शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आर्थिक

सरुले जावलाखेलमा संचालन गरिन ‘क्युट एण्ड साइन ब्युटी हव’

सरुले जावलाखेलमा संचालन गरिन ‘क्युट एण्ड साइन ब्युटी हव’

आर्थिक, समाचार
ललितपुरको जावलाखेलमा क्युट एण्ड साइन ब्युटी हव सञ्चालनमा आएको छ । हबको शुक्रबार अभिनेत्री पूजा शर्माले रिबन काटेर शुभारम्भ गरिन् । अभिनेत्री पूजाले हबको सफलताको कामना गर्दै सुरुवाती दिनमा सफलताका लागि सकारात्मक कुरा सम्झनुपर्ने बताइन् । ‘सुरुवाती दिन आफ्ना लागि ठूलो समय जस्तो लाग्छ । त्यो समयभन्दा ठूलो समय अरु केही लाग्दैन । मेरो घर कुसुन्ती हो । कुसुन्तीबाट जावलाखेल भनेको मेरो जन्म भएदेखिको ठाउँ हो । मेरो जीवन नै जावलाखेलमा नै बिताइयो’, उनले भनिन्, ‘अझ जावलाखेलमा नै यो हब खुलेकाले मैले नयाँ घर पाएँ जस्तो लागेको छ । मलाई माया गर्ने सबैजनालाई यो हबमा आइदिन आग्रह गर्छु । महिलाहरुका लागि सेफ जोन जस्तै देखेकी छु ।’ हबकी सञ्चालिका सरु श्रेष्ठका अनुसार हबमा वेलेस, स्पा र बाथका सुविधा छन् । हबले पीएमयू, स्किन केयर र हेयर कट एण्ड केयरमा एडभान्स र स्पेसल तालिम पनि दिने उनले बताइन् । सरु १२ वर्ष...
भर्सटाइल मिडिया टेक्नोलोजीले गर्‍यो विद्यार्थीका लागि ‌वित्तीय साक्षरता कार्यक्रम

भर्सटाइल मिडिया टेक्नोलोजीले गर्‍यो विद्यार्थीका लागि ‌वित्तीय साक्षरता कार्यक्रम

आर्थिक, समाचार
काठमाडौं । भर्सटाइल मिडिया‌ टेक्नोलोजी एण्ड मल्टी सप्लायर्स प्रालिको आयोजना तथा कृषि विकास बैंक लिमिटेडको सौजन्यमा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम जनकपुरस्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालयमा सम्पन्न सम्पन्न भएको छ । कार्यक्रममा कृषि विकास बैंक लिमिटेड प्रदेश शाखाका निमित्त निर्देशक जयराम शर्माले विद्यार्थीहरूमा वित्तीय साक्षरता सम्बन्धी सूचना, जानकारी र सावधानी अपनाउनका लागि गरिएको कार्यक्रम सान्दर्भिक रहेको धारणा राख्दै २ घण्टाको कक्षा सञ्चालन गरेका थिए । कार्यक्रमका अतिथि नमुना माध्यमिक विद्यालयका कोअर्डिनेटर मुकेश यादवले गोगल प्रसाद नमुना विद्यालयलाई छनोट गरेर कार्यक्रम आयोजना गरेको र विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी जानकारीका लागि अवसर प्रदान गरेकोमा धन्यवाद दिए । कृषि विकास बैंक प्रदेश शाखाका प्रतिनिधि रामसेवक शाहले कृषि विकास बैंक नागरिकको‌ बै...
चार रुपैयाँमा केश काटेर वार्षिकोत्सव मनायो बिस्टारले

चार रुपैयाँमा केश काटेर वार्षिकोत्सव मनायो बिस्टारले

आर्थिक, राजनीति, समाचार
चार रुपैयाँमा केश काटेर बिस्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । बिहीबार एक कार्यक्रमबीच सलूनले चौथो वार्षिकोत्सव मनाएको हो । सलूनका सञ्चालक एवं मेकअप आर्टिस्ट बिक्रम गौतमको सभापतित्वमा सलूनको बुढानिलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीको प्रमुख आतिथ्यतामा, बुनपा वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, बुनपा वडा नं १० का वडाध्यक्ष नमराज भट्टराईको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । मेयर अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक गौतमलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले आफूले सकेको सहयोग गर्ने प्रतिवद्धता सो अवसरमा व्यक्त गर्नुभयो । त्यसैगरी बुनपा वडा नं १० का वडाध्यक्ष भट्टराईले शुभकामना दिँदै सञ्चालक गौतम प्रतिभाका धनी रहेको र धेरैलाई रोजगार प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो । सो अवसरमा कलाकार हरि निर...
शाखा अधिकृत कर्ण विरुद्धको मुद्दामा सुष्मा महराको पक्षमा फैसला

