आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

आईपीएल : हैदरावादले चेन्नाईलाई ७ रनले हरायो

आईपीएल : हैदरावादले चेन्नाईलाई ७ रनले हरायो

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो । हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो । रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय पारी खेले पनि चेन्नईले जित्न भने सकेन । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७, फाप डु प्लेसिसले २२ रन बनाए । त्यस्तै साम करन १५ रनमा अविजित रहे । हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १र१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । हैदराबादका लागि प्रियम गार्गले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै अविशेक शर्माले ३१ र मनिस पाण्डेले २...
अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना पोजेटिभ

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना पोजेटिभ

अन्तराष्ट्रिय, समाचार
बीबीसी। कोरोना पोजेटिभ देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ। ह्वाइट हाउनसले विज्ञप्ति जारी गर्दै सावधानी र होसियारी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टल रीड नेशनल मिलिट्री अस्पताल लैजाने निर्णय गरिएको जनाएको छ। त्यसअघि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफू र आफ्नी श्रीमतीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका थिए।  ह्वाउट हाउसले सूचना जारी गर्दै ट्रम्पलाई थकान महशुस भएको र उनी चाँडै निको हुनेमा आशावादी रहेको जनाएको छ। सीबीएस न्युजका अनुसार ट्रम्पलाई हल्का ज्वरो आएको छ। राष्ट्रपति ट्रम्प विशेष हेलिकप्टर मरीन वनबाट मेडिकल सेन्टर प्रस्थान गरेका थिए। तर प्रस्थान गर्नुपूर्व ट्रम्पले आफू र आफ्नी श्रीमतीप्रति शुभकमना दिनेलाई धन्यवाद दिएका थिए। ट्रम्पलाई कोरोना पोजेटिभ पुष्टि त्यतिबेला भएको छ, जतिबेला अमेरिकामा राष्ट्रपतिको चुनाव हुन एक महिना मात्र बाँकी रहेको छ...
जापानको बेरोजगारी दर उच्च

जापानको बेरोजगारी दर उच्च

अन्तराष्ट्रिय
असोज १६ टोकियो । जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च देखिएको छ । कोरोना भाइरसले व्यापारमा प्रतिकूल असर पारेपछि नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो । जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको सरकारद्वारा शुक्रवार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महिना बढेको छ । जुलाईमा बेरोजगार दर २.९ प्रतिशत रहेकोमा यो अगस्टमा तीन प्रतिशत पुगेको हो । तथ्याङ्क विभागका अनुसार सन् २०१७ को मे महिनाको तुलनामा यहाँ बेरोजगार दर ३.१ प्रतिशतले बढेको हो । गत वर्षभन्दा यो वर्ष जापानमा चार लाख ९० हजार बढी व्यक्ति बेरोजगार हुँदा कूल २६ लाख व्यक्ति बेरोजगार बनेका छन् । जापानको श्रम मन्त्रालयका अनुसार अगस्टमा रोजगार उपलब्धता दरमा लगातार आठौँ महिना कमी देखिएको छ । जापानमा सन् ...
अष्ट्रेलियाले न्युजिल्याण्डसँगको सीमा खुला गर्ने

अष्ट्रेलियाले न्युजिल्याण्डसँगको सीमा खुला गर्ने

अन्तराष्ट्रिय
असोज १६ क्यानबेरा । अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने भएको छ।कोभिड १९ का कारणले निकै लामो समयदेखि बन्द रहेको सो सीमा खुला गर्ने शुक्रबार जानकारी दिएको हो । अष्ट्रेलिया सरकारले उक्त सीमा क्षेत्र केही हप्ताभित्रै खुला गर्ने जानकारी दिएको समाचारमा जनाइएको छ।अष्ट्रेलियाका उपप्रधानमन्त्री म्याक कोरम्याकले शुक्रबार सो कुराको घोषणा गर्नुभएको हो। अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने जानकारी गराएसँगै अष्ट्रेलियाका पनि न्यु साउथ वेल्स र उत्तरी क्षेत्रको पर्यटकीय क्रियाकलापमा बृद्धि हुने जनाइएको छ।न्युजिल्याण्डका नागरिक तथा त्यहाँ रहेका अरु पनि देशका नागरिकले अष्ट्रेलिया प्रवेश पाउन सक्नेछन्। यसका साथै उनीहरुले अष्ट्रेलिया प्रवेश गरेपछि क्वारेन्टिनमा पनि बस्नु नपर्ने भएको छ।उनीहरुले कोभिड १९को संक्रमण नभएको चिकित्सक प्रमाणपत्र देखाएपछि अष्ट्रेलिया प्रवेश पाउने ...
अमेजनका २० हजार कर्मचारीलाई कोरोना संक्रमण भएको आशंका

अमेजनका २० हजार कर्मचारीलाई कोरोना संक्रमण भएको आशंका

अन्तराष्ट्रिय, समाचार
असोज १६ काठमाडौं । अमेजनले अमेरिकामा अग्रिम पंक्तिमा कार्यरत आफ्ना २० हजार कर्मचारीलाई कोरोना संक्रमण रहेको आशंका भएको बताएको छ । अनलाइन रिटेल कम्पनी अमेजनले पहिलो पटक संक्रमितको संख्या बताउँदै आफ्ना कोरोना संक्रमित कर्मचारीहरुको दर सामान्य रुपमा अमेरिकाको जनसंख्यामा कम रहेको बताएको छ । अमेजनले होल फूड्स मार्केटमा रहेका १३ लाख ७० हजार कर्मचारी मध्ये २० हजार कर्मचारीमा कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरेको हो ।एजेन्सी ...
बार्सिलोनाको लगातार दोस्रो जित

बार्सिलोनाको लगातार दोस्रो जित

अन्तराष्ट्रिय, खेलकुद
असोज १६ काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित हात पारेको छ ।बार्सिलोनाले सेल्टा डि भिगोमाथि सहज जित हात पारेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा १० खेलाडीमा समेटिएको बार्सिलोनाले सेल्टालाई उसकै मैदानमा ३–० ले हराएको हो । एवान्का बलाईडोस भिगोमा बिहीबार राति भएको खेलमा बार्सिलोनका लागि युवा स्टार अन्सु फाती र सर्जियो रोबर्टोले गोल गर्दा एक गोल उपहार पाएको थियो । ११औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले फिलिपे कौटिन्होको पासमा दुई डिफेन्डरबीचबाट गोल गर्न सफल भएका थिए । ४२औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । डेनिस सुआरेजमाथि फल गरेपछि डिफेन्डर क्लेमेन्ट लेङ्लेट दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिए । तर पनि बार्सिलोनाले खेलमा दबाब कायमै राख्यो । ५१औं मिनेटमा लुकास ओलाजाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा २–...
लिभरपुललाई हराउँदै आर्सनल

लिभरपुललाई हराउँदै आर्सनल

अन्तराष्ट्रिय, खेलकुद
असोज १६ काठमाडौं । कारोबाओ कपको अन्तिम १६ मा आर्सनलले लिभरपुललाई पराजित गरेको छ ।बिहीबार राति भएको लिभरपुल र आर्सनलबीचको खेल निर्धारित समयसम्म गोलरहित बराबरी हुँदा पेनाल्टी सुटआउटमा धकेलिएको थियो । गोलरहित बराबरी रहेको खेलमा पेनाल्टी सुटआउटमा आर्सनलले लिभरपुललाई  ५–४ गोलले पराजित गरेको हो ।लिभरपुल घरेलु मैदान एनफिल्डमा पराजित हुँदा आर्सनलका गोलकिपर बेर्नड लेनोले एक पेनाल्टी बचाएका हुन् । लिभरपुललाई पराजित गर्न आर्सनलका जोइ विलकको अन्तिम पेनाल्टी सुटलाई गोलमा परिणत गरेका थिए ।लिभरपुललाई पराजित गरेको आर्सनल क्वाटफाइनल प्रवेश गरेको छ ।यस्तै, लिभरपुलले सोमबार प्रिमियर लिगमा एस्टोन भिल्लासँग खेल्दैछ भने आर्सनले आइतबार प्रिमियर लिगमै सेफिल्ड युनाइटेडसँग खेल्दैछ । ...
पाकिस्तानी सेनाको गोली लागेर कश्मीरमा तीन भारतीय सैनिकको मृत्यु

पाकिस्तानी सेनाको गोली लागेर कश्मीरमा तीन भारतीय सैनिकको मृत्यु

अन्तराष्ट्रिय
असोज १६ काठमाडौं । भारत प्रशासित कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानी सेनाको गोली लागेर तीन जना भारतीय सैनिक मारिएका छन् । भारतीय सेनाका प्रवक्ता राजेश कालियाले नोगाम क्षेत्र र पूच क्षेत्रमा पाकिस्तानी सैनिकले गोली प्रहार गर्दा बिहीबार ३ भारतीय सैनिकहरु मारिएको बताए। सो घटनामा थप ४ सैनिक घाइते भएका छन्। ...
पञ्जाबलाई हराउँदै मुम्बईकाे जित ;आइपीएल

पञ्जाबलाई हराउँदै मुम्बईकाे जित ;आइपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज १६ काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटको यो सिजन साविक विजेता मुम्बईले दोस्रो जित हात पारेको छ। बिहीबार राती भएको खेलमा मुम्बईले किङ्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गर्‍यो।  एक सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४३ रनमात्र जोड्न सक्यो। पन्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए। मायांक अग्रवालले २५, केएल राहुलले १७ र ग्लेन म्याक्सवेल ११ रन बनाएर आउट भए। मुम्बईका जसप्रित बुमराह, जेम्स प्याटिन्सन र राहुल चाहरले दुई दुई विकेट लिए। ट्रेन्ट बोल्ट र कुनाल पाण्याले एक एक विकेट हात पारे। बुमराहले चार ओभरमा १८ रन मात्र दिए। मुम्बईले चार खेल खेल्नेक्रममा दोस्रो जित हात पारेको हो। त्यति नै खेल खेलेको पन्जाबको भने तेस्रो हार हो। पन्जाबले टस जितेर पहिला बलिङ रोजेपछि  मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९१ रन जोड्...
6.4 magnitude earthquake strikes near Tonga in Pacific Ocean

6.4 magnitude earthquake strikes near Tonga in Pacific Ocean

अन्तराष्ट्रिय, समाचार
Nuku’alofa [Tonga], October 1:A 6.4 magnitude earthquake was registered on Thursday near the coast of the Kingdom of Tonga in the Pacific Ocean, the US Geological Survey (USGS) said.According to the USGS, the tremor was recorded at 01:13 GMT. The epicenter of the earthquake was located at the depth of 35 kilometres (21.7 miles), 37 kilometres northeast of the village of Pangai on the western coast of the island of Lifuka. There are no reports about any victims or damage caused by the earthquake. No tsunami alert has been declared. The Kingdom of Tonga is located in a seismically active zone known as the Ring of Fire and regularly suffers from powerful earthquakes. (ANI/Sputnik)