आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

प्रिमियर लिगमा १० जनालाई कोरोना संक्रमण

प्रिमियर लिगमा १० जनालाई कोरोना संक्रमण

अन्तराष्ट्रिय, खेलकुद
असोज १३ काठमाडौं । प्रिमियर लिगका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रिमियर लिगमा पछिल्लो साता गरिएको परिक्षणमा १० जनालाई कोरोना संक्रमण देखिएको प्रिमियर लिगले जनाएको छ ।नयाँ सिजन सुरु भएपछि प्रिमियर लिगमा पहिलो पटक धेरै संख्यामा संक्रमित देखिएका हुन् । पछिल्लो चरणमा २१ सेप्टेम्बर देखि २७ सेप्टेम्बरसम्म कूल १ हजार ५९५ जना क्लबका खेलाडी र स्टाफमा कोरोना परीक्षण गरिएको थियो । त्यसमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकाहरुको परिचय भने खुलाइएको छैन । उनीहरु सबै अब १० दिनका लागि आइसोलेसनमा बस्नेछन् । प्रिमियर लिगले साप्ताहिक रुपमा २० वटै क्लबको खेलाडी र स्टाफको परीक्षण गर्दै आएको छ ।गत हप्ता वेस्टहमका प्रशिक्षक डेभिड मोयससहित दुई खेलाडीमा कोरोनाको संक्रमण देखिएको थियो । त्यसलगत्तै तीनजना आइसोलेसनमा बसेका थिए । सन् २०२०/२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु भएको छ। ...
आर्सनल माथि लिभरपुलको जीत

आर्सनल माथि लिभरपुलको जीत

अन्तराष्ट्रिय, खेलकुद
असोज १३ काठमाडौं । पछि परेको खेलमा पुनरागमन गरी जित निकाली लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ ।लिग अन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ३–१ को जित दर्ता गरेको हो । २५ औँ मिनेटमा गोल गरी एलेक्सान्डर लाकाजेटीले भ्रमण टोली आर्सनललाई सुरुवाति अग्रता दिलाएका थिए । पछि परेको लिभरपुलका लागि २८ औँ मिनेटमा साडिओ मानेले बरबरी गोल गरे । ३४ औँ मिनेटमा एन्ड्रू रोबर्टसनले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २–१ को अग्रता लियो । ८८ औँ मिनेटमा डिओगो जोटाले गोल गरेपछि लिभरपुल ३–१ ले विजयी भयो । लिगमा सुरुका दुई खेलमा जित निकालेको मिकेल आर्तेताको आर्सनल तेस्रो खेलमा भने पराजित भयो । लिग अन्तर्गत सोमबार राति नै भएको खेलमा एस्टन भिल्लाले फुलह्यामलाई ३–० ले पराजित गरेको छ । पहिलो हाफमा दुई गोल गरेको एस्टन भिल्लाले दोस्रो हाफको सुरुमा थप एक गोल ग...
मुम्बइविरुद्ध बेंग्लोरको सुपर ओभरमा रोमाञ्चक जित ;आईपीएल

मुम्बइविरुद्ध बेंग्लोरको सुपर ओभरमा रोमाञ्चक जित ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज १३ काठमाडौं ।आईपीएल २०२० को दशौँ खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले मुम्बइ इण्डियन्सविरुद्ध सुपर ओभरमा जित हासिल गरेको छ ।टस हारेर ब्याटिङ गरेको रोयल बेंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो । यसका लागि ३ खेलाडीले अर्धशतक बनाएका थिए । २०२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको मुम्बइले ५ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । जसमा मुम्बइका किसनले ९९ रनको योगदान दिएका थिए । दुबै टीमले समान २०१ रन बनाएपछि खेल सुपर ओभरतर्फ धकेलिएको थियो । सुरुको १० विकेटमा सुस्ताएको मुम्बइले १३ औँ ओभरपछि आक्रामक पारी खेलेको थियो । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बइले १ विकेटको क्षतिमा ६ बलमा मात्र ७ रन बनाउन सक्यो । जवाफमा बेंग्लोरले ११ रन बनायो । उसका लागि क्याप्टेन विराट कोहलीले सुपर ओभरमा १ चौकाको योगदान दिएका थिए । जारी आईपीएलमा बेंग्लोर र मुम्बइबीचको यो खेल दोस्रो...
नर्वेका राजा हेराल्ड उपचारपछि विरामी विदामा बस्ने

