आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

एसइईको कानूनी व्यवस्थामा परिवर्तन गरिँदै

एसइईको कानूनी व्यवस्थामा परिवर्तन गरिँदै

आर्थिक, शिक्षा, समाचार
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ। कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदबाट गत जेठ २८ गते २०७६ को एसइईको परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा यसलाई संरचनाका रुपमा विकास गर्न कानूनमा परिवर्तन आवश्यक हुन्छ। उक्त निर्णयलाई शिक्षा क्षेत्रमा सकारात्मक मानिएको छ। मुलुकमा सङ्घीयता लागू भइसकेको र माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्मलाई जनाइने नीति जारी भइसकेको अवस्थामा यसअघि नै कक्षा १० को एसइई परीक्षा राष्ट्रियस्तरमा गरिरहन आवश्यक नपर्ने शिक्षाविज्ञले आवाज उठाउँदै आएका थिए। सरकारले सङ्घीय शिक्षा ऐन जारी नभ...
मकाउमा कार्यरत ७० नेपाली घर फर्कन प्रतीक्षारत

मकाउमा कार्यरत ७० नेपाली घर फर्कन प्रतीक्षारत

अन्तराष्ट्रिय, आर्थिक, समाचार
मकाउमा कार्यरत ७० नेपाली घर फर्कन प्रतीक्षारत रहेका गैरआवासीय नेपाली संघ, मकाउले जनाएको छ। कामबाट राजीनामा गरेका, भिसा पुनः नविकरण नभएका, कामबाट निकालिएका, भिजिट भिसा, गर्भवती तथा बिरामी गरी ७० जनाले महाबाणिज्य दूतावासमार्फत नाम दर्ता गराएका एनआरएन मकाउले जानकारी दिएको छ। मकाउमा चार हजार पाँच सय ३९ नेपाली वैधानिक रुपमा कार्यरत छन्। ‘नेपालीहरुलाई फर्काउन मकाउमा फ्लाइट ल्याउने वा थाइल्याण्ड तथा सिंगापुरमा आउने चार्टड फ्लाइटमार्फत गर्ने भन्ने कुरामा पहल भइरहेता पनि हङकङबाट हुने फ्लाइटको लागि आवश्यक हङकङ ट्रान्जिट लगायतका प्रक्रियाबारे सम्बन्धित निकायमा आवश्यक छलफल भइरहेको छ’ एनआरएनए मकाउका एक नेताले भने, ‘सोही अनुरुप एनआरएनए मकाउले २० जुनको समय सीमा राखि सूचना गरी फाराम भर्न अनुरोध गरिसकेको छ।’ मकाउबाट फर्किन हवाई भाडा सम्बन्धित कम्पनीले दिनेछ। एनआरएनएका अनुसार मकाउमा कार्यरत ४००...
भरतमोहन स्‍मृति फाउण्डेसनबाट ९०० जनालाई भोजन वितरण

भरतमोहन स्‍मृति फाउण्डेसनबाट ९०० जनालाई भोजन वितरण

आर्थिक, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, २ असार - पूर्व उपप्रधान एवम् अर्थमन्त्रीको स्‍मृतिमा स्थापित भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनले ९०० जनालाई भोजन वितरण गरेको छ । फाउण्डेसनले मंगलबार बुढानिलकण्ठमा दिन दु:खी, असहाय, मजदुर एवम समस्यामा परेकाहरुलाई खाना वितरण गरेको हो । भोजन वितरण कार्य साँझ ४ बजे शुरु भएको थियो । फाउण्डेसनकी सदस्य लिमा अधिकारीको अगुवाइमा भएको भोजन वितरण कार्यक्रममा फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारी लगायत फाउण्डेसनका सदस्यहरु जयन्ती राई,खम्ब खत्री, शान्ति अधिकारी लगाएतको उपस्थिति उपस्थिती रहेको थियो । कार्यक्रम स्थानीयहरु, प्रहरी प्रशासनको सहयोगमा सम्पन्न भएको थियो । राहत वितरण पस्चात संचारकर्मीहरुसँग कुराकानी गर्दै फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारीले कोभिड १९ का कारण सिर्जित प्रतिकुलताका कारण गर्जो टार्न मुश्किलमा परेका तप्कालाई राहत स्वरुप भोजन वितरण गरिएको बताईन । त्यसैगरि फाउण्डेसनकी सदस्...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकामा डेलिभरी गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकामा डेलिभरी गर्ने

