अर्थमन्त्री पौडेल : ‘पर्यटन र होटल क्षेत्रमा परेको अप्ठायारो प्रति संवेदनशिल छौं, तपाईँहरु अघि बढ्नुहोस्, सरकार साथमा छ ।’
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरु सहित अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए ।
बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहरूको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या सामाधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिइ अघि बढन र कठिनाइ परे सहजीकरण र सहयोग गर्ने उल्लेख गरे । कोभिड–१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास गर्दै अर्थमन्त्री पौडेलले भने ‘पर्यटन र होटल क्षेत्रमा परेको अप्ठायारो प्रति संवेदनशिल छौं, तपाईँहरु अघि बढ्नुहोस्, सरकार साथमा छ ।’
उनले पर्यटन व्यवसायको क्षेत्...









