आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

नेपाल महिला चेम्बरको अनलाईन  ट्रेडिङ्ग ईकमर्सको शुभारम्भ,महिला उद्यमीहरुबाट उत्पादित वस्तुको  प्रवद्र्धनमा सकरात्मक पहल

नेपाल महिला चेम्बरको अनलाईन ट्रेडिङ्ग ईकमर्सको शुभारम्भ,महिला उद्यमीहरुबाट उत्पादित वस्तुको प्रवद्र्धनमा सकरात्मक पहल

आर्थिक, समाचार
चेम्वर दिवस २०७७ तथा नेपाल चेम्वर अफ कमर्सको ७० ओै बर्षकोअवसरमा नेपाल महिला चेम्वरबाट सोचेको डटकमसंगको सहकार्यमा प्रारम्भ गरिएको अनलाइन ट्रेडिङ इ–कमर्स ) को नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समुद्घाटन गरेका छन् । अनलाइन ट्रेडिङ उद्घाटनका अवसरमा अध्यक्ष श्रेष्ठले राष्ट्रलाइ समृद्ध बनाउन महिलाहरुलाइ घरायसी कार्यमा मात्र सिमित नराखी उद्यमशीलताको विकास गरी आर्थिक कृयाकलापमा संलग्न गराउन आवश्यक रहेको औल्याए । अध्यक्ष श्रेष्ठले प्रस्तुत अनलाइन ट्रेडिङको माध्यमबाट महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय वृद्धि गर्न प्रेरणा मिल्ने बताउदै हाल कोभिड–१९को सन्दर्भमा यस्तो डिजिटल मार्केटिङ्गको सम्भावना र सम्भाव्यता अझ बढी रहेको बताए । त्यस अवसरमा नेपाल महिला चेम्वरबाट भएको सत्प्रयासका लागि महिला चेम्वर तथा सोचेको डटकमलाई धन्यबाद ज्ञापन गर्नु हुंदै यो नाफा कमाउने कार्य नभइ समाजसेवा पनि भए...
नेप्से परिसूचक आज पुनः ओरालो

नेप्से परिसूचक आज पुनः ओरालो

आर्थिक, समाचार
धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.४२ अङ्कले घटेर एक हजार ५६८.५९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७० बिन्दुले घटेर ३११.४१ मा झरेको छ । कूल १९३ कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर रु एक अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ मूल्यमा खरिद बिक्री भए । लगानीकर्ताले नाफा बुक गर्न थालेका कारण बजार पुनः ओरालो लाग्न थालेको छ । त्यसको प्रभावस्वरुप आज कारोवार रकममा समेत गिरावट आएको छ । आज कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार १.४९, उत्पादन १०.८४ र सामूहिक लगानी कोष ०.०५ ले बढेको छ । यस्तै, बैंकिङ ७.७, होटल १०.०६, विकास बैंक ८.५६, जलविद्युत् २७.८४, वित्त १६.३, निर्जीवन बीमा ४८.४१, अन्य १.५१, लघुवित्त १३.६३ र जीवन बीमा ३८.९४ ले ओरोलो...
विद्युत शुल्क थप घटाउँछौः मन्त्री पुन

विद्युत शुल्क थप घटाउँछौः मन्त्री पुन

आर्थिक, समाचार
ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको पहिलो बैठक बसेको छ । गत १९ भदौको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्त, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल रहेको चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई जलविद्युत उत्पादन, प्रसारण र वितरण, प्रसारण लाइन, आन्तरिक र बाहृय बजारको अवस्था, उपभोग तथा खपतको प्रवृत्ति, औद्योगिक विकास र आर्थिक क्रियाकलापको विस्तारले माग गर्ने विद्युतको परिणाम, हाल उपलब्ध  विद्युत र निर्माणाधीन विद्युत आयोजनाहरुको समेत समग्र अध्ययन विश्लेषण गरी नीतिगत सुझाव पेश गर्ने जिम्मेवारी छ । हाल अर्थ मन्त्रालय मन्त्रीबिहीन रहेका कारण बाँकी तीन सदस्यको बैठक बसेको हो । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयमा मंगलब...
बजार स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउनु पर्छ: डा.डिआर उपाध्याय

बजार स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउनु पर्छ: डा.डिआर उपाध्याय

