आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

आईपीएलको खेलतालिका सार्वजनिक, उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने

आईपीएलको खेलतालिका सार्वजनिक, उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने

अन्तराष्ट्रिय, खेलकुद, समाचार
भदाै २१ काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइतबार १३ औं संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ । उद्घाटन खेल सेप्टेम्बर १९ मा अबुधाबीमा हुनेछ । कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ । लिग चरणको २४ खेल दुबईमा हुनेछ । यस्तै २० खेल आबुधावी र १२ खेल सारजाहमा हुनेछ। प्ले अफ र फाइनल खेलको तालिका र भेन्यु भने सार्वजनिक गरिएको छैन । हेर्नुहाेस खेल तालिका ...
१५ दिनभित्र फ्रान्समा संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी

१५ दिनभित्र फ्रान्समा संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी

अन्तराष्ट्रिय, समाचार
भदाै २१ काठमाडाैं । फ्रान्समा अबको १५ दिनभित्र कोरोनाभाइरस संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी दिइएको छ ।पछिल्ला केही दिनमा फ्रान्समा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको छ ।वेरनले एक टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा राष्ट्रव्यापी लकडाउनको आवश्यकतालाई खारेज गर्दै फ्रान्ससँग भाइरससँग प्रतिस्पर्धा गर्न अन्य तरिका पनि भएको जानकारी दिएका छन् । उनले भने, ‘म लकडाउनको कल्पना गर्न सक्दिनँ । लकडाउन भक्भकी उम्लिरहेको खानालाई ढाकेको जस्तै थियो ।’फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्या बढेर ३ लाख ४७ हजार २ सय ६७ रहेको छ । यस्तै कोभिडका कारण मृत्यु हुनेको संख्या ३० हजार ७ सय ३० रहेको छ । ...
कोरोनाबाट संक्रमित भए नायक अर्जुन कपुर

कोरोनाबाट संक्रमित भए नायक अर्जुन कपुर

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भदाै २१ काठमाडाैं । बलिउड अभिनेता अर्जुन कपुर कोरोनाद्वारा संक्रमित भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ ।अर्जुन चाँडै नै यसबारे घोषणा गर्ने तयारीमा रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार अर्जुनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान मात्रै आएको हो । अभिनेताले दिउँसो आफ्नो आधिकारिक बयान जारी राख्ने पनि स्रोतले दाबी गरेको छ । अर्जुन कपुर निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङ फिल्मसिटीमा गरिरहेका थिए । त्यहाँ भारत पाकिस्तानको सीमावर्ती इलाकाको सेट बनेको छ । यो विभाजनको नकारात्मक पक्षको प्रेम कथामा आधारित फिल्म हो ।अर्जुन कपुरको आधिकारिक बयान आउनुअघि नै भास्करले अर्जुनको टीम र निर्माता निखिल आडवाणीसँग सम्पर्क गरेको तर उनीहरुले आधिकारिक जानकारी दिनुअघि समय माग गरेको बताइएको छ । अर्जुनका पिता बोनी कपुरले पनि यसका लागि समय मागे । अर्जुनले यसबारे आफ्नो ह्यान्डलबाट आध...
दुईहप्ता थपियाे लकडाउन अस्ट्रेलियाको मेलबर्नमा

दुईहप्ता थपियाे लकडाउन अस्ट्रेलियाको मेलबर्नमा

अन्तराष्ट्रिय, समाचार
भदाै २१ काठमाडाैं । अस्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको भन्दै कडा लकडाउन दुई हप्ताका लागि थप गरिएको छ।कोभिड–१९ को नयाँ केसहरु पर्याप्त मात्रामा कम नभएकाले लकडाउन दुई हप्ता थप गरिएको मेलबर्नका अधिकारीले बताएको बिबिसीले उल्लेख गरेको छ । भिक्टोरिया राज्यका प्रमुख ड्यानिएल एण्ड्रयूले सेप्टेम्बर २८ सम्म मेलबर्गनमा लकडाउन लागु हुने बताएका छन्। अक्टोबरदेखि क्रमवद्ध रुपमा प्रतिबन्ध फुकुवा गरिने उनले बताए ।अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणको दोस्रो लहरको इपिसेन्टर भिक्टोरिया राज्य बनेको छ । अस्ट्रेलियाका कोभिड–१९ बाट मृत्यु भएका ७५३ जनामध्ये ९० प्रतिशत भिक्टोरियाका छन् । अस्ट्रेलियामा हालसम्म २६ हजारभन्दा बढी संक्रमित भएका छन् । ...
कोरोनाबाट ७० हजार मानिसले ज्यान गुमाए भारतमा

