शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

स्वास्थ्य

नेपालमा थप  २४ घन्टा ९०२ जनामा कोरोना पुष्टि

नेपालमा थप २४ घन्टा ९०२ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
भदाै २३ काठमाडाैं । मंगलबार थप ९०२ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।विगत २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।  ...
कोरोनाको संक्रमणबाट मुक्त हुनेहरुको संख्या २ करोड पुग्न लाग्यो

कोरोनाको संक्रमणबाट मुक्त हुनेहरुको संख्या २ करोड पुग्न लाग्यो

स्वास्थ्य
भदाै २३ काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट विश्वभर निको हुनेको संख्या १ करोड ९५ लाख ९४ हजार ७०१ पुगेको छ।कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ६४ लाख ८५ हजार ५७५ पुग्दा निको हुनेको संख्या भने ३७ लाख ५८ हजार ६२९ पुगेको छ। अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको भारतमा ४२ लाख ८४ हजार १०३ जनामा संक्रमण हुँदा निको हुनेको संख्या भने ३३ लाख २४ हजार ६० पुगेको छ।संक्रमणको तेस्रो स्थानमा रहेको ब्राजिलमा ४१ लाख ४७ हजार ७९४ जनामा संक्रमण हुँदा निको हुनेको संख्या ३३ लाख ५५ हजार ५६४ पुगेको छ। रसियामा १० लाख ३० हजार ६९० जना संक्रमित भएका छन् भने निको हुनेको संख्या ८ लाख ४३ हजार २७७ पुगेको छ।पेरुमा संक्रमितको संख्या ६ लाख ९१ हजार ५७५ छ भने निको हुनेको संख्या ५ लाख २२ हजार २५१ पुगेको छ। विश्वभर कोरोना भाइरसबाट २ करोड ७५ लाख ९१७ जना संक्र...
‘आवश्यक आइसोलेसन बनाउन महानगर तयार छ ’भरतपुर महानगरपालिकाकी मेयर

‘आवश्यक आइसोलेसन बनाउन महानगर तयार छ ’भरतपुर महानगरपालिकाकी मेयर

स्वास्थ्य
भरतपुर महानगरपालिकाले केहीदिन अघि भरतपुर १ मा आइसोलेसन स्थापना गरेको छ ।७५ शय्याको  उक्त आइसोलेसन हालका लागि पर्याप्त रहेको र आवश्यक परेको खण्डमा तत्कालै सोही स्थानमा थप गर्न सकिने भरतपुर महानगर प्रमुख मेयर रेनु दाहालले बताइन् । दुई सय शय्या सम्म थप्न सकिने उनको भनाइ छ । केहीदिन अघि भएको महानगरको ४६ औं पूर्ण बोर्ड बैठक कोरोना महामारीमा केन्द्रित रही आयोजना गरिएको थियो ।  भर्चुअल विधिबाट आयोजना गरिएको उक्त बैठकमा बोल्दै मेयर दाहालले महानगरबासीको स्वास्थ्य सुरक्षाको विषय महत्वपूर्ण भएकाले यसका लागि महानगरले कुनै पनि कसर बाँकी नराख्ने बताइन् । साथै उनले महामारीवीच काम गर्नका लागि महानगर टिम सशक्त लागि परेको बताइन् । बोर्ड बैठकले भरतपुर महानगर कोभिड १९ आइसोलेसन केन्द्र संचालन कार्यविधि पारित गरेको उनले बताइन् । आपुर्वेदिक र प्राकृतिक विधि अनुसार संक्रमितको उपचार चिकित्सालयम...
काठमाडौं महानगरपालिकामा ४ हजार कोरोना संक्रमित, ७ हजार कन्ट्याक्ट ट्रेसिङमा

काठमाडौं महानगरपालिकामा ४ हजार कोरोना संक्रमित, ७ हजार कन्ट्याक्ट ट्रेसिङमा

समाचार, स्वास्थ्य
भदाै २३ काठमाडौं। काठमाडौं महानगरपालिकामा करिव ४ हजार कोरोनाका संक्रमित भेटिएका छन्। महानगरको शहरी स्वास्थ्य महाशाखाले उपलब्ध गराएको विवरण अनुसार भदौ २० गतेसम्ममा ३ हजार ७ सय ६३ जना कोरोनाका संक्रमितहरु रहेका छन। यस्तै उक्त रिपोर्ट तयार पार्दासम्म २७ जनाले कोरोनाका कारण ज्यान समेत गुमाएका छन्। काठमाडौं महानगरपालिका भित्रका ३२ वटा वडा मध्ये सबैभन्दा बढी वडा नं. १५ स्वयम्भूमा ३ सय १५ जना कोरोनाका संक्रमितहरु भेटिएका छन्। यस्तै वडा नम्बर १६ बालाजुमा २ सय ६७ जनामा कोरोना संक्रमण भएको छ। ४१४ जना ठेगाना नखुलेकाहरु पनि काठमाडौं महानगरभित्र बसोबास गर्ने कोरोनाका संक्रमितहरु भेटिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वडा नं १ नक्सालमा १ सय, वडा नं २ लाजिम्पाटमा ३१ जना, वडा नं. ३ महाराजगञ्जमा २२९ जना, वडा नं ४ धुमबराहीमा १२० जना, वडा नं. ५ हाडीगाउँमा ६७ जना, वडा नं ६ वौद्धमा ५४ जना, वडा नं....
रुसले बनाएकाे कोरोना भाइरस विरुद्धको खोप भारतमा पनि परीक्षण गरिने

