आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

अक्षयको ‘बेल बटम’ले प्रदर्शनमा नआउँदै नयाँ रेकर्ड कायम गर्न सफल

अक्षयको ‘बेल बटम’ले प्रदर्शनमा नआउँदै नयाँ रेकर्ड कायम गर्न सफल

अन्तराष्ट्रिय, मनोरन्जन, समाचार
बलिउड अभिनेता अक्षय कुमार अनुशासित र तीव्र गतिमा काम गर्ने कलाकारका रुपमा परिचित छन्। अक्षयले एक वर्षमा अन्य अभिनेताका भन्दा धेरै फिल्ममा काम गर्दै आएका पनि छन्। तीमध्ये धेरैजसो फिल्म बक्स अफिसमा सफल पनि भएक छन्। उनले यस पटकको लकडाउनमा नयाँ फिल्म निर्माणका क्रममा धेरै नयाँ रेकर्डहरू समेत कायम गर्न सफल भए। अक्षय पछिल्लो १८ वर्षदेखि दैनिक ८ घण्टा काम गर्दै आएका थिए। तर यस पटक कोरोनाको महामारी रोक्नका लागि लाइउबको लकडाउनमा केही महिना काम गर्न नपाएपछि उनले काम गर्ने समय दोब्बर बनाए। पछिल्लो जानकारीका अनुसार अक्षय लकडाउनमा सुटिङ आरम्भ गरेर लकडाउनमै समाप्त गर्ने पहिलो अभिनेता बनेका छन्। चलचित्र निर्माण युनिटले फिल्मको छायाँकन सकिएको घोषणा गर्दै नयाँ पोस्टर सार्वजनिक गरेको छ। ‘बेल बटम’ विश्वकै पहिलो त्यो पहिलो फिल्म हो, जसको शूटिङ लकडाउनमा सुरू भएर लकडाउनमै समाप्त भयो। यसको सुटिङ सेप्टेम्ब...
बलात्कार गरेको आरोप लागेका निर्देशक अनुरागले मुम्बई छोड्न नपाउने

बलात्कार गरेको आरोप लागेका निर्देशक अनुरागले मुम्बई छोड्न नपाउने

अन्तराष्ट्रिय
असोज १४ काठमाडौं ।बलिउड फिल्म निर्माता एवम् निर्देशक अनुराग कश्यपलाई मुम्बई प्रहरीले मुम्बई नछोड्न आदेश दिएको छ । दक्षिण भारतीय अभिनेत्री पायल घोषलाई बलात्कार गरेको आरोप लागेको निर्देशक कश्यपलाई मुम्बई प्रहरीले थप अनुसन्धान गर्नको लागि बिना अनुमति मुम्बई नछोड्न आदेश दिएको हो । घोषले कश्यप माथि सेक्सुअल ह्र्यासमेन्टको आरोप लगाएकी छिन् । मुम्बईको वर्सोवा प्रहरी चौकीले भोलि १ अक्टोबर बिहान ११ बजे कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । आज कश्यप विरुद्ध उजुरी भने दर्ता भएन कारण घोषका वकिलले भने उजुरी दर्ता गर्नका लागि कुनै पनि महिला अधिकारी प्रहरी चौकीमा देखिएन। कश्यपलाई पक्राउ नगरे आफु अनसन समेत बस्ने चेतावनी दिएकी घोषले आफ्नो सुरक्षाको लागि सुरक्षा गार्ड समेतका माग गरेकी थिइन, मुम्बईका राज्यपाल भगत सिंहसँग । यसैबिच अनुराग कश्यपले भने बलात्कार नगरेको दावी गर्दै आएका छन् । उनले सन् २०...
भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना संक्रमण पुष्टि

भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना संक्रमण पुष्टि

अन्तराष्ट्रिय
असोज १४ काठमाडौं । भारतका उपराष्ट्रपति वेन्कैया नायडुलाई कोरोना संक्रमण पुष्टि भएको छ। उपराष्ट्रपतिको सचिवालयले मंगलबार ट्वीट गर्दै नायडुलाई यसबारेमा जानकारी दिएको हो । ‘आज गरिएको परीक्षणमा भारतका उपराष्ट्रपतिको रिपोर्ट पोजिटिभ आएको छ। तर उहाँमा कुनै लक्षण देखिएको छैन, उहाँ स्वस्थ हुनुहुन्छ,’ सचिवालयले ट्विटमार्फत भनेको छ । साथै सचिवालयले नायडुकी पत्नी उषा नायडुको रिपोर्ट नेगेटिभ आएको र उनी सेल्फ आइसोलेसनमा बसेको जनाएको छ । ...
ट्रम्प र बाइडेन बीच बहस शुरु