आर्थिक, समाचार
दशै आउन अव त्यति धेरै दिन बाँकी छैन । तर पनि यस पालिको दशै अघिल्लो वर्ष जस्तो रमाइलो गर्ने , भेटघाट गर्ने , धेरै जमघट हुने अवस्था छैन । अघिल्लो बर्ष जस्तो बजारमा चहल पहल पनि छैन । सर्वसाधरण नागरिकका लागी यो दशै दशा बनेर खडा भएको छ । किन भने लामो समय सम्मको लकडाउनले धेरै मानिसहरुको रोजी रोटी खोसिएको अवस्था छ । मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नेहरुको अवस्था झन दयनीय छ । यता निजी स्कुल , कलेज पढाउने शिक्षक , शिक्षिकाको पनि उस्तै हालत छ । समग्रमा भन्र्ने हो भने धेरै नागरिकको अवस्था नाजुक छ । मध्यम आय भएका र दैनिक कमाएर छाक टार्नुपर्ने बाध्यता भएका बहुसंख्यक नागरिक आर्थिक भारले उठ्नै नसक्ने गरी थिचिएका छन्। उनीहरुलाई नजिकिँदै गरेको चाडपर्वको रौनकले पनि खासै छुन सकेको छैन। दशैको बेलामा मीठोमसिनो खाने भन्दा पनि उनीहरूको चिन्ता बिहान–बेलुकाको छाक कसरी टार्ने भन्नेतर्फ मात्रै केन्द्रित छ। बजारम...
अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्स ७० औं बर्षमा प्रवेश

अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्स ७० औं बर्षमा प्रवेश

आर्थिक, समाचार
नेपाल चेम्बर अफ कमर्श ७० वर्षमा प्रवेश गरेको छ । अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्सको स्थापना वि. स.२००७ सालमा आश्विन २७ गते भएको थियो । जुन समयमा मुलुकमा राणा शासन कायम थियो । तसर्थ नेपाल चेम्बर प्रजातन्त्र भन्दा पनि जेठो मानिन्छ । त्यसो त बि.स २०१२ अर्थात सन् १९५५ मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बरको अगुवाईमा भएको थियो । चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्बृद्धि तथा अन्य ब्यावसायीक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको पाईन्छ । नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ । यसका साथै नेपाल चेम्बर अफ कमर्स “चेम्बर आन्दोलन” लाई अभियानको रुपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका...
सरकारले मदिरा र ५० हजार डलरभन्दा बढीका सवारी आयातमा खुल्ला

सरकारले मदिरा र ५० हजार डलरभन्दा बढीका सवारी आयातमा खुल्ला

आर्थिक, समाचार
सरकारले मदिरा आयात खुल्ला गरेको छ। यसअघि कोरोना नियन्त्रणका लागि लकडाउन गरेसँगै चैत २४ गते राजपत्रमा सूचना प्रकाशित गरी तयारी मदिराको पैठारीमा रोक लगाइएको थियो। असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको हो। यस्तै ५० हजार डलर बढी मूल्यको सवारी साधन आयात पनि फुकुवा गर्ने निर्णय सरकारले गरेको छ। विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ संस्था र विदेशी कर्मचारीले नीजि प्रयोगका लागि बढी मूल्यका सवारी आयात गर्ने बाटो सरकारले खुला गरेको हो। ५० हजार डलरभन्दा बढीका सवारी आयातमा बन्देज लगाउँदा कुटनीतिक नियोगलाई कठिनाई परेकाले फुकुवा गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बताए। ...
आइतबार बढेको सुनको मूल्य आज यस्तो छ

आइतबार बढेको सुनको मूल्य आज यस्तो छ

आर्थिक
असोज २६ काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्यमा उतारचढाव आउने क्रमजारी छ ।आइतबार ९५ हजार ६ सय रुपैयाँमा किनबेच भएको सुनको मुल्य आज साताको दोस्रो दिन पनि सोही मूल्य कारोबार भइरहेको नेपाल सुनचाँम्दी ब्यबसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका आुसार कोरोना कहर सुरु भए लगत्तै बढेको सुनको मूल्य नेपालीहरुको चाडवाडमा घट्ने अपेक्षा गरिएको छ ।त्यस्तै आज चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । ...
आजको विदेशी विनियमदर

