आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

सुनको मूल्य  प्रतितोला ८ सय रुपैयाँले ओरालो

सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले ओरालो

आर्थिक, समाचार
आइतबार तोलामा २ हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको छ । आइतबार प्रतितोला ९३ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ८ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । यस्तै, आइतबार ९२ हजार ५ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य सोमबार ९१ हजारा ७ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ । ...
नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् आपूर्ति गर्न टेन्डर प्रस्ताव पेश

नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् आपूर्ति गर्न टेन्डर प्रस्ताव पेश

आर्थिक, समाचार
विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ । विद्युत् नियमन आयोगले गत सोमवार उक्त टेन्डरमा सहभागी हुन प्राधिकरणलाई स्वीकृति दिएको थियो । त्यसलगत्तै प्राधिकरणले उक्त टेन्डरमा प्रस्ताव पेश गरेको हो । प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महीना) २५ मेगावाटसम्म विद्युत् उपलब्ध गराउन सक्नेगरी एनभीभीएनमार्फत टेन्डरमा प्रस्ताव पेश गरेको हो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले नियमन आयोगबाट स्वीकृति पाएसँगै गत हप्ता नै उक्त टेन्डरमा आवेदन पेश गरेको जानकारी दिए । हाल प्राधिकरणले भारतको टनकपुरबाट प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा भारतीय विद्युत् किन्दै आएको छ । टेन्डरमा सोही दरलाई नै आधार बनाएर प्रस्ताव पेश गरिएको प्रवक्ता तिम्सिनाले बताए । ‘त्यसमा प्रसारण ...
‘हेमबहादुर मल्ल सम्मान २०७५’ डा. गौरी शंकर लाल दासलाई दिने घोषणा

‘हेमबहादुर मल्ल सम्मान २०७५’ डा. गौरी शंकर लाल दासलाई दिने घोषणा

आर्थिक, समाचार
काठमाडौं, २४ पौष- दुई लाख राशी सहितको हेमबहादुर मल्ल सम्मान २०७५ डा. गौरी शंकर लाल दासलाई दिने घोषणा गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र नेपाल जन प्रशासन संघद्वारा शुक्रबार संयुक्त रुपमा आयोजित कार्यक्रम माझ सो घोषणा गरिएको हो । सो अवसरमा नेपाल जन प्रशासन संघका अध्यक्ष कृष्ण हरि बास्कोटाले विभिन्न क्षेत्रबाट आएका सिफारिस मध्येबाट नामहरु छनौट गर्दै विभिन्न चरणहरु पार गरि अन्तत छनौट समितीको सिफारिसका आधारमा दासलाई सो सम्मानबाट विभुसित गर्ने निर्णय लिईएको बताए । ‘राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवी उच्च राख्न सफल भएको, उच्च प्रशासकका रुपमा नेतृत्वदायी क्षमताको प्रदर्शन गरेको, सामाजिक सेवामा समर्पित रहेको र अन्तरराष्ट्रिय क्षेत्रमा नेपालीको पहिचान निर्माण गरेको जस्तो उल्लेखनिय कार्य गरे बापत हेम बहादुर मल्ल सम्मान, २०७५ का लागि डा....
डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी  सेवा सञ्चालनमा

डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी सेवा सञ्चालनमा

आर्थिक, समाचार
प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारबाट कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालन गरेका हुन् ।    उद्धघाटन मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोडदै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा फलपूmल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेक...
एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा अब शुल्क लाग्ने

एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा अब शुल्क लाग्ने

आर्थिक, समाचार
काठमाडौं । एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा अब शुल्क लाग्ने भएको छ । यो व्यावस्था आउँदो माघ १ गतेदेखि लागू हुनेछ ।  कोभिडको जोखिमबाट बच्‍च भन्दै सरकारले लकडाउन सुरु गरेदेखि (गत चैतमा) बैंक तथा वित्तीय संस्थामा एउटा बैंकको कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरेको थियो । बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरेर अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन बैंक तथा वित्तीय संस्थालाई छुट दिएको हो ।  बैंकका अनुसार अझै पनि मासिक २ वटासम्म अन्तर बैंक एटीएम कारोबार ग्राहकले निःशुल्क गर्न पाउने छन् । दुई वटा भन्दा धेरै कारोबारको हकमा प्रति कारोबार २० रुपैयाँसम्म शुल्क उठाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको जनाएको छ ।  त्यस्तै, बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्ने सेवाग्राहीको लागि पनि शुल्क तोक...
पछिल्लो समय मोबाइल बैंकिङ कारोबार उल्लेख्य बढेको छ 

पछिल्लो समय मोबाइल बैंकिङ कारोबार उल्लेख्य बढेको छ 

आर्थिक, समाचार
 पछिल्लो समय मोबाइल बैंकिङ कारोबार उल्लेख्य बढेको छ । गत मंसिरदेखिको एक वर्षको अवधिमा २८ लाख १३ हजारले मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका हुन् । कोभिड–१९ को बढ्दो जोखिम, लकडाउनका कारण सहज आवतजावतमा पुगेको बाधा, बैंकहरूले विद्युतीय बैंकिङ कारोबार निःशुल्क गरेकोलगायत कारणले मोबाइल बैंकिङ प्रयोगकर्ता उल्लेख्य बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । ‘कोभिडको समयमा राष्ट्र बैंकले पनि विद्युतीय कारोबारलाई जोड दिएको र बैंक तथा वित्तीय संस्थाले पनि विद्युतीय भुक्तानी प्रणालीलाई बढी प्रोत्साहन गरेकाले मोबाइल बैकिङ प्रयोगकर्ता बढेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।  गत मंसिरसम्म ९० लाख ९९ हजार ७३२ रहेका मोबाइल बैकिङ प्रयोगकर्ता अहिले बढेर एक करोड १९ लाख १२ हजार ८१३ पुगेको राष्ट्र बैंकको तथ्यांक छ । लकडाउन अवधिमा मोबाइल बैंकिङ कारोबार संख्यासँगै कारोबार रकम पनि ...
किसानले उत्पादन गरेको ताजा तरकारी बिचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न बाध्य

