आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

मेसीको गोलमा अर्जेन्टिनाको जीत ;विश्वकप छनौट २०२२

मेसीको गोलमा अर्जेन्टिनाको जीत ;विश्वकप छनौट २०२२

अन्तराष्ट्रिय, खेलकुद
असोज २४ काठमाडौं । अर्जेन्टिनाले २०२२ को कतार विश्वकप फुटबलअन्तर्गत दक्षिण अमेरिकी छनोटमा जितका साथ अभियान थालेको छ । बिहीबार अर्जेन्टिनाको राजधानीमा सम्पन्न छनोट खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि १–० को जित दर्ता गर्‍यो । अर्जेन्टिनालाई जित दिलाउँदा कप्तान लियोनल मेसीले एक मात्र पेनाल्टी गोल गरेका थिए । अर्जेन्टिनी फुटबल संघले छनोट खेलमा सीमित दर्शकलाई अनुमति दिएको थियो । बोम्बोनेरा रंगशाला लगभग खाली भए पनि थोरै दर्शकले अर्जेन्टिनाका कप्तान मेसीलाई हौसला बढाएका थिए । ९० मिनेटसम्म समर्थकले ‘मेसी–मेसी’ भनी समर्थन गरिरहे । खेलको १२औँ मिनेटमा इक्वेडरका लुकास ओकाम्पोसले डि–बक्सभित्र फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो । मेसीले कुनै गल्ती नगरी अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । विश्वकप छनोटमा अर्जेन्टिनाले पछिल्लो आठ खेलमध्ये एक खेलमा मात्र गुमाएको छ । यद्यपि झिनो एक गोलको अन्तरमा व...
विश्वकप छनोटमा कोलम्बियाको विजयी सुरूवात

विश्वकप छनोटमा कोलम्बियाको विजयी सुरूवात

अन्तराष्ट्रिय, खेलकुद
असोज २४ काठमाडौं ।विश्वकप छनोट खेलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।शनिबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले भेनेजुयलालाई ३–० ले हराएको हो कोलम्बियाको जितमा लुइस मुरीलले दुई तथा डुभान जपताले एक गोल गरे । १६औं मिनेटमा कोलम्बियाका डुभान जपताले अग्रता दिलाएको खेलमा २६औं मिनेटमा लुइस मुरीलले गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा मुरीलले व्यक्तिगत दोस्रो गोल गरेपछि कोलम्बियाले ३-०को अग्रता बनायो । त्यसपछि दुबै टोलीबाट कुनै पनि गोल भएन र अन्ततः कोलम्बियाले खेल ३-० जित्यो । एजेन्सी ...
दिल्ली क्यापिटल्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा

दिल्ली क्यापिटल्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा

अन्तराष्ट्रिय, खेलकुद
असोज २४ काठमाडौं । यूएईको सारजाहमा शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । सारजाह क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्य पच्छ्याएको राजस्थान १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३८ रनमा समेटियो ।राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । यस्तै याशभी जैशवालले ३४ रन जोड्दा कप्तान स्टिभ स्मिथले २४ रन बनाए । जोस बट्लर १३ रनमा आउट भए । राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका कागिसो रबडाले ३ विकेट लिए । यस्तै रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले २/२ विकेट लिए । अक्षर पटेल, हर्सल पटेल र एन्रीच नोर्ट्जेको नाममा १/१ विकेट रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।दिल्लीका लागि शिम्रन हिटमायरले सर्वाधिक ४५ रन बनाए । यस्तै मार्कुस स्टोनिसले ३९ रन जोड्दा कप्तान श्...
राखेप बोर्ड सदस्यमा थप ११ जना नियुक्त