शाखा अधिकृत कर्ण विरुद्धको मुद्दामा सुष्मा महराको पक्षमा फैसला

आर्थिक, समाचार
फेसियल हाउसकी सञ्चालिका सुस्मा महराले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्ण जोडिएको घटनामा आफूले न्याय पाएको बताएकी छन् । गत असार २७ गते ब्युटिसियन महराले सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी कर्णले पैसा तिर्ने बेलामा सिसीटिभी राखेको भन्दै विभिन्न बहाना गरेको, पैसा दिन नमानेको र आफूहरुको पेसामाथि विभिन्न आरोप लगाएको उनको भनाइ छ । उनले शाखा अधिकृत कर्णले आफूलाई सिसीटिभीको सहायतामा नराम्रा भिडियोहरु बनाएर बेच्ने गरेको आरोप लगाएको बताईन् । आफ्नो पेसानै बदनाम हुनेगरी शाखा अधिकृत कर्णले प्रचारप्रसार गरेको उनको भनाइ छ । उक्त मुद्दामा उच्च अदालतले शाखा अधिकृत कर्णले आरोप लगाएजस्तो घटना प्रमाणित हुने कुनै प्रमाण दिन नसकेको भन्दै सफाइ दिएको उनले बताईन् । उनले उक्त घटना अब कुनै अदालतमा प्रश्न उठाउन नपाउने गरी टुङ्गिएको बताईन् । कर्णले आफूलाई विभिन्न धम्की दिएको र दुरब्यबहार गर...
सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता

सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता

आर्थिक, समाचार
काठमाडौँ– सिटी वालेट प्रा.ली द्वारा सञ्चालित भुक्तानि सेवा सिटी पे र शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)बीच व्यवसायीक सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। नेपाल राष्ट्र वैँकद्वारा इजाजत प्राप्त संस्था सिटी वालेट र विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्ने व्यवसायीहरूको छाता संगठन एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता भएको हो। सम्झौता पत्रमा एप्क्यानको तर्फबाट अध्यक्ष प्रज्वल बस्नेत र सिटी पेको तर्फबाट सिइओ विनय रेग्मीले हस्ताक्षर गरेका छन्। विदेशमा शिक्षा लिइरहेका नेपाली विद्यार्थीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाउने उद्देश्यले सहकार्य गरिएकाे एप्क्यानले जनाएकाे छ। सम्झाैतापछि यसबारे जानकारी दिदैँ अध्यक्ष बस्नेतले भने, ‘सिटी वालेटसँगको हाम्रो साझेदारी हाम्रो लक्ष्यसँग मिल्दोजुल्दो छ। नेपाली विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक कार्यमा सहयोग गर्न हामी...
चलचित्र संरक्षण मञ्च र सुर्यज्योति लाईफ इन्स्योरेन्स विच सहमती

चलचित्र संरक्षण मञ्च र सुर्यज्योति लाईफ इन्स्योरेन्स विच सहमती

आर्थिक, समाचार
काठमाडौं । चलचित्रकर्मीको हक,हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्च र सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. विच आज एक कार्यक्रमका माझ चलचित्रकर्मी तथा चलचित्र संरक्षण मञ्चमा आबद्ध सदस्यको आबधिक विमा गर्ने बारे एक आपसमा सहमती भएको छ । यस कार्यक्रममा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम राखाल(रोजन) र उपमहासचिव तेज गिरीको उपस्थिति रहेको थियो भने इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, उपमहाप्रबन्धक नरोत्तम ढकाल,कर्पोरेट सेल्सबाट सामिन सिहं भण्डारी लगायतको उपस्थिति रहेको थियो । चलचित्रकर्मीहरुको कामका दौरानमा अथवा अन्य भवितब्य घटनाबाट मृत्यु हुँदा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि चलचित्र संरक्षण मञ्चले सहजिकरण गरि न्यूनतम रु.१ लाख देखि अधिकत रु.२० लाखसम्मको आबधिक विमा गर्ने योजना ल्याएको हो । यस योजनामा बार्षिक ...
अष्ट्रेलियामा भव्य रुपमा मनाइयो टोपी दिवस र अँग्रेजी नयाँबर्ष

