आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

राजस्थानले टस जितेर फिल्डिङ रोज्यो ;आइपीएल

राजस्थानले टस जितेर फिल्डिङ रोज्यो ;आइपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ११ काठमाडौं । १३ औँ इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आजको खेलमा राजस्थान रोयल्सले किङ्स–११ पञ्जाबविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। युएईको शारजँहामा शुरु हुन लागेको खेलमा राजस्थान रोयल्स स्टीभ स्मिथको कप्तानीमा रहेको छ भने पञ्जाब टिमलाई लोकेश राहुलले कप्तानी गरेका छन् । यसअघि राजस्थान र पञ्जाबबीच भएका पछिल्ला पाँच खेलमा पञ्जाबले चार खेल जितेको छ । राजस्थानले एक खेल मात्र जितेको छ । आईपीएलमा यो पञ्जाब तेस्रोपटक खेल्दैछ भने राजस्थानको दोस्रोपटक खेल्दैछ । पहिलो खेलमा दिल्ली क्यापिटल्स्‌सँग पराजित भएको पञ्जाबले दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई पराजित गरेको थियो । यता राजस्थानले पहिलो खेलमा जीत हासिल गरेको थियो । राजस्थानले चेन्नई सुपर किङ्सलाई पराजित गरेको थियो । ...
महिला क्रिकेटर एलिसाले तोडिन् धोनीको विश्व रेकर्ड !

महिला क्रिकेटर एलिसाले तोडिन् धोनीको विश्व रेकर्ड !

अन्तराष्ट्रिय
असोज ११ काठमाडौं । अस्ट्रेलियाली महिला क्रिकेट टीम अहिले आफ्नै देशमा न्यूजिल्याण्डविरुद्ध टी २० इन्टरनेशनल सीरिज खेलिरहेको छ । तीन म्याचको सीरीजको दोश्रो म्याचमा अस्ट्रेलियाले जित हासिल गरेको छ । अस्ट्रेलियाले १६.४ ओभरमा २ विकेट गुमाउँदै १२९ रन बनाएर ८ विकेटको जीत निकालेको हो । आईतवार ब्रिस्बेनको एलन बोर्डर फील्डमा खेलिएको म्याचमा अस्ट्रेलियाली विकेट किपर एलिसा हीलीले विश्व रेकर्ड बनाएकी छन् । 🚨 Stat alert 🚨Alyssa Healy has surpassed MS Dhoni's record of most dismissals by a wicket-keeper in T20Is 🔥Healy ▶️ 92Dhoni ▶️ 91#AUSvNZ pic.twitter.com/7OrqmR0vAo— ICC (@ICC) September 27, 2020 ३० वर्षकी एलिसाले यस म्याचमा म्याच विकेट पछाडि २ जनालाई आउट गरेर भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीको टी २० इन्टरनेशनल क्रिकेटमा सर्वाधिक आउट गराएको रेकर्ड तोडेकी हुन् । धोनीले विके...
आइतबार हङकङमा ६ नयाँ कोरोना संक्रमित थपिए

आइतबार हङकङमा ६ नयाँ कोरोना संक्रमित थपिए

अन्तराष्ट्रिय
असोज ११ काठमाडौं । हङकङमा आइतबार ६ नयाँ कोरोना संक्रमित थपिएका छन्।वर्ल्डोमिटरका अनुसार हङकङमा ६ नयाँ कोरोना संक्रमित थपिएसँगै यहाँ कोरोना संक्रमितको संख्या ५ हजार ६६ पुगेको छ। यहाँ १०५ को कोरोनाका कारण मृत्यु भइसकेको छ भने कुल संक्रमितमध्ये ४७ सय ८६ उपचारपछि स्वस्थ बनिसकेका छन्।हङकङमा हाल सामूहिक कोरोना परीक्षण कार्यक्रम जारी छ। यस कार्यक्रम अन्तर्गत हङकङका सबै नागरिकलाई निशुल्क कोरोना परीक्षण गराइनेछ। यस योजना अन्तर्गत यतिबेला लाखौं मानिसहरुले कोरोना परीक्षण गरिसकेका छन्।गतहप्ता हङकङकी कार्यकारी प्रमुख क्यारी लामले शहरमा कोरोनाको तेस्रो लहर नियन्त्रणमा रहेको बताएकी थिइन्। यद्यपी कोरोनाविरुद्धको उपाय पछ्याउन उनले सुझाव दिएकी थिइन्। ...
नि:शुल्क वाइफाइ सेवा सुचारु कतार एयरवेजमा

