनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । जितसंगै चेन्नई २ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पराजित टो...
एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा रक्षात्मक बन्दा नेपालको फराकिलो हार

एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा रक्षात्मक बन्दा नेपालको फराकिलो हार

खेलकुद, समाचार
काठमाडौँ — चैत १२ । उमेर समूहको यू–२३ एसियाली प्रतियोगितामा नेपालको प्रदर्शन सुरुदेखि नै राम्रो होइन । योसहित चार संस्करणको छनोट चरणमा नेपालले बिर्सनलायक प्रदर्शन गरेको छ । कतारसँग आइतबार दोहा स्पोर्टस सिटीको एस्पायर मैदानमा ५ गोल खाएपछि नेपाली टोली थप आलोचित बनेको छ । कतार स्वाभाविक रूपमा फिफा वरीयता, पूर्वाधार र प्रदर्शनमा राम्रो रहेको टिम हो । हालै एसियन कप विजेता कतारले आफ्नो रवाफ कायम राख्दा नेपाल स्वाभाविक प्रदर्शन गर्न समेत असफल भयो । अन्य प्रशिक्षकले जस्तै नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि बलियो टोलीविरुद्ध रक्षात्मक रणनीति लिएका थिए । त्यही रणनीति नेपालका लागि प्रत्युत्पादक भइदियो । ४–१–४–१ को रणनीतिमा उत्रिएको नेपालले खेल अवधिभर विपक्षी पोस्टमा एउटै राम्रो आक्रमण बुन्न सकेन । कतारी रक्षापंक्ति निकै फुर्सदिलो बन्यो । त्यस विपरीत बल प्रायः नेपालको क्षेत्रमै सीम...
इन्डियन प्रिमियर लिगमा पञ्जावको विजयी सुरुवात, क्रिश गेलको उत्कृष्ट ब्याटिङ

इन्डियन प्रिमियर लिगमा पञ्जावको विजयी सुरुवात, क्रिश गेलको उत्कृष्ट ब्याटिङ

खेलकुद, समाचार
काठमाडौँ — चैत १२ । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा किंग्स इलाभेन पञ्जावले विजयी सुरुवात गरेको छ । गएराति जयपुरस्थित राजस्थानको मैदानमा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकालेको हो । खेलमा १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदे १ सय ७० रनमै समेटियो । उसका लागि जोस बट्लरले ४३ बलमा ६९ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । उसका लागि क्रिश गेलले ७९ रन बनाउँदा सर्फराज खानले अविजित ४६ रनको योगदान दिए । बलिङतर्फ राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए । आईपिएल क्रिकेटमा आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किङ्ससँग खेल्ने छ । पहिलो खेलमा विजयी भएका दिल्ली र चेन्नाई आज लगातार दोस्रो जितको खोजीमा...
नेपाल आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै

नेपाल आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै

खेलकुद, समाचार
काठमाडौँ —चैत ११ । नेपाली राष्ट्रिय फुटबल टोलीले सोमबार कुवेतविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा पनि घरेलु टोलीलाई बराबरीमा रोक्ने लक्ष्य राखेको छ । कुवेतविरुद्धको गोल खडेरी आजको खेलमा तोडिने विश्वास लिएको छ । ‘हामी आजको प्रतिस्पर्धामा बराबरीका लागि नै प्रयास गछौँ,’ नेपाली टोलीका प्रमुख प्रशिक्षक योहान कोलिनले नयाँ पत्रिकासँग भने । रोक्नु मुख्य चुनौती पहिलो खेलमा सनसनीपूर्ण बराबरी गरेपछि उत्साही बनेको नेपाल दोस्रो खेलमा आत्मविश्वासी प्रदर्शनका लागि मैदान उत्रने प्रशिक्षक कालिनले जानकारी दिए । पहिलो खेलकै स्पिड दोस्रो खेलमा पनि जारी राख्ने गरी तयारी गरेको उनले बताए । कोलिनले भने, ‘पहिलो खेलपछि दोस्रो खेलमा उनीहरू केही आक्रामक हुनेछन् । हामी उनीहरूको चुनौतीलाई रोक्नका लागि मैदानमा उत्रन्छौँ ।’ कोलि...
एएफसी यू २३ च्याम्पियनसिपको छनोट खेलमा नेपाल कतारसँग पराजित

एएफसी यू २३ च्याम्पियनसिपको छनोट खेलमा नेपाल कतारसँग पराजित

खेलकुद, समाचार
काठमाडौँ —चैत ११ । कतारसँग ५-० गोलले पराजित भएसँगै नेपाल एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपालले ओमानसाग १-० को पराजय व्यहोरेको थियो । दोहास्थित एस्पायर एकेडेमी मैदानमा भएको खेलमा घरेलु टोली कतारबिरुद्ध रक्षात्मक रणनीति लिएको नेपालको प्रदर्शन निकै कमजोर देखियो। मुख्यतः गोलरक्षक अपर्ण कार्कीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। कतारका लागि कप्तान बासम अलरावी र अब्दुल्लाह अलाराकले २-२ तथा खालिफा साद खालिफले एक एक गोल गरे। २५औं मिनेटमा कतारले पेनााल्टीमार्फत अग्रता लिएको हो। अनन्त तामाङले कतारका हसन अहमद पालाङलाई फल गरेपछि पाएको पेनाल्टीमा अब्दुल्लाहले गोल गरे। पहिलो हाफमा एक गोलको अग्रता बनाएको कतारले दोस्रो हाफमा ३ गोल थप्यो।५३ औं मिनेटमा एसियन च्याम्पियन कतारी टोलीका सदस्यसमेत रहेका कप्तान बासमले करिव ३५ यार्डबाट प्रहार गरेको बल गोलरक्षक अपर्...