आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तुको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित

तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तुको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित

आर्थिक, समाचार
तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तुको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ११ दशमलव ९२ प्रतिशत आयात कम भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार गत आर्थिक वर्षमा पहिलो ६ महिनामा रु दुई खर्ब ३८ अर्ब ८५ करोड ९८ लाख ३२ हजार मूल्य बराबरको सामान आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा रु दुई खर्ब १० अर्ब ३८ करोड ९ लाख ४७ हजारको मूल्य बराबरका सामान मात्र आयात भएको छ ।  यसैगरी चालू आर्थिक वर्षको पुस महिनासम्ममा निर्याततर्फ ६ दशमलव १ प्रतिशतले राजश्व वृद्धि भएको छ ।  गत आर्थिक वर्षको सोही अवधिमा रु १८ अर्ब ४१ करोड ५१ लाख ९१ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा रु १९ अर्ब ९३ करोड ९० लाख ९७ हजार मूल्य ब...
नेप्सेमा  आज  सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम

नेप्सेमा आज सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो । यस अघि २०७७ साल माघ ११ गते आइतबार नेप्सेमा ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको थियो ।  नेप्सेका अनुसार आज नेप्से १६.५५ अंकले घटेर दुई हजार चार सय २५ दशमलब २९ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ समूह बढेका छन् भने अन्य ९ समूह घटेका छन् । आज ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।      आज ९ प्रतिशत भन्दा बढीले बढ्ने कम्पनीहरुमा सुर्योदय लघुवित्त वित्तिय संस्था, प्रभु लाईफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, सारथी नेपाल लघुवित्त, एभरेष्ट इनस्योरेन्स कम्पनी, गरिमा विकास बैंक, शिखर इन्स्योरेन्स, हिमालयन डिस्ट्रिलरी र सपोर्ट माइक्रोफाइनान्स...
तारे होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूको तलव पुनः संशोधन,पाँच तारे होटलमा मासिक ५ हजार रुपैयाँ मात्रै तलव

तारे होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूको तलव पुनः संशोधन,पाँच तारे होटलमा मासिक ५ हजार रुपैयाँ मात्रै तलव

आर्थिक, समाचार
तारे होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूको तलव पुनः संशोधन भएको छ । अब पाँच तारे होटलमा काम गर्ने कर्मचारी तथा श्रमिकहरूले मासिक ५ हजार रुपैयाँ मात्रै तलव पाउनेछन् । होटल संघ नेपालले गरेको पछिल्लो व्यवस्था अनुसार चार तारे होटलका कर्मचारीले मासिक ४ हजार, ३ तारेका कर्मचारीले मासिक ३ हजार, २ तारे होटलका कर्मचारीले मासिक २ हजार ५ सय, १ तारे होटलका कर्मचारीले मासिक २ हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी पर्यटक स्तरीय होटलका कर्मचारी तथा श्रमिकका लागि भने उनीहरूकै आपसी सहयोगमा तलब तय हुने हानले जानकारी दिएको छ । हानले यसअघि कोरोना महामारीकै बीच कर्मचारी तथा श्रमिकहरूको तलब कटौती गरेको थियो । यति बेला पाँच तारे होटलका कर्मचारीको तलब अधिकतम १० हजार रुपैयाँ तोकिएको थियो । अन्यस्तरका होटलको पनि यहि अनुपातमा तलब संशोधन भएको छ । अहिले उनीहरूको तलब ५० प्रतिशतले घटेर ५ हजारमा सीमित भएको छ । कोरोना म...
आज नेप्सेमा ८ अर्ब ६२ लाख ३८ हजारको कारोबार

आज नेप्सेमा ८ अर्ब ६२ लाख ३८ हजारको कारोबार

आर्थिक, समाचार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ । हिजो (मंगलबार) नेप्सेमा सामान्य करेक्सन आएको थियो ।  नेप्सेका अनुसार आज नेप्से १८.७६ अंकले बढेर दुई हजार चार सय ४१ दशमलब ८५ विन्दुमा पुगेको छ भने आज नेप्सेमा ८ अर्ब ६२ लाख ३८ हजारको कारोबार भएको छ ।  त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बढेका छन् भने अन्य ७ समूह घटेका छन् । आज ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।    आज ९ प्रतिशत भन्दा बढीले बढ्ने कम्पनीहरुमा नेपाल लाईफ इनस्योरेन्स कम्पनी, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था, गुराँस लघुवित्त र प्रभु लाईफ इन्स्योरेन्स रहेका छन् ।   ...

अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर

आर्थिक, समाचार
काठमाडौं, माघ -नेपाल चेम्बर अफ कमर्सले ६९ औं अन्तरास्ट्रियभन्सार दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री पौडेलले आर्थिक गतिबिधि अत्यधिक रुपमा बढाइनुपर्ने, ब्यापार सहजीकरण सहज ढंगलेगरिनुपर्ने तथा उपभोक्ताहरुको संरक्षण हुनुपर्नेमा सरकारको ध्यान केन्द्रित भैरहेको उल्लेख गर्दै यि बिषयमा सुदृढिकरण हुने बित्तिकै राजस्व संकलन स्वतः हुने बताए । साथै मन्त्री पौडेलले भन्सार सेवालाई प्रभावकारी तथा सेवामुखी बनाउन प्रबिधि मैत्री बनाइएको उल्लेख गर्दै प्रणालीलाई समायनुकुल बनाउन सरकार प्रयत्नरत रहेको र यसमा निजी क्षेत्रको पनि उतिनै योगदान हुनुपर्नेमा जोड दिए । ‘निजी क्षेत्रले राज्यलाइ दिएको योगदानलाइ कदर गर्दछु र कोभिड भ्याक्सीनको सहज उपलब्धताको लागि अर्थ मन्त्रालय सदैव सकारात्मक रहेक...
नेपाल राष्ट्र बैंकले आज विकास ऋणपत्र बिक्री

नेपाल राष्ट्र बैंकले आज विकास ऋणपत्र बिक्री

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले आज विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज दिउँसो २ बजे बोलकबोल मार्फत विकास ऋणपत्र २०८४ ङ बिक्री गर्ने भएको हो । बैंकका अनुसार राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन उक्त ऋणपत्र निकाष्शन गर्न लागेको हो । राष्ट्र बैंकले ७ बर्षको लागि उक्त विकास ऋणपत्र जारी गर्न लागेको हो ।  यसमा बैंक तथा वित्तिय संस्था, गैर बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्ने छन् । यसको व्याजदर भने बोलकबोल मार्फत गरिने बताइएको छ । उक्त ऋणपत्र बैंकमा धितो राखेर कर्जा जिक्ने सकिनेछ । उक्त ऋणपत्र खरिद गर्न चाहानेले  अनलाइन मार्फत पनि बोलपत्र पेश गर्न सक्नेछन् ।  बुधबार बोलकबोल भएर माघ १४ गतेदेखि ऋणपत्र निष्काशन हुनेछ । व्याज अर्धबार्षिक रुपमा नै भुक्तानी गरिने छ भने साँवा भने २०८४ माघ १४ गते गरिने छ । इच्छुक खरिदकर्ता प्रतिस्प...
नेपाल उद्योग वाणिज्य महासंघले कर तथा राजस्व समिति विस्तार

नेपाल उद्योग वाणिज्य महासंघले कर तथा राजस्व समिति विस्तार

आर्थिक, समाचार
नेपाल उद्योग वाणिज्य महासंघले कर तथा राजस्व समिति विस्तार गरेको छ । महासंघका कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको समिति सदस्यमा सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, कृष्णप्रसाद दुलाल र निरञ्जन श्रेष्ठ छन् । समितिका सदस्यमा फ्रेट फरवार्डर एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहाल छन् । त्यसैगरी समितिको आमन्त्रित सदस्यमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवर्द्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजयसिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैक वित्तिय तथा विमा समितिका सभापति शाहिल अग्रवाललगायत छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले समितिका विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यलाई औपचारिक पत्र हस्तान्तरण गर्द...
शेयर कारोवार मापक नेप्से परिसूचक आज(सोमवार)  दोहोरो अङ्कले उकालो

