बैंगलोर कोलकत्तामाथि आठ विकेटले विजयी
कात्तिक ६ काठमाडौं । कोलकत्ता नाइट राइडर्सले दिएको झिनो लक्ष्य १३ ओभरमा भेट्दै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ ।
बुधबार राति शेख जायद क्रिकेट स्टेडियममा भएको खेलमा बैंगलोरले कोलकत्तालाई आठ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेकोको कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो ।
बैंगलोरका लागि देवदूत पड्डीकल २५ र आरोन फिन्चले १६ रन जोडे ।
गुर्किरात सिंह २१ र कप्तान विराट कोहली १८ रनमा अविजित रहे । पहिलो ब्याटिङ गरेको कोलकत्ता बैंगलोरसामू निरिह देखियो ।
उसले २० ओभर खेल्दा ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाउँदा कोलकत्ताका लागि लक्की फर्गुसन १९, कुलदिप यादवले १२ र टम बानटनले १० रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक ...