कोरोनाबाट ७० हजार मानिसले ज्यान गुमाए भारतमा

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भदौ २१ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्या प्रतिदिन वृद्धि हँुदै गइरहेको छ ।पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ६३३ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४१ लाखभन्दा बढी पुगेको देखिएको छ । संघीय ९केन्द्रीय० स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म ७० हजार ६२६ पुगेको छ । कुल मृतकमध्ये एक हजार ६५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि मन्त्रालयले आइतबार जनाएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म ४१ लाख १३ हजार ८१२ जना सङ्क्रमित भएका छन् । ती मध्ये ३१ लाख ८० हजार ८६६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।अधिकारीहरूका अनुसार अरु आठ लाख ६२ हजार ३२० जना अझै पनि सङ्क्रमित अवस्था मै रहेका छन् । भारतमा अहिलेसम्म चार करोड ...
जमैकाको हारमा सन्दीपको औसत प्रर्दशन

जमैकाको हारमा सन्दीपको औसत प्रर्दशन

अन्तराष्ट्रिय, खेलकुद, समाचार
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २८ औं खेलमा बार्बाडोस ट्राइडेन्ससँग ७ विकेटले पराजित भएको छ । योसँगै जमैकाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा ट्रीनबेगो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । जितका लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोसले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै पाँचौ स्थानमा रहेर यस सिजन सम्पन्न गरेको छ । तीव्र गतिका बलर ओशान थोमसले पहिलो ओभरको पहिलो बलमै ओपनर जोनसन चाल्र्सलाई शून्यमा बोल्ड आउट गर्दै पेभिलिएन फर्काए । इनसाइड एज लागेर बोल्ड आउट हुन पुगेका थिए । अर्का तीव्र गतिका बलर प्रेस्टन म्याकस्वीनले दोस्रो ओभरको दोस्रो बलमा शम्राह ब्र्रूक्सलाई ५ रनमा बोल्ड आउट गर्दै जमैकालाई राम्रो सुरुवात दिलाए । तर बार्बाडोसका कप्तान जेसन होल्डर र जोनाथन कार्टरले तेस्रो विकेटका लागि ९० ...
यूएईमा थप ५ नेपालीको कोरोनाका कारण मृत्यु

यूएईमा थप ५ नेपालीको कोरोनाका कारण मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भदाै २१ काठमाडाैं ।कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ।गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईमा कार्यरत नेपाली रहेका छन्।योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु हुने नेपालको संख्या २ सय पुगेको छ। स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ।समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अस्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ।संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्। कोरोना भाइरसका कारण अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ...
भारतमा एकैदिन ९० हजार ६ सयमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन ९० हजार ६ सयमा कोरोना संक्रमण पुष्टि

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । यसअघि शनिबार ८७ हजार ११५ जनामा संक्रमण पुष्टि भएकोमा आइतबार यो समाचार तयार पार्दासम्म ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शनिबार ९० हजार ६०० जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ७७ हजार ६३७ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६२ हजार ४८७ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०४४ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७० हजार ६७९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । ...
सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा घरेलु सहायक दीपेश सावन्त पक्राउ

सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा घरेलु सहायक दीपेश सावन्त पक्राउ

अन्तराष्ट्रिय, समाचार
भदाै २१ काठमाडाैं । सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले उनका घरेलु सहायक  दीपेश सावन्तलाई पक्राउ गरेको छ।एनसिबीका उपनिर्देशक केपीएस मल्होत्राले दीपेशलाई लागुऔषध खरिद र त्यसको लेनदेनका विषयमा सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएका छन्। उनलाई डिजिटल प्रमाण र बयानका आधारमा पक्राउ गरिएको हो। उनलाई  आइतबार अदालत पेश गरिँदैछ।   पक्राउ परेका व्यक्तिहरुको बयान जारी छ। यसअघि पक्राउ परेका सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र पूर्वम्यानेजर स्यामुअल मिरान्डालाई ९ सेप्टेम्बरसम्म एनसिबीको हिरासतमा पठाइएको छ। एनसिबीले शौविक चक्रवर्ती र स्यामुअल मिरान्डालाई ७ दिनको अनुसन्धानका लागि थुनामा राख्ने अनुमति मागेको थियो। ...
विश्वमा दुई लाख ५८ हजार संक्रमित थपिए, ४६ सयको मृत्यु

विश्वमा दुई लाख ५८ हजार संक्रमित थपिए, ४६ सयको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टाभित्र विश्वमा दुई लाख ५८ हजार ४०८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा चार हजार ६३२ जनाको मृत्यु भएको छ।  योसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७० लाख ४३ हजार १७९ र मृत्यु हुनेको संख्या आठ लाख ८२ हजार ९८६ पुगेको छ। पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ९० हजार ६०० जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण एक हजार ४४ जनाले ज्यान गुमाएका हुन्।  यसैगरी, अमेरिकामा ४० हजार ७४८ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ कोरोना संक्रमितमध्ये थप ७०७ जनाको ज्यान गएको छ। ब्राजिलमा ३१ हजार १९९ जना नयाँ संक्रमित थपिँदा ६१९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ। गत २४ घण्टाभित्र अर्जेन्टिनामा नौ हजार ९२४, फ्रान्समा आठ हजार ५५०, कोलम्ब...