आर्थिक, समाचार, समाज
बन्दाबन्दीमा चक्रपथभित्र अनलाइनमार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब काठमाडौँ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ । बन्दाबन्दी अवधिमा उपभोक्तासँग उपत्यकाभित्र डेलिभरी चार्ज नलिनका लागि निजी कम्पनी सस्तोडिलसँग व्यापार साझेदारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए । “शुरुआती चरणमा चक्रपथभित्र मात्र डेलिभरी शुरु गरिएको थियो, सबै आन्तरिक तयारी पूरा गरेर उपत्यका भित्र विस्तारको योजना बनाइएको हो”, उनले भने । चक्रपथभन्दा पाँच किलोमिटर बाहिरसम्म एकदुई दिनभित्र अनलाइन डेलिभरी शुरु गर्ने तयारी गरिएको तथा अन्य स्थानमा विस्तारै गर्दै जाने जनाइएको छ । यसैगरी चक्रपथ बाहिर डेलिभरी शुरु गर्दा जडिबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा स्यानिटाइजरसमेत अनलाइन बिक्रीमा राख्ने तयारी भएको सुवेदीले जानका...
चिनीको अभाव हुने भन्दै राष्ट्रिय उपभोक्ता मंचले गरायो सरकारको ध्यानाकर्सण

चिनीको अभाव हुने भन्दै राष्ट्रिय उपभोक्ता मंचले गरायो सरकारको ध्यानाकर्सण

आर्थिक, समाचार
ललितपुर, जेठ – उपभोक्ता अधिकारको क्षेत्रमा कृयाशिल संस्था राष्ट्रिय उपभोक्ता मंचले बजार स्थिती बारे गरिएको अन्वेसणका क्रममा चिनीको अभाव हुने देखिएको औल्याएको छ । विहिबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै मंचका अध्यक्ष प्रेमलाल नहर्जनद्वारा प्रेसित पत्रमा चिनीको अभाव हुन नदिन चिनीको आपूर्ति व्यवस्थापन सहज गर्दै सुलभ मूल्यमा उपलव्ध गराउन माग गरिएको छ । पत्रमा आम नागरिकको लागी आवश्यक पर्ने दैनिक अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति गर्ने जिम्मेवारी नेपाल सरकारकै भएकोमा दुइमत नरहेको उल्लेख गर्दै बजारलाई प्रभावित पारेर अनुचित व्यापारिक कृयाकलाप गर्ने केही व्यवसायीहरुले दैनिक उपभोग्य वस्तुहरुको अभाव श्रृजना गरी मूल्यबृध्दि गर्ने र गलत तरिकाले फाइदा उठाउन खोजेको घटनाहरु हुंदै आएको निवेदन गरेको छ । मंचले अहिले बजारमा दाल, चामल, नून तेल जस्तो अत्यावश्यक खाद्यवस्तुहरुको उचित व्यवस्थापनको कारण बजारमा खा...
लकडाउनपछि पहिलोपटक सुनचाँदी बजार खुलेकै दिन सुनको मूल्य प्रतितोला दश हजार ४ सय रुपैयाँले बढ्यो

लकडाउनपछि पहिलोपटक सुनचाँदी बजार खुलेकै दिन सुनको मूल्य प्रतितोला दश हजार ४ सय रुपैयाँले बढ्यो

आर्थिक, समाचार
सुनको मूल्य प्रतितोला दश हजार ४ सय रुपैयाँले बढेको छ। लकडाउनपछि आज पहिलोपटक सुनचाँदी बजार खुलेको छ। खुल्नेबित्तिकै प्रतितोला १० हजार ४ सय रुपैयाँले मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चैत १० गते छापावाला सुनको मूल्य ७७ हजार प्रतितोला रहेको थियो। आज अर्थात जेठ २५ गते सुुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। चैत १० गते प्रतितोला ७ सय २० रुपैयाँ चाँदीको मूल्य ९ सय २५ रुपैयाँ पुगेको हो। सुनको भन्सार दर ६ हजार ५ सय रुपैयाँ रहेकोमा बजेटले यसलाई ८ हजार ५ सय रुपैयाँ पु¥याइएको थियो। त्यस्तै चाँदीको भन्सार दर प्रति १० ग्राम १० रुपैयाँले बढेको छ। यसअघि ७५ रुपैयाँ थियो, अब ८५ रुपैयाँ पुगेको छ। बजेटले भन्सारदर बढाएको तथा विश्व बजारमै सुनको मूल्य बढेकोले नेपालमा मूल्य बढाएको महासंघले जानकारी गराएको छ। ...
विश्व महामारीमा पनि अर्बपतिहरु झन धेरै धनी