अष्ट्रेलियामा भव्य रुपमा मनाइयो टोपी दिवस र अँग्रेजी नयाँबर्ष

आर्थिक, समाचार
अष्ट्रेलियाको पर्थ सहरमा प्रवासी नेपालीहरुको प्यारो संगठन प्रवासी नेपाली मन्च पस्चिम अष्ट्रेलियाले एक भब्य र सभ्य तरिकाले नेपाली टोपी दिवस तथा नयाँबर्ष २०२४ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बारबिक्यू सहित आयोजना गरिएको सो कार्यक्रममा बिभिन्न प्रकारका खेलकुद प्रतियोगिता समेत संचालन गरिएको थियो । बालबच्चा देखि सबै उमेर समुहका खेलहरुले सबैलाइ मनोरञ्जन प्रदान गरेको थियो । बिजेता तथा उपबिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो। मन्चका अध्यक्ष श्री तेजेंद्र बिक्रम मल्लको सम्योजकत्वमा भएको सो अनैपचारिक कार्यक्रमको संचालन मन्चका सचिब गोपाल घिमिरे ले गर्नु भएको थियो भने उपस्थिति सबैजना लाई एनआरएनए अन्तराष्ट्रीय कमिटी का सल्लाहकार भैरब ढकाल ले नेपाली ढाका टोपी निशुल्क बितरण गर्नु भएको थियो। उक्त अनौपचारिक कार्यक्रम मा प्रवासी नेपाली मंचका राष्ट्रीय सल्लाहकार तथा एन आर एन...
फेसियल हाउसको १६औँ वर्षमा प्रवेशमा भव्य समारोह

फेसियल हाउसको १६औँ वर्षमा प्रवेशमा भव्य समारोह

आर्थिक, समाचार
‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस हिजोदेखि १६औँ वर्षमा प्रवेश गरेको छ । फेसियल हाउसले काठमाडौंमा हिजो विशेष समारोह आयोजना गरी आफ्नो १६औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित भव्य समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवम् प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति थियो । यसैगरी, ओमन कम्युनिटी यूएनई यूएलआईकी अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महास...
प्रमुख सहरमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न व्यवसायीको माग

प्रमुख सहरमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न व्यवसायीको माग

आर्थिक, समाचार
काठमाडौँ– ट्रान्सपार्ट व्यवसायीहरूले देशभरका प्रम्ुख सहरहरूमा ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। काठमाडौँ सामान ढुवानी व्यवसायी संघको नवौँ वार्षिक साधारण सभाको अवसरमा राजनधानीमा आयोजित कार्यक्रममा बोल्दै व्यवसायीहरूले सरकारले यस व्यवसायलाई व्यवस्थित गर्न सरकारले जग्गा उपलब्ध गराएर ट्रान्सपोर्ट नगरको व्यवस्था गर्न माग गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख अथिति एवं सामान ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष विश्वनाथ खनालले विभिन्न कालखण्डमा यस व्यवसायले चु्नौतिको सामना गर्दै अघि बढ्नुपरेको र राज्यले यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा ध्यान नदिएको बताएका छन्। उनले भने,‘यस व्यवसायलाई व्यवस्थित गर्ने सवालमा राज्य जिम्मेवार हुनुपर्छ। यस क्षेत्रमा व्यवसायीहरूबीच एकताको आवश्यकता छ। नेपाल सरकारले ढुवानीमा मूल्य अभिवृद्धि करको व्यवस्था गरेको थियो। व्यवसायीकै जोडबलपछि य...
अग्रहरी नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा निर्वाचित

अग्रहरी नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा निर्वाचित

आर्थिक, समाचार
काठमाडौं । युवा उद्यमी युवाहरुको राष्ट्रिय संगठन नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा विजय हुनु भएको छ । रामग्राम जेसीजका पूर्व अध्यक्ष एवं युवा उद्यमी सन्दीप अग्रहरी नेपाल जेसीजको बर्ष २०२४ कालागि कार्यकारीणी उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनबाट अग्रहरी निर्वाचित हुनु भएको रामग्राम जेसीजका पूर्व अध्यक्ष चन्द्रमणी चौधरीले जानकारी दिनु भयो । बुटवलमा सम्पन्न महाधिवेशनबाट बर्ष २०२४ कालागि नुवाकोट जेसीजका रविन पोख्रेलले ५१० मत सहित नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनु भएको छ भने उहाँको निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत प्राप्त गर्नु भएको हो । नेपाल जेसीजको विधान अनुसार एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष, १२ जना उपाध्यक्षको निर्वाचन गर्ने व्यवस्था रहेकोछ । महाधिवेशनले कार्यकारीणी उपाध्यक्षमा अनुप सुनुवार...