आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

आईपीएलमा रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी, दिल्लीको तेस्रो जित

आईपीएलमा रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी, दिल्लीको तेस्रो जित

खेलकुद, समाचार
बैंगलोर— चैत्र २५ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोरको पराजय शृंखला जारी छ । आइतबार घरेलु मैदानमा बैंगलोरले दिल्लीसँग ४ विकेटले पराजित हुँदै जारी सिजनमा लगातार छैठौं पराजय व्यहोरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा बैंगलोरलाई १४९ रनमा समेटेको थियो । बैंगलोरले उक्त योगफल तयार पार्ने क्रममा ८ विकेट गुमाएको थियो । १५० रनको लक्ष्य पाएको दिल्लीले ७ बल बाँकी छँदै ६ विकेटको क्षतिमा १५२ रन बनाएर जित हासिल गरेको हो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै मोइन अलीले ३२, आकाशदीप नाथले १९ र एबी डेभिलियर्सले १७ रन बनाए । बलिङतर्फ दिल्लीका लागि कागिसो रबाडाले चार विकेट लिए । उनले ४ ओभरमा २१ रन दिएर चार विकेट हात पारेका हुन् । त्यस्तै क्रिस मोरिसले २ र सदीप लामिछाने र अक्षर पट...
आईपीएल क्रिकेटमा मुम्बई र चेन्नाई विजयीः चेन्नाई शीर्ष स्थानमा

आईपीएल क्रिकेटमा मुम्बई र चेन्नाई विजयीः चेन्नाई शीर्ष स्थानमा

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हिजो मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्ग्स विजयी भएका छन् । जारी प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा मुम्बईले सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गर्‍यो । राजिब गान्धी क्रिकेट रंगशालामा मुम्बईले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको हैदरावादले १७ ओभर ४ बलमा अलआउट हुँदै ९६ रनमात्रै जोड्न सक्यो । हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका अल्जारी साहीम जोसेफ एक्लैले ६ विकेट लिए । कीर्तिमानी प्रदर्शन गरेका डेब्यु खेलाडी जोसेफले ३ ओभर ४ बलमा एक मेडनसहित १२ रन खर्चिएर ६ विकेट लिए । जोसेफको यो बलिङ प्रदर्शन आईपीएल इतिहासकै सर्वाधिक किफायती बलिङ हो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । मुम्बईका लागि काइरन पोलार्डले अविजित ४६ रन बनाएका थिए । आईपीएल क्रिकेटअन्तर्ग...
सन्दीप लामिछानेको दिल्ली क्यापिटल्स हैदरावादसँग पराजित

सन्दीप लामिछानेको दिल्ली क्यापिटल्स हैदरावादसँग पराजित

खेलकुद, समाचार
नयाँ दिल्ली — चैत्र २२ । सन्दीप लामिछानेको दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा बिहीबार राति सनराइज हैदरावादसँग ५ विकेटले पराजित भएको छ । जितका लागि १ सय ३० रन पछ्याइरहेको सनराइजले ९ बलको खेल बाँकी छँदै ५ विकेटमा १ सय ३१ रन बनाएको थियो । त्यसमा इंग्ल्यान्डका जोनी बियरस्टोले सर्वाधिक ४८ रन बनाए । दिल्लीका लागि सन्दीपले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । उनले दीपक होडाको विकेट लिए । यसअघि दिल्लीले कमजोर ब्याटिङ गर्दै ८ विकेटमा १ सय २९ रन बनाएको थियो । जितपछि हैदरावाद ४ खेलबाट ६ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । दिल्ली भने ४ अंकमा पाँचौं स्थानमा छ । (एजेन्सी/कान्तिपुर दैनिक)...
फुल्हम रेलिगेशनमा, वाट्फोर्डसँग ४–१ ले पराजित

