बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

स्वास्थ्य

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय पुगेको छ । विदेशमा १ सय ६० र नेपालमा ४० जनाको मृत्यु भएको छ । विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएर विदेशमा कूल मृत्यु १६० पुगेको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना र यूएईमा ५ जनाको निधन भएको हो । कतारमा ज्यान गुमाउने ८ जनामध्ये २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ । शनिवार साँझ सम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य समितिका संयोजक सापकोटाले डिसीनेपाललाई बताए । समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार विदेशमा जम्मा कोराना...
भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ९५ कोरोना संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ९५ कोरोना संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
नयाँ दिल्ली– भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय ९५ कोरोना संक्रमित थपिएका छन् । यो भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो तथ्यांक हो । पछिल्लो २४ घण्टामा भारतमा ६ सय ६ जनाले ज्यान गुमाएका छन् । यो संगै भारतमा कुल कोरोना संक्रमितको संख्या ९ लाख ६८ हजार ८ सय ७६ पुगेको छ । त्यहाँ अहिले ३ लाख ३१ हजार सक्रिय संक्रमितहरु छन् भने ६ लाख १२ हजार भन्दा बढी उपचारपछि ठिक भैसकेका छन् । भारतमा अहिलेसम्म २४ हजार ९ सय १५ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । ...
२४ घण्टामा ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

२४ घण्टामा ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

समाचार, समाज, स्वास्थ्य
काठमाडौं । नेपालमा मंगलबार ११६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा थप ११६ जनामा कोरोना देखिएको जानकारी दिएका हुन्। योसँगै नेपालमा कारोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ। जसमध्ये १० हजार ३२८ जना निको भएका छन्। २४ घण्टामा मात्रै ३४ जना निको भएका छन्। नेपालमा हालसम्म ६हजार ६९५ जना विभिन्न आइसोलसनमा रहेर उपचार गराइरहेका छन्। ...
लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि

लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि

समाज, स्वास्थ्य
ललितपुर- महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो। नर्सले आफू सङ्क्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए। सो फार्मेसीमा कार्यारत श्रेष्ठका दुई छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उनीहरुको रिपोट समेत कोरोना पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए। श्रेष्ठलगायत उनका नाती र बुहारी भने हाल होम क्वारेन्टाइनमा छन्। फार्मेसीमा कार्यरत जेठो छोरा र अर्का चिकित्सक भनिएका कान्छा छोरा भने हाल सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा ...
भरतपुर मेडिकल कलेजबाट अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा चार जना डाक्टर पक्राउ

भरतपुर मेडिकल कलेजबाट अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा चार जना डाक्टर पक्राउ

अपराध, समाचार, स्वास्थ्य
प्रहरीले चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरुलाई पक्राउ गरेको छ। स्रोतका अनुसार अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती लगायतका छन। प्रहरीले जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरि काठमाडौं ल्याउदैँ छ। यस विषयमा ब्युरोले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेको छ। सो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको स्रोतले जनाएको छ। सो मुद्दामा उनीहरु सम्लग्न भएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ। ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन। ...
कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप तीनको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप तीनको मृत्यु

समाचार, स्वास्थ्य
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई जनाको पाटन अस्पताल र एक जनाको केएमसी अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष १६ असारमा पाटन अस्पतालमा भर्ना भएका थिए । मिर्गौला रोगका विरामी उनी फोक्सोमा पानी जमेपछि अस्पताल पुगेका थिए । अस्पतालमा भर्ना भएको भोलिपल्ट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा २६ गते निधन भएको छ । पाटन अस्पतालमा नै सिन्धुपाल्चोक, पाँचपोखरी-६ का ४५ वर्षीय पुरुषको पनि निधन भएको छ । उनी क्षयरोगको उपचारका लागि १८ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा गरिएको परीक्षणमा २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो र २५ गते उनको निधन भएको छ । यस्तै केएमसी अस्पताल, सिनामंगलमा निधन भएका गोकर्णेश्वर-४ का ५४ वर्...
कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको मृत्यु

कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
रियो डे जानेरो- विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ । गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९ हजार १८४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४२ हजार १६९ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या १७ लाख ५५ हजार ७७९ पुगेको छ । ब्राजिलमा गत तीन दिनयता एक दिनमा १२ सय भन्दा बढीको मृत्यु र ४० हजार भन्दा बढी संक्रमित हुदै आएको छ । ...
कोरोना महामारीमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग

कोरोना महामारीमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग

समाचार, समाज, स्वास्थ्य
काठमाडौं, २५ असार - कोरोना भाइरसको महामारीको समयमा रोटरी क्लब अफ काठमाडौं मिड टाउन र पिए नेपालको संयुक्त आयोजनामा रोट्रयाक्ट क्लब अफ काठमाडौं मिड टाउनले सोर्हखुट्टे, काठमाडौं क्षेत्रका करिब ३ सय व्यक्तिको लागि खाना तयार पारेर वितरण गरेको छ । कार्यक्रमको मुख्य अभिप्राय नै सहयोग गर्ने भएकाले यसका लागि "हेल्पिंग हाण्ड" अर्थत "सहयोगी हात" नाम दिईएको छ । यस अन्तर्गत, स्वयंसेवकहरूले खाना तयार पार्ने, खाद्य पदार्थको प्याकेजिंग गर्ने र परिसर सफा गर्ने काम १० दिनसम्म गरेका थिए । यस कार्यलाई सफल पार्नेको लागि रोट्रयाक्ट क्लब अफ बुढानिलकण्ठ, रोट्रयाक्ट क्लब अफ काठमाडौं, रोट्रयाक्ट क्लब अफ कुपन्डोल, रोट्रयाक्ट क्लब अफ स्वयम्भु , रोट्र याक्ट क्लब अफ पीपुल्स क्याम्पस र रोट्रयाक्ट क्लब अफ काठमाडौं विश्वविद्यालय मेडिकल स्कूलको योगदान रहेको छ । रोट्रयाक्ट क्लब अफ काठमाडौं मिड टाउन धेरै किसिमका सामाजिक का...
ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरसबाट संक्रमित

ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरसबाट संक्रमित

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरस बाट संक्रमित भएका छन् । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ पाइएको बीबीसीले जनाएको छ । राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै हल्का रुपमा लिँदै आएका थिए । कोरोनालाई ‘सामान्य फ्लु’ भन्दै उनले संक्रमण फैलिन नदिन गरिने लकडाउनको पनि विरोध गर्दै आएका छन् । उनले सार्वजनिक स्थानमा जाँदा मास्क पनि लगाउँदैनथे । धेरै स्थानमा उनी विना सामाजिक दुरी र विना मास्कमा देखिएका छन् । गत आइतबार विदेशमन्त्री अर्नेस्टो अराउजोले सामाजिक सन्जालमा राखेको एक तस्वीरमा बोलसोनारो अन्य नेताहरुसँगै मास्क नलगाइ बसेको देखिएको छ । ब्रिसिलियास्थित अमेरिकी दूतावासमा लिइएको सो तस्वीरमा सामाजिक दुरी पनि पालना गरेको देखिँदैन । कोरोना संक्रमण फैलि...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच १२ बुँदे सहमति

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच १२ बुँदे सहमति

समाचार, समाज, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ । मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा.रोशन पोखरेल र सहप्रवक्ता डा.समिरकुमार अधिकारी र सत्याग्रही युवाका तर्फबाट बिन्ज्वाला श्रेष्ठ र डा.सन्तोष पौडेलबीच १२ बुँदे सहमति भएको हो । सहमतिसँगै अनशनरत युवाले अनशन तोड्न छन् । सहमतिअनुसार कोभिड–१९ को पहिचानका लागि आरडिटी प्रयोग स्थगित गरी पिसिआर विधिमात्र प्रयोग गरिने छ ।विदेशबाट नेपाल फर्किरहेका व्यक्ति, कोभिड १९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका, जोखिममा भएका स्वास्थ्य सेवाकर्मी, अत्यावश्यक सेवाकर्मी, श्वासप्रश्वाससम्बन्धी रोगका लक्षण देखा परेका, ज्वरो आएका, र स्वाद लिने वा गन्ध सुघ्ने शक्ति हराएकोजस्ता  कोभिड–१९ का कुनै पनि लक्षण देखा परेका व्यक्ति र पीसीआर परीक्षण गराइनुपर्ने चिकित्सकीय सुझाव पाएका सबै व्यक्तिको पिसिआर परीक्षण हुने छ । ...