रुसले बनाएकाे कोरोना भाइरस विरुद्धको खोप भारतमा पनि परीक्षण गरिने

अन्तराष्ट्रिय, स्वास्थ्य
भदाै २३ । रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ ।स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् (युएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको हो ।यो खोपको पहिलो र दास्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उहाँले बताउनुभयो । यो परीक्षणको नतिजा आगामी अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने उहाँले जानकारी दिनुभयो ।सो कोषले गत अगस्ट ११ मा यो खोप विकास गरिएको घोषणा गरेको थियो । सो घोषणासँगै विश्वभरी आशा र खुशीयाली छाएको थियो ।अहिलेसम्मको परीक्षणमा सकारात्मक नतिजा आएकाले यो खोप उपय...
कोरोनाकाे प्रकोप अनि फिजियोथेरापि

कोरोनाकाे प्रकोप अनि फिजियोथेरापि

शिक्षा, स्वास्थ्य
भदाै २३ काठमाडाैं । आज सेप्टेम्बर ८ तारिक, विश्व भरका फिजियोथेरापिष्टहरुले विश्व फिजियोथेरापि दिवसका रुपमा मनाउँदै आइरकेका छन् । प्रत्येक वर्ष झै यस वर्ष डब्लु सीपीटीले यो दिवस मनाउनका लागि रिह्याविटेशन आफटर कोभिड भन्ने थिम दिएको छ । फिजियोथेरापि भनेको एक उपचार पद्धती जसले उचित शारीरिक क्षमता मुल्याङ्कन गरी मानिसको जिवनस्तर (क्वालिटी अफलाइफ) उकास्नका लागि मद्दत गर्दछ । यसले विभिन्न रोग लाग्नबाट रोकथामका साथै बचाउन र लागि सकेकालाई त्यस समस्याबाट बाहिर निस्कन र जसको विभिन्न रोगका कारण शारिरीक र मानसिक कमजोरी भई दैनिक क्रियाकलाप गर्न कठिन छ, त्यस्ता व्यतिहरुलाई पुनस्र्थापना गरी दैनिकीलाई सहज र सक्षम बनाउन मद्दत गर्दछ । तर आज यो समय सम्म आईपुग्दा जन मानसमा फिजियोथेरापि उपचार पद्धतीका बारेमा त्यती राम्रो ज्ञान भएको पाइँदैन । साधारण मानिस मात्र नभई कतिपय स्वास्थ्यकर्मीहरुलाई पनिफिजियोथेरापिक...
कोरोना भाइरसबाट संक्रमित भए स्टार खेलाडी केलियन एमबाप्पे

कोरोना भाइरसबाट संक्रमित भए स्टार खेलाडी केलियन एमबाप्पे

अन्तराष्ट्रिय, स्वास्थ्य
भदाै २२ काठमाडाैं । युवा स्टार खेलाडी केलियन एमबाप्पे कोरोना भाइरसबाट संक्रमित भएका छन् । फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) का खेलाडी एमबाप्पेमा संक्रमण पुष्टि भएको हो । उनमा संक्रमण देखिएपछि युरोपियन नेशन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ । गएको हप्ता पिएसजीका ६ खेलाडीमा संक्रमण देखिएको थियो ।एमबाप्पेमा पनि संक्रमण देखिएपछि लिग वानको सिजन पनि अन्यौलमा आएको छ। २१ वर्षका एमबाप्पेले नेशन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सलाई जिताउने क्रममा एक गोल गरेका थिए । एमबाप्पेलाई सोमबारदेखि टिमका खेलाडीबाट पर राखिएको थियो र त्यसपछि घर पढाइएको छ । ...
कोरोनाबाट पत्रकारको मृत्यु

कोरोनाबाट पत्रकारको मृत्यु

स्वास्थ्य
भदाै २२ काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । कपिलवस्तुका ६२ वर्षीय एक पत्रकारको कोरोनाबाट सोमाबार मुत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पाैड्यलले जानकारी दिए । मृत्युपछि उनको स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको र साझा रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।उनको शव व्यवस्थापन लागि अहिले लागि रहेको उनले बताए । ...
फेरि बढे कोभिड १९ सङ्क्रमित बेलायतमा

फेरि बढे कोभिड १९ सङ्क्रमित बेलायतमा

अन्तराष्ट्रिय, स्वास्थ्य
भदाै २२ । बेलायतमा फेरि पनि कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्न थालेको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा निकै धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ गएको मे महिनाको २२ तारिखका दिनमा ३ हजार २८७ जना सङ्क्रमित देखिएका थिए । त्यसपछि यति ठूलो संख्या आइतबार त्यहाँ नयाँ सङ्क्रमितहरु थपिएका बताइएको छ । यहाँ अहिलेसम्मका सङ्क्रमितको संख्या ३ लाख ४७ हजार १५२ जना पुगेको छ । यहाँ यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५५१ जना पुगेको बताइएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट हानकोकले आइतबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक भएको बताए । उनले केही समययता देखि यहाँ सङ्क्रमित...
उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि

उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि

स्वास्थ्य
भदाै २२ काठमाडाैं । उपत्यकामा पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २९३, भक्तपुरमा १३ र ललितपुरमा २० जनामा संक्रमण पुष्टि भएको हो।आइतबार उपत्यकामा ३५४ जनामा कोरोना पुष्टि भएको थियो। ...