राखेप बोर्ड सदस्यमा थप ११ जना नियुक्त

खेलकुद
असोज २३ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा थप ११ जना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ जना र मन्त्री जगत विश्वकर्माको सिफारिसमा दुई जना गरी थप ११ जना बोर्ड सदस्यमा नियुक्त भएका हुन् । असार १८ गते लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन अनुसार खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीमध्ये सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी-जनजाति, खसआर्य, मधेसी, थारु, मस्लिम, पिछडिएको क्षेत्रको समेतबाट प्रतिनिधित्व हुने गरी कम्तीमा तीन महिला सहित सरकारले मनोनयन गर्ने व्यवस्था छ । त्यस्तै मनोनयन गर्दा कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्व खेलाडीमध्येबाट गर्नुपर्ने उल्लेख छ । सोही अनुसार मन्त्रीपरिषद्को सोमबारको बैठकले बोर्ड सदस्यको नियुक्त गरेको हो । स...
राजस्थानविरुद्ध टस हारेको दिल्ली ब्याटिङ गर्दै

राजस्थानविरुद्ध टस हारेको दिल्ली ब्याटिङ गर्दै

अन्तराष्ट्रिय, खेलकुद
असोज २३ काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शनिबार बेलुका राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स प्रतिष्पर्धा गर्दै छन् ।शारजाहमा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर बलिङ रोजेपछि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेसमेत आबद्ध दिल्ली ब्याटिङमा उत्रँदै छ । हालसम्म दिल्लीले खेलेका पाँचवटै खेलमा मौका नपाएका सन्दीप छैटौं खेलमा पनि बेन्चमा नै रहेका छन् ।आजको खेलमा दिल्लीले कुनै परिवर्तन नगरी अघिल्लो खेलमा मैदान उतारेकै टोलीलाई निरन्तरता दिएको छ । राजस्थानले भने आजको खेलमा दुई परिवर्तन गरेको छ, अंकित राजपूत र टम करानको स्थानमा वरुण आरुन र एन्ड्र्यु टाइलाई मौका दिइएको छ । दिल्लीले हालसम्म खेलेका पाँच खेलमध्ये चारमा जीत हात पारेको छ भने एकमा पराजित भएको छ । त्यसैगरी राजस्थानले भने तीनमा हार व्यहोर्दा दुई खेलमा जीत निकालेको छ । ...
स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफमा

स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफमा

अन्तराष्ट्रिय, खेलकुद
असोज २३ काठमाडौं । स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफ फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।बिहीबार रातिको खेलमा जित हात पारेका स्कटल्याण्ड र सर्बिया युरो छनोटको प्लेअफ फाइनलमा खेल्न लागेका हुन् । प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डले इजरायलमाथि पेनाल्टी सुटआउटमा जित निकाल्यो ।केनी मेकलिनले स्कटल्याण्डका लागि बिजयी गोल गरेका थिए । नोभम्बर १२ मा सर्बियाबिरुद्ध प्राप्त गर्ने एक जितले स्कटल्याण्डलाई युरो २०२० मा छनोट गराउनेछ । सर्बियाले समेत प्लेअफको फाइनलमा स्थान बनाउन नर्वेलाई २–१ ले हरायो । अतिरिक्त समयको खेलमा जित निकाल्दै सर्बिया समेत युरो छनोटको नजिक पुगेको छ ।सर्बियाको जितमा लाजियोका मिडफिल्डर सर्जेज मिलिन्कोभिक सेविकले दुवै गोल गरे । नर्वेका म्याथियस नर्मनले बराबरी गोल फर्काएका थिए । एजेन्सी ...
फ्रेन्च ओपनको फाइनलमा सोफिया र इगा बिच प्रतिस्पर्धा हुने

