आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

बंगलादेशबाट नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता

बंगलादेशबाट नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता

खेलकुद
मंसिर ५ काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेल खेलेर नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ। ढाकास्थित बंगबन्धु रंगशालामा भएको पहिलो खेल २–० ले गुमाएको नेपालले दोस्रो खेल गोलरहित बराबरीमा टुङ्ग्याएको थियो। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसकै तयारीका रुपमा मैत्रीपुर्ण खेललाई लिएको छ। मैत्रीपुर्ण खेलबाट विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। मैत्रीपुर्ण खेलका लागि बगंलादेश पुगेका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ भने उतैबाट आइलिग खेल्न भारत पुगिसकेका छन्। ...
बंगलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना संक्रमण

बंगलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना संक्रमण

खेलकुद
मंसिर ४ काठमाडौं । बंगलादेशमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बङ्गलादेशविरुद्धको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ढाकामा रहनुभएका उपाध्यायलाई कोरोना भएको हो। सङ्क्रमित उपाध्यायको अहिले ढाकास्थित बंगबन्धु शिख मुजिब मेडिकल अस्पतालमा उपचार भइरहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। उनको स्वास्थ्य अवस्था सामान्य छ। यसअघि नेपाली फुटबल टोलीका एक खेलाडीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो। नेपाली फुटबल टोली बङ्गलादेशविरुद्ध दुई अन्तरराष्ट्रिय खेल खेल्न ढाका गएको हो। गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाली टोली बङ्गलादेशसित २–० गोलले पराजित भएको थियो भने मङ्गलबार भएको दोस्रो खेल बङ्गलादेशसित गोलरहित बराबरी खेलेको थियो। ...
फ्रान्सले स्विडेनमाथि सहज जित हात पार्यो

फ्रान्सले स्विडेनमाथि सहज जित हात पार्यो

अन्तराष्ट्रिय, खेलकुद
मंसिर ४ काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत फ्रान्सले स्विडेनमाथि सहज जित हात पारेको छ ।समूह ए४को अन्तिम खेलमा फ्रान्सले स्वीडेनलाई लाई ४-२ ले पराजित गरेको छ । खेलको पाँचौ मिनेटमा नै स्वीडेनले भिक्टर क्लेसनको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।ओलिभिएर जीरुडले फ्रान्सका लागि १६औँ मिनेटमा खेल बराबरी गरे । खेलको ३६औँ मिनेटमा फ्रान्सले बेन्जामिन पाभार्डको गोलमा अग्रता बनायो ।दोस्रो हाफमा मैदान प्रवेश गरेका केलियन एम्बाप्पेले दिएको पासमा जिरुडले ५८ औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । रोबिन क्वेसनले ८८औं मिनेटमा गोल गर्दै स्वीडेनलाई खेलमा फर्कने अवसर सिर्जना गरे ।खेलको इन्ज्युरी समयमा किंग्सले कोमनले काउन्टर अट्याकमा ३० यार्ड टाढाबाट सहज गोल गरे । जितसँगै फ्रान्सको ६ खेलमा १६ अंक भएको छ । फ्रान्स सेमिफाइनल प्रवेश गरिसकेको छ । स्वीडेन भने रेलिगेसनमा पर...
विश्वकप फुटबल प्रतियोगिता फेब्रुवरीमा कतारमा हुने

विश्वकप फुटबल प्रतियोगिता फेब्रुवरीमा कतारमा हुने

अन्तराष्ट्रिय, खेलकुद
मंसिर ३ काठमाडौं । कोरोना महामारीको कारण सरेको सन् २०२० को फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता सन् २०२१ फेब्रुअरीमा हुने भएको छ । क्लब विश्वकप फुटबल प्रतियोगिता २०२१ को फेब्रुवरीमा कतारमा हुने मंगलबार फिफाले जनाएको हो । यो प्रतियोगिता फेब्रुवरी १ देखि ११ सम्म चल्ने छ । विगतका वर्षमा डिसेम्बर महिनामा सम्पन्न हुँदै आएको यो प्रतियोगिता यस पटक विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण पछाडि सरेको हो । फिफा क्लब विश्वकपको आयोजना गर्न लागेको कतारले २०२२ को फिफा विश्वकप फुटबलको समेत आयोजना गर्दैछ । अघिल्लो सिजनमा फिफा क्लबको उपाधि लिभरपुलले जितेको थियो । ...
कोरोना महामारीको कारण सरेको सन् २०२० को फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता सन् २०२१ फेब्रुअरीमा हुने

कोरोना महामारीको कारण सरेको सन् २०२० को फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता सन् २०२१ फेब्रुअरीमा हुने

अन्तराष्ट्रिय, खेलकुद, समाचार
कोरोना महामारीको कारण सरेको सन् २०२० को फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता सन् २०२१ फेब्रुअरीमा हुने भएको छ । क्लब विश्वकप फुटबल प्रतियोगिता २०२१ को फेब्रुवरीमा कतारमा हुने मंगलबार फिफाले जनाएको हो । यो प्रतियोगिता फेब्रुवरी १ देखि ११ सम्म चल्ने छ । विगतका वर्षमा डिसेम्बर महिनामा सम्पन्न हुँदै आएको यो प्रतियोगिता यस पटक विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण पछाडि सरेको हो । फिफा क्लब विश्वकपको आयोजना गर्न लागेको कतारले २०२२ को फिफा विश्वकप फुटबलको समेत आयोजना गर्दैछ । अघिल्लो सिजनमा फिफा क्लबको उपाधि लिभरपुलले जितेको थियो । ...
स्पेनले जर्मनीमाथि ६–० को जित

