आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

नवौँ राष्ट्रिय खेलकूद आयोजना गर्न कोरोना सङ्क्रमण चुनौती

नवौँ राष्ट्रिय खेलकूद आयोजना गर्न कोरोना सङ्क्रमण चुनौती

खेलकुद, समाचार
राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी फागुन अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तोकिएको मितिमा आयोजना गर्न कोरोना सङ्क्रमण चुनौतीका रुपमा रहेको बताए छन। पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समिति कास्कीले आज साँझ पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा उनले आगामी मङ्सिर १५ सम्म कोरोना सङ्क्रमण कम भएर अवस्था सहज भएकामा प्रतियोगिता निर्धारित समयमै आयोजना हुने स्पष्ट पारे। तीन महिनाका अवधिमा प्रतियोगिता तयारी, खेलाडी प्रशिक्षणलगायत काम सम्पन्न गर्न सकिने भएकाले निर्धारित समयमै प्रतियोगिता आयोजना हुनेमा आफूहरु आशावादी रहेको सदस्य सचिव सिलवालले बताए। प्रतियोगिताका लागि पोखरामा एकदुई खेलका पूर्वाधारबाहेक अन्य सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले समेत प्रतियोगिता सञ्चालनमा कठिन नपर्ने उनले उल्लेख गरे। ...
पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार सम्पन्न

पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार सम्पन्न

खेलकुद, समाचार
काठमाडौँ — कार्तिक २४, नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको बार्षिक कार्यक्रम अनुसार ककनि अन्तराष्ट्रिय ट्रेनिङ सेण्टर, नुवाकोटमा २ दुई दिने “पाँचौ राष्ट्रिय फुलकन्ट्याक्ट कराँते कोच सेमिनार–२०२०” सम्पन्न भएको छ। राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गरिएको कार्यक्रममा उहाँले मन्तव्यको क्रममा अहिले विश्वब्यापी रुपमा फैलिरहेको कोभिड–१९ ले समग्र खेलकुद क्षेत्रलाई नै प्रभावित गरिरहेको छ र पनि यो समय संग उच्च मनोबलका साथ लडने र सजगताका साथ दैनिक खेलकुद गतिविधिलाई संचालन गर्नुपर्नेमा जोड दिनुभयो । विश्व क्योकुशिन काई कराँतेका उपाध्यक्ष तथा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष सिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा संचालन गरिएको उक्त सेमिनारमा स्वागत मन्तब्य संघका महासचिव तथा प्रशिक्षक प्रविण ...
ब्याट्सम्यान भिन्स कोरोना भाइरस संक्रमित

ब्याट्सम्यान भिन्स कोरोना भाइरस संक्रमित

खेलकुद
लण्डन । इङ्ल्याण्डका चर्चित ब्याट्सम्यान जेम्स भिन्स पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।संक्रमित भएपछि आगामी पाकिस्तान सुपर लिग (पिएसएल) मा उनको सहभागीता हुने कि नहुने भन्ने बारेमा अनिश्चित भएको छ । उनलाई अहिले कुनै लक्षण नदेखिएको र चाडै नै फेरी परीक्षण गर्ने तयारी भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । अहिलेलाई भने ब्याट्सम्यान भिन्सलाई कम्तीमा दश दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने बाध्यता आइपरेको छ । संक्रमण पुष्टि भएको दिन देखि नै उनी सेल्फ आइसोलेसनमा बसेका हुन् । कोरोना भाइरसका कारण विश्वका धेरै प्रभावशाली खेलाडीहरू संक्रमित भएका छन् । लामो समय खेल गतिविधि बन्द भएपनि पछिल्लो समय बिस्तारै सूचारु हुन लागिरहेका बेला खेलाडीहरु संक्रमित हुने क्रम बढेको छ । रासस ...
सन्दीप लामिछाने आवद्ध दिल्ली इतिहासमै पहिलोपल्ट फाइनल प्रवेश :आईपीएल

