वडा अध्यक्षकी आमाले नै तीनवटा वडाबाट भत्ता लिँदै आएको खुलासा
भदाै २४ काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका–१ का अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडा कार्यालयबाट कागज मिलाएर सामाजिक सुरक्षाभत्ता लिँदै आएको खुलेको छ।अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार ग’लत तरिकाले लाभ लिँदा स्थानीयस्तरबाट चर्को वि’रोध भएको खबर आजको समाचारपत्र दैनिकले छापेको छ।
मनहरी गाउँपालिका वडा नम्बर–१ की वेदमाया खनालको नाममा आर्थिक वर्ष २०७५/०७६ को अन्तिम चौमासिक र आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिक अव’धिको सामाजिक सुरक्षा भत्ता वडा नम्बर–१, ३ र ७ बाट भुक्तानी भएको पाइएको हो।गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले उक्त विषयमा छा’नबिन समिति बनाउने तयारी गरिएको बताए।वडा नं.३ बाट उनीहरु वडा नं. १ मा बसाईं सरेर गएका हुन्। तर, वडा नम्बर ७ बाटसमेत भत्ता भुक्तानी भएको देखिनु आश्चर्यको विषय बनेको छ।
तीन ठाउँबाट भक्ता लिइएको उजुरी अ’ख्तियार दुरुपयोग अनुसन्धान आयोगम...









