आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

जर्मनी स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो

जर्मनी स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो

अन्तराष्ट्रिय, खेलकुद
असोज २८ काठमाडौं । नेसन्स लिग फुटबलमा जर्मनी स्विट्जरल्याण्डसंग बराबरीमा रोकिएको छ ।मंगलबार राति जर्मनीले स्विट्जरल्याण्डसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । टिमो वार्नर र काइ हाभर्ट्जले जर्मनीका लागि बराबरी भएको खेलमा गोल गरेका थिए । चेल्सीका दुवै खेलाडीले घरेलु टोलीलाई बराबरीमा ल्याउन गोल गरेका थिए । जर्मन क्लब बायर्न म्युनिखका सर्ज ग्याब्रीले जर्मनीका लागि एक गोल थपे । खेलमा दुई पटक अग्रता लिए पनि अन्तिममा १० खेलाडीमा सीमित बनेको स्विट्जरल्याण्डले अंक बाँड्न बाध्य भयो ।स्विट्जरल्याण्डका गभरानोविचले दुई तथा फ्रियूलरले एक गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । तालिकाको पुछारमा रहेको स्विस टोलीको मात्र २ अंक छ । जर्मनी दोस्रो स्थानमा छ । एजेन्सी ...
दुई वर्षमा पहिलोपटक पराजित भयो स्पेन

दुई वर्षमा पहिलोपटक पराजित भयो स्पेन

अन्तराष्ट्रिय, खेलकुद
असोज २८ काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।तीन खेलसम्म अपराजित रहेको स्पेन चौथो खेलमा १–० ले पराजित भयो ।स्पेनलाई स्तब्ध बनाउन घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले ७६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो जितसँगै युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ । अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले पराजित भएको थियो ।किभमा २० हजार समर्थकमाझ मंगलबार राति खेलिएको खेलमा स्पेनले घरेलु टोलीलाई दवावमा राखे पनि रक्षापङ्ति तोडन सकेन । युक्रेनसँग हारे पनि स्पेन लिग ‘ए’ ४ को शीर्षस्थानमा यथावत रहेको छ । स्पेनको ४ खेलमा २ जित, एक बराबरी र एक हारसहित ७ अंक रहेको छ ।समान खेलबाटै जर्मनी र युक्रेनको समान ६ अंक छ । गोल अन्तरका आधारमा जर्मनी दोस्रो तथा युक्रेन तेस्रो स्थानमा रहेको छ । स्वीट्जरल्यान्ड २ अंकसहित पुछारमा छ । एजेन्सी ...
चेन्नईको तेस्रो जित;आइपीएल

चेन्नईको तेस्रो जित;आइपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज २८ काठमाडौं । सनराइजर्स हैदराबादलाई २० रनले हराउँदै साविक उपविजेता चेन्नई सुपर किङ्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबाद १४७ रनमा समेटियो । चेन्नईले दिएको १६८ रनको विजयी लक्ष्य  पच्छ्याएको हैदराबाद पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएसँगै चेन्नईले खेल २० रनले जितेको हो । हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।यस्तै जोनी बेयरस्टोले २३ रन जोड्दा प्रियम गार्गले १६ तथा विजय शंकरले १२ रन बनाए । राशिद खान १४ रनमा आउट भए । चेन्नईका कर्न शर्मा र ड्रायन ब्राभोले २/२ विकेट लिए । यस्तै साम करन, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एक/एक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । एजेन्सी चे...
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप कात्तिकमा

अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप कात्तिकमा

खेलकुद
असोज २७ काठमाडौं । आगामी कार्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख) मा ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ आयोजना हुने भएको छ । युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा च्याम्पियनसिप हुन लागेको युनाइटेड तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । युनाइटेड तेक्वान्दो डोजाङले यसअघि काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी तथा पुम्से च्याम्पियनसिपको तीन संस्करण आयोजना गरिसकेको छ ।प्रतियोगितामा सहभागी हुन अक्टोबर ३१ तारिखसम्म रजिस्ट्रेसन गरिसक्नुपर्ने समय सिमा तोकिएको छ । यसैगरी नोभेम्बर ५ र ६ तारिखभित्र दुई मिनेटको भिडियो पठाइसक्नु पर्नेछ । प्राप्त भिडियोहरुको मूल्यांकन नोभेम्बर ७ र ८ तारिखमा हुने र त्यसपछि नतिजा प्रकाशन गरिने...
पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित

पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित

अन्तराष्ट्रिय, खेलकुद
असोज २७ काठमाडौं ।पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित भएका छन् । मंगलवार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । अब उनी १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । उनी अब स्विडेन्सविद्धको नेशन्स लीगबाट बहिर हुने भएका छन् । पोर्चुगली फूटबल महासंघले मंगलवार एक आधिकारिक बयानमा यसको जानकारी दिएको हो । ...
बैँगलोरको पाँचौँ जित;आईपीएल