नि:शुल्क वाइफाइ सेवा सुचारु कतार एयरवेजमा

अन्तराष्ट्रिय
असोज ११दोहा । कतार एयरवेजले यात्रुहरूलाई मध्यनगर गर्दै १०० दिनका लागि नि: शुल्क अन-बोर्ड सुपर वाइफाइ कनेक्टिभिटी सेवा प्रदान सूचारु गरेको छ ।२५ सेप्टेम्बरबाट सुरु भएको यो सेवा आगामी २ जनवरी २०२१ सम्म यात्रु परिवार, साथीभाइ र सहकर्मीहरूसँग नि: शुल्क फोनमा कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ । कतार एयरवेजका अनुसार एशिया, मध्य पूर्व र उत्तर अफ्रिकामा उच्च-स्पीड ब्रॉडब्यान्ड कनेक्टिविटीले भरिएको सबैभन्दा बढी संख्याको विमानहरूले उडान गर्ने जनाएको छ । कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल बेकरले भनेका छन्: “यी चुनौतीपूर्ण समयमा कतार एयरवेजले नेतृत्व र नवीन खोज जारी राखेको छ र हाम्रा यात्रुहरूलाई उनीहरूले पञ्च-तारा अनुभव प्रदान गरेका छन् जुन उनीहरूले विश्वको सर्वश्रेष्ठ एयरलाइनबाट आशा गरेका थिए। हामी हाम्रा सबै वफादार यात्रुहरूलाई उनीहरूको उडानहरूको अवधिको लागि, प्रस्थानदेखि आगमनसम्म...
स्वारेजलाई हटाउने निर्णय मेरो मात्रै होइन – प्रशिक्षक कोइम्यान

स्वारेजलाई हटाउने निर्णय मेरो मात्रै होइन – प्रशिक्षक कोइम्यान

अन्तराष्ट्रिय, खेलकुद
असोज ११ काठमाडौं ।अहिले स्पेनिस महारथी बार्सिलोनामा आफ्ना अनुभवी खेलाडी लुइस स्वारेजलाई विदा गरेको विषयले ठूलो रुप लिइरहेको छ । केही दिन अगाडिमात्रै बार्सिलोनाबाट ला लिगाकै अर्को क्लब एट्लेटिको मड्रिड पुगेका स्वारेजका विषयमा क्रिया–प्रतिक्रिया चलिरहेको छ । यसमा कप्तान लियोनल मेस्सीले भावुक हुँदै स्वारेजलाई निकाल्ने निर्णयको विरोध जनाएका थिए । त्यसको जवाफमा नवनियुक्त प्रशिक्षक रोनाल्ड कोइम्यानले आफ्नो निर्णयले स्वारेजले क्लब छाडेको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् । उनले स्वारेजका विषयमा आफुलाई खराब मान्छेका रुपमा देखाउन खोजिएको आरोप लगाएका छन् । यस्तै उनले स्पष्ट के पनि भनेका छन् भने स्वारेज आफ्नो निर्णयले मात्रै बाहिरिएका होइनन् । कोइमयान प्रशिक्षकका रुपमा बार्सिलोना आएपछि उनको योजनामा स्वारेज नरहेको विश्लेषण स्पेनिस पत्रपत्रिकाहरुले गर्दै आइरहेका थिए । ‘यसमा मलाई खराब द...
युनाइटेडले ब्राइटनलाई ३–२ गोल अन्तरले पराजित

युनाइटेडले ब्राइटनलाई ३–२ गोल अन्तरले पराजित

अन्तराष्ट्रिय, खेलकुद
असोज ११ काठमाडौं ।इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले ब्राइटनविरुद्ध जीत हात पारेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । रोमाञ्जक बनेको खेलमा युनाइटेडले एक गोल उपहार पाएको थियो । खेलमा सुरुवाती अग्रता बनाएको ब्राइटनले अग्रता जोगान नसक्दा हार व्यहोर्न पुग्यो । खेलको ४० औं मिनेटमा ब्राइटनका निअल मेउपेले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ब्राइटनका लेविस डङ्को आत्मघाती गोलमा युनाइटेडले खेल १–१ को बराबरीमा ल्याएको थियो । डङ्कोले खेलको ४३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । १–१ बराबरीको अवस्थामा रहेको खेलमा युनाइटेडका मार्कस रासफोर्डले टीमका लागि दोस्रो गोल गरेका थिए । उनले खेलको ५५ औं मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाएका थिए । युनाइटेडविरुद्ध खेलको अतिरिक्त समयमा ब्राइटनका सोली मार्चले गोल गर्दै खेल २–२ गोलको बराबरीमा पु...
आइपिएलमा कोलकाताको पहिलो जित