नर्वेका राजा हेराल्ड उपचारपछि विरामी विदामा बस्ने

अन्तराष्ट्रिय
असोज १३ काठमाडौं ।नर्वेका ८३ वर्षीय राजा हेराल्ड पाँचौँ एक हप्ता विरामी विदामा बस्ने दरबारले जानकारी गराएको छ।गत हप्ता श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भई उपचारपछि सोमबार घर फर्किएका उनलाई एक साता आराम गर्न चिकित्सकले सल्लाह दिएको बताइएको छ। अस्पतालद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “उहाँको स्वास्थ्य अवस्थाको अस्पतालले समीक्षा गरिरहेको छ । हेराल्ड आगामी अक्टोबर ४ गतेसम्म विदामा बस्नुहुनेछ।”उनान्तीस बर्षदेखि नर्वेको राजागद्दीमा रहेका राजा हेराल्डलाई शुक्रवार बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो। उनलाई श्वासप्रश्वासको समस्या रहेको बताइएको तर उनलाई कोभिड–१९ सङ्क्रमण भने नभएको दरबारले उल्लेख गरेको छ।उनको अनुपस्थितिमा राजकुमार हाकनले अस्थायी रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ। सन् १९६४ को टोकियो ओलम्पिकमा भाग लिएका उनी युवाअवस्थामा जलक्रिडामा ...
बैङ्लोर र मुम्बई आज भिड्दै ;आईपीएल

बैङ्लोर र मुम्बई आज भिड्दै ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज १२ काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र भारतकै अर्का सफल खेलाडी राहित शर्माले नेतृत्व गरेका दुई टोली आज (सोमबार) इन्डियन प्रिमियर लिग (आईपीएल) मा आमनेसामने हुँदैछन् । शारजहा त्रिकेट मैदानमा नेपाली समयअनुसार राति पौने आठ बजे कोहलीको रोयल च्यालेन्जर्स बैङ्लोर र रोहितको मुम्बई इन्डियन्स मैदान उत्रिनेछन् । विराट कोहली विश्व क्रिकेटमै सफल खेलाडी हुन् । तर, उनले आईपीएलमा भने टीमलाई उपाधि दिलाउन सकेका छैनन् । बैंङ्लोरका लागि कोहलले व्यक्तिगत राम्रो गरेपनि टीमले उपाधि भने उचाल्न सकेको छैन् । यता, रोहित भने व्यक्तिगत रुपमा जति सफल खेलाडी मानिन्छन् त्यति नै उनले आईपीएलमा आफ्नो टीमलाई सफलता दिलाइसकेका छन् । साविक विजेता मुम्बई बैङ्लोरलाई रोक्ने लक्ष्यमा छ । किनकी यस सिजनमा मुम्बईले खेलेका तीन खेलमा दुई जीत हात पारेको छ भने एक खेलमा हार व्येहोरेको छ । आफ्नो तेस्रो ...
अर्बपति ट्रम्पको आय कर ‘७५० डलर’ मात्रै

अर्बपति ट्रम्पको आय कर ‘७५० डलर’ मात्रै

अन्तराष्ट्रिय
असोज १२ काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ।राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७५० डलर मात्रै तिरेको खबर प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ। राष्ट्रपतिमा निर्वाचित भएको वर्ष अर्बपति ट्रम्पले संघीय आय कर ७५० डलर मात्रै तिरेको देखिएको खबरमा उल्लेख छ । ट्रम्प र उनको कम्पनीको कर सम्बन्धी पछिल्लो दुई दशकको जानकारी आफूले प्राप्त गरेको न्यूर्योक टाइम्सले बताएको छ । सो तथ्यांक अनुसार ट्रम्पले पछिल्लो १५ वर्ष मध्ये १० वर्ष आय कर नै नतिरेको देखिएको पत्रिकाले जनाएको छ । ट्रम्पको कम्पनीले नोक्सान भएको रिपोर्ट बनाएर कर छली गरेको देखिएको खबरमा दाबी गरिएको छ । ट्रम्पले न्यूर्योक टाइम्सको खबरलाई ‘टोटल्ली फेक न्यूज’ भनि खारेज गरेका छन् । आइतबार न्यूयोर्क टाइम्समा स्टोरी प्रकाशित भएपछि ट्रम्पले पत्रकारसँग आफ्नो बचाउ गर्दै भनेका ...
चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

