आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

चेन्नईलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २ काठमाडौं । दिल्ली क्यापिटल्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।सारजाहमा शनिबार भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानाम उक्लिएको हो । चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।दिल्लीलाई जित दिलाउन शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन बनाए । यस्तै मार्कुस स्टोनिसले २४ रन जोड्दा कप्तान श्रेयस एयरले २३ रन बनाए । अक्षर पटेल २१ रनमा अविजित रहे ।रोमान्चक खेलको अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको थियो । यस्तोमा पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । चेन्नईका दिपक चाहरले २ विकेट लिए । साम करण, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १/१ विकेट लिए ।यस अघि टस जितेर पहि...
डिभिलियर्स चम्किएपछि बैंग्लाेरसँग राजस्थान ७ विकेटले पराजित

डिभिलियर्स चम्किएपछि बैंग्लाेरसँग राजस्थान ७ विकेटले पराजित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १ काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को ३३ औँ म्याचमा रोयल च्यालेन्जर्स बैंग्लाेरले ७ विकेटको जित निकालेको छ ।टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बैंग्लाेरले १९. ४ ओभरमा १७९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।खेलमा एबि डिभिलियर्सले २२ बलमा ५५ रन बनाए । त्यस्तै विराट कोहलीले ४३ रन बनाएका थिए । राजस्थानका लागि कप्तान स्टीभ स्मिथले ५७, रविन उथप्पाले ४१, बेन स्टोक्सले १५, सञ्जु स्यामसनले ९, जोस बटलरले ९, जोफ्रा आर्चरले २ र राहुल तेवेतियाले नटआउट १९ रन बनाए । ...
कोलकाता ८ विकेटले पराजित;आईपीएल

कोलकाता ८ विकेटले पराजित;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १ काठमाडौं ।साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए । हार्दिक पाण्डय २१ रनमा अविजित रहे ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । कोलकाताका लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे ।मुम्बईका राहुल ...
सबैभन्दा बढी किक हानेर विनोदले बनाए विश्व कीर्तिमान

सबैभन्दा बढी किक हानेर विनोदले बनाए विश्व कीर्तिमान

खेलकुद
असोज ३० कैलाली। टीकापुरका खेलाडी विनोद थापाले तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड बनाउनुभएको छ । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड नबनाएको बताइएको छ । थापाले सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घले बिहीबार धनगढीमा आयोजना गरेको कार्यक्रममा एक घण्टामा एक खुट्टाले दुई हजार ७५० पटक किक हानेर नयाँ रेकर्ड बनाउनु भएको हो । गिनिज बुक अफ ओल्ड रेकर्डले तोकेको समयअनुसार उहाँले एक घण्टामा सो रेकर्ड बनाउन सफल हुनुभएको हो ।अब उहाँले आगामी कात्तिक ४ गते ‘मोष्ट मार्सल आर्टस किक इन वान आवर युजिङ अल्टरनेटिभ लेग्स’ अर्थात् एक घण्टामा दुवै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्ने विधाको रेकर्ड बनाउने तयारी गर्नुभएको छ । यो समय पनि गिनिज बुक अफ ओरल्ड रिकर्डले तोकेको मापदण्डअनुसार नै गरि...
बार्यन म्युनिखको शानदार जित

बार्यन म्युनिखको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
असोज ३० काठमाडौं ।डेब्यु खेलमै इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल गरेपछि बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा शानदार जित हात परेको छ । एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको बायर्नले पाँचौ श्रेणीको डुरेनमाथि ३–० को जित हात पारेको हो । अर्को एक गोल थोमस मुलरले गरेका थिए । ३१ वर्षीय क्यामरुनी फरवार्ड यसै समरमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बायर्न फ्रि एजेन्टमार्फत आएका थिए । २४औं मिनेटमा बोउन सारको पासमा मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३६औं मिनेटमा थोमस मुलरले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो । ७५औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्नले खेल ३–० ले जित्यो । ...
पञ्जावसँग पराजित भयो बिराट कोहलीको बैंगलोर

पञ्जावसँग पराजित भयो बिराट कोहलीको बैंगलोर

अन्तराष्ट्रिय, खेलकुद
असोज ३० काठमाडौं । युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पञ्जावले दोस्रो जीत निकालेको छ ।बिहीबार राति यूएईको सारजाह क्रिकेट स्टेडियममा भएको खेलामा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले हराउँदै पञ्जाबले दोस्रो जीत हात पारेको हो । बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जावले २० ओभरमा २ विकेट मात्रै गुमाएर पुरा गर्‍यो ।पञ्जावको जीतमा कप्तान केएल राहुल र क्रिस गेलको साझेदारी महत्वपूर्ण बन्यो । राहुलले अविजीत रहँदै ४९ बलमा ६१ रन बनाए भने गेलले ४५ बलमा ५३ रन बनाए । गेल यो सिजनको प्रतियोगितामा पहिलो पटक पञ्जावको प्लेइङ सेटमा परेका हुन् । पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका गेलले पञ्जावलाई जीत दिलाउन महत्वपूर्ण योगदान गरे ।पञ्जावका लागि मायांक अग्रवालले ४५ रनको योगदान भने निकोलस पुरन ६ रनमा अविजित रहे । पञ्जावविरुद्ध बैंगलोरका युजभेन्द्र चाहलले १ व...
लुकाकुको उत्कृष्ट प्रदर्शनमा बेल्जियमको जित