आइपिएलमा कोलकाताको पहिलो जित

अन्तराष्ट्रिय, खेलकुद
असोज ११ काठमाडौं । कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेर आइपिएलकाे १३ औँ संस्करणमा जितको खाता खोलेको छ। पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित कोलकोताले दोस्रो खेलमा सनराइजर्स हैदराबादविरुद्ध शानदार जित निकालेको हो। शनिबार राति आबुधावीमा भएको खेलमा हैदराबादले जितका लागि दिएको १४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर हासिल गर्‍याे। कोलकाताको जितमा शुममन गिलले अविजित ७० रन बनाए। इयान मोर्गनले ४२ रनको योगदान दिए भने नितिस रानाले २६ रन जोडेका थिए। हैदराबादका राशिद खान, खलिल अहमेद र टी नटराजनले १–१ विकेट लिए।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। आइपिएलमा आज(आइतबार) किंग्स इलेभन पञ्जाब र राजस्थान रोयल्सबीच खेल हुने छ। ...
दक्षिण कोरियाले ईपीएस नियममा परिवर्तन गर्ने

दक्षिण कोरियाले ईपीएस नियममा परिवर्तन गर्ने

अन्तराष्ट्रिय, आर्थिक, समाचार
दक्षिण कोरियाले ईपीएस कानुनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ ।परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । यसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा लाग्नु पर्ने, भाषा र कामको दक्षता आदि पूरा गरी उक्त श्रमिकले अर्को कम्पनीमा कम्तीमा पनि एक वर्ष काम गरेको हुनुपर्नेछ । हालसम्म कोरियामा कम्पनीको कारणबाहेक कार्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन नपाउने नियम छ । त्यस्तै कम्पनीमा यौन दुर्व्यवहारमा परी कार्यस्थल परिवर्तन गरेका श्रमिकले अर्को कम्पनीमा एक वर्ष नपुगे पनि सम्बन्धित निकायको सिफारिसमा पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन पाउने कानुनसमेत संशोधनको ...
कुकुरले सुँघेर कोभिड-१९ पत्ता लगाउने

कुकुरले सुँघेर कोभिड-१९ पत्ता लगाउने

अन्तराष्ट्रिय
एजेन्सी- कुकुरले सुँघेर बिस्फोटक पदार्थ र ड्रग्स पत्ता लगाउने विषय नौलो होइन । विश्वका धेरै विमानस्थलमा यस्ता कुकुर परिचालन गरिएका हुन्छन् । तर, फिनल्यान्डको हेलसिन्की विमानस्थलमा परिचालित १० वटा कुकुर साँच्चै अनौठा छन् । विमानस्थल सञ्चालक फिनाभियाकाअनुसार मंगलबारबाट सुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ । युरोपमा कोरोना भाइरसविरुद्धको लडाँइमा कुकुर प्रयोग गरिएको यो पहिलो अवसर हो । विश्वमा भने यस्तो प्रयोग दोस्रो हो । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक कोरोना पहिचानका लागि कुकुर प्रयोग गरिएको थियो । ‘कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । फिनाभियाकाअनुसार तालिमप्राप्त कुकुरहरुले १०० मोलेक्लुस वा त्यसभन्दा पनि कम कण पत्ता लगाउन सक्छन् । जो पिसिआ...
विश्वमा एकैदिन थपिए तीन लाख ८ हजार ९ सय ५९ जना नयाँ संक्रमित

विश्वमा एकैदिन थपिए तीन लाख ८ हजार ९ सय ५९ जना नयाँ संक्रमित

अन्तराष्ट्रिय
असोज ९ काठमाडौं। विश्वमा एकैदिन तीन लाख बढीमा संक्रमण देखिएको छ ।वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन तीन लाख ७ हजार ९ सय ५९ जनामा संक्रमण देखिएको छ । यसरी विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड २३ लाख ९४ हजार ८ सय २७ पुगेको छ ।त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ५ हजार ७ सय ८२ जना संक्रमितको मृत्यु भएको छ । यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार ६६ जना पुगेको छ ।संक्रमित दुई करोड ३९ लाख ४ हजार ६ सय ८७ जना संक्रमित उपचारपछि निकाे भएका छन् । ...