फ्रेन्च ओपनको फाइनलमा सोफिया र इगा बिच प्रतिस्पर्धा हुने

अन्तराष्ट्रिय, खेलकुद
असोज २३ काठमाडौं । फ्रेन्च ओपन टेनिसमा महिला एकल तर्फको उपाधिका लागि अमेरिकी सोफिया केनिन र इगा स्वीएटेकबिच प्रतिस्पर्धा हुने भएको छ । अस्ट्रेलियन ओपन विजेता २१ वर्षकी अमेरिकी खेलाडी केनिनले चेक गणतन्त्रकी पेट्रा क्वितोभालाई पराजित गरेर फाइनलमा स्थान बनाएकी हुन् । उनले पेट्रालाई ६-४ र ७-५ को सेटमा पराजित गरिन् । यस्तै १९ वर्षकी पोलिस खेलाडी इगाले अर्जेन्टिनाकी नाडिया पोडोरोस्कालाई ६-२ र ६-१ को सेटमा पराजित गरेकी हुन् । ...
पन्जाबविरुद्ध हैदरावादको शानदार जित

पन्जाबविरुद्ध हैदरावादको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
असोज २३ काठमाडौं । आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ ।दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यसबाहेक पन्जाबका सिमरन सिंह र केएल राहुलले ११र११ रन जोडे । हैदराबादका लागि राशिद खानले ३ विकेट लिदा खलिल अहमेद र टी नटराजनले २र२ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल...
मैत्रीपूर्ण खेलमा वेल्समाथि इंग्ल्याण्डको शानदार जित

मैत्रीपूर्ण खेलमा वेल्समाथि इंग्ल्याण्डको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
असोज २३ काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले वेल्सलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले ३-० को जित दर्ता गरेको हो । डोमिनिक काल्भर्ट लेविनले गोलबाट राष्ट्रिय टिमको डेब्यू सुरु गरेका छन् । उनले २६ औँ मिनेटमा गोल गरे । सो गोलका लागि ज्याक ग्रेलिशले सहयोग गरेका हुन् ।इंग्ल्याण्डका लागि ५३ औँ मिनेटमा कनर कोडी तथा ६३ औँ मिनेटमा ड्यानी इनग्सले गोल गरेका हुन् । बिहीबार राति नै भएका खेलमा इरानले उज्वेकिस्तान तथा स्वीडेनले रुसलाई समान २-१ ले पराजित गरे । यस्तै दक्षिण अफ्रिका र नामिबिया तथा बेल्जियम र आइभरी कोस्टले १-१ को बराबरी खेलेका छन् । ...
लंका प्रिमियर लिगमा सन्दीपसहित दुई नेपाली खेलाडी ड्राफ्टमा

लंका प्रिमियर लिगमा सन्दीपसहित दुई नेपाली खेलाडी ड्राफ्टमा

खेलकुद
असोज २२ काठमाडौं । लंका प्रिमियर लिग टी-२० को ड्राफ्टमा दुई नेपाली खेलाडी पनि अटाएका छन् ।लंका प्रिमियर लिगको ड्राफ्टमा लेगस्पिनर सन्दीप लामिछानेसँगै सुनम गौतम अटाउन सफल भएका हुन् । ड्राफ्टमा ३० औँमा सुनम र १०३ औँ नम्बरमा सन्दीपको नाम रहेको छ । पहिलो सिजनको यो लिग नोभेम्बर २१ देखि श्रीलंकामा सुरु हुँदैछ । अक्सन भने ९ अक्टोबरमा आयोजना हुँदैछ । १४ नोभेम्बरदेखि सुरु हुने बताइए पनि कोरोना र आईपीएललाई मध्येनजर गर्दै मिति सारिएको थियो । आधा महिनासम्म चल्ने यो लिगमा २३ वटा म्याच हुने छन् । ड्राफ्टमा खेलाडीलाई फरक फरक श्रेणीमा राखिएको छ । जसमा क्लासिक, डायमण्ड, गोल्ड, इमर्जिङ र आइकन गरेर श्रेणी छुट्याइएको छ ।प्रतियोगितामा सहभागि पाँच टिमका लागि पाँच वटा आइकन खेलाडी छनोट भइसकेका छन । जसमा लासिथ मालिंगा, एन्जेलो म्याथ्युज, थिसारा परेरा, दासुन शनाका र कुशल परेरा छन । पाँच श्रेणीमा रहेका ...