अन्तराष्ट्रिय
असोज १२ काठमाडौं ।चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो । सो खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको र जसका कारण ती मजदुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको बताइएको छ ।आइतबार बिहान सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परेर अरु पनि मजदुरहरु सो खानीमा च्यापिएको अनुमान गरिएको छ । उद्धारकर्मीहरुले स्वास्थ्यकर्मी तथा औषधिसहितको टोली समेत लिएर त्यहाँ पुगेका थिए । उनीहरुले खानीबाट उद्धार गरिएका नागरिकलाई उपचार गरेर बचाउने प्रयास गरेका थिए । तर पनि १६ जनाको सो खानीभित्रै ज्यान गएको थियो । एक जनालाई उद्धार गरेर बाहिर निकालिएको थियो । अरु पनि सो खानीमा मजदुरहरु परेको हुनसक्ने आशंकामा उद्धारको कार्य जारी राखिए...
स्पेनिस लिगको नयाँ सिजनमा बार्सिलोनाकाे सुखद सुरुवात

स्पेनिस लिगको नयाँ सिजनमा बार्सिलोनाकाे सुखद सुरुवात

अन्तराष्ट्रिय, खेलकुद
असोज १२ काठमाडौं । बार्सिलोनाले स्पेनिस लिगको नयाँ सिजनमा सुखद सुरुवात गरेको छ ।लियोनल मेस्सीले पेनाल्टीमा गोल गरेको खेलमा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले सहज जित सहित ला लिगाको नयाँ सिजनको सुरुवात गरेका हुन् । बार्सिलोनाका जितमा अंशु फातीले उत्कृष्ट प्रर्दशन गरे । उनले दुई गोल गरे ।उनी यसै सिजन पूर्णकालिन रुपमा सिनियर टिममा समावेश भएका हुन् । अंशु फातीले १५ औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाए । जोर्डी अल्बाले उपलब्ध गराएको पासमा फातीले पहिलो गोल गरेका थिए । त्यसको चार मिनेपछि फिलिप कौटिन्होको पासमा फातीले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।३५ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा टोरेसले आत्मघाति गोल गरेपछि बार्सिलोना दोस्रो हाफ खेल्नु अघिनै ४–० को सहज अवस्थामा पुगिसकेको थियो । भिल्ला रियलल...
आईपीएल टी-ट्वान्टी क्रिकेटमा पन्जाबमाथि राजस्थानको रोमान्चक जित

आईपीएल टी-ट्वान्टी क्रिकेटमा पन्जाबमाथि राजस्थानको रोमान्चक जित

अन्तराष्ट्रिय, खेलकुद
असोज १२ काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जित निकालेको छ । आइतबार राति यूएईको सारजहा मैदानमा भएको खेलमा राजस्थान रोयल्सले उत्कृष्ट खेल्दै लगातार दोस्रो जित निकालेको हो । उसले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । आईपीएलको इतिहासमा कुनै पनि टोलीले लक्ष्य पूरा गरेको यो सर्वाधिक योगफल हो । राजस्थानको जितमा सन्जु सामसन, कप्तान स्टिभ स्मिथ, राहुल टेवटियाले अर्धशतकीय पारी खेले । सामसनले ८५ रन, टेवटियाले ५३ रन र स्मिथले ५० रन जोडे । टेवटियाले ३१ बलमा ७ छक्का प्रहार गरे । उनले १८ औं ओभरमा पन्जाबका कोट्रेलको बलमा एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए । यस्तै जोफ्रा आर्चर १३ रनमा अविजित रहे । पन्जाबका मोहमद शामीले...
एमी कोने ब्यारेटलाई सर्वोच्चको न्यायाधीशमा मनोनयन गरे ट्रम्पले

एमी कोने ब्यारेटलाई सर्वोच्चको न्यायाधीशमा मनोनयन गरे ट्रम्पले

अन्तराष्ट्रिय
असोज ११ वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरुको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेका छन् । ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुनः निर्वाचित हुन मद्दत गर्ने अपेक्षा ट्रम्पको छ । स्वर्गीय न्यायाधीश एन्टोनीन स्कालियाकी पूर्व सहयोगीका रुपमा समेत कार्य गरेकी ब्यारेटले आफू सर्वोच्च अदालतको न्यायाधीशका रुपमा मनोनयनमा परेकामा अति खुशी भएको बताउँदै आफू स्कालियाको न्यायिक दर्शनबाट प्रभावित समेत रहेको बताए । ४८ वर्षीया ब्यारेट ह्वाइट हाउसको रोज गार्डेनमा आफ्ना पति र सात बालबच्चासहित उपस्थित थिइन् । अमेरिकी माथिल्लो सदन सिनेटले उक्त नियुक्तिलाई सदर गरेमा हालै निधन भएकी सुधारवादी न्यायाधीश रुथ बाडर गिन्सबर्गको स्थानमा नियुक्त हुनेछिन् । रिपब्लीकन राष्ट्रपतिहरुले नियुक्त गरेकी उनी छैटौं न्यायाधीश हुनुहुन...