किसानले उत्पादन गरेको ताजा तरकारी बिचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न बाध्य

आर्थिक, समाचार
किसानले उत्पादन गरेको ताजा तरकारी बिचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । झापाको भद्रपुर र अर्जुनधारामा व्यावसायिक रुपमा बेमौसमी लहरे तरकारी उत्पादन गर्दै आएको मामा भाञ्जा कृषि फार्ममा प्रति केजी रु ३० का दरले फर्सी र रु ४० ले बोडी बिक्री भइरहेको छ तर फार्मभन्दा केही किलोमिटर टाढा रहेको भद्रपुर र चन्द्रगढी बजारमा फर्सी प्रतिकेजी रु ७० र बोडी रु ९० का दरले बिक्री हुने गरेको छ । उत्पादक किसान र उपभोक्ताबीचमा दोब्बर मुनाफा राखेर बजारमा तरकारी बिक्री हुँदै आएता पनि कुनै निकायले यसको अनुगमन गरेको छैन । बिचौलिया हाबी हुँदा मूल्य नाजायज ढङ्गले बढाइएको छ । त्यसको लाभ पाउनबाट वास्तविक किसान र उपभोक्ता वञ्चित छन् । झापामै ठूलो परिमाणमा व्यावसायिक तरकारी खेती गर्ने मामा भाञ्जा कृषि फार्मले वार्षिक नौ हजार मेट्रिक टन बेमौसमी तरकारी उत्पादन गर्दै आएको जन...
नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो

नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो

आर्थिक, समाचार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ९१ बिन्दुले उकालो लागेर दुई हजार १९४ दशमलव ४८ मा पुगेको छ । आजको वृद्धिपछि नेप्सेले दुई हजार २०० को बिन्दु पछ्याएको देखिन्छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३ दशमलव ०८ बिन्दुले उकालो लागेर ४२१ दशमलव २२ बिन्दुमा पुगेको छ । कारोबार भएका कूल २०८ कम्पनीको एक करोड १७ लाख ६७ हजार ४९२ कित्ता शेयर रु पाँच अर्ब ८७ करोड ४७ लाख आठ हजार २७९ मूल्यमा खरिद बिक्री भए । पछिल्लो वृद्धिसँगै बजार पूँजीकरणका आधारमा रु २९ खर्ब ५५ अर्ब ८६ करोड ४६ लाख बराबर हुन पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयर ३ दशमलव ६४ ले घट्दा बैंकिङ १३ दशमलव ०४, व्यापार ११२ दशमलव ६१, होटल ५ दशमलव ९४, विक...
निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदको जोड (सन्दर्भ : पाचौँ निर्यात दिवस)

निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदको जोड (सन्दर्भ : पाचौँ निर्यात दिवस)

आर्थिक, समाचार
काठमाडौँ, २२ पौष – निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदले जोड दिएको छ । पाँचौं निर्यात दिवसको अवसरमा बुधबार राजधानीमा परिषदद्वारा आयोजित कार्यक्रम समारोह माझ परिषदका तर्फबाट अध्यक्ष हरिबहादुर कार्कीले सो कुरा राखेका हुन । अध्यक्ष कार्कीले उद्योगी व्यवसायीहरुले नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने र आपसी समन्वयका साथ हातेमालो गर्दै अघि बढनुपर्नेमा जोड दिदै निर्यात परिषद्ले सोही भावना अनुरुप काम गर्दै आएको बताए । अध्यक्ष कार्कीले निर्यात व्यवसायमा आइपर्ने समस्याहरुलाई व्यवस्थित रुपबाट समाधान गरी निर्यात व्यवसायीको हित संरक्षण गर्न र व्यवसायिक क्षमता अभिवृद्धि गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको पनि उल्लेख गरे । निर्यात व्यापार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड समेत रहेकाले यसको विस्तार र प्रवद्र्धनका लागि निजी क्...
कुखुराको मासुको मूल्य प्रतिकेजी १४० ले वृद्धि

कुखुराको मासुको मूल्य प्रतिकेजी १४० ले वृद्धि

आर्थिक
राजनीतिक दल आपसी खिचातानीमा अल्झिएपछि बजार अनुगमन सून्य भएको छ । सरकारी निकायबाट अनुगमन नभएको मौका छोपेर व्यापारीले कुखुराको मासुमा अस्वभाविक मुल्य बढाएका छन् । कुखुराको मासुमा एक महिनाको बीचमा व्यापारीले प्रतिकेजी १ सय ४० रुपैयाँसम्म बढाएका छन् । मंसिर महिनामा उपभोक्ताले प्रतिकेजी २ सय ८० रुपैयाँमा पाउने गरेको कुखुराको मासु अहिले प्रतिकेजी ४ सय २० रुपैयाँमा किनेर खानु परेको छ । बजारमा सरकारको उपस्थित नहुँदा विचौलियाले कुखुराको मासुमा मनपरी मुल्य बृद्धि गरी उपभोक्तालाई ठगी रहेको उपभोक्ताको भनाइ छ । राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले अनुगमन नभएकै कारण बजारमा विचौलियाको अराजकता बढेको बताए । विचौलियाले बजारमा कुखुराको मासुको मूल्य मनपरी बढाएर उपभोक्ता ठगेको बताए । बजार मुल्य नियन्त्रण गर्ने अधिकार पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन...