आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

कोरोनाविरुद्धको पहिलो प्रभावकारी खोप तयार

कोरोनाविरुद्धको पहिलो प्रभावकारी खोप तयार

अन्तराष्ट्रिय
कात्तिक २५ काठमाडौं । बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन् । उक्त खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले तयार पारेका खोप ६ देशका ४३ हजार ५ सय जनामा परीक्षण गरिएको थियो । त्यसले प्रभावकारी काम गरेको थियो। सुरक्षासम्बन्धी कुनै किसिमको समस्या आएको थिएन । ती कम्पनी सक्दो छिटो खोपलाई विश्व बजारमा पुर्‍याउन चाहन्छन् । त्यसका लागि यो महिना (नोभेम्बर) अन्त्यसम्म यसको प्रयोगका लागि आवश्यक अनुमति पाउन आवेदन दिने योजना बनाएका छन् । यो खबरसँगै विभिन्न प्रतिक्रिया आएका छन् । केहीले यो सुनेपछि ...
भारतीय विदेशसचिव नेपाल आउँदै

भारतीय विदेशसचिव नेपाल आउँदै

अन्तराष्ट्रिय
कात्तिक २५ काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् । विदेशसचिव श्रृंगला आगामी नोभेम्बर २६ र २७ तारिकमा नेपाल भ्रमणमा आउने भएका हुन् । स्थल सेनाध्यक्ष नरवणे नेपाल आउनु केही दिनअघि मात्रै भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल आएका थिए ।   विदेश सचिव श्रृंगलाको भ्रमण भारतीय उच्च अधिकारीहरुले पछिल्लो महिना लगातार गरेको तेश्रो ठूलो भ्रमण हुनेछ । नेपाल र भारतबीच लामो समयदेखि रोकिएको परराष्ट्रसचिवस्तरीय वार्ताका लागि विदेशसचिव श्रृंगला नेपाल भ्रमणमा आउन लाग्नुभएको बताइएको छ । हिन्दुस्तान टाइम्सकाअनुसार गत महिनानै उनले राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्माओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी भरतराज पौडेल लगायतसँग भेटवार्तासहितको बैठक गर्ने योजना तय भैसकेको छ ।   ...
आतंककारी हमला बढ्दै गएपछि युरोपेली मुलुकहरूले आफ्नो सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै

आतंककारी हमला बढ्दै गएपछि युरोपेली मुलुकहरूले आफ्नो सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै

अन्तराष्ट्रिय, समाचार
आतंककारी हमला बढ्दै गएपछि युरोपेली मुलुकहरूले आफ्नो सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै लगेका छन्। गत साता फ्रान्स र अस्ट्रियामा आतंकारी हमला भएपछि युरोपेली मुलुकहरुले आफ्नो सीमा क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाउँदै लगेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। गत साता फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको हत्या भएको थियो। त्यसलगत्तै फ्रान्सको निस, लियों, पेरिस र अस्ट्रियाको राजधानी भियनामासमेत आतंककारी हमला भएका थिए। युरोपेली देशमा निर्बाध घुमफिर गर्न पाउने सेन्जेन भिसाको दुरुपयोग गर्दै आतंककारीहरुले हमला गर्न थालेको ठहरसहित युरोपियन मुलुकले सीमामा कडाइ गरेका हुन्। फ्रान्समा आतंककारी हमला हुने सम्भावित स्थान चर्च, स्कुल र धार्मिक स्थलहरूमा सैनिकको संख्या बढाइएको छ। अस्ट्रिया, जर्मनी, बेल्जियम, स्विट्जरल्यान्ड, स्पेन, इटालीलगायत मुलुकले पनि आफ्नो सीमामा सुरक्ष...
न्यूजिल्याण्डका साना व्यवसायीलाई ब्याज मिनाहाको घोषणा

