आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

थाइल्याण्डमा संकटकाल घोषणा

थाइल्याण्डमा संकटकाल घोषणा

अन्तराष्ट्रिय
असोज ३० काठमाडौं ।थाइल्याण्डमा राजाविरोधी नाराबाजी र प्रदर्शन चर्किएपछि सरकारले संकटकाल घोषणा गरेको छ।थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर संकटकालको घोषणा गरेको हो ।शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा संकटकालीन आदेश जारी गरेको विपक्षी नेताहरूले बताएका छन् । विपक्षी समूहले प्रहरीले केही प्रभावशाली नेतासहित २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएको छ । नागरिक अधिकारको लागि भन्दै उनीहरूले बिहीबार बिहानैदेखि प्रदर्शन गरेका थिए । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरिएको जनाएको छ । राष्ट्रिय प्रहरी प्रवक्ता यिङग्युस थप्जुमनोङले भने, ‘आन्दोलनकारीले आफ्ना गतिविधिलाई हिंसात्मक बनाएपछि शान्ति तथा सुव्यवस्था कायम गर्न कम्तीमा २२ ...
बार्यन म्युनिखको शानदार जित

बार्यन म्युनिखको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
असोज ३० काठमाडौं ।डेब्यु खेलमै इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल गरेपछि बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा शानदार जित हात परेको छ । एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको बायर्नले पाँचौ श्रेणीको डुरेनमाथि ३–० को जित हात पारेको हो । अर्को एक गोल थोमस मुलरले गरेका थिए । ३१ वर्षीय क्यामरुनी फरवार्ड यसै समरमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बायर्न फ्रि एजेन्टमार्फत आएका थिए । २४औं मिनेटमा बोउन सारको पासमा मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३६औं मिनेटमा थोमस मुलरले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो । ७५औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्नले खेल ३–० ले जित्यो । ...
दक्षिण कोरिया गएका कामदारहरुको हालत खराब, लाखौँ श्रमिकले पाएनन् तलब

दक्षिण कोरिया गएका कामदारहरुको हालत खराब, लाखौँ श्रमिकले पाएनन् तलब

अन्तराष्ट्रिय
असोज ३० काठमाडौं ।नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ। यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७ दशमलव १७ ट्रिलियन वोन पुगेको छ। सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको ज्याला १ दशमलव ४३ ट्रिलियन पुगेको थियो भने सन् २०१९ मा तीन लाख ४४ हजार ९७७ जनाले पाउनुपर्ने १ दशमलव ७२ ट्रिलियन वोन पुगेको छ। त्यसैगरी सन् २०२० को आठ महिनामा कामदारलाई नदिएको ज्याला ८९० बिलियन वोन छ। यसरी ज्याला नपाउने कामदारमा सबैभन्दा धेरै उत्पादनमूलक कम्पनीमा छन् भने दोस्रो स्थानमा निर्माण, खुद्रा व्यापार, होटल, रेस्टुराँमा छन्। सन् २०१९ मा मात्र पाँच जना वा सोभन्दा कम कामदार भएका कम्पनीमा बाँकी...
किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजीनामा दिने घोषणा

किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजीनामा दिने घोषणा

अन्तराष्ट्रिय
असोज ३० काठमाडौं ।किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजीनामा दिन लागेका हुन् । राष्ट्रपति जीन्बेकोभले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका छन्, ‘म सत्तामा रहिरहन चाहन्न । किर्गिजस्तानका जनताको भावना विपरीत आफूले काम नगर्ने र जनताको रगतमा उभिएर शासन गर्न मलाई रत्तिभर रुचि छैन । त्यही कारण म राजीनामा दिँदैछु ।’ राष्ट्रपति जिन्बेकोभले प्रधानमन्त्री सादिर जापारोभ र अन्य राजनीतिक नेताहरुलाई मुलुकमा शान्ति बहाल गर्ने कार्यमा तत्पर हुन समेत आग्रह गरेका छन् । किर्गिजस्तानको हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको भन्दै देशव्यापी विरोध प्रदर्शन जारी छ । सरकारले शान्ति सुरक्षा कायम गर्ने भन्दै सेना र प्रहरीलाई राजधानी विश्केक लगायतका प्रमुख श...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक  गरे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे

अन्तराष्ट्रिय
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।मोदीले बिहिबार आफ्नो सम्पति विवरण सार्वजनिक गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सार्वजनिक विवरण अनुसार मोदीको सम्पत्ति गत बर्षको भन्दा ३६ लाखले वृद्धि देखिएको छ।उनले आफ्नो कुल सम्पत्ति २ करोड ८५ लाख भारतीय रुपैयाँ रहेको जनाएका छन्। गत वर्ष उनको कुल सम्पत्ति २ करोड ४९ लाख भारतीय रुपैयाँ थियो।मोदीले आफूसँग संयुक्त स्वामित्मा घर, घडेरी, केही सुन र बैंक ब्यालेन्स रहेको जनाएका छन्। तर, ऋण र सवारी साधन नभएको जनाएका छन्। यस्तै, भाजपा नेता तथा गृहमन्त्री अमित शाहले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनि गरेका छन्।उनको सम्पत्ति भने गतवर्षको भन्दा केही घटेको छ। गतसाल ३२ करोड सम्पत्ति रहेको जनाएका शाहले यो वर्ष आफूसँग २८ करोड ६३ लाख मात्र रहेको जनाएका छन्। ...
रुसले कोरोनाविरुद्धको दोश्रो भ्याक्सीन बनाएको राष्ट्रपति पुटिनको दाबी, प्रयोग गर्न लाइसेन्स दिइयो

रुसले कोरोनाविरुद्धको दोश्रो भ्याक्सीन बनाएको राष्ट्रपति पुटिनको दाबी, प्रयोग गर्न लाइसेन्स दिइयो

अन्तराष्ट्रिय
असोज ३० काठमाडौं । रुसले कोरोनाविरुद्धको दोश्रो भ्याक्सीनलाई शुरुवाती स्तरमा प्रयो गर्र्न स्विकृति दिएको छ ।रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार यसको पुष्टि गरेका हुन् । भ्याक्सीनको टीका साइबेरियामा वेक्टर संस्थानद्वारा विकसित गरिँदै छ । यो भ्याक्सीनले बितेको महिनामा प्रारम्भिक चरणको मानव परीक्षण पूरा गरेको हो । यसको रिजल्ट भने हालसम्म प्रकाशित गरिएको छैन ।हालसम्म तेश्रो चरणको परीक्षण पनि शुरु भएको छैन । पुटिनले भने, पहिलो र दोश्रो भ्याक्सीनको उत्पादन बढाउन आवश्यक रहेको बताएका छन् । पेप्टाइडमा आधारित एपीभ्याककोरोना नाम गरेको यो भ्याक्सीन रुसमा उपयोगका लागि लाइसेन्स प्राप्त गर्ने दोश्रो औषधि हो ।यसको परीक्षण १८ देखि ६० वर्ष उमेरका भ्यालेन्टियर्समा नोबोसिबिर्स्क शहरमा भएको थियो । यो भन्दा अगाडि मस्कोको गामालेया संस्थानद्वारा विकसित भ्याक्सीन स्पुतनिक भी लाई ११ अगस्टमा उपयोगका लाग...
फ्रान्समा एकैदिन ३० हजारभन्दा बढी संक्रमित फेला,९ शहरमा शनिबार रातीदेखि कर्फ्यू

फ्रान्समा एकैदिन ३० हजारभन्दा बढी संक्रमित फेला,९ शहरमा शनिबार रातीदेखि कर्फ्यू

अन्तराष्ट्रिय
असोज ३० काठमाडौं । फ्रान्समा बिहिबार कोरोनाका ३० हजार ६ सय २१ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन २२ हजार ५ सय ९१ संक्रमित भेटिएका थिए । कोरोनाका बढ्दो संक्रमित भेटिएपछि फ्रान्सको सरकारले राजधानी पेरिससहित ९ शहरमा शनिबार रातीदेखि कर्फ्यू लगाउने निर्णय गरेको छ ।विश्व स्वास्थ्य संगठनले मानिसहरुको ज्यान बचाउनका लागि कडा प्रतिबन्ध लगाउन अत्यावश्यक भएको भन्दै चेतावनी दिएको छ । शनिबारदेखि लण्डनमा कोठाभित्र आयोजना हुने कार्यक्रममा पनि प्रतिबन्ध लगाइएको छ किनभने लण्डन र त्यस आसपासका इलाकामा कोभिड अलर्ट जारी गरिएको छ । फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीजस्ता देशमा बिहिबार ठूलो परिणाममा परीक्षण सुरु भएपछि एकदिनमा सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् । बिहिबार रुसमा २ सय ८६ जनाको मृत्युको खबर छ । कोरोनाभाइरस फैलिएपपिछ यो रुसमा एक दिनमा भएको अहिलेसम्म सबैभन्दा धेरै मृत्यु हो । विश...
युट्युबले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

