आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

उपत्यकामा अनलाइन सपिङ सहित ५२ ठाउँमा दशैँलक्षित सुपथ पसल

उपत्यकामा अनलाइन सपिङ सहित ५२ ठाउँमा दशैँलक्षित सुपथ पसल

आर्थिक, समाचार, समाज
 काठमाडौँ उपत्यकासहित देशभरमा दशैँलक्षित सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । यसपटक निजीक्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैँलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त सञ्चालनमा उपत्यकासहित कम्तीमा ५२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका देशभरका मुख्य कार्यालय, सात वटा प्रादेशिक कार्यालय, पाँच वटा मुख्य शाखा कार्यालय, २३ वडा शाखा कार्यालय तथा १६ वटा डिपो कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । साल्ट ट्रेडिङको सबै आउटलेटमा पनि सहुलियत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । सहुलियत पसल सञ्चालनको निर्णय र मोडालिटीको बारेमा आज बस्ने बैठकले निर्णय गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले गोरखापत्र अ...
घटस्थापनाको दुई दिन अघिदेखि खसीबोका बिक्री गरिने

घटस्थापनाको दुई दिन अघिदेखि खसीबोका बिक्री गरिने

आर्थिक, समाचार
 दशैंँका लागि तीन जिल्लाबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ । दाङ र मकवानपुरबाट एक हजार खसी तथा बोका र मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने निर्णय भएको कम्पनीले जनाएको छ । शुरुआती चरणमा उक्त स्थानबाट तीन हजार खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी भए तापनि शुरुआती चरणमा दुई हजार मात्र ल्याइने भएको छ । गत वर्षको मागअनुसार तीन हजार ल्याइने तयारी भए तापनि यसवर्ष मागमा कमी आउने सम्भावना देखिएपछि दुई हजार मात्र ल्याउन लागिएको हो, माग बढ्यो भने आवश्यकताअनुसार पछि थप गर्ने गरी ल्याउन लागिएको सुवेदीले जानकारी दिए । थापाथली काउन्टरबाट घटस्थापनाको दुई दिन अघिदेखि खसीबोका बिक्री गरिने कम्पनीले जनाएको छ । ...
१८ ब्राण्डका गुणस्तरहीन ह्यान्ड सेनिटाइजरको उत्पादन, बिक्री गर्न रोक

१८ ब्राण्डका गुणस्तरहीन ह्यान्ड सेनिटाइजरको उत्पादन, बिक्री गर्न रोक

आर्थिक, समाचार
गत चैतमा नेपालमा दोस्रो व्यक्तिमा कोरोना देखिएपछि बजारमा सेनिटाइजर, मास्क जस्ता स्वास्थ्य सुरक्षाका सामग्रीको अभाव चुलिएको थियो । मानिसहरु सेनिटाइजर किन्नकै लागि पसल तथा मेडिकल अगाडि लाइन लाग्ने अवस्था थियो । तर, वैशाख दोस्रो हप्तादेखि बजारमा विभिन्न (नामै नसुनेका) ब्राण्डका सेनिटाइजर छ्याप्छ्याप्ती पाइन थाले । तर, यसरी बजारमा उपलब्ध हुने सेनिटाइजरमध्ये ४५ प्रतिशतजति गुणस्तरहीन हुने गरेको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञान संकायअन्तर्गत वातावरण अनुसन्धान प्रयोगशालामा काठमाडौं उपत्यकामा पाइने सेनिटाइजरको प्रभावकारिता परीक्षण गर्दा ४५ प्रतिशत सेनिटाइजर गुणस्तरहीन पाइएको हो । यस्ता सेनिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने हानीकारक रसायन मिसाइने गरिएको पाइएको थियो । त्यसपछि औषधि व्यवस्था विभागले पनि बजारमा पाइने सेनिटाइजरको गुणस्तरीयत...
नबिल बैंकद्वारा सेयर धितो कर्जा सुरुवात

नबिल बैंकद्वारा सेयर धितो कर्जा सुरुवात

आर्थिक
असोज १२ काठमाडौं । नेपाल धितोपत्र बजार नेप्से कारोबार हुने सेयरहरु धितो राखी बैंकबाट सस्तो ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराउने नबिल बैंक लिमिटेडले जनाएको छ। बैंकका अनुसार ५० लाख अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध हुने छ। आगामी बडा दशैँको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट सेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ। नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो। यसका देश भरी ११९ शाखाहरु र १८५ एटीएम काउण्टरहरु रहेका छन्। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ। देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो। साथै यसले नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्ट...
आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

