आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

चर्चित हेयर डिजाइनर बिगेन तामाङ अब फेसियल हाउसमा

चर्चित हेयर डिजाइनर बिगेन तामाङ अब फेसियल हाउसमा

आर्थिक, समाचार
काठमाडौं । नेपालकै नम्बर वान ब्युटी शैलुन फेसियल हाउसमा अब चर्चित हेयर डिजाइनर बिगेन तामाङले सर्भिस दिने भएका छन् । आफ्ना ग्राहकहरूलाई थप केयरिङका साथ सुविधा उपलब्ध गराउने उद्देश्यअनुरूप फेसियल हाउसले नेपालकै चर्चित हेयर डिजाइनर तामाङलाई हालै आफ्नो संस्थामा अनुबन्धित गरेको हो । तामाङलाई फेसियल हाउसले एक कार्यक्रमको आयोजना गरी संस्थामा स्वागत गरेको फेसियल हाउसले जनाएको छ । फेसियल हाउसमा अनुबन्धित भएसँगै अब तामाङले आफ्नो उत्कृष्ट सर्भिस दिनाका साथै कक्षाहरू समेत सञ्चालन गर्ने फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा सौन्दर्यविद सुषमा महराले जानकारी दिइन् । ‘हामीले फेसियल हाउसलाई नम्बर वान मात्रै भनेका छैनौं,’ प्रबन्ध निर्देशक महराले भनिन्, ‘फेसियल हाउसमा उपलब्ध सेवासुविधा पनि त्यही अनुसार उत्कृष्ट र गुणस्तरीय बनाउँदै लगेका छौं ।’ फेसियल हाउसमा आउने ग्राहकहरूको अझ बढी केयरिङका लागि आफूहरूले अनुभवी...
सरल किस्ताबन्दीमा खोजे जस्तै घडेरी :कोहलपुरको स्मार्ट न्यु सिटी

सरल किस्ताबन्दीमा खोजे जस्तै घडेरी :कोहलपुरको स्मार्ट न्यु सिटी

आर्थिक, समाचार
सुन्दा अचम्म लाग्न सक्छ तर नेपालमा यस्तो ठाउँ छ- जहाँ टिकटक बनाउँदा भईन्छ भाईरल। हजुर,त्यस्तो ठाउँ हो- कोहलपुरको स्मार्ट न्यु सिटी । बैजनाथ-५ बाँकेमा अवस्थित कोहलपुर स्मार्ट न्यु सिटी कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो।यो सिटी अहिले जतासुकै भाईरल भएको छ।युटुबमा स्मार्ट सिटीको दृश्य समावेश गरिएका थुप्रै भिडियोहरु देख्न सकिन्छ। यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो। चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध छ्न् । यो मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो। यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे,बिजुली बत्ती ,खानेपानी,...
फेसियल हाउसको १४ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

फेसियल हाउसको १४ औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

आर्थिक, समाचार
काठमाडौ । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको फेसियल हाउस स्थापनाको १३औं वर्ष पार गरि १४ औं वर्षमा प्रवेश गरेको छ । हरेक बर्ष बार्षिकोत्सवको उपलक्ष्यमा फेसियल हाउसले विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । यसपालि १४ औं बार्षिकोत्सव फेसियल हाउसले आफ्नो केन्द्रिय कार्यालय काठमाडौं मलको चौथो तलामा एक भव्य कार्यक्रमको आयोजना गरि मनाएको छ । यसले हरेक पटक बार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई अवार्ड , मायाको चिनो र आफ्ना प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन कोर्स पूरा गरेको प्रमाणपत्र वितरण गर्दै आईरहेको छ । विभिन्न उपलब्धि र चुनौतीका बाबजुद नेपालकै उत्कृष्ट ब्यूटिपार्लर बन्न सफल भएको फेसियल हाउसले आफुसङ्ग अवसर र जिम्मेवारी पनि साथमा लिई हुर्कि रहेको छ । यो सङ्ग अझै पनि जोस जाँगर र केही गर्न सकिन्छ भन्ने सपना देखाउने बलियो स्रोत रहेको छ । जसले गर्दा सौन्दर्यका पारखिहरुका लागि य...
‘फेसियल हाउस’को १४ औं दिक्षान्त समारोह भव्य रुपमा  सम्पन्न