युट्युबले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

अन्तराष्ट्रिय
असोज ३० काठमाडौं । भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युबले कोरोनाभाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युबमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर युट्युवका कारण समाजमा नकारात्मक असर परेकोभन्दै आलोचना भएपछि युट्युबले त्यस्ता भिडियो हटाउने घोषणा विहिबार गरेको हो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिएपनि कतिपय व्यक्तिहरुले कोरोनाविरुद्धको औषधी वा खोप पत्ता लागेको भन्दै युट्युबमा हालेको भिडियो बढी विवादमा परेको थियो । युट्युबका प्रवक्ता फर्शाद शाड्लुद्धारा जारी वक्तव्यमा लेखिएको छ, “कोरोनाभाइरसका विरुद्धमा प्रयोग हुने औषधी वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरु युट्युबमा प्रयोग भएको र त्यसका बारेमा उजुरीहरु समेत आएकाले त्यस्ता भिडियोहरु हटाउने निर्णय गरिएको हो ।” स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा भ्रम छर्ने भिडियोहरुले मानव जीवनमाथी नै खतरा...
पञ्जावसँग पराजित भयो बिराट कोहलीको बैंगलोर

पञ्जावसँग पराजित भयो बिराट कोहलीको बैंगलोर

अन्तराष्ट्रिय, खेलकुद
असोज ३० काठमाडौं । युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पञ्जावले दोस्रो जीत निकालेको छ ।बिहीबार राति यूएईको सारजाह क्रिकेट स्टेडियममा भएको खेलामा रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले हराउँदै पञ्जाबले दोस्रो जीत हात पारेको हो । बैंगलोरले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जावले २० ओभरमा २ विकेट मात्रै गुमाएर पुरा गर्‍यो ।पञ्जावको जीतमा कप्तान केएल राहुल र क्रिस गेलको साझेदारी महत्वपूर्ण बन्यो । राहुलले अविजीत रहँदै ४९ बलमा ६१ रन बनाए भने गेलले ४५ बलमा ५३ रन बनाए । गेल यो सिजनको प्रतियोगितामा पहिलो पटक पञ्जावको प्लेइङ सेटमा परेका हुन् । पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका गेलले पञ्जावलाई जीत दिलाउन महत्वपूर्ण योगदान गरे ।पञ्जावका लागि मायांक अग्रवालले ४५ रनको योगदान भने निकोलस पुरन ६ रनमा अविजित रहे । पञ्जावविरुद्ध बैंगलोरका युजभेन्द्र चाहलले १ व...
जर्मनी कोभिड सङ्क्रमणको गम्भीर अवस्थामा आएको छ : मर्केल

जर्मनी कोभिड सङ्क्रमणको गम्भीर अवस्थामा आएको छ : मर्केल

अन्तराष्ट्रिय
असोज २९ मार्केल । जर्मन चान्सर एन्जिला मर्केलले जर्मनी कोभिड १९ को सङ्क्रमणको गम्भीर अवस्थामा रहेको बताएकी छन।जर्मनीमा पछिल्लो समयमा कोभिड १९का सङ्क्रमितमरु बढ्दै गएकोले उनले सो कुरा बताएकी हुन। हामी महामारीको अवस्थामा छौँ र मलाई लाग्छ यतिबेला हामी निकै नै गम्भीर अवस्थामा आइपुगेका छौँ– उनले भनेकी छन।उनले अहिलेको अवस्थामा पहिलेभन्दा धेरै अर्थात् अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा कोभिडका सङ्क्रमितहरु बढ्दै गएका छन् र यसबाट हामी अहिलेका लागि बच्ने नै ठूलो चुनौती भएको बताएकी छन। बिहीबार उनले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा अहिलेका लागि सबैभन्दा चुनौतीको काम सङ्क्रमितहरुको सम्पर्कमा आएका मानिसहरुलाई खोज्ने र उनीहरुलाई उपचारको दायरामा ल्याउने बताएकी छन। जर्मनीले अहिलेको अवस्थामा लकडाउन गर्न सक्ने अवस्थामा नरहेको पनि उनले स्पष्ट पारिन।उनले भनेकी छन्– हामी आर्थिक हिसाबले पनि अर्को प...