आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

बायर्न म्युनिखले उचाल्यो सुपर कपको उपाधि

बायर्न म्युनिखले उचाल्यो सुपर कपको उपाधि

अन्तराष्ट्रिय, खेलकुद
असोज ९ काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार राति स्पेनिस क्लब सेभियालाई २–१ ले हराउँदै बायर्नले सुपर कपको उपाधि हात पारेको हो । कोरोना महामारीपछि पहिलोपटक मुख्य प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमति दिइएको थियो । मैदानमा झण्डै २० हजार दर्शकको उपस्थिति थियो । खेलमा सेभियाले १३ औं मिनेटमा अग्रता लिँदै लुकास ओकम्पोसको पेनाल्टी गोल लिएको थियो । डभिड अल्बाले इभान राकिटिचलाई डिबक्स भित्र लडाएपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो ।बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यस...
विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

अन्तराष्ट्रिय
असोज ९ न्युयोर्क । विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तन सम्बन्धी प्रकोपबाट प्रभावित भएका बताइएको छ। जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढीपहिरो, खडेरी आँधीबेहरीजस्ता प्रकोपबाट उनीहरु प्रभावित हुन पुगेका बुधबार प्रकाशित एक प्रतिवेदनमा जनाइएको छ। इन्टरनेसनल फेडरेसन अफ रेडक्रस र रेड क्रिसेन्ट सोसाइटी आईएफआरसीको क्लाइमेट सेन्टरले बुधबार प्रकाशन गरेको त्यस अनुसन्धान प्रतिवेदनमा जानकारी दिइएको छ। कोभिड १९ ले पनि प्रत्यक्ष रूपमा मौसम सम्बन्धित प्रकोपबाट प्रभावित व्यक्तिहरुलाई असर पार्दै दुःख बढाइरहेको अध्ययनले प्रकाशन गरेको प्रतिवेदनममा जनाइएको छ। जलवायु सम्बन्धी आपतकाल र महामारीको संयुक्त प्रभावको विशाल रुपमा प्रदर्शन हुदै आएको सो प्रतिवेदनमा जनाइएको छ। उक्त प्रतिवेदनमा उल्लेख गरिए अनुसार विश्वका कैयौँ मानव समुदायहरुमा एकपछि अर्को गर्दै जोखिमको मात्रा बढाइदिएको ...
पञ्जावको सहज जित, बैंग्लोर ९७ रनले पराजित ;आईपीएल

पञ्जावको सहज जित, बैंग्लोर ९७ रनले पराजित ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ९ काठमाडौं।किङ्स इलाभेन पन्जाबले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग–आईपीएल) टी(ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । गएराति खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गर्दै पन्जाबले पहिलो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो । बैंगलोरका लागि वासिङ्गटन सुन्दरले सर्वाधिक ३० रन जोडे । यस्तै एबी डी भिलियर्सले २८ तथा आरोन फिन्चले २० रन बनाए शिवम डुबे १२ रनमा आउट भए । बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका रबि बिश्नोई र मुरुगान आश्विनले ३/३ विकेट लिए । सेलड्रोन कोट्रेलको नाममा २ विकेट रह्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान केएल राहुलले अविजित रहदै १ सय ३२ रनको शतकीय इनिङ्स खेले ...
जाल्टन इब्रामोभिचलाई कोरोना संक्रमण

जाल्टन इब्रामोभिचलाई कोरोना संक्रमण

अन्तराष्ट्रिय
 असोज ९ काठमाडौं। इटालियन जाल्टन इब्रामोभिचलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसी मिलानले उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ ।एसी मिलानका अनुभवी स्टाकर इब्रामोभिचलाई बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वीडिस खेलाडी इब्रामोभिच एसी मिलानमा कोरोना देखिएकामध्ये दोस्रो खेलाडी हुन् । गएको सोमबार मिलानले बोलोग्नाविरुद्ध २–० गोलको जीत निकाल्दा दुई गोल गरेका थिए । यसअघि मंगलबार एसी मिलानका डिफेन्डर लिओ डुआर्टेलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ...
स्वारेज एट्लेटिकोमा आवद्ध