स्पेनले जर्मनीमाथि ६–० को जित

अन्तराष्ट्रिय, खेलकुद
मंसिर ३ काठमाडौं । जर्मनीमाथि शानदार जित दर्ता गरि स्पेन युरोपियन नेशन्स लिग फुटबलको फाइनल्समा स्थान बनाउन सफल भएको छ । मंगलबार राति भएको समूह ए फोर अन्तर्गतको खेलमा स्पेनले जर्मनीमाथि ६–० को जित दर्ता गरेको हो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा तीन गोल गरेको स्पेनले दोस्रो हाफमा थप तीन गोल गरेको हो । स्पेनका लागि फेरान टोरेसले खेल जीवनकै पहिलो ह्याट्रिक गरे । उनले ३३, ५५ र ७१ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै अल्भारो मोराटाले १७ औँ, रोड्रीले ३८ औँ तथा मिकेल ओयार्जाबाले ७१ औँ मिनेटमा गोल गरेपछि स्पेन ६–० ले विजयी भएको हो । जितपछि समूहको शीर्ष स्थानमा पुगेको स्पेन जर्मनीको सपना टुटाएर फाइनल्समा पुग्न सफल भएको हो । नेशन्स लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा लात्भियाले एन्डोरालाई ५–० तथा मोन्टेनेग्रोले साइप्रसलाई ४–० ले पराजित गरेका छन् । यस्तै माल्टा र फारोइ आइल्याण्...
९० औँ मिनेटको गोलले पोर्चुगलको जित

९० औँ मिनेटको गोलले पोर्चुगलको जित

अन्तराष्ट्रिय, खेलकुद
मंसिर ३ काठमाडौं । साबिक विजेता पोर्चुगल युरोपियन नेशन्स लिग फुटबलको फाइनल्समा पुग्न सकेन तर उनले प्रभावशाली खेल भने पस्किएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले क्रोएसियालाई ३–२ ले परा गरेको छ । अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको समूह ए थ्रीको पोर्चुगलका लागि रुबेन डियाजले दुई तथा सेक्वेइराले एक गोल गरे । क्रोएसियाका लागि मातेओ कोभासिकले दुई गोल गरे । मार्को रोग ५१ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि क्रोएसिया १० खेलाडीमा सीमित भयो । कोभासिकले २९ औँ मिनेटमा गोल गरि घरेलु टोली क्रोएसियालाई सुरुवाति अग्रता दिलाए । ५२ औँ मिनेटमा डियाजले पोर्चुगलका लागि बराबरी गोल गरे । ६० औँ मिनेटमा सेक्वेइराले गोल गरेर अग्रता दिलाए । तर कोभासिकले ६५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरि क्रोएसियालाई बराबरीमा ल्याए । तर डियाजले ९० औँ मिनेटमा गोल...
फ्रान्सको शानदार जित

फ्रान्सको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
मंसिर ३ काठमाडौं । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्स विजयी भएको छ । विश्व विजेता फ्रान्सले घरेलु मैदानमा भएको खेलमा स्वीडेनलाई ४–२ ले पराजित गरेको हो । फ्रान्सका लागि ओलिभर जिरउडले दुई तथा पाभार्ड र कोम्यानले एक एक गोल गरे । स्वीडेनका लागि क्लाएसन र क्वाइसनले एक एक गोल गरे पनि हार टार्न सेकनन् । चौथो मिनेटमा भिक्टोर क्लाएसनले गोल गरी स्वीडेनलाई अग्रता दिलाए । १६ औँ मिनेटमा जिरउडले फ्रान्सका लागि बराबरी गोल फर्काए । ३६ औँ मिनेटमा बेन्जामिन पाभार्डले गोल गरेपछि पहिलो हाफमा फ्रान्सले २–१ को अग्रता लियो । जिरउडले ५९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । जिरउडले फ्रान्सका लागि अहिलेसम्म ४४ गोल गरेका छन् । ८८ औँ मिनेटमा क्वाइसनले स्वीडेनका लागि अर्को गोल थपे । इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा किङ्गस्ली कोम्यानले गोल गरेपछि फ्रान्स ४–२ ले विजयी...
दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले नेपालले बंगलादेशको सामना,खेलको पहिलो हाफ 0-0

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले नेपालले बंगलादेशको सामना,खेलको पहिलो हाफ 0-0

खेलकुद, समाचार
दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले नेपालले बंगलादेशको सामना गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिष्पर्धा गरिरहेको हो । खेलको पहिलो हाफ सकिँदा दुबै टीमबाट कुनै पनि गोल हुन सकेको छैन । पहिलो हाफमा नेपाल बंगलादेविरुद्ध आक्रामक शैलीमा प्रश्तुत भएको छ । खेलको शुरुबाटै नेपालले बंगलादेशको पोस्टमा केहि प्रहार गरिसकेको छ । तर गोल भने गर्न सकेको छैन । पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको थियो । नेपाल अघिल्लो हारको बदला लिने उदेश्यमा मैदान उत्रेको छ । यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एशियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले...
पहिलो हाफ बराबरीमा नेपाल VS बंगलादेश

पहिलो हाफ बराबरीमा नेपाल VS बंगलादेश

खेलकुद
मंसिर २ काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले नेपालले बंगलादेशको सामना गर्दैछ ।नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिष्पर्धा गरिरहेको हो । खेलको पहिलो हाफ सकिँदा दुबै टीमबाट कुनै पनि गोल हुन सकेको छैन । पहिलो हाफमा नेपाल बंगलादेविरुद्ध आक्रामक शैलीमा प्रश्तुत भएको छ । खेलको शुरुबाटै नेपालले बंगलादेशको पोस्टमा केहि प्रहार गरिसकेको छ । तर गोल भने गर्न सकेको छैन । पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको थियो । नेपाल अघिल्लो हारको बदला लिने उदेश्यमा मैदान उत्रेको छ । यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एशियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको...