आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेल आज

नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेल आज

खेलकुद
मंसिर २ काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आज मंगलबार नेपालले बंगलादेशसँग भिड्दै छ ।नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार ४:४५ बजे शुरु हुनेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको थियो । नेपाल अघिल्लो हारको बदला लिने उदेश्यमा मैदान उत्रने छ । यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ । समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । ...
दोश्रो खेलका लागि प्रशिक्षणमा व्यस्त नेपाली फुटबल टीम

दोश्रो खेलका लागि प्रशिक्षणमा व्यस्त नेपाली फुटबल टीम

खेलकुद
मंसिर १ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीम बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त रहेको छ ।पहिलो खेलमा २—० गोल अन्तरले पराजित भएको नेपाली टोली दास्रो खेलमा जित्नै पर्ने दवावका साथ प्रशिक्षणमा जुटेको हो । नेपालले आफ्नो अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरेको छ । नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण थालिएको बताए । पहिलो खेलमा भएका कमीकमजोरीहरुलाई सच्याउने गरी दोस्रो खेलको तयारीमा आफूहरु रहेको उनले बताए । कोभिडका कारण अभ्यासमा पर्याप्त नभएकाले पहिलो खेलमा पराजित हुनुपरेको उनले बताए । आगामी खेलमा पहिलो खेलमा देखिएको कमीहरुलाई सच्याउने पनि उनले बताए । खेलाडीहरु पनि दोस्रो खेलका लागि उत्साहित रहेका छन् । टीममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा न...
सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन

सय छक्का प्रहार गर्ने पहिलो महिला क्रिकेटर बनिन सोफी डिवाइन

अन्तराष्ट्रिय, खेलकुद
मंसिर १ काठमाडौं । न्युजिल्यान्डकी क्रिकेटर सोफी डिवाइन बिग बास लिगमा सय छक्का प्रहार गर्ने पहिलो महिला खेलाडी बनेकी छिन । उनले महिला बिग बाश लिग अन्तर्गत शनीवार मेलबर्न रेनेगेड्स विरुद्व भएको खेलमा यो किर्तिमान पुरा गरेकी हुन । सोफीले उक्त खेलमा अविजित ७७ रनको पारी खेल्दै पर्थ स्कोचर्सलाई ९ विकेटले जित दिलाईन । पर्थ स्कोचर्सले उक्त खेल ३१ बल बाँकि रहदै जितेको थियो । आफ्नो ७७ रनको पारीमा सोफीले ३ छक्का प्रहार गरेकी थिईन । देब्रे हाते खेलाडी सोफीले अहिले सम्म महिला बिबिएलमा ७४ खेल खेलेकी छिन र १०१ छक्का प्रहार गरेकी छिन । उनले महिला बिबिएलमा ३९.८८ को औसतमा २ हजार ४ सय ३३ रन बनाएकी छिन । यसक्रममा उनको अधिकतम स्कोर अविजित १०३ रन रहेको छ । उनले अहिले सम्म महिला बिबिएलमा १५ पटक ५० भन्दा बढी रन बनाएकी छिन । साथै जारी प्रतियोगितामा उनले २ सतक पनि प्रहार गरेकी छिन । ...
नेपाल आज बंगलादेशसँग भिड्दै ;अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटवल

नेपाल आज बंगलादेशसँग भिड्दै ;अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटवल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २८ काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज (शुक्रबार बंगलादेशसँग बंगबन्धु रङ्गशालामा भिड्दैछ । नेपालले बंगलादेशसँग ढाकामा रहेको बंगबन्धु रङ्गशालामा प्रतिष्पर्धा गर्दैछ । मुजिब वर्ष ‘फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गतको नेपाल र बंगलादेशको पहिलो खेल नेपाली समयअनुसार बेलुकी पौने ५ बजे शुरु हुनेछ । नेपालले अर्को खेल आउँदो मंसिर २ गते खेल्ने कार्यक्रम तय भएको छ । मैत्रीपूर्ण खेलका लागि बंगलादेश गएका टोलीमध्ये एक जना खेलाडीलाई भने कोरोना सङ्क्रमण देखिएकाले उनलाई अस्पतालको आईसीयूमा राखिएको छ । उनको अवस्था सामान्य नै भए पनि यो खेल भने गुमाउने भएका छन् । विश्वभर फैलिएको कोरोना महामारीले गर्दा ८ महिनादेखि नेपाली टिमले फुटबल खेल्न पाएको छैन । बंगलादेशसँग खेल्दा नेपालले २०२१ मा हुने फिफा विश्वकप छनोट र फिफा वरीयतालाई ध्यानमा राख्ने ...
फिफा उपाध्यक्ष क्लार्कद्वारा राजीनामा

फिफा उपाध्यक्ष क्लार्कद्वारा राजीनामा

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २८ काठमाडौं । फिफाका उपाध्यक्ष ग्रेग क्लार्कले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् । ६३ बर्षे ग्रेगले यूइएफले पदमा रहनका लागि आग्रह गर्दा पनि उनले पदबाट राजीनामा दिएका छन् । गत बर्ष युइएफएको सहयोगमा फिफाको उपाध्यक्षमा निर्वाचित भएका ग्रेगले यसअघि २०२३ सम्म बस्ने बताएको थिए । उनले वर्षको एक लाख ९० हजार पाउन्ड तलब पाउने गरेका थिए । अब ग्रेगले फिफाको भोटिङ राइट्सपनि गुमाएका छन् । उनले यूइएफएविरुद्ध नराम्रो कमेन्ट गरेको आरोप लागेको छ । क्लार्क फिफाको चुनावमा युएइफएबाट उपाध्यक्षमा लड्ने तेस्रो उपाध्यक्ष हुन । ...
बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना

खेलकुद
कात्तिक २७ काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुग्नुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल नेपाल फुटबल महासङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोलीका अन्य खेलाडीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना देखिएका खेलाडीलाई अस्पतालको आइसोलेसनमा राखिएको एन्फाले जनाएको छ । ती खेलाडीको अवस्था सामान्य रहेको छ । कोरोना देखिए पनि उनले बङ्गलादेशसितको पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले शुक्रबार बङ्गलादेशसित पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले अर्को खेल आगामी मङ्सिर २ गते खेल्ने कार्यक्रम तय भएको छ । नेपाली खेलाडीहरुको गत साता पनि पीसीआर परीक्षण गरिएको थियो । त्यो बेला सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । बङ्गलादेश उड्नु अघ...
विश्वकप छनौटका लागि नेपालले खेल्न बाँकी खेल मार्च र जुनमा, तालिका सार्वजनिक

विश्वकप छनौटका लागि नेपालले खेल्न बाँकी खेल मार्च र जुनमा, तालिका सार्वजनिक

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २७ काठमाडौं । नेपालले प्रतिष्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटको दोस्रो चरण अन्तर्गतका बाँकी खेलहरु आगामी बर्षको मार्च र जुन महिनामा हुने भएको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीले विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु जुन १५ सम्म सकिने जनाएको हो । एएफसीको प्रतियोगिता समितिको भर्चुअल बैठकले विश्वकप छनोट र एसियन कप छनोटका बाँकी खेल जुन १५ भित्र सक्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीको कारण यसअघि अक्टोबर र नोभेम्बरमा तय गरिएका छनोट खेलहरु स्थगित गरिएको थियो । छनोट अन्तर्गत बाँकी रहेको खेल मार्च र जुनमा हुने एएफसीले जनाएको छ । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादे...
आइपीएल १३ औं सिजन: मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जित्यो

आइपीएल १३ औं सिजन: मुम्बई इन्डियन्सले पाँचौं पटक उपाधि जित्यो

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २६ काठमाडौं । आइपीएलको १३ औं सिजनको फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएर रेकर्डस्तरको पाँचौं पटक उपाधि जित्यो । यससँगै मुम्बईले ट्रफीसँगै २० करोड भारु र दिल्लीले १२.५० करोड भारुको नगद पुरस्कार पायो । रनरअपको नगद पुरस्कार खेलका सबैभन्दा महँगा खेलाडी विराट कोहलीले पाउने रकमभन्दा कम छ । बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाले यो वर्षको नगद पुरस्कारलाई आधा गर्ने निर्णय गरेको थियो जुन पछि फेरिएको थियो । यल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का कप्तान विराट कोहलीलाई फ्रेन्चाइजीले एक सिजनका लागि १७ करोड भारु दिन्छ । यद्यपि, सीजनको लीलामीमा अष्ट्रेलियाली तेज बलर पेट कमिन्स सबैभन्दा महँगा १५.५ करोड भारुमा बिकेका थिए । उनलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको थियो । कमिन्स सबैभन्दा महँगा विदेशी खेलाडी पनि हुन् । ...
दिल्लीलाई पहिलो पटक उपाधि जित्ने मौका, मुम्बईलाई पाचौँ पटक:आईपीएल

दिल्लीलाई पहिलो पटक उपाधि जित्ने मौका, मुम्बईलाई पाचौँ पटक:आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २५ काठमाडौं । आईपीएलको यो सीजनको अन्तिम म्याच आज रहेको छ । यो सीजनको अन्तिम म्याचमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । रोहित शर्माको मुम्बई छैटौँ पटक आईपीएलको फाइनल खेलिरहेको छ । जसमा ४ पटक (२०१३, २०१५, २०१७, २०१९) मा उपाधि जितेको छ । श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्लीमा ब्याटिङको जिम्मेवारी शतकवीर शिखर धवन र कप्तान अय्यरको काँधमा छ । धवनले सीजनमा ५०० भन्दा धेरै रन बनाइसकेका छन् । धवनले चेन्नई र पञ्जावविरुद्ध (१०१, १०६) रनको नटआउट पारी खेलेका थिए । ...
पारसले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलेरे मात्रै सन्यास लिने

पारसले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलेरे मात्रै सन्यास लिने

खेलकुद, समाचार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले आफ्नो सन्यास बारे बोलेका छन । सोमवार चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमणका क्रममा उनले धुर्मुस–सुन्तली फाउन्डेसनले तयार पोरका भिडियोमा सन्यास बारे बोलेका छन । आफ्नो जिवनको ३२ औं वसन्त पार गरिसकेका पारसले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलेरे मात्रै सन्यास लिने बताएका छन । पारसले भ्रमणका क्रममा आफु एकदमै उत्साहित भएको र मैदान निर्माणको काम आफुले सोचको भन्दा छिटो भएको बताएका छन । उनले आफु क्रिकेट खेलाडी रहेको नाताले पनि आफु एकदमै उत्साहित भएको र मैदान निर्माणमा सहयोग गरेको सम्पूर्णलाई बधाई दिएका छन । पारस खड्का र क्रिकेट एसोसियसन नेपाल (क्यान)का सदस्य छुम्बी लामाले उक्त मैदानको भ्रमण गरेका थिए । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्थापना गरेको धुर्मुस–सुन्तली फाउन...