सन्दीप लामिछाने आवद्ध दिल्ली इतिहासमै पहिलोपल्ट फाइनल प्रवेश :आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २४ काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । तर, यस सिजनका लेग स्पिनर सन्दीपले खेल्ने मौका भने पाएनन् । अब दिल्लीले उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्ससँग भोलि फाइनल खेल्नेछ । ...
स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा १–१ को बराबरी भए पनि दोस्रो हाफमा बार्सिलोनाले चार गोल थपेको हो । उसका लागि २२ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा सानाब्रियाले रियल बेटिसका लागि बराबरी गोल फर्काए । ४९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरि बार्सिलोनालाई पुनः अग्रता दिलाए । ६० औँ मिनेटमा म्यान्डी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल बेटिस १० खेलाडीमा सीमित भयो । थप खेलाडीका रुपमा मैदान छिरेका लियोनल मेस्सीले ६१ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे । उनले ८२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । त्यसअघि मोरोनले ७३ औँ मिनेटमा रियल बेटिसका लागि दोस्रो गोल गरेका थिए । ९० औँ मिनेटमा गोन्जालेजले गोल गरेपछि बा...
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र म्यानचेस्टर युनाइटेडको जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र म्यानचेस्टर युनाइटेडको जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेका छन् । घरेलु मैदानमा भएको खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई ४–१ ले पराजित गरेको हो । उसले पहिलो हाफमा एक गोल खाएर दुई गोल गर्न सफल भयो भने दोस्रो हाफमा उसले थप दुई गोल गरेको हो । यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३–१ ले पराजित गरेको छ । उसका लागि ब्रुनो फेर्नान्डेसले दुई तथा एडिन्सन काभानीले एक गोल गरे । एभर्टनका लागि बेर्नार्डले गोल गरे । जितपछि तेस्रो स्थानमा पुगेको चेल्सीको सात खेलबाट १५ तथा १४ औँ स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको सात खेलबाट १० अंक भएको छ । अरु खेलमा क्रिष्टल प्यालेसले लीड्सलाई ४–१ तथा वेष्ट ह्यामले फुलह्यामलाई १–० ले पराजित गरेका छन्। ...
क्रिकेट टोलीको प्रशिक्षण मङ्सिर दोस्रो सातादेखि

क्रिकेट टोलीको प्रशिक्षण मङ्सिर दोस्रो सातादेखि

खेलकुद
कात्तिक २२ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुनेभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको जनाएको छ । राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण शुरु हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । अनुमति पाएपछि क्यानले प्रशिक्षणको तयारी थालेको उनले उल्लेख गरे । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडी प्रशिक्षण विहीन अवस्थामा छन् । आठ महिनापछि खेलाडी सामूहिक अभ्यासमा जुट्ने छन् । हाल क्रिकेट खेलाडी काठमाडौँ तथा कतिपय उपत्यका बाहिर रहेका छन् । प्रशिक्षण अघि सबै खेलाडीको स्वाब परीक्षण गरिने त्यसको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराइने क्यान अध्यक्ष चन्दले बताए । खेलाडी र प्रशिक्षकलाई आवश्यक परेको खण्डमा होटल तथा गेष्ट हाउसमा राख्न...
आज मुम्बई र दिल्ली भिड्दै :आईपीएल

आज मुम्बई र दिल्ली भिड्दै :आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २० काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल०को क्वालिफायरमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ । जारी आईपीएलको क्वालिफायर–१ आज साँझ ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको हो । विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ । इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदरावाबीच हुँदैछ । अबुधाबीमा आइतबार हुने क्वालिफायर–२ मा जित निकाल्ने टिम र क्वालिफायर–१ विजेताबीच आगामी सोमबार दुबईमा यो वर्षको आईपीएल उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । ...
युभेन्टसको शानदार जित

युभेन्टसको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २० काठमाडौं । च्याम्पियन लिग फुटबलमा इटालियन क्लब युभेन्टसले शानदार जित दर्ता गरेको छ ।अवे मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले फेरेन्सभारोसी टिसीलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले एक गोल गरे । टिसीका डिभालीले आत्मघाती गोल गरे । टिसीका लागि बोलीले एक गोल फर्काए ।जितसँगै तीन खेलबाट ६ अंक जोडेको युभेन्टस समूहको दोस्रो स्थानमा पुगेको छ । एजेन्सी ...
सन्दीपले बिग ब्यास लिग मेलबर्न स्टार्सबाट नखेल्ने

सन्दीपले बिग ब्यास लिग मेलबर्न स्टार्सबाट नखेल्ने

खेलकुद
कात्तिक १९ काठमाडौं । अर्को महिना देखि शुरुहुने अष्ट्रेलियाको चर्चित बिग ब्यास लिग टि-२० प्रतियोगितामा नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मेलबर्न स्टार्सबाट नखेल्ने भएका छन् । मेलबर्न स्टार्सबाट खेलेका सन्दीपको सम्झौता नविकरण भएको छैन । सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि सन्दीपले नयाँ टोलीबाट बिग ब्यास लिग खेल्ने बताएका छन् । नयाँ टोलीसँगको सम्झौता भने अन्तिम चरणमा पुगेको र केहि दिनमा सार्वजनिक हुन सक्ने बुझिएको छ । ...