‘फेसियल हाउस’को १४ औं दिक्षान्त समारोह भव्य रुपमा सम्पन्न

आर्थिक, समाचार
नेपालकै उत्कृष्ट फेसियल हाउसले १४ औं दिक्षान्त समारोह सम्पन्न गरेको छ । सो अवसरमा फेसियल हाउसले शुक्रबार आफ्ना प्रशिक्षार्थीहरुलाई एक भव्य कार्यक्रमको आयोजना गरि ब्यूटी सम्बन्धि बेसिक , डिप्लोमा एवं स्पेसल ब्यूटिसियन कोर्ष सम्पन्न गरेको प्रमाणपत्र वितरण गरेको छ । उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन उतिर्णको प्रमाणपत्र प्रमुख अतिथि महिला चेम्बरको सभापति उर्मिला श्रेष्ठद्वारा वितरण गरिएको छ । कार्यक्रममा बोल्दै श्रेष्ठले कुनैपनि व्यापार व्यवसाय सुरु गर्दा महिला र पुरुष दुबैको सहभागिता हुनुपर्छ । दुबै मिलेर काम गरेमा सार्थक हुने हुन्छ । व्यवसायको सुरुवाती चरणमा कोहि कसैले सहयोग गर्दैन आफैले मेहनत गर्नु पर्छ संघर्ष गर्नुपर्छ । त्यसमा केही अप्ठ्यारा परिस्थिति आएता पनि हडबडाउनु हुँदैन । सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ यसको अन्त्य नहुने भएकाले सिप सिक्न कहिलै छोड्न नहु...
गोगंबुमा खुल्यो होटल ह्वाइट हाउस ,निर्मल र उषाले गरे उद्घाटन

गोगंबुमा खुल्यो होटल ह्वाइट हाउस ,निर्मल र उषाले गरे उद्घाटन

आर्थिक, समाचार
पूर्व मिस नेपाल उषा खड्गी तथा बरिष्ट कलाकार निर्मल शर्मा द्वारा संयुक्त रुपमा होटल ह्वाइट हाउसको उद्घाटन गरिएको छ। गोंगबु बिजी मलको अपोजिट रहेको सुबिधा सम्पन्न होटलको आफ्नै बिसेश्ताहरु रहेका छन्। आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा हस्तकलादेखि आधुनिक उत्पादनसम्म पाइने एक मात्र होटलको रुपमा स्थापित भएको छ। २४ घण्टा नै सेवा प्रदान गरिने होटल ह्वाइट हाउसमा प्रत्येक रुममा चिसो तातो पानि, फ्री वाई फाई, मिनिबार तथा आरामदायी बेडको ब्यबस्था गरिनुको साथै होटलमा रेस्टुरेन्टको ब्यबस्था गरिएको छ। उषा होटल ह्वाइट हाउसकी ब्राण्ड एम्बेसडर पनि हुन् । होटल टुरिजमसँग सम्बन्धित रहेकोले आफू जोडिएको उनले बताइन् । यो होटलको ब्राण्ड एम्बेसडरको रूपमा अर्का हाँस्य कलाकार निर्मल शर्मा ‘गैडा’ समेत छन् । शर्माको पनि होटल पर्यटन क्षेत्रसँग जोडिएको क्षेत्र भएकोले आफू आबद्ध भएको भनाई छ । ‘पर्...
नयाँ उज्यालो साकोसको अध्यक्षमा सुष्मा भण्डारी पौडेल

नयाँ उज्यालो साकोसको अध्यक्षमा सुष्मा भण्डारी पौडेल

आर्थिक, समाचार
नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को अध्यक्षमा पुनः सुष्मा भण्डारी पौडेल चयन भएकी छिन् । संस्थाको दशौं बार्षिक साधारणसभा तथा अधिवेसनले पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।नवगठित समितिको उपाध्यक्ष प्रेमचन्द्र लिम्बू, सचिव कमलबहादुर थापा, सहसचिव शिवराज पौडेल, कोषाध्यक्ष चन्द्रमणी कट्टेल रहेका छन् ।त्यस्तै सदस्यहरुमा गोविन्द पौडेल, विदुर खनाल, शर्मिला भट्टराई, समिर धिमाल, दिपक पोखरेल, अनिता पुरी रहेका छन् । त्यस्तै गणेशप्रसाद पोखरेल संयोजक र नारायणप्रसाद पराजुली र कृष्णप्रसाद प्याकुरेल सदस्य रहेको लेखा समिति र प्रेमप्रसाद लिम्बू संयोजक रहेको ऋण उपसमिति गठन गरिएको छ ।संस्थाकी अध्यक्ष सुष्मा भण्डारी पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष प्रेमचन्द्र लिम्बूले स्व...
वरिष्ठ सौन्दर्यकर्मी मंजिला सुवेदीलाई ग्लोबल ईन्टरनेशनल अवार्ड

