आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

तिहारमा तीन दिन वाणिज्य बैंकका सबै शाखा बन्द हुने

तिहारमा तीन दिन वाणिज्य बैंकका सबै शाखा बन्द हुने

आर्थिक
कात्तिक २७ काठमाडौं । तिहारमा तीन दिनसम्म वाणिज्य बैंकका शाखा कार्यालयहरु बन्द हुने भएका छन् ।नेपाल बैंकर्स संघले सूचनामार्फत् कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तिहार विदामा बैंकका सबै शाखा बन्द हुने जानकारी दिएको हो । बैंकका शाखाहरु बन्द हुने भए पनि डिजिटल बैंकिङ्ग सेवा सुचारु हुने हुँदा सोही माध्यमबाट कारोबार गर्न संघले सुझाएको छ ।सो अवधिमा एटीएम सेवासमेत यथावत रुपमा प्रयोग गर्न सकिनेछ । कोरोना भाइरस संक्रणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङ्गको अधिकत्तम प्रयोग गर्न पनि संघले भनेको छ । गत वर्ष दसैं तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् । ...
नेप्से आज २८ दशमलव ८९ अंकले बढेर १ हजार ७ सय ७ दशमलव ६७ विन्दुमा

नेप्से आज २८ दशमलव ८९ अंकले बढेर १ हजार ७ सय ७ दशमलव ६७ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज बुधबार १७०० विन्दु नाघेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको नेप्से आज २८ दशमलव ८९ अंकले बढेर १ हजार ७ सय ७ दशमलव ६७ विन्दुमा पुगेको छ ।  नेप्सेका अनुसार आज ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७४२ को कारोबार भएको छ ।  आज कारोबार भएका समूहमध्ये फाइनान्सबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।  बुधबार ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, लक्ष्मी इक्विटी फण्ड, नागरिक लगानी काेष, विशाल बजार कम्पनी लिमिटेड, एनआईसी एशिया ग्रोथ फण्ड र सानिमा जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । ...
कोभिडले सिर्जना गरेको चुनौतिलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरउत्थान गर्न निजि क्षेत्र बिना असम्भव:अर्थमन्त्री

कोभिडले सिर्जना गरेको चुनौतिलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरउत्थान गर्न निजि क्षेत्र बिना असम्भव:अर्थमन्त्री

आर्थिक, समाचार
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नीजि क्षेत्रको आत्मविश्वास र मनोबल नबढाइकन अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका छन्। बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निजि क्षेत्र बिना अर्थतन्त्रलाई गतिशिल बनाउन नसकिने बताएका हुन। उनले कोभिडले सिर्जना गरेको चुनौतिलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरउत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन बढाउने काम निजि क्षेत्र बिना सम्भव नभएको बताए। त्यसैले अहिलेको प्रतिकुल परिस्थितिकाबीच पनि व्यवसाय सुचारु गर्न र राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान दिन अनुकुल परिस्थितिको निर्माण गर्ने भुमिकामा सरकार रहेको बताए। यस्तै सरकारले घोषणा गरेका कार्यक्रमहरु कार्यान्वयनमा नगएको सम्बन्धमा आफ्नो ध्यान केन्द्रीत भएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । सरकारले घोषणागरेको पुनरकर्जा तथा स्टिमुलस प्याकेजहरु कार्यान्व...
धितोपत्र बजारमा शेयर कारोबार आज झण्डै २६ अङ्कले वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार आज झण्डै २६ अङ्कले वृद्धि

आर्थिक, समाचार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै २६ अङ्कले उकालो लागेको हो ।नेप्से २५.९८ बिन्दुले उकालो लागेर एक हजार ६७८.७९ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले उकालो लागेर ३३०.३९ मा पुगेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा समेत उच्च वृद्धि भएको छ । कूल १९६ कम्पनीको ९६ लाख ५७ हजार ६७७ कित्ता शेयर रु चार अर्ब नौ करोड ६१ लख ९० हजार २५६ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दु्ई उपसमूहको शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयर उकालो लागेको छ । जलविद्युत् ०.६८ र सामूहिक लगानी कोष ०।०२ बिन्दुले ओरालो लागेको छ । यस्तै, बैंकिङ ७.११, व्यापार १०९.४९, होटल ८७.४३, विकास बैंक ८.०७, वित्त ३.८३, निर्जीबन बीमा १६०.४, उत्पादन ४०.९, अन्य ४८.५८, लघुवित्त ४.८९ र जीवन बीमा ४७६.३६ ले वृ...
सरकारले अलैँचीलाई स्थानीय स्तरमै प्रशोधन केन्द्र बनाउन पहल गर्ने

सरकारले अलैँचीलाई स्थानीय स्तरमै प्रशोधन केन्द्र बनाउन पहल गर्ने

आर्थिक, समाचार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छन् । अन्य जिल्लाको तुलनामा यहाँ बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके जिल्लाबासीलाई फाइदा पुग्न सक्ने बताए ।  गृह ताप्लेजुङका विभिन्न गाउँपालिकाको भ्रमणका क्रममा रहनुभएका मन्त्री भट्टराईले त्यहाँ आयोजित कार्यक्रमहरुमा अलैँचीका प्रशोधित सामग्रीले राम्रो बजार पाउने र रोजगारीको समेत सिर्जना हुने भएकाले यसतर्फ सरकारले विशेषरूपमा ध्यान दिने स्पष्ट पारे । ओलाङचुङगोला बाहेक जिल्लाका सबै क्षेत्रमा अलैँची खेती गरिँदै आएको छ भने प्राय किसान यसैको भरमा छन् तर अलैँचीले राम्रो मूल्य नपाँउदा किसानलाई समस्या छ ।  मन्त्री भट्टराईले ग्रामीण क्षेत्रमा सहज यातायातका लागि ज...
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

