आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज पनि २ खेलहरु हुँदै

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज पनि २ खेलहरु हुँदै

अन्तराष्ट्रिय, खेलकुद
असोज २६ काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज आइतबार पनि २ खेलहरु हुँदैछन् ।आज दिउँसो पौने चार बजेदेखि सुरु हुने पहिलो खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्नेछन् । साँझ पौने ८ बजेदेखि सुरु हुने दोस्रो खेल बुहुपतीक्षित हुनेछ । दिल्ली क्यापिटल्स र मुम्वइ इन्डियन्स यस सिजन अंकतालिकाको शीर्ष २ स्थानमा छन् र दुवै टोली उच्च लयमा देखिन्छन् ।पहिलोपल्ट आईपीएलको उपाधि जित्ने बाटोले दिल्लीले ६ मध्ये पाँच खेलमा जित हासिल गरी शीर्ष स्थानमा आफूलाई उभ्याएको छ समान खेलबाट ४ जित निकालेको मुम्बई समान ८ अंक भए पनि अन्य २ क्लबभन्दा नेट रनरेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ ।मुम्बई कीर्तिमानी पाँचौंपल्ट उपाधि जित्ने लक्ष्यमा रहनेछ । ...
बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड

अन्तराष्ट्रिय
असोज २६ काठमाडौं । बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको छ।बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आन्दोलन चर्किएसँगै सरकारले मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो। सोमबार बसेको बंगलादेशको मन्त्रिपरिषद बैठकले उक्त विधेयक पारित गरेको हो।इस्लामका अनुसार कोरोना भाइरस महामारीको कारण भर्चुअलरुपमा सम्पन्न भएको बैठकमा महिला तथा बालबालिका शोषण रोकथाम विधेयक पारित भएको छ। एजेन्सी ...
चीनका धेरै कम्पनी खोप निर्माणको अन्तिम चरणमा

चीनका धेरै कम्पनी खोप निर्माणको अन्तिम चरणमा

अन्तराष्ट्रिय
असोज २६ काठमाडौं । चीनको पूर्वी तटीय शहर क्विन्डाओमा छ जनामा कोरोनाभाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र शहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् ।केही महिनाभित्रै पूरै शहरका बासिन्दाको परीक्षण गरिएको यो पहिलो पटक हो ।चीनको उहानमा कोरोनाभाइरस पहिलो पटक देखिएको चीनले यसलाई नियन्त्रणमा ल्याइसकेको बताएको छ । विश्वका विभिन्न क्षेत्रमा सरकारहरुले लकडाउन गरे पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । आइतबार क्विन्डाओमा छ जनामा कोरोना पुष्टि भएको थियो । यस शहरमा ९४ लाखको बसोबास छ । पाँच वटा जिल्लामा तीन दिनभित्र परीक्षण गरिने र पूरै शहर पाँच दिनभित्र परीक्षण गरिने क्विन्डाओ नगरका स्वास्थ्य अधिकारीले बताएका छन् ।तर ती अधिकारीले शहरका कति मानिसको परीक्षण हुनेछ भन्ने खुलाएका छैनन् । चीनमा व्यापक र तिब्र परीक्षण गर्ने क्षमता छ । स्वास्...
बेलायतको एनआरएनएको एक वर्ष सफल

बेलायतको एनआरएनएको एक वर्ष सफल

अन्तराष्ट्रिय
असोज २६ लन्डन।  एनआरएनए यूकेले एनआरएनए दिवसको अवसरमा आइतबार एक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा संस्थाले आफ्ना सम्पूर्ण सल्लाहकारहरूलाई निमन्त्रणा दिएको थियो। उक्त कार्यक्रमा उत्साहजनक उपस्थिति रहेको थियो। ८१ जना सहभागि रहेको कार्यक्रमको संचालन संस्थाका महासचिव फडिन्द्र भट्टराईले गरेका थिए भने उनलाई संस्थाकै सचिव जीत रानाभाटले गरेका थिए। संस्थाकी अध्यक्ष पुनम गुरुङको शुभकामना मन्तब्य पछि महासचिवको बार्षिक सामाजिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको उक्त कार्यक्रमा अधिकांश सल्लाहकारले आफ्नो सकरात्मक टिप्पणि राखेका थिए। सल्लाहकारको सुझाव र सल्लाह नै सुन्न गरिएको उक्त कार्यक्रममा अध्यक्ष गुरूङले समाजमा विभिन्न तप्कामा राम्रो योगदान गरेका सल्लाहकारबाट एनआरएनए यूके अगी बढ्ने र यो कार्यक्रमको उपस्थित र सल्लाहकारहरूबाट आएका सुझावलाई मनन गरेर अागामी दिनमा...
पूर्व राष्ट्रपति कोलम्बियाका नजरबन्दबाट  मुक्त

