असोज ३० काठमाडौं । युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पञ्जावले दोस्रो जीत निकालेको छ ।बिहीबार राति यूएईको सारजाह क्रिकेट स्टेडियममा भएको खेलामा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले हराउँदै पञ्जाबले दोस्रो जीत हात पारेको हो ।

बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जावले २० ओभरमा २ विकेट मात्रै गुमाएर पुरा गर्‍यो ।पञ्जावको जीतमा कप्तान केएल राहुल र क्रिस गेलको साझेदारी महत्वपूर्ण बन्यो । राहुलले अविजीत रहँदै ४९ बलमा ६१ रन बनाए भने गेलले ४५ बलमा ५३ रन बनाए ।

गेल यो सिजनको प्रतियोगितामा पहिलो पटक पञ्जावको प्लेइङ सेटमा परेका हुन् । पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका गेलले पञ्जावलाई जीत दिलाउन महत्वपूर्ण योगदान गरे ।पञ्जावका लागि मायांक अग्रवालले ४५ रनको योगदान भने निकोलस पुरन ६ रनमा अविजित रहे ।

पञ्जावविरुद्ध बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे । यस्तै शिबम डुबेले २३ रन जोड्दा आरोन फिन्चले २० रन बनाए ।देभदुत पडीक्कल १८ रनमा आउट हुँदा वासिंगटन सुन्दर १३ रनमा आउट भए ।क्रिस मोरीस २५ रनमा अविजित रहदा इसुरु उडाना १० रनमा अविजित रहे ।

बैंगलोरविरुद्ध पञ्जावका मोहमद शामी र मुरुगान आश्विनले २/२ विकेट लिए । यस्तै अश्रदिप सिंह र क्रिस जोर्डनले १/१ विकेट लिए ।जितसँगै पञ्जावले ८ खेलमा ४ अंक जोडेको छ । पञ्जाव पुछारमा रहेको छ ।

पञ्जावले यो सिजन लगातार दोस्रो खेलमा बैंगलोरलाई हराएको हो । यस अघिको पहिलो भेटमा पनि पञ्जावले बैंगलोरलाई ९७ रनले हराएको थियो ।बैंगलोरको भने यो तेस्रो हार हो । बैंगलोरले ८ खेलमा १० अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here