बैँगलोरको पाँचौँ जित;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज २६ काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ ।सारजाहमा सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौँ जित निकालेको हो । सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।कोलकाताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६/१६ रन बनाए । कोलकाताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २/२ विकेट लिए । यस्तै मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एक/एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भि...
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज पनि २ खेलहरु हुँदै

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज पनि २ खेलहरु हुँदै

अन्तराष्ट्रिय, खेलकुद
असोज २६ काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज आइतबार पनि २ खेलहरु हुँदैछन् ।आज दिउँसो पौने चार बजेदेखि सुरु हुने पहिलो खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्नेछन् । साँझ पौने ८ बजेदेखि सुरु हुने दोस्रो खेल बुहुपतीक्षित हुनेछ । दिल्ली क्यापिटल्स र मुम्वइ इन्डियन्स यस सिजन अंकतालिकाको शीर्ष २ स्थानमा छन् र दुवै टोली उच्च लयमा देखिन्छन् ।पहिलोपल्ट आईपीएलको उपाधि जित्ने बाटोले दिल्लीले ६ मध्ये पाँच खेलमा जित हासिल गरी शीर्ष स्थानमा आफूलाई उभ्याएको छ समान खेलबाट ४ जित निकालेको मुम्बई समान ८ अंक भए पनि अन्य २ क्लबभन्दा नेट रनरेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ ।मुम्बई कीर्तिमानी पाँचौंपल्ट उपाधि जित्ने लक्ष्यमा रहनेछ । ...
रोनाल्डो र एम्बाप्पेले गोल गर्न नसक्दा फ्रान्स र पोर्चुगलको बराबरी

रोनाल्डो र एम्बाप्पेले गोल गर्न नसक्दा फ्रान्स र पोर्चुगलको बराबरी

अन्तराष्ट्रिय, खेलकुद
असोज २६ काठमाडौं । स्टार खेलाडीद्वय रोनाल्डो र एम्बाप्पेले गोल गर्न नसक्दा यूईएफए नेसन्स लिगमा फ्रान्स र पोर्चुगलले बराबरी खेल्दै अंक बाँडेका छन् ।आइतबार राति फ्रान्सको पेरिसमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् । केलियन एम्बाप्पे र क्रिस्टियानो रोनाल्डो गोल गर्न असफल रहेको खेलमा विश्वकप विजेता र यूरो कप विजेताले बराबरीमा चित्त बुझाए ।३५ वर्षिय यूभेन्ट्सका फरवार्ड रोनाल्डो १ सय १ अन्तर्राष्ट्रिय गोलमा यथावत रहे । पोर्चुगल फ्रान्सेली मैदानमा सन् २०१६ को युरोकपको जित दोहोर्‍याउन सकेन । २१ वर्षीय एम्बाप्पले केही राम्रा प्रयास गरे पनि उल्भ्सका गोलकिपर रुइ पेट्रिकियोले उनको प्रहार रोकेका थिए ।बराबरीपछि दुवै टिमको समान ७ अंक छ । एजेन्सी ...
आईपीएल क्रिकेटः हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानको तेस्रो जित

आईपीएल क्रिकेटः हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानको तेस्रो जित

अन्तराष्ट्रिय, खेलकुद
असोज २६ काठमाडौं । राजस्थान रोयल्सले आईपीएल टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो । हैदराबादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पूरा ग¥यो ।राजस्थानको जितमा राहुल टेवाटिया र रियान परागले उत्कृष्ट इनिङ्स खेले । राहुलले अविजित ४५ रन जोड्दा रियान ४२ रनमा अविजित रहे । दुबैले छैठौँ विकेटका लागि ८५ रनको साझेदारी गरे ।यस्तै सन्जु सामसनले २६ रन जोड्दा रोबिन उथप्पाले १८ रन बनाए । जोस बट्लरले १६ रन जोडे । हैदराबादका राशिद खान र खलिल अहमेदले २र२ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । हैदराबादका लागि मनिस पाण्डेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान डेभिड वार्नर ४८ रनमा आउट हुँदा ...
बेङ्ग्लोरको चौंथो जित, चेन्नई ३७ रनले पराजित;आईपीएल

बेङ्ग्लोरको चौंथो जित, चेन्नई ३७ रनले पराजित;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज २५ काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले चौथो जित निकालेको छ । राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बेङ्ग्लोरले चौथो जित निकालेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेङ्ग्लोरले दिएको १७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए । बेङ्ग्लोरका लागि क्रिस मोरिसले ३ विकेट लिए ।वासिङ्गटन सुन्दरको नाममा २ विकेट रह्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएको थियो । बेङ्ग्लोरका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ९० रनको अर्धशतकीय इनिङ्स खेले । शिवम डुबेले अविजि...