पूर्व राष्ट्रपति कोलम्बियाका नजरबन्दबाट मुक्त

अन्तराष्ट्रिय
असोज २६ काठमाडौं । कोलम्बियाको एक अदालतले शनिबार कोलम्बियाका पूर्व सिनेटर तथा पूर्व राष्ट्रपति अल्भारो उरिबेलाई नजरबन्दबाट मुक्त गर्ने आदेश दिएको छ ।उनलाई दुई महिनाभन्दा बढी समयदेखि घरमा नजरबन्दमा राखिएको थियो । यद्यपि उरिबेविरुद्धको कथित घूसखोरी र प्रक्रियात्मक ठगीको लागि अनुसन्धानमा जारी रहेको अदालतले जनाएको छ ।यसै विषयलाई लिएर पूर्वराष्ट्रपति उरिबेका एक वकिललाई हिरासतमा राखिएको छ । प्रतिपक्षी सिनेटर इभान सिपेडाले एक अर्ध-सैनिक समूहसँगको सम्बन्धको आरोप उरिबे र उनको भाइकोविरूद्ध लगाउको थियो ।उरिबेले उल्लेखित घटनामा आफ्नो कुनै सम्लग्नता नरहेको बताउँदै गरेको गुनासोमाथि सुनुवाई गर्दै अदालतले उनलाई सफाइ दिएको हो । उरिबे डिमोक्रेटिक सेन्टर पार्टीका सिनेटर हुँदै राष्ट्रपतिमा निर्वाचित बनेको थियो ।न्यायाधीशले उरीबेलाई नजरबन्दबाट मुक्त गर्ने निर्णयको सिपेडाले सम्मान गर्ने तर यस मुद्दामा...
रोनाल्डो र एम्बाप्पेले गोल गर्न नसक्दा फ्रान्स र पोर्चुगलको बराबरी

रोनाल्डो र एम्बाप्पेले गोल गर्न नसक्दा फ्रान्स र पोर्चुगलको बराबरी

अन्तराष्ट्रिय, खेलकुद
असोज २६ काठमाडौं । स्टार खेलाडीद्वय रोनाल्डो र एम्बाप्पेले गोल गर्न नसक्दा यूईएफए नेसन्स लिगमा फ्रान्स र पोर्चुगलले बराबरी खेल्दै अंक बाँडेका छन् ।आइतबार राति फ्रान्सको पेरिसमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् । केलियन एम्बाप्पे र क्रिस्टियानो रोनाल्डो गोल गर्न असफल रहेको खेलमा विश्वकप विजेता र यूरो कप विजेताले बराबरीमा चित्त बुझाए ।३५ वर्षिय यूभेन्ट्सका फरवार्ड रोनाल्डो १ सय १ अन्तर्राष्ट्रिय गोलमा यथावत रहे । पोर्चुगल फ्रान्सेली मैदानमा सन् २०१६ को युरोकपको जित दोहोर्‍याउन सकेन । २१ वर्षीय एम्बाप्पले केही राम्रा प्रयास गरे पनि उल्भ्सका गोलकिपर रुइ पेट्रिकियोले उनको प्रहार रोकेका थिए ।बराबरीपछि दुवै टिमको समान ७ अंक छ । एजेन्सी ...
गुगलद्वारा अढाइ सय एन्ड्रोइड एपमाथि प्रतिबन्ध