वरिष्ठ सौन्दर्यकर्मी मंजिला सुवेदीलाई ग्लोबल ईन्टरनेशनल अवार्ड

आर्थिक, समाचार
नेपालकी वरिष्ठ सौन्दर्यकर्मी  मंजिला सुवेदी  अन्तराष्ट्रिय अवार्डबाट सम्मानित हुनु भएको छ । उहाँले हालै दुवईको अबजद ग्राण्ड होटलको भव्य हलमा आयोजित ग्लोबल ईन्टरनेशनल अवार्डको दोश्रो संस्करणको विशेष समारोहमा युएई रोयल फेमिलीका सेक्रेटरी साहिद खालिफा साहिद मुसाब्वे तथा समारोहका विशेष अतिथीहरुको हातबाट उक्त अवार्ड प्राप्त गर्नु भएको हो । वल्र्ड वाईड मिडिया नेटवर्क आयोजना तथा ४८ वटा भन्दा वढि राष्ट्रहरुमा शाखा भएको ईनास ग्लोबलको युएई शाखाको सहकार्यमा आयोजित उक्त अवार्ड समारोह आयोजना गरिएको थियो । नेपालबाट विविध प्रक्रिया सम्पन्न गरि छनौटमा परेर दुवईमा भएको उक्त अन्तराष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट सौन्दर्य विशेषज्ञ विधाबाट अवार्ड सुवेदीले अवार्ड पाउनु भएको हो  । सौन्दर्य क्षेत्रको बर्षौ लामो अनुभव र सौन्दर्य विधामा देश र समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरुप उहाँ  ने...
एनप्लस प्रोफेसनलका ६ नयाँ उत्पादन बजारमा

एनप्लस प्रोफेसनलका ६ नयाँ उत्पादन बजारमा

आर्थिक, समाचार
एनप्सल प्रोफेसनले ६ वटा नयाँ उत्पादन सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ६ वटा नयाँ सौन्दर्यका सामाग्री सार्वजनिक गरेको हो । सौन्दर्यका सामाग्रीलाई भारतको प्रख्यात ब्रान्ड नन्दीनी हर्वल प्रालीले उत्पादन गरेको हो । केही महिना अघि आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेकोमा कोरोना महामारी र लकडाउनका कारण ढिलो गरी सामाग्री सार्वजनिक गर्नु परेको कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्वानीले बताउनु भयो । सौन्दर्य सामाग्रीहरुको परिक्षण र निरिक्षणमा सरकारले चाँसो नराख्दा नक्कली सामाग्रीहरु बजारमा आइरहेकाले सचेत रहन एनप्लस प्रोफेसलनका क्षेत्रीय बजार व्यवस्थापक पदम शर्माले आग्रह गर्नु भयो । उहाँले एनप्सल प्रोफेसनलका नयाँ ६ वटा सामाग्री ढुक्कले प्रयोग गर्न सुझाव समेत दिनुभएको थियो । उत्पादित सामाग्रीको प्रचारमा आफूले सञ्चार माध्यमसँग साझेदारी गरेर अगाडी बढ्ने ब्राण्ड एम...
मूल्यवृद्धि फिर्ता गर

मूल्यवृद्धि फिर्ता गर

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले मूल्यवृद्धि गरेपछि जनता निराश बनेका छन । आज मूल्यवृद्धिले भयावह अवस्था निम्त्याएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका कारण जनताको ढाड सेकिएको छ । उसै त बजारमा उपभोग्य वस्तुको भाउ अकासिँदा जनता रुने की हाँस्ने अबस्थामा छन । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले जनतामा आर्कोश थपिएको छ । मूल्यवृद्धि भएपछि खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढ्न जाँदा अब एक ग्यास सिलिन्डरको मूल्य १५ सय ७५ रुपैयाँ हुन गएको छ । पेट्रोल प्रतिलिटरको मूल्य १ सय ३६ रुपैयाँमा पुग्दा डिजेल मट्टीतेल प्रतिलिटर मूल्य १ सय १९ रुपैयाँ हुन पुगेको छ । आन्तरिकतर्फको हवाई उडानमा इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १ सय १ रुपैयाँ पु¥याइएको छ । ...
सञ्चारकर्मी बिना श्रेष्ठ नन्दिनी हर्बलको ब्राण्ड एम्बेस्डर

सञ्चारकर्मी बिना श्रेष्ठ नन्दिनी हर्बलको ब्राण्ड एम्बेस्डर

आर्थिक, समाचार
नन्दिनी हर्बल केयर प्रा.लिको ब्राण्ड एम्बेस्डरमा सञ्चारकर्मी बिना श्रेष्ठलाई अनुवन्धन गरिएको छ। ब्राण्ड एम्बेस्डर सम्वन्धी सम्झौंता पत्रमा नन्दिनी हर्बल केयर प्रा.लिका सन्चालक हितेस लिम्बानी र क्षेत्रीय बिक्री प्रवन्धक पदम शर्माको उपस्थितिमा हस्ताक्षर भएको हो। नन्दिनी हर्बल केयर प्रा.लिका सन्चालक हितेस लिम्बानीले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको लागि आफ्नो ब्राण्ड एम्बेस्डरमा सञ्चारकर्मी बिना नियुक्त गरेको बताउनुभयो। सञ्चारकर्मी श्रेष्ठले आफु नन्दिनी हर्बल केयरको ब्राण्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र नन्दिनी हर्बल केयरको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सञ्चारकर्मी बिना लामो समयदेखि सञ्चार क्षेत्रमा आबद्ध सँगै नेपाली म्युजिक भिडियो निर्देशन पनि गर्दै आउनुभएको छ  । हाल उहाँ टि.भी टुडे एचडी प्रमुख कार...