आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

दक्षिण कोरियाले ईपीएस नियममा परिवर्तन गर्ने

दक्षिण कोरियाले ईपीएस नियममा परिवर्तन गर्ने

अन्तराष्ट्रिय, आर्थिक, समाचार
दक्षिण कोरियाले ईपीएस कानुनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ ।परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । यसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा लाग्नु पर्ने, भाषा र कामको दक्षता आदि पूरा गरी उक्त श्रमिकले अर्को कम्पनीमा कम्तीमा पनि एक वर्ष काम गरेको हुनुपर्नेछ । हालसम्म कोरियामा कम्पनीको कारणबाहेक कार्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन नपाउने नियम छ । त्यस्तै कम्पनीमा यौन दुर्व्यवहारमा परी कार्यस्थल परिवर्तन गरेका श्रमिकले अर्को कम्पनीमा एक वर्ष नपुगे पनि सम्बन्धित निकायको सिफारिसमा पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन पाउने कानुनसमेत संशोधनको ...
चाडपर्व लक्षित सुपथ मुल्य पसल असोज १५ बाट सञ्चालनमा आउने

चाडपर्व लक्षित सुपथ मुल्य पसल असोज १५ बाट सञ्चालनमा आउने

आर्थिक, समाचार
काठमाडौं ८ असोज । वितगका वर्ष झै यो वर्षपनि यही असोज १५ बाट देशभर चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा आउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा नायायण प्रसाद रेग्मीले आउँदो असोज १५ बाट सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्न लागेको जानकारी गराएका हुन् । हरेका वर्ष दशैं आउनुभन्दा १५ दिन अगाडी सञ्चालनमा आउने यो सुपथ मुल्य पसल यसपाली भने कोभिड १९ कोरोना भाइरसले गर्दा कुन कुन स्थानमा राखिने बारे छलफल भइरहेको पनि प्रवक्ता रेग्मीले जानकारी दिएका छन् । ...
भूकम्पपीडितबाट घुस लिने प्राविधिक जागिरबाट निकालिए

भूकम्पपीडितबाट घुस लिने प्राविधिक जागिरबाट निकालिए

आर्थिक
असोज ८ ओखलढुंगा । भूकम्प पीडितबाट घुस लिएको आरोप लागेका पुनःनिर्माणका प्राविधिकलाई जागीरबाट बर्खास्त गरिएको छ। मोलुङ गाउँपालिका–६ श्रीचौरका लाभग्राहीबाट गैरकानूनी हिसाबले रकम लिएका पुनःनिर्माणका प्राविधिक मनोज खतिवडालाई जागिरबाट निकालिएको हो। मापदण्ड विपरीत बनेका घर पास गर्नका लागि प्राविधिक खतिवडाले लाभग्राहीबाट रकम लिएका थिए। पहिलो र दोस्रो किस्ता लिइसकेका तर अन्तिम किस्ता लिन बाँकी लाभग्राहीबाट खतिवडाले रु १० देखि १५ हजारका दरले गैरकानूनी ढंगले रकम असुलेको पाइएको समाचार आइरहेको थियो । स्थानीयवासीको गुनासोसहितका समाचार सार्वजानिक भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले छानबिन थालेका थिए। छानबिनका क्रममा लाभग्राहीबाट लाखौंँ रकम उठाएको प्रमाण फेला परेपछि प्राविधिक खतिवडालाई जागीरबाट बर्खास्त गरिएको जिल्ल...
शेयर कारोबार नेप्से झिनो अङ्कले उकालो लाग्यो

शेयर कारोबार नेप्से झिनो अङ्कले उकालो लाग्यो

आर्थिक
असोज ८ काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.७४ बिन्दुले उकालो लागेर एक हजार ५६१.२६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.२३ ले वृद्धि भई ३०९.५७ मा पुगेको छ । कूल १९३ कम्पनीको ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर रु दुई अर्ब २३ करोड ३४ लाख ८९ हजार २४ मूल्यमा खरिद बिक्री भए । नेप्सेको सुधारसँगै बजार पूँजीकरण समेत वृद्धि भई झण्डै रु २१ खर्ब बराबरको भएको छ । स्टकका अनुसार आजको बजार पूँजीकरण रु २० खर्ब ८० अर्ब बराबरको भएको छ । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लाग्दा ५ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ०.९३, व्यापार ७०.८५, होटल १७.२७, जलविद्युत् ५५.७१, वित्त ९.६२ र अन्य उपसमूह ८.९४ ले वृद्धि भएको छ । यस्तै, विकास बैंक १.६७, निर्जीवन बीमा ५३.९७, उत्पादन ९.३, लघुवित्...
आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

आर्थिक
असोज ८ काठमाडौं। आज पनि छापावाल सुन प्रति ताेलामा १२०० रुपैयाँ घटेको छ ।हिंजाे ९४ हजार ३ सय रुपैयाँ रहेकाे छापावाला सुनको भाउ आज  प्रतिताेला तोलामा १२ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ पुगेको छ । तेजावी सुन पनि घटेर आज प्रति तोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज ७० रुपैयाँले घटेर तोलामा ११ सय २० रुपैयाँ कारोबार भैरहेको छ । हिंजाे चाँदी तोलाकाे ११ सय ९० रुपैयाँ कारोबार भएको थियो । ...
‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार’

‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार’

आर्थिक
असोज ८ गण्डकी । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुकमा परेको अप्ठेरो परिस्थितीका कारण यस वर्षमा बृद्धभत्तामा केही बृद्धि गरे पनि लक्ष्यमा पुग्न नसकेको उनको भनाइ छ । जेष्ठ नागरिकले प्राप्त गर्ने सेवा सुविधामा वर्तमान सरकारले कुनै किसिमको कन्जुस्याई नगर्नेमा बताउँदै थापाले सामाजिक सुरक्षाका हरेक विषयलाई उच्च प्राथमिकताका साथ अघि बढाएको धारणा राखे । तीनै तहका सरकारले सामाजिक न्यायसहित वि...
सप्तकोसीको बजेट झन्डै ४७ करोड

सप्तकोसीको बजेट झन्डै ४७ करोड

आर्थिक, समाचार
असोज ८ सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिकाले बुधबार रु ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै पाँचौँ नगरसभा सम्पन्न गरेको छ । नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख आशा चौधरीले सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पारित गर्दै नगर सभासम्पन्न भएको हो । नगरसभाको उद्घाटनमा प्रदेश नं २ का प्रदेश सभासदस्य सत्यनारायण मण्डलले देशमा व्यवस्था फेरिए पनि मानिसको सोचमा परिवर्तन नभएको बताउनुभयो । नयाँ प्रणालीमा देश गए अनुसार जनताको चाहना पनि फेरिनु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा जेष्ठ नागरिक मुरारी कार्कीले जनप्रतिनिधीबाट पारित योजना अक्षरस पालना हुनुपर्ने बताउनुभयो । नेपाल किसान सङ्घका केन्द्रीय सदस्य पुष्प बस्नेतले स्थानीय स्तरमा सञ्चालन भएका उद्योग सञ्चालनमा टेवा पु¥याउन र किसानको समस्यालाई सम्बोधन गर्न वरिपरी ...
वाग्मती सरकारले सहुलियतपूर्ण ब्याजदरमा तीन अर्ब ऋण दिने

वाग्मती सरकारले सहुलियतपूर्ण ब्याजदरमा तीन अर्ब ऋण दिने

आर्थिक
असोज ८ काठमाडौं।वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा रु तीन अर्ब ऋण लगानी गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले कृषि, उद्योग, व्यापारव्यवसायसँंग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न कार्यविधिसमेत पारित गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । (रासस) ...
एनआरएन लघुवित्तको बुकक्लोज

एनआरएन लघुवित्तको बुकक्लोज

आर्थिक
असोज ७ काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBSL) ले असोज ११ गते शेयर दर्ता किताब बन्द गर्ने भएको छ। लघुवित्तले विशेष साधारण सभा प्रयोजनार्थ सो दिन बुकक्लोज गर्न लागेको हो। लघुवित्तले असोज १८ गते, आइतबार धनगढी, कैलाली (होटल दिनेश) मा विशेष साधारण सभा डाकेको छ।सभामा पुनः सर्वसाधारण शेयर अर्थात एफपीओ जारी गर्ने सम्बन्धमा छलफल गर्ने विशेष प्रस्ताव रहेको छ। यसका साथै सभामा लघुवित्तको नाम परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय बुढानिलकण्ठ नगरपालिका ९, काठमाडौँमा स्थापना गर्ने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र साविकका किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तसँगको मर्ज अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ। ...
आज नेप्से ९.३७ बिन्दुले उकालो लाग्यो

आज नेप्से ९.३७ बिन्दुले उकालो लाग्यो

आर्थिक
असोज ७ काठमाडौं ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.३७ बिन्दुले उकालो लागेर एक हजार ५५५.५२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९५ ले वृद्धि भई ३०८.३४ मा पुगेको छ । कूल १८४ कम्पनीको ५८ लाख ६२ हजार ६१७ कित्ता शेयर रु एक अर्ब ७२ करोड ७८ लाख २१ हजार ७०७ मूल्यमा खरिद बिक्री भए ।  कारोबार भएका कूल १२ उपसमूह मध्ये आज होटल उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयर २३.६४ ले ओरोला लाग्दा बैंकिङ १.८७, व्यापार ५.७२, विकास बैंक २२.८, जलविद्युत् ३३.७९, वित्त १२.०२, निर्जीवन बीमा ७४.७७, उतपादन २३.२, अन्य ७.३६, लघुवित्त १०.२२, जीवन बीमा ९४.६८ र सामूहिक लगानी कोष ०.०३ ले वृद्धि भएको छ ।  कारोबारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ८५ लाख ९८ हजार ४५ बरा...