ट्रम्प र बाइडेन बीच बहस शुरु

अन्तराष्ट्रिय
असोज १४ वाशिङटन । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडेनबीच बहस शुरु भएको छ ।दुई उम्मेदवारबीच पहिलोपटक ओहायोको क्लिभल्याण्डबाट बहस भएको हो । उक्त बहस प्रत्यक्ष प्रसारण गरिएको छ । ट्रम्प र बाइडेनबीचको बहस अमेरिकी अर्थतन्त्र, कोरोना भाइरसको संक्रमण र सर्वोच्च अदालत लगायतका विषयमा केन्द्रित हुने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।हालै राष्ट्रपति ट्रम्पले कर छलेको समाचार सार्वजनिक भएको थियो । यता बाइडेनले बहस शुरु हुनुभन्दा केही घण्टाअघि आफ्नो कर विवरण सार्वजनिक गरेका थिए । बाइडेनले सन् २०१९ मा करिब ३ लाख डलर कर तिरेको बताइएको छ । द न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले सन् २०१६ मा ७५० डलर आयकर तिरेका थिए । ...
लिभरपुलका मिडफिल्डर थिआगो अलकान्त्रालाई  कोरोना संक्रमण

लिभरपुलका मिडफिल्डर थिआगो अलकान्त्रालाई कोरोना संक्रमण

अन्तराष्ट्रिय, खेलकुद
असोज १४ काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थिआगो अलकान्त्रालाई नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।२९ वर्षीय मिडफिल्डरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बसेका छन् । यही सिजनमा जर्मन क्लब बार्यन म्युनिखबाट लिभरपुलमा अनुबन्ध भएका उनले लिभरपुलबाट डेब्यु गरिसकेका छन् । चेल्सीसँगको खेलमा टिमबाट डेब्यु गरेका उनी सब्स्टीच्युडका रुपमा मैदान प्रवेश गरेका थिए । कोरोना भाइरसकै कारण उनले मंगलबार भएको आर्सनलविरुद्धको प्रिमियर लिगको खेल गुमाएका थिए ।थियोगोबारे लिभरपुलले भनेको छ, ‘थियागोलाई सामान्य लक्ष्यण देखिएको छ तर स्वास्थ्य राम्रो छ र उनी निको हुँदैछन् ।’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्लबले कोभिड–१९ विरुद्धका सबै किसिमका प्रोेटोकल फलो गरेको छ र थियागो आवश्यक पर्ने समयसम्मका लागि सेल्फ आइसोलेसनमा बसिसकेका छन् ।’ सोमबार म...
पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छन् ;मुकेश अम्बानी

पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छन् ;मुकेश अम्बानी

अन्तराष्ट्रिय
असोज १४ काठमाडौं । मुकेश अम्बानीले पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छ । त्यो पनि यस्तो समयमा जब कोरोनाका कारण आर्थिक गतिविधि ठप्प भइरहेको छ । यो जानकारी इन्डिया र आइआइएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो रिपोर्टमा दिएको छ । आइआइएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट–२०२० को नवौं संस्करण मंगलबार जारी गरिएको छ । ३१ अगस्ट २०२० सम्म १ हजार करोड भारु र त्योभन्दा बढि सम्पत्ति भएका भारतका सबैभन्दा धनी व्यक्तिलाई यो सूचीमा राख्ने गरिन्छ ।नवौं वर्ष लगातार पहिलो स्थानमा अम्बानीःयो सूचीमा रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानी लगातार नवौं स्थानमा शीर्ष स्थानमा छन् । रिपोर्टका अनुसार मुकेश अम्बानीको कूल आय ६,५८,४०० करोड भारु छ । पछिल्लो १२ महिनामा उनको कूल सम्पत्तिमा ७३ प्रतिशतको वृद्धि भएको छ । सन् २०२० को एडिशनमा ८२८ भारतीय समावेश छन् ।रिपोर्टका अनुसार ६३ वर्षका अम्बानीले ...
६५ मिलियन पाउण्डमा सिटीले भित्र्यायो डायस