शेयर कारोवार मापक नेप्से परिसूचक आज(सोमवार) दोहोरो अङ्कले उकालो

आर्थिक, समाचार
हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज(सोमवार) पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १६.०४ बिन्दुले उकालो लागेर दुई हजार ४४०.९७ मा पुगेको छ । नेप्से उकालो लागे पनि ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ओरालो लागेको छ । कुल ०.२४ बिन्दुले ओरालो लागेर सेन्सेटिभ परिसूचक ४५१.८२ मा सिमित भएको छ । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उभार आएको छ । कुल २०८ कम्पनीका एक करोड ९२ लाख ८५ हजार ५०४ कित्ता शेयर आठ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ मूल्यमा खरिदबिक्री भए । नेप्से र कारोवार रकम उकालो लाग्दा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । आजको कारोबारपछि कुल ३२ खर्ब ८७ अर्ब ८२ करोड ३२ लाख ३० हजार बराबरको बजार पूँजीकरण पुगेको छ । आज कारोबार भएका कुल १२ उपसमूहमध्ये सात उ...
होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकीलाई ‘न्युजलाइन्स’ सम्मान

होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकीलाई ‘न्युजलाइन्स’ सम्मान

आर्थिक, समाचार
काठमाडौं- सेफ आर बि बुढाथोकी न्युजलाइन्स सम्मानबाट बिभुसित भएका छन् । न्युजलाइन्स मिडियाद्वारा महाराजगंज स्थित अरिकल्स इभेण्टद्वारा आईतबार आयोजित चौथो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम माझ उनी सम्मानित भएका हुन । न्युजलाइन्स मिडियाले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा बुढाथोकी पाककला क्षेत्रबाट १५ उत्कृष्टमा पर्न सफल भएका हुन । कार्यक्रमका प्रमुख अतिथी बोधिसत्व स्वामी आनान्द अरुण र न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले संयुक्त रुपमा सम्मानित गरेका थिए । पाककलाको क्षेत्रमा मात्र नभएर नेपाली, चाईनिज, जापानिज, लगायत धेरै देशका परिकार बनाउन दक्ष सेफका रुपमा परिचित उनी नेपाली सेफ जगतमा परिकार माष्टरको रुपमा चर्चामा रहदै आएका छन् । यही नै आधारमा मुल्याङकन गरि उनलाई न्युजलाइन्स सम्मान २०२१ बाट सम्मानित गरिएको न्युजलाइन्स मिडियाले जनाएको छ । को हुन आर बि बुढाथोकी ?...
न्युज लाइन्स मिडियाको ४ औ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न

न्युज लाइन्स मिडियाको ४ औ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न

आर्थिक, समाचार
काठमाडौं, माघ – न्युज लाइन्स मिडियाको ४ औं वार्षिकोत्सव र सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । मिडियाकी प्रबन्ध निर्देशक रिता भट्टको सभापतित्व माझ आयोजित सो कार्यक्रम बोधिसत्व स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यता माझ आईतबार चक्रपथ महाराजगन्ज स्थित अरिकल इभेण्टमा सम्पन्न भएको हो । कार्यक्रम माझ प्रमुख अतिथी आनन्द अरुणले विभिन्न क्षेत्रमा कृयाशिल व्यक्तित्वहरुलाई न्युजलाइन्स सम्मानबाट विभुसित गरे । सो अवसर माझ सम्मानित हुनेहरुमा होटल सोल्टी क्राउन प्लाजाका सु सेफ आर बि बुढाथोकी, वरिस्ठ सौन्दर्यविद सुश्मा महरा, पर्यटन व्यवसायी एवम् समाजसेवी जगत बहादुर गुरुङ, खेलाडीद्वय सुर्य बहादुर बुढाथोकी र हरि कार्की, समाजसेवी अक्कल बहादुर तामाङ, द्वन्द निर्देशक याम प्रसाद ओली, चलचित्र निर्देशक श्याम राजा श्रेष्ठ, समाजसेवी भावना केसी, युवा व्यवसायी राजेन्द्र महर्जन, साहित्यकार भिस्म राज फुलारा...