विश्व महामारीमा पनि अर्बपतिहरु झन धेरै धनी

आर्थिक, समाचार
पछिल्लो तीन महिना सामान्य अमेरिकी नागरिकका लागि कठिन रह्यो, तर अर्बपतिहरुका लागि होइन । गत मार्च १८ यता अमेरिकी अर्बपतिहरु ५.६५ खर्ब डलरले धनी भएको इन्सिटिच्युट फर पोलिसी स्टडिजले बिहीबार प्रकाशन गरेको एक रिपोर्टले देखाएको छ । यो रिपोर्ट फोर्ब्सको विश्वका अर्बपतिको सूचीको आधारमा तयार पारिएको हो । अहिले अर्बपतिको कूल सम्पत्ति ३५ खर्ब डलर पुगेको छ । महामारीको शुरुवात यता उनीहरुको सम्पत्ति १९ प्रतिशतले वृद्धि भएको रिपोर्टमा भनिएको छ । अमेजनका प्रमुख जेफ बेजोस एक्लैको सम्पत्ति ३६।२ अर्ब डलर रहेको छ । यो गत मार्च १८ भन्दा यो बढी नै हो । सोही दिन यता ४.३ करोड अमेरिकीले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् । सेवा र पर्यटन क्षेत्रका कम आय भएका कामदारहरु महामारीबाट बढी प्रभावित बनेका छन् । यसले अमेरिकामा धनी र गरिबबीचको खाडल धेरै ठूलो रहेको देखाउने विज्ञहरु बताउँछन् । यही कारणले पनि अमेरि...
भारतमा सार्वजनिक यातायात खुलेसंगै काँकडभिट्टा नाकाबाट  दैनिक सयौँ नेपाली स्वदेश प्रवेश

भारतमा सार्वजनिक यातायात खुलेसंगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश

आर्थिक, समाचार
भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश गरिरहेका छन् । भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरुलाई सुरक्षितरूपमा उद्धार गरेर मेचीनगर नगरपालिकाले सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सम्बन्धित जिल्लासम्म पठाउने काम गरिरहेको नगरप्रमुख विमल आचार्यले बताए । उनले भने, “लकडाउन भइसकेपछि सीमा क्षेत्रमा अलपत्र हुनुभएका नेपालीलाई उद्धार गरी गन्तव्यसम्म सुरक्षितरूपमा पु¥याउनु हाम्रो दायित्व हो । काँकडभिट्टा नाकाबाट यति धेरै नेपाली आउनु भयो कि उहाँहरुलाई राख्न होल्डिङ सेन्टर बनाउनुप¥यो ।” उनले उनीहरुलाई आ–आफ्नो प्रदेश र जिल्लासम्म पुग्नका लागि यातायातको साधनलाई सवारी पाससहित व्यवस्था गरेको बताए । सो काम जिल्ला समन्वय समिति र जिल्ला प्रशासनसँगको समन्वयमा गरेको बताउँदै ७७ जिल्लाकै ...
लकडाउनका कारण ज्युन समस्या भयो : नाई मजदुर संघ

लकडाउनका कारण ज्युन समस्या भयो : नाई मजदुर संघ

आर्थिक, समाचार
काठमाडौं, अखिल नेपाल राष्ट्रिय नाई मजदुर संघले लकडाउनका कारण हात मुख जोर्न समस्या भएको बताएको छ ।सेवामुखी नाई ब्यवसायमा संलग्न पेशाकर्मीहरुले ६९ औ दिनसम्म आईपुग्दा जेनतेन लकडाउन झेलेको उल्लेख गर्दै यथासिघ्र लकडाउन खोल्नुपर्ने माग राखेको छ । संघले जेठ १९ गते प्रेस विज्ञप्ती जारी गर्दै सो माग राखेको हो । संघद्वारा जारी विज्ञप्तीमा उपत्यकामा करिब दश हजार शैलुनहरु रहेको उल्लेख गर्दै प्रति शैलुन सरदर चार जनाले रोजगार विहिन बन्नु परिरहेको जनाएको छ । संघका अध्यक्ष नागेन्द्र ठाकुर बब्लु द्वारा हस्ताक्षरित विज्ञप्तीमा शैलुन संचालकले घर भाडाको समस्या झेल्दै आएको उल्लेख गरिएको छ । साथै, संघले कोभिडको कहरसँगसंगै रोजीरोटीको समस्या पनि गासिएकाले समस्या समाधानको लागि सरकारको ध्यानाकर्शण गर्न चाहेको बताएको छ । ...
जेठ २५ सम्म कर तिरिसक्न सरकारको ताकेता

जेठ २५ सम्म कर तिरिसक्न सरकारको ताकेता

आर्थिक, समाचार
काठमाडौं । सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गर्न थालेको छ । सरकारले सार्वजनिक सूचना नै निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबाव बढाएको छ । लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो । १४ वैशाखको मन्त्रिपरिषद बैठकले वैशाख २५सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो । तर, पछिल्लोपटक लकडाउन लम्बाउँदै जेठ ३१ गतेसम्म विस्तार गर्ने निर्णय लिएको सरकारले जेठ २५ पछिको कर भुक्तानीको लागि दिइएको म्याद थपेको छैन । बरु आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जविरवाना बच्न आग्रह गर्दै सार्वजनिक सूचना निकालको छ । लकडाउन लम्बिएपछि करदाता बैंक वा कर कार्यालयसम्म पुग्न प...