फुल्हम रेलिगेशनमा, वाट्फोर्डसँग ४–१ ले पराजित

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २० । इंङ्गलिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डसँग ४–१ ले पराजित हुँदै फुल्हल रेलिगेशनमा परेको छ । फुल्हमले ३३ खेलबाट १७ अंक मात्रै जोडेको छ । ३२ खेलबाट १४ अंक जोडेको हडर्सफिल्ड टाउन यसअघि नैं रेलीगेशनमा परिसकेको छ । ३१ खेलबाट २८ अंकसहित १८ औं स्थानमा रहेको कार्डीफ सिटी पनि रेलिगेशनको खतरामा छ । शिर्ष डिभिजनमा रहने गणितिय संभावना कायम राख्न फुल्हमले गएराती वाट्फोर्डलाई हराउनुपर्ने थियो । तर पराजित भएपछि १७ औं स्थानको बर्न्लेसँग उसको दुरी १६ अंकको भएको छ । जबकी प्रिमियर लिगमा फुलहमले अब बाँकी सबै ५ खेल जितेपनि उसको १५ अंक मात्रै थपिन्छ । गएराती भएको अर्को खेलमा वुल्भरह्याम्पटन वान्डरर्सले म्यान्चेष्टर युनाईटेडलाई पराजित गरेको छ । आफ्नै मैदानमा वुल्भरह्याम्पटनले म्यान्चेस्टर युनाईटेडलाई २–१ ले हराएको हो । वुल्भरह्याम्पटनका लागि डिएगो जोटाले एक गोल गर्...
इण्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थानको पहिलो जित, बैंग्लोर लगातार पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थानको पहिलो जित, बैंग्लोर लगातार पराजित

खेलकुद, समाचार
काठमाडौँ — चैत्र २० । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकालेको हो । जयपुरमा बैंगलोरले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । उसको जितमा जोस बट्लरले ५९ रनको योगदान दिए । यसैगरी स्टिभ स्मिथले ३८ रन जोड्दा राहुल त्रिपाठी ३४ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । बैंग्लोरका लागि पार्थिब पटेलले ६७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि अन्य ब्याट्सम्यानहरुले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । गएरातीको जितसंगै राजस्थानले ४ खेलपछि पहिलो अंक जोडेको छ । छैटौं स्थानको राजस्थानको २ अंक छ । बैंग्लोरको भने यो लगातार चौंथो हार ...
इन्डियन प्रिमियर लिगमा पञ्जावद्धारा दिल्ली पराजित, सन्दिप लामिछानेले लिए २ विकेट

इन्डियन प्रिमियर लिगमा पञ्जावद्धारा दिल्ली पराजित, सन्दिप लामिछानेले लिए २ विकेट

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १९ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई किङ्गस इलाभेन पन्जाबले १४ रनले हराएको छ । बिन्द्रा स्टेडियममा घरेलु टोलि पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभर २ बलमा अलआउट हुनुपुर्व १ सय ५२ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि ऋषब पन्तले ३९ तथा कोलिन इन्ग्रामले ३८ रन बनाए । दिल्लीलाई सस्तैमा समेट्न पन्जाबका साम करणले ह्याट्रिकसहित ४ विकेट लिए । जारी सिजनको यो पहिलो ह्याट्रिक विकेट हो । सामले १७ औं ओभरको अन्तिम बल र १९ औं ओभरको सुरुवाती २ बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो । उसका लागि डेभिड मिलरले ४३ रन तथा सर्फराज खानले ३९ रन बनाए । बलीङतर्फ दिल्लीका क्रिस मोरिसले ३ तथा कागीसो राबडा र सन्दीप लामिछानेले २/२ विकेट लिए । स...
आज एनसीएल महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको लागि अक्सन हुँदै

आज एनसीएल महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको लागि अक्सन हुँदै