स्वारेज एट्लेटिकोमा आवद्ध

अन्तराष्ट्रिय, खेलकुद
असोज ८ काठमाडौं। बार्सिलोनाले आफ्ना स्टाइकर लुइस स्वारेजलाई ला लिगाकै अर्को क्लब एट्लेटिको मड्रिडमा पठाएको छ ।एटलेटिकोले स्वारेजलाई फ्रि ट्रान्सफरमार्फत् लिएको बताएको छ । त्यसमा पनि विभिन्न प्रक्रिया गरी ६ मिलियन युरो खर्च भएको बताएको छ । स्वारेज बार्सिलोनामा आफ्ना् सम्झौताको अन्तिम वर्ष अर्को क्लब जान सहमत भएका हुन् । यसअघि उनी इटालीयन क्लब युभेन्ट्स जाने हल्ला चलेको थियो ।उनले स्पेनमै रहने बताएपछि एट्लेटिको गएका हुन् ।स्वारेजले एट्लेटिकोबाट करबाहेक वार्षिक ९ मिलियन युरो पारिश्रमिक पाउने सम्झौता गरेका छन् । ६ वर्ष लामो समय बार्सिलोनामा बिताएका उनले २०३ खेलमा १९८ गोल गरेका थिए । प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना पुगेपछि स्वारेजले ४ पटक ला लिगाको उपाधि, एक पटक च्याम्पियन्स लिग उपाधि, ४ पटक कोपा डेल रे उपाधि, दुई पटक सुपर कोपा डे स्पाना उपाधि, एक क्लब विश्वकप उपाधिसहित मार्का पत...
आज बैङ्लोर र पञ्जाव भिड्दै;आईपीएल

आज बैङ्लोर र पञ्जाव भिड्दै;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ८ काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार रोयल च्यालेन्जर्स बैङ्लोर र किङ्स ११ पञ्जावबीचको खेल हुँदैछ ।नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुवई इन्टरनेसनल क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ । यसअघि समान पहिलो खेलमा जित हात पारेको बैङ्लेर आफ्नो विजयी यात्रा कायम राख्ने योजनमा छ । यस्तै, पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको पञ्जााव बैङ्लोरविरुद्ध जितको हात पार्ने योजनामा छ । पञ्जावको कप्तानी केएल राहुलले गरिरहेका छन् भने बैङ्लोरको कप्तानी भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले गरिरहेका छन् । यी दुई टीमबीच खेलको नतिजा हेर्दा बैंगलोर बलियो देखिएको छ । गत सिजनको दुई भेटमा समेत बैंगलोरले बाजी मारेको थियो । गत संस्करणमा भएको पहिलो भेटमा बैंगलोरले ८ विकेटको जित निकालेको थियो । दोस्रो भेटमा बैंगलोरले १७ रनको जित निकालेको थियो । ...
पूर्व अस्ट्रेलियाली क्रिकेटर डीन जोन्सको निधन

पूर्व अस्ट्रेलियाली क्रिकेटर डीन जोन्सको निधन

अन्तराष्ट्रिय
असोज ८ काठमाडौं। पूर्व अस्ट्रेलियाली क्रिकेट खेलाडी डीन जोन्सको निधन भएको छ । आईपीएलको लागि स्टार स्पोर्ट्सको कमेन्ट्री टीममा भाग लिएका उनको बिहीवार हृदयघातका कारण निधन भएको हो। ५९ वर्षीय जोन्स अहिले युएईमा जारी रहेको आइपिएलको उनी मुम्बईमा बसेर कमेन्ट्री गरिरहेका थिए।होटलको कोठामा हृदयघात भएको मिडिया रिपोर्टमा बताइएको छ। आइपिएलको प्रसारण संस्था स्टार इण्डियाले विज्ञप्ति जारी गर्दै जोन्सको हृदयघातबाट निधन भएको जानकारी दिएको छ । डीन जोन्स अष्ट्रेलियाका सर्वश्रेष्ठ ब्याट्सम्यान हुन्। उनले आफ्नो उत्कृष्ट करिअरमा ५२ टेस्ट र १६४ एकदिवसीय म्याच खेलेका छन्। ...
बलिउड अभिनेता भूपेश पान्ड्याको निधन

