आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

घोराहीमा महिला चेम्बर र सनराइज बैंकको आधारभुत लेखा तथा कर निति बारे अभिमुखीकरण

घोराहीमा महिला चेम्बर र सनराइज बैंकको आधारभुत लेखा तथा कर निति बारे अभिमुखीकरण

आर्थिक, समाचार
घोराही, पुस २०- दाङको घोराहीमा एक दिने आधारभुत लेखा तथा कर निति वारे अभिमुखीकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । घोराही चेम्वर अफ कमर्शका अध्यक्ष मञ्जु वज्राचार्यको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम नेपाल महिला चेम्वर अफ कमर्शकी केन्द्रिय सचिव लिमा अधिकारीको प्रमुख आतिथ्यता तथा सनराइज बैँकको मुख्य कार्यालय काठमान्डौका चार्टर एकाउन्टेन्ट अभिषेक श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा सनराइज बैँक तुलसीपुर शाखाका प्रवन्धक प्रविण अधिकारी, चेम्वर सम्बद्ध ब्यवसायी तथा अन्य उद्यमी ब्यवसायीहरुको उलेख्य सहभागिता रहेको थियो । कार्यक्रमको उद्घघाटन कार्यक्रमकी प्रमुख अतिथी महिला चेम्बरकी सचिव लिमा अधिकारीले गरेकी थिईन् । कार्यक्रमको उदघाटन पस्चात सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा उनले महिला चेम्बरले ब्यवसाय मैत्री वातावारणलाई प्राथमिकता राख्दै महिला सशक्तिकरण माथि जोड दिदै आएको ...
सौन्दर्य क्षेत्रको अग्रणी प्रतिष्ठान फेसियल हाउस स्थापनाको १२औं बर्ष पार

सौन्दर्य क्षेत्रको अग्रणी प्रतिष्ठान फेसियल हाउस स्थापनाको १२औं बर्ष पार

आर्थिक, समाचार
काठमाडौंं, सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउस आफ्नो स्थापनाको १२औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गरेको छ । १२औं बार्षिकोत्सवका अवसरका बुधबार कमलादीको सी डब्लु पार्टी प्यालेसमा फेसियल हाउसले एक भब्य कार्यक्रमको आयोजना गरेको थियो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा संघिय संसद सदस्य, सांसद शान्ता चौधरीको उपस्थिती रहेको थियो । कार्यक्रममा अतिथीको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल उद्योगग वाणिज्य महासंघ प्रदेश नं ३ अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष ज्योत्सना श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब्र थापा, कर्पोरेट ग्रुपका अध्यक्ष उज्...
कतारमा नेपाली कामदार गोर्खबहादुर राईलाई नगद इनाम

कतारमा नेपाली कामदार गोर्खबहादुर राईलाई नगद इनाम

आर्थिक, समाचार
दोहा, ०९ मंसिर – कतारको आइओएस प्राप्तएक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत मोरङ निवासी गोर्ख बहादुर राईले नगद इनाम हात पारेका छन् । राईलाई कम्पनी मालिक आसर अल अलीले पन्ध्र हजार रियाल इनाम स्वरुप प्रदान गरेका छन् । विगत दशवर्षदेखि सोही कम्पनीमा इमान्दार र लगनशील भएर काम गरेवापत राईलाई सो इनाम पाएका हुन् । २००८ मा कन्स्ट्रक्सनमा हेल्परका रुपमा आएका राई अहिले सोही कम्पनीको सिभिल फोरमेन भइसकेका छन् । कार्पेन्टर, स्टिल फिक्स्चर, मेसनको काममा पनि राई सिपालु भएका छन् । नासर अल अली इन्टरप्राइसेसमा काम गरेर नै आफूले पुर्व झापामा जग्गा जोडेको राई बताउँछन् । ईनाम पाएर खुशी भएका उनले, आफुले पाएको रकम छोराको पढाईमा खर्च गर्ने बताएका छन् । साथै, राईले कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएको बताउदै उनले सबै कामदारहरुसंग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्दै आ...
नवीकरणिय उर्जा प्रवर्द्धनका लागि संयुक्त राज्य दुतावास युवा परिषद-गियर समुहको कार्यशाला

नवीकरणिय उर्जा प्रवर्द्धनका लागि संयुक्त राज्य दुतावास युवा परिषद-गियर समुहको कार्यशाला