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १७ । एनसीएल स्पोर्टस प्रालिको आयोजनामा विराटनगरमा हुने एनसीएल महिला ट्वान्टी–२० क्रिकेट लिगका लागि आज खेलाडी किनबेच (अक्सन) हुँदैछ । यो नेपाली महिला क्रिकेटमै पहिलोपल्ट हुन लागेको दुई फ्रेन्चाइज लिगमध्ये एक हो । मोरङको बैजनाथपुर क्रिकेट मैदानमा हुने प्रतियोगितामा विराटनगर रोरिङ लियोनेस, भैरहवा क्विन्स, धनगढी वण्डर वुमेन र काठमाडौं सुपर च्याम्पियन्स गरी ४ टोली समावेश छन्। राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्री, उपकप्तान सीता रानामगर, पूर्व कप्तान नेरी थापा र करुणा भण्डारी मार्की खेलाडी यसअघि नै घोषणा गरिसकिएको छ। रुबिना भैरहवा, सीता धनगढी, नेरी काठमाडौं र करुणा विराटनगरका मार्की खेलाडी छन्। मार्की खेलाडीले १ लाख रुपैयाँ पारिश्रमिक पाउँछन्। आज हुने अक्सनमा सहभागी खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा विभाजन गरिएको छ। अक्सनमा ८० जना खेलाडी छन्। ‘ए’ श्रेणीका खेला...
मेस्सीको गोलले स्पेनिस लिग फुटबलमा बार्सिलोनाले इस्पानियोललाई हरायो

मेस्सीको गोलले स्पेनिस लिग फुटबलमा बार्सिलोनाले इस्पानियोललाई हरायो

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १७ । स्पेनिस लिग फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले इस्पानियोललाई २–० ले हराएको छ । घरेलु मैदानमा बार्सिलोनालाई विजयी गराउन दुबै गोल कप्तान लियोनल मेस्सीले गरे । खेलको ७१ औं मिनेटमा पहिलो गोल गरेका मेस्सीले ८९ औं मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । यो सँगै मेस्सीले जारी सिजनमा ४० गोल पुरा गरेका छन् । गएरातीको जितसंगै शीर्ष स्थानको बार्सिलोनाले लिगमा १४ अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २९ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ । एक खेल कम खेलेको रियाल मड्रिड ५४ अंकको साथ तेस्रो स्थानमा रहेको छ । (ईमेज खबर)...
आईपीएलमा दिल्लीको दोस्रो जित, सन्दिपले लिए एक विकेट

आईपीएलमा दिल्लीको दोस्रो जित, सन्दिपले लिए एक विकेट

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १७ । नेपाली खेलाडी सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । गएराती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो । दिल्लीस्थित फिरोज शाश कोट्ला रंगशालामा कोलकाताले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा दिल्ली विजयी भयो । यो खेलमा नेपालका लेृग स्पिनर सन्दिप लामिछानेले एक विकेट लिए । आईपिएल क्रिकेटको १२ औं संस्करणमा पहिलो पटक खेलेका सन्दिपले ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिएका हुन् । उनले अर्का एक खेलाडीलाई रन आउट समेत गराए । जितसंगै दिल्लीले ३ खेलबाट ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा रहेको छ । कोलकाताले भने पहिलो हार व्यहोरेको छ । ३ खेलब...
आईपीएलमा हारपछि कोहलीद्वारा अम्पायरको आलोचना

आईपीएलमा हारपछि कोहलीद्वारा अम्पायरको आलोचना

खेलकुद, समाचार
बेंगलोर — चैत्र १५ । इन्डियन प्रिमियर लिग २०१९ मा रोयल च्यालेन्जर्स बेंगलोर बिहीबार राति मुम्बइ इन्डियन्सको हातबाट पराजित भएपछि कप्तान विराट कोहलीले अम्पायरको चर्को आलोचना गरेका छन् । जितका लागि बेंगलोरलाई अन्तिम बलमा ६ रन चाहिएकोमा लसिथ मलिंगाले डट बल फ्यालेका थिए। तर रिप्लेमा त्यो ‘ओभर स्टेप’ का कारण नो बल देखिएको थियो। अम्पायरले नो बलको स्थितिलाई भने देख्न सकेनन्। नो बल दिइएको भए, बेंगलोरले फ्रि हिट पनि पाउने थियो। ‘हामी आईपीएल खेलिरहेका छौं, क्लब क्रिकेट होइनौं। अम्पारको प्रदर्शन निकै खराव रह्यो,’ कोहलीले भने। खेलमा पहिले ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो। त्यसमा रोहित शर्माले सर्वाधिक ४८ रन बनाए। प्रत्युत्तरमा बेंगलोर २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१ रनमै रोकियो। उसका लागि एबी डे भिल्लियर्सले नआउट रहेर ७० रन बनाए। यस्तै कोहलीले ४६ रनक...