न्यूजिल्याण्डका साना व्यवसायीलाई ब्याज मिनाहाको घोषणा

अन्तराष्ट्रिय
वेलिङ्टन । न्यूजिल्याण्डमा नवगठित सरकारले साना व्यवसायीहरूका लागि विषेश राहत कार्यक्रमको घोषणा गरेको छ । लेबर पार्टीको सरकारको पहिलो मन्त्रीपरिषद्को बैठकले साना व्यवसायीलाई बचाइ राख्न सोमवार बलियो राहत कार्यक्रम घोषणा गरेको हो । कोरोना भाइरसका कारण मर्कामा परेका साना व्यवसायीलाई उठाउनका लागि बलियो सहयोगका कार्यक्रम बनाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् । साना व्यवसायीहरू राज्यको अर्थतन्त्रको एउटा महत्वपूर्ण अंश भएकाले उनीहरुलाई सहयोग गरेर देशको अर्थतन्त्र पनि जोगिने भएकाले समेत उनीहरुका लागि राहतको कार्यक्रम ल्याइएको सरकारले जनाएको छ । “आजको मन्त्रीपरिषद्को बैठकले साना व्यवसायीका लागि राहतको प्याकेज दिने निर्णय गरेको छ, यसअघि दिदै आएका सहुलियतहरूको म्याद पनि थप गरिएको छ,” प्रधानमन्त्री जसिन्दा अर्डेर्नले सोमवार भनिन् । मन्त्रीपरिषद् बैठकपछिको सम्वोधनका क्रममा उनले यस ब...
पुटिनले बाइडेनलाई बधाई दिएनन्

पुटिनले बाइडेनलाई बधाई दिएनन्

अन्तराष्ट्रिय
कात्तिक २४ काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित डेमोक्रेटिक उम्मेदवार जो बाइडेनलाई विश्वभरका नेताले शुभकामना दिइरहेका छन्। रिपब्लिकन उम्मेदवार तथा बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेर बाइडेनले चुनाव जितेका हुन। राष्ट्रपति बन्न चाहिने २७० इलेक्टोरल मतभन्दा बढी मत बाइडेनले प्राप्त गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन्। बाइडेनले अमेरिकी सत्ता सम्हाल्ने भएपछि धेरैमा उत्साह छ। अमेरिका र चीन बीचको तनाव कम हुने ठानिएको छ भने केही नीतिहरुमा परिवर्तन हुनसक्छ। र ट्रम्पको बिदाईबारे धेरैले खुशीयाली मनाइरहेका छन्। यद्धपी ट्रम्पले अझै हार स्वीकार गरेका छैनन। ट्रम्पका वकिलले चुनावमा धाँधली भएको प्रमाण आफूहरुसँग रहेको भन्दै काुननी बाटोमा जाने बताइसकेका छन्। बाइडेनलाई विश्वभरका नेताले बधाई दिईरहँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने अझै बधाई दिएका छैनन। ...
विश्व स्वास्थ्य संगठनका महानिर्देशकद्वारा बाइडेनलाई बधाई

विश्व स्वास्थ्य संगठनका महानिर्देशकद्वारा बाइडेनलाई बधाई

अन्तराष्ट्रिय
जेनेभा । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनोम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।उनले आइतवार ट्वीट गरेर उनीहरुलाई बधाई ज्ञापन गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । साथै उनले सो बधाईसँगै आफू पनि उनीहरुसँग काम गर्न इच्छुक रहेको बताएका छन्। उनले ट्वीटमा भनेका छन्, अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईँहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो । यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको हो । महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले सो ट्वीटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन आग्रह पनि गरेका छन्। महानिर्देशक गेब्रियोसले अमेरिकाका नवनियुक्त रा...
ट्रम्पलाई साइड लगाउन सफल हुनुमा जो बाइडनका यि ५ सुत्रले काम गरे

ट्रम्पलाई साइड लगाउन सफल हुनुमा जो बाइडनका यि ५ सुत्रले काम गरे

अन्तराष्ट्रिय
कात्तिक २४ काठमाडौं । सार्वजनिक जीवनमा झन्डै ५० वर्ष व्यतीत गरेका अनि राष्ट्रपति हुने आजीवन आकाङ्क्षा राखेका जो बाइडनले यसपालि अन्ततः ह्वाइट हाउस जान पाउने भएका छन्। एक शताब्दीमा एक पटक आउने महामारी अनि अभूतपूर्व सामाजिक अशान्तिका माझ अमेरिकामा निर्वाचन अभियान चलेको थियो। त्यसमाथि बाइडेनले एक अप्रत्याशित शैलीका अनि अचम्मका प्रतिद्वन्द्वीको सामना गर्नुपरेको थियो। तर राष्ट्रपति हुने उनको तेस्रो प्रयासका बेला बाइडन तथा उनको टोलीले राजनीतिक अवरोधहरू छिचोल्दै विजयको मार्ग पहिल्याए। अन्तिम मतगणनामा उनले देशभरिबाट ट्रम्पभन्दा दशौँ लाख बढी भोट पनि बटुले। डेलावेअर राज्यका एक कार विक्रेताका छोरा बाइडनले राष्ट्रपति पद जित्नुका पछाडि यी प्रमुख पाँच कारण रहेका छन्। १.कोभिड, कोभिड, कोभिडबाइडनले जित्नुको मुख्य कारण सम्भवतः उनको नियन्त्रणभन्दा पूर्णतः बाहिर रहेको विषय थियो। कोरोनाभाइरस महा...
पाकिस्तानमा संक्रमितको नयाँ रेकर्ड : एकैदिनमा १५ सय बढी संक्रमित

पाकिस्तानमा संक्रमितको नयाँ रेकर्ड : एकैदिनमा १५ सय बढी संक्रमित

अन्तराष्ट्रिय
इस्लामावाद । पाकिस्तानमा फैलिएको दोस्रो चरणको कोरोनाभाइरसको महामारीका क्रममा संक्रमितको संख्या अत्यधिक वृद्धि हुदै गएको छ । सरकारी अधिकारीहरूले गत जुलाईपछि शनिवार अहिलेसम्मकै धेरै सङ्क्रमितहरू भेटिएको जानकारी दिएका छन् । उनीहरुका अनुसार शनिवार मात्रै पाकिस्तानमा एक हजार ५०० भन्दा बढी संक्रमित भएका छन् । पाकिस्तानको राष्ट्रिय कमाण्ड तथा अप्रेसन सेन्टरले दिएको जानकारी अनुसार शनिबार एक हजार ५४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । पाकस्तिानमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या १७ हजार ५२० रहेको अधिकारीहरुले जनाएका छन् । मास्क नलगाई बाहिर हिड्नेलाई एक सय रुपैया जरिवाना तिराउने र एक हजार जनासम्म सहभागी भएर बैबाहिक कार्यक्रम गर्न पाइने व्यवस्था सरकारले गरेपछि आलोचना भइरहेका बेला संक्रमितहरु बढ्दै गएको विवरण सार्वजनिक भएको हो । सरकारले गत शुक्रवार मात्रै मास्क न...
गोरखा समाज अन्तराष्ट्रीय समन्वय परिषदको सचिवको जिम्मेवारी खनाल र गुरुङलाई

गोरखा समाज अन्तराष्ट्रीय समन्वय परिषदको सचिवको जिम्मेवारी खनाल र गुरुङलाई

अन्तराष्ट्रिय
कात्तिक २४ काठमाडौं । काठमाडौं, विराट बाबु खनाल र सकुन्तला गुरुङ ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषदको सचिव चुनिएका छन् । खनाल र गुरुङको नियुक्तीसँगै परिषदको दोस्रो महाधिवेशन सकिएको ३ हप्ता भित्र पदाधिकारी चयन कार्यले पुर्णता पाएको छ । विश्वभर छरिएर रहेका गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाज, अन्तराष्ट्रीय समन्वय परिषद महाधिवेशन अक्टोबर १७ तारिखका दिन जुम प्रविधिको माध्यमबाट भएको थियो । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोे उक्त महाधिवेशनले युवा व्यवसायी विनय अधिकारीको नेतृत्वमा कार्य समिती चयन गरेको थियो । को हुन खनाल विराट बाबु खनाल गोरखा समाज जापानका सचिव हुन । गोरखा समाज जापानमा रहेर आफुलाई समाज सेवामा खरो उतार्न सफल खनाल अब्बल सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । सिंगो नेपाली समुदाय र गोर्खालीको पक्षमा विभिन्न माध्यमबाट आवाज ब...
सन्दीप लामिछाने आवद्ध दिल्ली इतिहासमै पहिलोपल्ट फाइनल प्रवेश :आईपीएल

सन्दीप लामिछाने आवद्ध दिल्ली इतिहासमै पहिलोपल्ट फाइनल प्रवेश :आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
कात्तिक २४ काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । तर, यस सिजनका लेग स्पिनर सन्दीपले खेल्ने मौका भने पाएनन् । अब दिल्लीले उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्ससँग भोलि फाइनल खेल्नेछ । ...