आर्थिक, समाचार
सरोज ओझाकाठमाडौं, ०८मङ्सिर – संयुक्त राज्य दुतावास युवा परिषद अन्तर्गतको गियर समुहले नवीकरणिय उर्जामा बदलावको चुनौती र अवसर बिषयक कार्यशाला कार्यक्रमको आयोजना गरेको छ । काठमाण्डौमा आयोजित सो कार्यक्रम पूर्व वातावरण मन्त्री गणेश साहको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा प्रायोगिक बिज्ञान तथा प्रविधीका लागि अनुसन्धान केन्द्रका प्रा। डा। कृष्ण राज श्रेष्ठ र अमेरिकी दुतावासका सुलभ भट्टले प्रमुख वक्ताका रुपमा मन्तब्य ब्यक्त गर्दै यस्ता कार्यक्रम युवाहरुलाई आपसमा जोड्ने र उत्प्रेरणा दिने समाधानका रुपमा रहनुपर्नेमा जोड दिदै कार्यक्रमको सफलताको कामना गरे । कार्यक्रममा डा। श्रेष्ठद्वारा प्रस्तुत बुदाँमा वनमारा, सल्लाको सुइरो, सालको पात, आरो पस्चात निक्लने धुलो लगायतका बनस्पतिय अपशिष्टको प्रयोग गरि बायो उर्जा उत्पादन गर्न सकिने र मुख्य ईन्धनको स्रोत प्रयोगमा नआएका ग्रामिण बस्तीमा बायो उर्ज...
हार्ट फेलियर हुनबाट जोगिए शाह

हार्ट फेलियर हुनबाट जोगिए शाह

आर्थिक, समाचार
काठमाडौं, लामो समय देखि पत्रकारीता र उद्योग ब्यवसायको विकासमा तल्लिन रहदै आएका पत्रकार तथा युवा उद्यमी उज्वलजंग शाह हार्ट फेलियर हुनबाट जोगिएका छन् । समयमा नै उपचारका लागि गंगालाल हृदय अस्पताल पुगेका कारण उनी हाट फेलियर हुन जोगिएका हुन् । गंगालाल अस्पतालका बरिष्ठ मुटु रोग बिषेशज्ञ डा।अरुण मास्केले समयमा नै उपचार पाएका कारण अहिले शाह खतरा मुक्त भएको बताए । खोज पत्रकारितामा दक्खल राख्ने शाह नेपाली पत्रकारीता क्षेत्रमा नविन सिर्जना भित्र्याउने आयाम बोकेका ब्यक्तिका रुपमा परिचित छन् । पछिल्लो समय काठमाण्डौ मलको भ्रष्टचारको विषयमा कलम चलाउदै गर्दाको अवस्थामा गत बैशाख ३ गते उनी माथि काठमाण्डौ मल परिसरमै सांघातिक हमला भएको थियो । रड हमलाबाट घाईते बनेका शाह तीन हप्तासम्म नर्भिक अस्पतालमा उपचारका लागि बस्नु परेको थियो । ज्यानै लिने गरि भएको सो आक्रमणपछि शाह अस्वस्थ रहदै आएका छन् । शाहलाई आक्रमणक...
नेपाल चेम्बर र भारतको व्यापार प्रवद्र्धन परिषद बिच नयां दिल्लिमा छलफल

नेपाल चेम्बर र भारतको व्यापार प्रवद्र्धन परिषद बिच नयां दिल्लिमा छलफल

आर्थिक, समाचार
नेपाल चेम्बर र भारतको व्यापार प्रवद्र्धन परिषद एवं एशोचेमबीच लगानी अभिवृद्धि बारे नयां दिल्लिमा छलफल नयां दिल्लि ( भारत भ्रमणमा रहेको नेपाल चेम्बर टोलीका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले टे्रड प्रमोशन काउन्सिल अफ इण्डिया (टिपिसिआइ) का पदाधिकारीहरुसंग भेट गरी द्धिपक्षीय व्यापारीक संम्बन्ध अभिवृद्धिका बारेमा छलफल गरेका छन् । सन् २०१८ मा टिपिसिआइ र नेपाल चेम्बर बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । छलफलमा दुवै पक्षले भविश्यमा सहयोग र सहकायका क्षेत्रहरुको वारेमा छलफल केद्रित रहयो । नेपाल भारत संम्बन्ध केवल माल बस्तुको आयातमा भर पर्नु पर्ने भन्दा भारतबाट तकनिकी नविन प्रविधी, मेशिनरी आयातमा जोड दिनु पर्ने, द्धिपक्षिय व्यवसायिक प्रतिनिधि मण्डलको भ्रमण समय समयमा हुनु पर्ने,(टिपिसिआइ) संग पर्यटन, कृषि,जडिबुटीको उत्पादन देखि निकासी प्रवद्र्धन गर्नमा सहकार्य गर्न तत्...
युरोपमा रहेका नेपाली माझ लोकप्रिय सन्तोष कुमार भट्टराईद्वारा एनआरएनए यूरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा

युरोपमा रहेका नेपाली माझ लोकप्रिय सन्तोष कुमार भट्टराईद्वारा एनआरएनए यूरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा

आर्थिक, समाचार
काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको आशन्न विश्व सम्मेलनको पूर्वसन्ध्यामा जर्मनीका सन्तोष कुमार भट्टराईले यूरोप क्षेत्रीय संयोजकको पदमा उम्मेदवारी घोषणा गरेका छन् ।  बिगत लामो समय देखि जर्मनीको ह्याम्बर्गमा ब्यबसाय गर्दै आएका भट्टराई स्थानीय नेपाली माझ निकै सहयोगीको रूपमा परिचित छन् । बिश्व भरका ७८ देशमा फैलिएको (एन आरएनए ) को बिश्व सम्मेलन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौमा हुदैछ । सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ अहिले ९ औं विश्व सम्मेलनको पूर्व सन्ध्यामा आईपुगेको छ। उनले उम्मेदवारी घोषणा गर्दै लेखेका छन् -'स्थापना भएपछिका समयमा पञ्जीकृत  सदस्यहरू बढ़ेका छन्, सदस्य देशहरू बढेका छन्, हिजोका उदेश्यहरू परिस्कृत भएका छन्, उत्तरदायित्व बढेको छ, अपेक्षाहरू बढेका छन्, हाम्रो दक्षता बढेको छ, हाम्रो क्षमतामा अभिबृद्धि भएको छ, त्यसैले संस्था...
दिनेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन, कर्पोरेटका प्रबन्ध निर्देशक सुष्मा महरा पुन कोषाध्यक्षमा निर्वाचित

दिनेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन, कर्पोरेटका प्रबन्ध निर्देशक सुष्मा महरा पुन कोषाध्यक्षमा निर्वाचित

आर्थिक, समाचार
 काठमाण्डौं -कर्पोरेट म्यागजिन तथा कर्पोरेट खबरका प्रबन्ध निर्देशक सुषमा महरा पुन नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको कोषाध्यक्षमा निर्वाचित भएकी छन् । महरा यस अघि तदर्थ समितिमा पनि कोषाध्यक्षको भुमिकामा थिईन् । बरिष्ठ ब्युटिसियन समेत रहेकी महरा जुझारु महिला ब्यवसायीका रुपमा समेत परिचित छिन् । विभिन्न संघ सस्थामा आवद्ध रहेकी महराले व्यवसायीहरुको हक हितका निम्ति नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएकी छिन् । व्यवसायिक वातावरणका लागि भष्टा«चारको विरुद्धमा समेत आवाज उठाउदै आएकीे महरालाई एक निडर एवं सक्षम महिला उद्यमीका रुपमा हेरिदै आईएको छ । दिनेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन त्यस्तै, नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको प्रथम वार्षिक साधारण सभाले दिनेश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा हेमराज ढकाल, जयप्रकाश शिवाकोटी, राजेन...
महिलाको आर्थिक सशक्तिकरण लागि नेपाल महिला चेम्बरको सांस्कृतिक कार्यक्रम

महिलाको आर्थिक सशक्तिकरण लागि नेपाल महिला चेम्बरको सांस्कृतिक कार्यक्रम

आर्थिक, समाचार
काठमाडौं, ०५ आश्विन - नेपाल महिला चेम्बरले शुशिला आर्ट एकेडेमी तथा रुसी सांस्कृतिक केन्द्रसँगको समन्वय माझ शनिवार सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । नेपाली महिलाको आर्थिक सशक्तिकरणका निम्ति कोष बृद्धि गर्ने उदेश्यका साथ रुसी सांस्कृतिक केन्द्रमा आयोजित उक्त सांस्कृतिक कार्यक्रममा नेपालका लागि फ्रान्सेली राजदुत फ्रान्सोयस जिभियर लेगर, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, शुशिला आर्ट एकेडेमीकी संस्थापक युलिया कोईराला, रुसी सांस्कृतिक केन्द्रका उप निर्देशक लगायतको ऊपस्थिती रहेको थियो। सांस्कृतिक कार्यक्रम माझ सुशिला आर्ट एकेडेमीका कलाकारहरुले नेपाली लोक नृत्य, रसियाली सांस्कृतिक नृत्य एबम् नेपाली र रसियाली कला मिश्रित नृत्य प्रस्तुत गरेका थिए । ...
नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने

आर्थिक, समाचार
काठमाडौं । नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए । छुट बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । यसको शुरुवात सरकारी स्वामित्वको कम्पनीबाटै गर्ने उद्देश्यअनुसार उक्त निर्णय भएको हो ।  निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब निगमको आन्तरिक उडानमा यात्रुहरुले अग्रिम बुकिङ गरी टिकट लिन सक्ने भएका छन् ।  ...