आर्थिक, समाचार
नेपाली बजारमा केहि दिन देखि निरन्तर उकालो लागेको सुनको मूल्य आज ह्वात्तै घटेको छ । सोमबार सुनको मूल्य तोलामा ९८ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ३४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ३ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१५ रहेको महासंघले जनाएको छ ।      ...
आकासिएको महँगी र मनपरी मूल्यवृद्धि नियन्त्रण होस् :डा.डिआर उपाध्याय

आकासिएको महँगी र मनपरी मूल्यवृद्धि नियन्त्रण होस् :डा.डिआर उपाध्याय

आर्थिक, समाचार
बजार लगाम विनाको घोडा भयो नेपालीको रमाइलो चाड तिहार आउन अव केहि दिन मात्र बाँकी छ । तर यस पालीको तिहारमा गत बर्ष जस्तो रमाईलो पक्कै हुने छैन । मान्छे संग भिडभाड गर्ने , भैलो खेल्ने अवस्था अहिले छैन । दिदी , बैनीको हातबाट टिका लगाउने बस्ने , खाने यति हो । सरकारले पनि यस बर्ष भैलो खेल्न र खेलाउन नपाइृने भनेको छ । यदि भैलो खेल्ने र खेलाउनेका लागी कारवाही गर्ने कुरा गरेको छ । यो भनेको राम्रो कुरा हो यति बेला हामी सवै कोरोना संग जोगीने बेला हो । यो बर्षको तिहारमा रमाईलो गर्न नपाए पनि कोरोनाबाट बँच्न सकियौ. भने अर्को बर्ष पनि तिहार रमाईलो संग मनाउन सकिन्छ नी । के को चिन्ता । यति बेला त कोरोना भाईरसको माहामारीले सवैलाई सताएको छ । ठिक यसै बेला श्रमजीवि जनता महंगीका कारण बाँच्न नसक्ने अवस्थामा छन । उनीहरुलाई मेलापर्व आए , नआएको केही मतलव छैन । बस् । उनीहरुलाई बिहान बेलुकाको छाक टार्ने चिन्ता मात्र...
लयमा फर्किंदै वैदेशिक व्यापार

लयमा फर्किंदै वैदेशिक व्यापार

आर्थिक
कात्तिक २५ वीरगञ्ज । कोराना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रभावित वैदेशिक व्यापार लयमा फर्किन थालेको छ । मुख्य नाका वीरगञ्जबाट हुने आयातनिर्यातले पुरानै गति समात्न थालेको भन्सार कार्यालयहरूले बताएका छन् । गत चैत ११ गतेदेखि लगाइएको बन्दाबन्दीबाट प्रभावित व्यापार बन्दाबन्दी हटेसँगै साउन १० यता करीब २ महीनाको निषेधाज्ञाले थप शिथिल बनेको थियो । सरकारले आयातनिर्यात र ढुवानीलाई अत्यावश्यक सेवामा राखेर अवरोध नहुने बताए पनि आवागमनमा रोकका कारण प्रभावित भएको थियो । बजार, माग र उत्पादन खुम्चिँदा वैदेशिक व्यापार निकै घटेको थियो । असोज १ देखि निषेधाज्ञा हटेपछि बजारले गति लिन थालेको हो । त्यसयता व्यापार क्रमशः बढेको वीरगञ्ज भन्सारका अधिकारीहरू बताउँछन् । चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमाससम्म व्यापारमा कमी देखिए पनि कात्तिक लागेपछि सुधार आएको वीरगञ्ज र ...
नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

आर्थिक
कात्तिक २५ काठमाडौं । नेपाल विद्युत  प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बनेका छन्। ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो।  शाक्यले आजैदेखि  पद सम्हाल्ने   छन्। कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले प्राधिकरणमा रहेका सिनियर उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । ...
जर्मनीका लागि नेपाली राजदुत रामकाजी खडका र चेम्बर पदाधिकारी बीच भेटवार्ता

जर्मनीका लागि नेपाली राजदुत रामकाजी खडका र चेम्बर पदाधिकारी बीच भेटवार्ता

आर्थिक, समाचार
काठमाडौं, २४ कार्तिक- संघीय गणतन्त्र जर्मनीका लागि नेपालका नवनियुक्त राजदूत रामकाजी खडका र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ एवम् पदाधिकारी बीच भेटवार्ता भएको छ । छलफलमा राजदूत खडकाले बिश्व आर्थिक परिदृष्यमा जर्मनी बिश्वको चौथो आर्थिक शक्ति तथा नेपालको आर्थिक क्षेत्रको महत्वपूर्ण साझेदार भएकोले नेपालको पर्यटन, लगानी तथा व्यापारको क्षेत्रमा जर्मनीको योगदान महत्वपूर्ण हुने धारणा राखे । राजदुत खडकाले नेपाल र जर्मनी बीच सन् १९५८ मा कुटनीतिक सम्वन्ध कायम भए पश्चात नेपालको विकास प्रयासमा जर्मनीको उल्लेखनीय योगदान रहेकोे उल्लेख गर्दै आफ्नो कार्यकालमा जलविद्युत लगायत पूर्वाधारको विकास, वैदेशिक लगानी विस्तार, नेपालको निकासी अभिवृद्धि तथा पर्यटन प्रवद्र्धन गर्ने तर्फ पहल गर्ने बताए । नेपाली तथा जर्मन निजी क्षेत्र बीच समन्वय कायम गरी आर्थिक सम्बन्धलाई सबल बनाउनेतर्फ पहल गरिने पनि उन...