आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

‘फ्लोरिडा बाइडनको पक्षमा गए, ट्रम्प हार्छन्’

‘फ्लोरिडा बाइडनको पक्षमा गए, ट्रम्प हार्छन्’

अन्तराष्ट्रिय
कात्तिक १९ काठमाडौं । दोश्रो कार्यकालका लागि जो बाइडनसँग प्रतिष्पर्धा गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक सल्लाहकारले उनको जितलाई लिएर आफू चिन्तित रहेको बताएका छन्। ह्वाइट हाउसका अधिकारीहरूले ती सल्लाहकारलाई निर्णायक मानिएका राज्यहरूको चुनावी अभियान राम्रो भएको भएपनि उनीहरू एकदमै आशंकित रहेको बताएको उनको भनाइ छ। ट्रम्पका ती सल्लाहकारले यस निर्वाचनलाई ‘छ राज्यको भिडन्त’का रूपमा हेरेका छन् र ती राज्यमा ट्रम्पको सम्भावना राम्रो छ। तर डेमोक्रेटिक पक्षधर ठाउँबाट प्रारम्भिक मतदानको मात्रा अनपेक्षित छ। ‘यदि फ्लोरिडा बाइडनको पक्षमा गए, खेल खत्तम। यदि ट्रम्पको पक्षमा गए, खेल जारी रहनेछ’, ती व्यक्तिले भने। ९३ प्रतिशत मतगणना सकिदां फ्लोरिडामा ट्रम्पको ५१ प्रतिशत मत छ भने ४९ प्रतिशत मत बाइडनको छ। राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्ट्रोलरमा जित हासिल गर्नुपर्छ।फ्लोरिडाम...
अमेरिकी राष्ट्रपतीय चुनावको मत परिणाम आउन सुरू

अमेरिकी राष्ट्रपतीय चुनावको मत परिणाम आउन सुरू

अन्तराष्ट्रिय
कात्तिक १९ काठमाडौं । अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सम्पन्न भएको छ ।इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् । पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ। कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए।मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन् । ५० राज्यमध्ये यो समाचार तयार पार्दासम्म १७ राज्यको मतपरिणाम सार्वजनिक भएको छ । १७ राज्यको मतपरिणाम सार्वजनिक हुँदा प्रतिस्पर्धी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन् । तस्वीर : एएफपी बीबीसीका अनुसार घोषित मतपरिणाम अनुसार २७० इलेक्ट्रोरल मतमध्ये डेमोक्रेटिक उम्मेदवार बाइडेनले ८९ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले ६३ मत प्राप्त गरेका छन्। यी हुन् निर्णायक अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जनताले प्रत्यक्ष मत दिएर...
४ वर्षीया बालिकासँग भूकम्प पनि हार्यो, ९१ घण्टापछि हात हल्लाउँदै निस्किइन् बालिका (भिडियोसहित)

४ वर्षीया बालिकासँग भूकम्प पनि हार्यो, ९१ घण्टापछि हात हल्लाउँदै निस्किइन् बालिका (भिडियोसहित)

अन्तराष्ट्रिय
कात्तिक १९ काठमाडौं ।टर्कीको इजमिर शहरमा बस्ने आयदा । वर्ष ४ । जोसँग भूकम्प पनि हार्यो । आयदाको घर गत शुक्रवार आएको भूकम्पले भत्कियो । घर भत्किएपछि घरे पुरेकी बालिका ९० घण्टापछि हात हल्लाउँदै निस्किइन् । उनले भित्रभित्रै तीन दिन र तीन रात सोचिन्, म हार मान्दिन । मंगलवार रेस्क्यू टीमले देखे तब, उनलाई हात हल्लाएर नयाँ जीवनको स्वागत गरे । ...
सनराइजर्स हैदराबाद आईपीएल क्रिकेटको प्ले अफमा

सनराइजर्स हैदराबाद आईपीएल क्रिकेटको प्ले अफमा

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १९ काठमाडौं । सनराइजर्स हैदराबाद युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । सारजाहमा गएराति भएको समूह चरणका अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा पुगेको हो ।मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा भेट्टायो ।  हैदराबादको जितमा डेभिड वार्नर र रिद्दिमान साहले उत्कृष्ट ब्याटिङ गरे । वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाए भने साहले ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रन जोडे ।  वार्नर र साहले पहिलो विकेटका लागि अविजित १ सय ५१ रनको साझेदारी गरेपछि हैदराबाद तेस्रो स्थानमा रहदैं प्लेअफमा पुगेको हो ।  ...
भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघ्यो

अन्तराष्ट्रिय
कात्तिक १९ काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ४६ हजार ३३ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८३ लाख १२ हजार ९४७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७६ लाख ५४ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् ।यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५११ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ६५० पुगेको छ । ...
फ्रान्सेली सेनाले गरेको सैन्य कारबाहीमा ५० लडाकू मारिए

फ्रान्सेली सेनाले गरेको सैन्य कारबाहीमा ५० लडाकू मारिए

अन्तराष्ट्रिय
कात्तिक १९ काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा कम्तीमा ५० लडाकू मारिएका छन् । फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको जनाएका छन् । उत्तरी मालीमा ड्रोनबाट गरिएको सर्वेक्षणमा शंकास्पद लडाकूहरु मोटरसाइकलमा देखिएपछि कारबाही गरिएको मन्त्री पार्लीले जानकारी दिए । सेनाले पहिले हवाई आक्रमण गरेको र त्यसपछि फ्रान्सेली कमान्डोले स्थलगत कारबाही गरेको थियो । यसैबीच, बुर्किना फासो र नाइजरसँग सीमा जोडिएको मालीको सीमावर्ती इलाकामा केही सातादेखि ठूलो सैन्य अभियान जारी रहेको फ्रान्सेली सेनाका एक अधिकारीले बताएका छन् । फ्रान्सेली रक्षामन्त्री पार्लीले सोमबार र मंगलबार मालीको राजधानी बामाकोको भ्रमण गरेका छन् । उनले मालीको अन्तरिम सरकारका प्रमुखसँ...
अमेरिकामा राष्ट्रपति निर्वाचन सकियो : नतिजा आउन शुरु

अमेरिकामा राष्ट्रपति निर्वाचन सकियो : नतिजा आउन शुरु

अन्तराष्ट्रिय
कात्तिक १९ काठमाडौं । अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ । आगामी चार वर्षका लागि ह्वाइट हाउसमा पुग्न मुल रुपमा दुई पार्टी रिपब्लिकन र डेमोक्र्याट बीच भएको प्रतिष्पर्धालाई मतदाताहरुले आफ्ना मतमार्फत् अभिमत दिएका छन् । निकै विवादित र विभाजित रुपमा चलेको अमेरिकी निर्वाचन अभियान सकाउँदै मतदाताहरुले उत्साहपूर्वक मत दिएका हुन् । अघिल्ला निर्वाचनका तुलनामा यस पटक धेरै प्रतिशत मत खसेको जनाइएको छ । आगामी चार वर्षका लागि ह्वाइट हाउसमा कब्जा जमाउन संघर्षरत अमेरिकी राष्ट्रपति पदका उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनको भविष्य बाकसमा बन्द भएको छ । कोरोनो महामारीले सन्त्रस्त बनाएको समयमा पनि अमेरिकीहरुले निकै उत्साहपूर्वक मत खसालेका छन् । अधिकांश मतदाता मुखमा मास्क लगाएर दूरी कायम गर्दै मत खसाल्न लामवद्ध भएका थिए । पूर्ण परिणाम आउन केही दिन लाग्न...
प्ले अफ पुग्न हैदाराबादलाई जित्नै पर्ने दबाब:आईपीएल

प्ले अफ पुग्न हैदाराबादलाई जित्नै पर्ने दबाब:आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक १८ काठमाडौं । युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा प्ले अफ पुग्ने चौथो टोलीको आज टुंगो लाग्दैछ ।लिग चरणको अन्तिम खेलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादले प्रतिस्पर्धा गर्दैछ । यो खेलको नतिजाले प्ले अफ पुग्ने अन्तिम टोलीको छिनोफानो हुनेछ । आजको खेल जितेमा हैदराबाद अन्तिम चारमा पुग्नेछ । हारको खण्डमा भने कोलकाता नाइट राईडर्सले प्ले अफको मौका पाउनेछ ।मुम्बई र हैदराबादबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ । हैदराबाद १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।  कोलकाता १४ खेलमा १४ अंक जोडेर चौथो स्थानमा रहेको छ ।मुम्बई भने शीर्ष स्थानमा रहेर क्वालिफायर पुगिसकेको छ । मुम्बईले १३ खेलमा १८ अंक जोडेको छ । एजेन्सी ...
अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान शुरु, झण्डै सात करोडले गरे हुलाकमार्फत मतदान

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान शुरु, झण्डै सात करोडले गरे हुलाकमार्फत मतदान

अन्तराष्ट्रिय
कात्तिक १८ काठमाडौं । विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान शुरु भएको छ । अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान भइसकेको हो । नेपाली समय अनुसार मंगलबार बेलुकाबाट मतदान शुरु हुने भएको हो । अमेरिकाको स्थानीय समय अनुसार मंगलबार विहान स्थान अनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान शुरु भएको छ । प्रत्यक्ष मतदान मंगलबार हुने भए पनि सोमबारसम्म अन्य माध्यमबाट झण्डै सात करोड अमेरिकी नागरिकहरुले मतदान गरिसकेको अधिकारीहरुले जनाएका छन् । चुनावको एक दिन बाँकी छँदा ६.९५ करोड अमेरिकीले हुलाकमार्फत् अथवा पहिल्यै मतदान गर्न पाउने व्यवस्थाअन्तर्गत मत दिइसकेको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत लाखौ मतदाताले मतदान गर्दछन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिक...
नेपाली भूमि कब्जा गरिएको भन्ने कुरा हल्ला र आधारहीन: चिनियाँ विदेश मन्त्रालय

नेपाली भूमि कब्जा गरिएको भन्ने कुरा हल्ला र आधारहीन: चिनियाँ विदेश मन्त्रालय

अन्तराष्ट्रिय, राजनीति
कात्तिक १८ काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले नेपालको कुनै पनि भूमि नमिचेको दोहर्‍याएको छ ।मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको बताएका हुन् । चीनले नेपाली सीमा मिचेको बारे नेपालमा चर्को विरोध भइरहेको बेला चीनको यस्तो धारणा आएको हो ।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि नेपाली भूमि चिनियाँ पक्षबाट मिचिएको दाबी गरेको थियो। कांग्रेसको अध्ययन टोलीले गरेको स्थलगत अध्ययनपछि यस्तो आरोप लगाएको थियो। नेपालको सीमा मिचिएको बारे चीनले खण्डन गर्दै यो पूर्णरुपमा हल्लामात्र भएको र यसमा विश्वास गर्ने आधार नभएको दाबी गरेका छन्। सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो ।उक्त समाचारको खण्डन गर्दै विदेश प्रवक्ता वेनबिनले न...