६५ मिलियन पाउण्डमा सिटीले भित्र्यायो डायस

अन्तराष्ट्रिय, खेलकुद
असोज १४ काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले बेनिफिकाका डिफेन्डर रुबेन डायसलाई अनुबन्ध गरेको छ । बुधबार बिहान सिटीले डिफेन्डरलाई ६ वर्षका लागि टिममा अनुबन्ध गरेको जनाएको हो । २३ वर्षीय याडसका लागि सिटीले ६५ मिलियन पाउण्ड खर्च गरेको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यो सिजनमा डायससहित तीन जना खेलाडीलाई टिममा अनुबन्ध गरेका हुन् । यसअघि उनले डिफेन्डरमा नाथन आके र फरवार्डमा फेरान टोरेसलाई अनुबन्ध गरेका थिए । सिटीसँग आवद्ध भएपछि डायसले आफूले क्लबलाई पछि पर्न नदिने बताएका छन् । ‘म्यान्चेस्टर सिटी जस्तो क्लबमा आवद्ध हुने अवसर पाएकोमा उत्साहित छु । मैले क्लबलाई पछि पर्न दिनेछैन,’ डायसले भनेका छन् । राम्रो टीम र विश्व स्तरका प्रशिक्षकसँग खेल्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको उनले बताएका छन् । पोर्चुगलका राष्ट्रिय टोलीका खेलाडी डायसले बेनिफिकाको एकेडेमीबाट आएका खे...
हैदरावादको पहिलो जीत ;आईपीएल

हैदरावादको पहिलो जीत ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज १४ काठमाडौं ।आइपीएलमा सन्दीप आबद्ध टिम दिल्ली क्यापिटल्सले पहिलो हार ब्यहोरेको छ ।अबु धावीमा आज भएको खेलमा सनराजर्सस हैदरावादसँग दिल्ली १५ रनले पराजित भएको हो । हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २०ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो। हैदरावादका लागि जोनी बेयरस्टोले ५३ रन बनाए । यस्तै डेभिड वार्नरले ४५ तथा केन विलियम्सनले ४१ रन बनाए ।दिल्लीका कागिसो रबाडा र अमित मिश्राले २–२ विकेट लिए ।यस्तै १६३ रनको लक्ष्य पछ्याएको दिल्ली १४७ रनमा समेटियो । दिल्लीका लागि शिखर धवनले ३४ र ऋषभ पन्तले ३२ रन बनाए पनि अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।हैदरावादका राशिद खानले तीन तथा भुवनेश्वर कुमारले २ विकेट लिए। ...
कुवेतका राजा शेख शबाह अल अहमदको निधन

कुवेतका राजा शेख शबाह अल अहमदको निधन

अन्तराष्ट्रिय
असोज १४ काठमाडौं । कुवेतका राजा शेख शबाह अल अहमदको निधन भएको छ ।९१ वर्षीय शबाहको उपचारका क्रममा अमेरिकाको अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी विगत लामो समयदेखि बिरामी थिए। शेख जुलाईमा उपचारका लागि अमेरिका गएका थिए ।
टोटेनहम ५–४ ले विजयी

टोटेनहम ५–४ ले विजयी

अन्तराष्ट्रिय, खेलकुद
असोज १४ काठमाडौं । लण्डन क्लब चेल्सी काराबाओ कपबाट बाहिरिएको छ । गएराति भएको चौथो चरणको खेलमा टोटेनहम हर्ट्सपरसँग पराजित हुँदै चेल्सी प्रतियोगिताबाट बाहिरिएको हो ।  गएराति भएको खेलमा टोटेनहमले पेनाल्टी सुटआउटमा चेल्सीलाई हराएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा टोटेनहम ५–४ ले विजयी भयो ।  चेल्सीका मासन माउन्टले पेनाल्टीमा गोल गर्न नसकेपछि पराजित भएको हो । जितसँगै टोटेनहम प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेको छ । खेलमा अग्रता चेल्सीले १९ औं मिनेटमा टिमो वार्नरको गोलबाट लिएको थियो । खेल सकिन ७ मिनेट अघि इरिक लामेलाले गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याएका थिए ।  ...