आर्थिक
असोज ११ काठमाडौ । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । शुक्रबार तोलामा ९३ हजार ९ सय रुपैयाँँ रहेको छापावाल सुनको मूल्य आज ६ सयले घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ८ निर्धारण गरिएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११५० रहेको ११५० रहेको महासंघले जनाएको छ । ...
नेप्सेमा आज झिनो सुधार

नेप्सेमा आज झिनो सुधार

आर्थिक
असोज ११ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से ४.२९ बिन्दुले उकालो लागेर एक हजार ५६५.५५ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले वृद्धि भई ३१०.४७ मा पुगेको छ । कूल १९१ कम्पनीको एक करोड ९७ लाख ७२ हजार ३११ कित्ता शेयर तीन अर्ब १३ करोड ८२ लाख ४३ हजार ३६१ मूल्यमा खरिद बिक्री भए । लगातार नेप्से उकालो लाग्दा बजार पूँजीकरणसमेत बढेर झण्डै २१ खर्ब रुपैयाँ बराबरको भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १३.७४, होटल ५१.७१, विकास बैंक १३, वित्त ११.६३ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले वृद्धि भएको छ । यस्तै व्यापार १.९४, जलविद्युत् १३.१, निर्जीवन बीमा ७२.५३, उतपादन ४४.८१, अन्य १.५४, लघुवित्त ६.६२ र जीवन बीमा ८३.५९ ल...
आजबाट जनरल इन्स्योरेन्सको सेयर भर्न मिल्ने

आजबाट जनरल इन्स्योरेन्सको सेयर भर्न मिल्ने

आर्थिक
असोज ११ काठमाडौं ।आजबाट जनरल इन्स्योरेन्सको सेयर भर्न मिल्ने भएकाे छ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणको लागि प्रथमिक शेयर (आईपीओ) निष्काशन गरेको हाे। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको कूल ३० लाख कित्ता आईपीओ निष्काशन गरेको जनाएकाे छ । नेपाल धितोपत्र बोर्डले लागू गरेको धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीको आइपीओ २ लाख ७३ हजार जनाले १० कित्ताका दरले पाउनेछन् । कम्पनीको आइपीओ बिक्रीका लागि बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल छ। कम्पनीले निष्काशन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण...
अझै सञ्चालनमा आएन विद्युतीय बस

अझै सञ्चालनमा आएन विद्युतीय बस

आर्थिक, समाचार
सरकारले गत आर्थिक वर्ष नै विद्युतीय बस खरिद गर्ने योजना अघि बढाएको थियो  । मन्त्रिपरिषद्को २०७६ असार २४ र असार २९ को निर्णयानुसार साझा यातायातलाई तीन सयवटा विद्युतीय बस खरिदका लागि तीन अर्ब रुपैयाँ उपलब्ध गराइएको थियो । साझा यातायातले निर्धारित समयभित्रमा बस खरिद गर्न नसकेको भनेर मन्त्रिपरिषद्ले रकम फिर्ता लिने निणर्य गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझालाई उपलब्ध गराएको तीन अर्ब रुपैयाँ बराबरको सेयर प्रमाणपत्र  गत पुसमा ६ गतेमा नै बुझिसकेको छ । साझा यातायात प्रालिमा सेयरबापत कम्पनीमा गरेको लगानी सरकारले आफ्नो सेयर अर्को पक्षलाई बेच्न सक्छ तर, सेयर लगानी ब्याजसहित फिर्ता माग्न नमिल्ने भन्दै मन्त्रिपरिषद्ले माघ ६ गते साझा यातायातलाई उपलब्ध गराएको रकम ब्याजसहित फिर्ता लिने निणर्य गरेको थियो ।  कानुनत साझा यातायात प्रालिमा सेयरबापत कम्पनीमा गरेको लगानी...
तर कसरी बढ्यो रेमिट्यान्स ?

तर कसरी बढ्यो रेमिट्यान्स ?

आर्थिक, समाचार
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशमा बस्ने नेपालीले ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्सका रुपमा नेपालमा पठाए । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा आएको यो रकम अघिल्लो वर्षको साउन महिनाको भन्दा २३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको साउनमा विप्रेषण आप्रवाह जम्मा २ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार गत महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो । यो अवधिमा विदेश जानेको संख्या घटेपनि रेमिट्यान्सले भने उछाल हानेको छ । महामारीका बीचमा पनि रेमिट्यान्स आप्रवाहमा गत आर्थिक वर्ष २०७६/७७...
बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

आर्थिक, समाचार
काठमाडौँ– सुनको मूल्य शुक्रबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो। यस्तै चाँदी मूल्य तोलामा ४० रुपैयाँले बढेर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। ...