लुकाकुको उत्कृष्ट प्रदर्शनमा बेल्जियमको जित

अन्तराष्ट्रिय, खेलकुद
असोज २९ काठमाडौं । रोमेलु लुकाकुको उत्कृष्ट प्रदर्शनमा बेल्जियमले नेसन्स लिग फुटबलमा आइसल्याण्डलाई २–१ ले हराएको छ ।बेल्जियमको जितमा दुबै गोल लुकाकुले गरे । खेलको नवौं मिनेटमा लुकाकुले बेल्जियमलाई अग्रता दिलाएका थिए । तर, १७औं मिनेटमा आइसल्याण्डका बिरकिर सवार्सनले बराबरी गोल फर्काए । ३८औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई महत्वपूर्ण तीन अंक दिलाए ।जितसँगै समूहमा बेल्जियम ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । डेनमार्क दोस्रो र इङ्ल्याण्ड तेस्रोमा छ । अंकविहिन आइसल्याण्ड तालिकाको पुछारमा छ । ...
पोर्चुगलको शानदार जित

पोर्चुगलको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
असोज २९ काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएपछि उनीबिनै नेसन्स लिग खेलेको पोर्चुगलले स्वीडेनमाथि सहज जित निकालेको छ।पोर्चुगलको जोस अल्वालड रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले ३–० को जित हात पार्‍यो । पोर्चुगलको जितमा डियोगो जोटाले दुई तथा बर्नान्डो शिल्वाले एक गोल गरे ।जोटाले २१औं मिनेटमा दिएको पासलाई सदुपयोग गर्दै शिल्वाले पहिलो गोल गरे । ४४औं मिनेटमा क्यान्सेलोले दिएको पासलाई जोटाले गोलमा बदलेसँगै पोर्चुगल फर्स्ट हाफमै दुई गोलले अघि रह्यो। दोस्रो हाफमा पनि जोटाले एक गोल थपे । कार्भाल्होले दिएको पासलाई गोलमा परिणत गर्दै जोटाले ७२औं मिनेटमा पोर्चुगललाई ३–० को अवस्थामा पुर्‍याए । त्यसपछि दुवै टोलीबाट कुनै पनि गोल भएन र पोर्चुगलले खेल जित्यो । जितसँगै १० अंक बनाएको पोर्चुगल अंकतालिकाको शीर्षस्थानमा छ  । समान १० अंक भए पनि फ्रान्स गोल अन्तरका आधा...
राजस्थानलाई १३ रनले हराउँदै दिल्ली आइपीएलको शीर्ष स्थानमा

राजस्थानलाई १३ रनले हराउँदै दिल्ली आइपीएलको शीर्ष स्थानमा

अन्तराष्ट्रिय, खेलकुद
असोज २९ काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार राति दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि बेन स्टोक्सले ४१ रन जोड्दा रोबिन उथप्पाले ३२ रन बनाए । यस्तै सन्जु सामसनले २५ तथा जोस बट्लरले २२ रन बनाए । राहुल टेवाटिया १४ रनमा अविजित रहे । दिल्लीका लागि एन्रीच नोर्ट्जे र टुसार देशपाण्डेले २/२ विकेट लिए । यस्तै कागिसो राबडा, अक्षर पटेल र रविचन्द्र आश्विनले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।दि...
साग स्वर्ण विजेता पार्वतीलाई भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्सेमा स्वर्ण

साग स्वर्ण विजेता पार्वतीलाई भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्सेमा स्वर्ण

खेलकुद
असोज २८ काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पार्वती गुरुङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् । कागेश्वरी नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला तर्फ १८–३१ उमेरमा नेपाल प्रहरीकी पार्वती सर्वाधिक ७.४० अंक जोड्दै पहिलो भएकी हुन् । ७.२६ अंकसाथ स्युचाटारकी सन्जिला तिम्सिना दोश्रो भइन् । भोटेपुलकी स्वस्तिका तामाङ र चन्द्रमाकी सुशिला राईले तेश्रो स्थानमा सीमित भए । यो स्पर्धामा पार्वतीसहित शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औं सागका स्वर्ण विजेता हुन् । सोही स्पर्धाको पुरुषमा मूलपानीका पुष्पप्रसाद गौतम पहिलो भए । उनले ६.१० अंक जोडे । ६.०३ अंकका साथ बागलुङका युकेश थापा मगर दोश्रो भए । सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङका विवेक राई ...