बलिउड अभिनेता भूपेश पान्ड्याको निधन

अन्तराष्ट्रिय
असोज ८ काठमाडौं। बलिउड अभिनेता भूपेश पान्ड्याको निधन भएको छ ।आयुष्मन खुरानाको पहिलो फिलम ‘विक्की डोनर’ मा मूख्य भूमिका निभाएका उनको फोक्सोको क्यान्सरको कारण निधन भएको छ । उनी राष्ट्रिय नाट्य विद्यालयका पूर्व छात्र थिए । उनले फिल्मसँगै वेब सिरिजमा पनि काम गरेका छन् ।
नेरदल्याण्डसको नयाँ प्रशिक्षकमा अजाक्सका पूर्व प्रशिक्षक फ्र्यांक डी बोएर नियुक्त

नेरदल्याण्डसको नयाँ प्रशिक्षकमा अजाक्सका पूर्व प्रशिक्षक फ्र्यांक डी बोएर नियुक्त

अन्तराष्ट्रिय, खेलकुद
असोज ८ काठमाडौं। अजाक्सका पूर्व प्रशिक्षक फ्र्यांक डी बोएर नेरदल्याण्डसको राष्ट्रिय टिमको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् ।५० वर्षका फ्र्यांकले राष्ट्रिय टिमसँग दुई वर्षको सम्झौता गरेका छन् । नेदरल्याण्डस अब उनकै प्रशिक्षणमा सन् २०२२ को कतार विश्वकपमा सहभागी हुनेछ । अजाक्स तथा बार्सिलोनाका पूर्व डिफेन्टर फ्र्यांकले राष्ट्रिय टिमबाट ११२ खेलमा सहभागिता समेत जनाएका छन्।उनले बार्सिलोनाका प्रशिक्षक बनेका रोनाल्ड कोएम्यानको स्थान लिने छन् । कोएम्यानले छोडेपछि नेदरल्याण्डसले उनलाई प्रशिक्षक बनाएको हो । उनी सन् २०१० देखि २०१६ सम्म अजाक्सको प्रशिक्षक रहँदा चारपटक टिमलाई डच लिगको उपाधि दिलाएका थिए। उनले इन्टर मिलान र क्रिष्टल प्यालेसमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका छन्। त्यसपछि उनले सन् २०१८ देखि गएको जुलाईसम्म एमएलएस क्लब एट्लान्टा युनाइटेडको नेतृत्व गरेका थिए । ...
एउटै खेलमा आधा दर्जन गोल गर्‍यो चेल्सीले

एउटै खेलमा आधा दर्जन गोल गर्‍यो चेल्सीले

अन्तराष्ट्रिय, खेलकुद
असोज ८ काठमाडौं। शानदार जितसहित चेल्सी लिग कप फुटबल (इएफएल कप) अर्थात काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ। तेस्रो चरण अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले बार्नस्लीलाई ६–० ले पराजित गरेको हो। चेल्सीको जितमा काई हार्भट्जले ह्याट्रिक गरे भने ट्यामी अब्राहम, रस बार्क्ली र ओलिभर जिरउडले एक–एक गोल गरे । पहिलो हाफमा दुई गोल गरेको फ्र्यांक लाम्पार्डको चेल्सीले दोस्रो हाफमा थप चार गोल गरेको हो। उसका लागि १९ औँ मिनेटमा अब्राहम र २८ औँ मिनेटमा हाभर्ट्जले गोल गरी पहिलो हाफमा २–० को अग्रता दलिाए । ४९ औँ मिनेटमा बार्क्लीले गोल गरे । ५५ र ६५ औँ मिनेटमा गोल गरी हाभर्ट्जले ह्याट्रिक पूरा गरे । ८३ औँ मिनेटमा जिरउडले गोल गरेपछि चेल्सी ६–० ले विजयी भयो । बुधबार राति नै भएको खेलमा आर्सनलसँग २–० ले पराजित भएको लेस्टर सिटी लिगकपको तेस्रो चरणबाटै बाहिरियो । अरु खेलमा न्यूक्या...