अक्षयको ‘बेल बटम’ले प्रदर्शनमा नआउँदै नयाँ रेकर्ड कायम गर्न सफल
बलिउड अभिनेता अक्षय कुमार अनुशासित र तीव्र गतिमा काम गर्ने कलाकारका रुपमा परिचित छन्। अक्षयले एक वर्षमा अन्य अभिनेताका भन्दा धेरै फिल्ममा काम गर्दै आएका पनि छन्। तीमध्ये धेरैजसो फिल्म बक्स अफिसमा सफल पनि भएक छन्। उनले यस पटकको लकडाउनमा नयाँ फिल्म निर्माणका क्रममा धेरै नयाँ रेकर्डहरू समेत कायम गर्न सफल भए।
अक्षय पछिल्लो १८ वर्षदेखि दैनिक ८ घण्टा काम गर्दै आएका थिए। तर यस पटक कोरोनाको महामारी रोक्नका लागि लाइउबको लकडाउनमा केही महिना काम गर्न नपाएपछि उनले काम गर्ने समय दोब्बर बनाए। पछिल्लो जानकारीका अनुसार अक्षय लकडाउनमा सुटिङ आरम्भ गरेर लकडाउनमै समाप्त गर्ने पहिलो अभिनेता बनेका छन्।
चलचित्र निर्माण युनिटले फिल्मको छायाँकन सकिएको घोषणा गर्दै नयाँ पोस्टर सार्वजनिक गरेको छ। ‘बेल बटम’ विश्वकै पहिलो त्यो पहिलो फिल्म हो, जसको शूटिङ लकडाउनमा सुरू भएर लकडाउनमै समाप्त भयो। यसको सुटिङ सेप्टेम्ब...