आजको विदेशी विनियमदर

आर्थिक
असोज २६ काठमाडौं । नेपाल राष्ट्रबैकंले आजका लागी विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्रबैकंका अनुसार आज अमेरिकी डलरको खरिद दर ११६।७२ रुपैयाँ रहेको छ भने बिक्री दर ११७।३२ रुपैयाँ रहेको छ । यूकेको पाउन्ड स्टर्लिङको खरिद दर १५२.३० रुपैयाँ रहेको छ भने बिक्री दर १५३.०९ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १३८.०३ रुपैयाँ रहेको छ भने बिक्री दर १३८.७४ रुपैयाँ रहेको राष्ट्रबैकंले जनाएको छ । त्यस्तै कुवेती दिनारको खरिद दर ३८१.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ३८२.७७ रुपैयाँ रहेको छ । यूएईको दिरामको खरिद दर ३१.७८ रुपैयाँ रहेको छ भने बिक्री दर ३१।९४ रुपैयाँ रहेको छ । साउदी अरबको रियालको खरिद दर ३१।१२ रुपैयाँ रहेको छ भने बिक्री दर ३१।२८ रुपैयाँ रहेको छ । ...
दशैँको मुखमा दाल र तेलको मूल्य ह्वात्तै बढ्यो

दशैँको मुखमा दाल र तेलको मूल्य ह्वात्तै बढ्यो

आर्थिक
असोज २६ काठमाडौं । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दसैंको मुखमा महँगीको मारमा परेका छन्। दैनिक उपभोग्य वस्तु दाल र तेललगायत खाद्य पदार्थको मूल्य बढेपछि उपभोक्ता मारमा परेका हुन्। नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपियाँसम्म, हरियो केराउ प्रतिकेजी ३५ रुपियाँ र तेल प्रतिलिटरमै १५ रुपियाँभन्दा धेरैले महँगिएको छ। सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले थोक बजारमा बिनाकारण तेल र दहलनका भाउ बढेको र यस विषयमा आफूसमेत अचम्ममा परेको बताए। उनले भने, “अहिले मूल्य बढनुपर्ने कारण नै छैन। बजारमा कुनै समस्या नै छैन। पर्याप्त सामान आपूर्ति भइरहेको छ तर पनि थोकबाटै भाउ बढाइएको छ। यसको कारण बजार अनुगमन गर्ने सरकारी निकायले खोज्नुपर्‍यो।” दसैं लागे पनि व्यापार नभएको र थोक बिक्रेताले पनि बिनाकारण मूल्य बढाएकाले आफूहरू दोहोरो मारमा परेको गुनासो गरे। उनका...
नेपाल राष्ट्र बैंकले यस वर्ष बडादशैका अवसरमा नयाँ खुद्रानोट वितरण नगर्ने

नेपाल राष्ट्र बैंकले यस वर्ष बडादशैका अवसरमा नयाँ खुद्रानोट वितरण नगर्ने

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले यस वर्ष बडादशैका अवसरमा नयाँ खुद्रानोट वितरण नगर्ने भएको छ। कोभिड—१९ को संक्रमण बढ्दै गएपछि राष्ट्र बैंकले यस वर्षका लागि नोट सटही नगर्ने निर्णय गरेको हो। राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा संक्रमण फैलिएका र नगद सटहका क्रममाहुने भीडभाडबाट हुने संक्रमण फैलिन सक्ने सम्भावना उच्च भएकाले आम नागरिकको स्वास्थ्य र संवेदनशिलतालाई ध्यानमा यस वर्ष वडादशैको प्रयोजनका लागि नयाँ नोट सटही नहुने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागद्वाारा जारी सूचनामा उल्लेख छ। राष्ट्र बैंकले प्रत्येक वर्ष दशैका मुखमा सर्वसाधारणलाई नयाँ नोट सटही गर्दै आएको छ। यसअघि बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा नोट वितरण गर्दै आएको छ। सर्वसाधारणहरुले प्रत्येक वर्ष ४० करोड हाराहारीमा नयाँ नोट सटही गर्दै आएका थिए। नयाँनोट वितरण नगरे पनि सर्वसाधारणलाई खुद्रा नोट भने अभ...