संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् सदस्यमा नेपाल पुनः निर्वाचित
असोज २८ काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा आगामी कार्यकाल (सन् २०२१–२०२३) का लागि पुनः निर्वाचित भएको छ । नेपाली समय अनुसार गए राति भएको निर्वाचनमा नेपाल निर्वाचित भएको हो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव भरतराज पौड्यालले ट्वीटरमा नेपाल निर्वाचित भएको सार्वजनिक गरेका छन् । नेपालले १५० भोट पाएको छ । नेपाल अहिले पनि मानवअधिकार परिषद्को सदस्य छ ।
नेपालसहित एशिया प्रशान्त क्षेत्रबाट नेपाल र थप तीन देश (चीन, पाकिस्तान र उज्वेकिस्तान) निर्वाचित भएका छन् । जम्मा ४७ सदस्य रहेको परिषदमा यस पटक १५ सिटका लागि निर्वाचन भएको हो ।
यसपटक निर्वाचित अन्य देशहरूमा अफ्रिकाबाट आइभोरी कोष्ट, गाबोन, मालबी र सेनेगल, पूर्वी युरोपबाट रूस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको, पश्चिम युरोपबाट फ्रान्य र बेलायत छन् ।
पाँच क्षेत्रीय समूहम...