गुगलद्वारा अढाइ सय एन्ड्रोइड एपमाथि प्रतिबन्ध

अन्तराष्ट्रिय
असोज २६ काठमाडौं । गुगलले आफ्नो प्ले स्टोरबाट करीब अढाइ सय वटा मोबाइल एपहरुलाई प्रतिबन्ध लगाएको छ । एन्ड्रोइड एपमा रहेका ती एपले प्रयोगकर्तामाथि अनधिकृत हर्कत गरेको पाएसँगै गुगलले ब्लक गरिदिएको हो । ती २ सय ४० वटा एपले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई अनेक खालका अनावश्यक विज्ञापनहरु देखाउने लगायतका कार्य गरी गुगलको नियम उल्लंघन गर्ने गरेको हुँदा प्रतिबन्धित गरिएको हो । गुगलको सेक्योरिटी समूहले ती एप्लिकेसनविरुद्ध कारवाही गर्ने निर्णय गरेसँगै एपहरुलाई ब्लक गरिएको हो । त्यसरी ब्लक भएका एपहरुमा अधिकांश RAINBOWMIX ग्रुपका रहेका छन् । जसमा पुराना गेमहरु समेत छन् । स्मरण रहोस् उक्त ग्रुपका एपहरु हरेक दिन झण्डै डेढ करोड मानिसहरुले प्रयोग गर्दै आएका छन् । ती एपहरुले प्याकटर सफ्टवेयरको माध्यमबाट हरेक दिन डेढ करोड प्रयोगकर्तासामु अनेक खालका विज्ञापनहरु देखाउने गरेका थिए । प्रयोगकर्ताहरुलाई अ...
नेसन्स लिगमा इंग्ल्याण्डले बेल्जियमलाई हरायो

नेसन्स लिगमा इंग्ल्याण्डले बेल्जियमलाई हरायो

अन्तराष्ट्रिय
असोज २६ काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले बलियो प्रतिद्वन्दी बेल्जियमलाई हराएको छ ।वेम्बली स्टेडियममा आइतबार राति भएको खेलमा इंग्ल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर इंग्ल्याण्डले जित निकालेको हो । इंग्ल्याण्डको जितमा मार्कस रासफोर्ड र मासन माउन्टले एक/एक गोल गरे । बेल्जियमका रोमेरो लुकाकुले एक गोल फर्काए । खेलमा सुरुवाती अग्रता भने बेल्जियमले बनाएको थियो । खेलको १६औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको ३९औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काए । खेलको ८५औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्याण्डलाई २-१ को जित दिलाए । जितसँगै इंग्ल्यान्ड लिग ‘ए’ समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको छ । दोस्रो स्थानको बेल्जियमल...
ट्रम्पको कोरोनासम्बन्धी पछिल्लो ट्वीट ट्वीटरले नदेखिने बनायो

ट्रम्पको कोरोनासम्बन्धी पछिल्लो ट्वीट ट्वीटरले नदेखिने बनायो

अन्तराष्ट्रिय
असोज २६ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनासम्बन्धी पछिल्लो पोष्ट ट्वीटरले नदेखिने बनाएको छ ।राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट प्रतिरक्षा भएको दाबी गर्दै ट्वीट गरेका थिए । कोरोनासम्बन्धी भ्रामक जानकारी दिएर ट्वीटरको नियमको उल्लङ्घन गरेकोले देख्न नमिल्ने बनाएको ट्वीटरले जनाएको बीबीसीले उल्लेख गरेको छ ।योभन्दा अगाडि पनि अमेरिकी राष्ट्रपति ट्रम्पका कतिपय पोष्टहरुले गलत सन्देश दिएको भन्दै फेसबुक र ट्वीटरले हटाउँदै आएका थिए । योभन्दा अगाडि फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा पनि राष्ट्रपति ट्रम्पले आफूमा प्रतिरक्षा प्रणालीको विकास भएकोले दोस्रो व्यक्तिमा कोरोना नसर्ने बताएका थिए ।राष्ट्रपति ट्रम्पले पटक–पटक विभिन्न औषधिलाई प्रतिरक्षा प्रणालीको विकास गर्ने औषधि भएको दाबी गर्दै आएका थिए । राष्ट्रपति ट्रम्पले आजदेखि चुनाव प्रचार गर्दै छन् । ...
विश्वभर ३ करोड ७७ लाखमा संक्रमण

विश्वभर ३ करोड ७७ लाखमा संक्रमण

अन्तराष्ट्रिय
असोज २६ काठमाडौं । विश्वभर ३ करोड ७७ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ३२९ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ३९ हजार ४३२ पुगेको छ । संक्रमितमध्ये २ करोड ८३ लाख ४५ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार ८२२ जना संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८६८ जनाको मृत्यु भएको छ । योसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ८१ हजार ३८६ पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७९ लाख ९१ हजार पुगेको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७१ लाख  १९ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख ९४ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण ...