शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

स्वास्थ्य

सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

समाचार, स्वास्थ्य
सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो। केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उहाँले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए। कोरोना महामारी नियन्त्रणमा खटिँदै आउनुभएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन्। उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए। “अहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ”, उनले भने, “उच्च मनोबलका साथ तातोपानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु।” अध्यक्षलाई सङ्क्रमण देखिनेबित्तिकै उनको नजिकको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसेका छन्। उनीहरुको स्वाब सङ्कलन गर्ने र एक साता गाउँपालिक...
डब्लुएचओले पहिलोपटक कोरोना अन्त्यबारे आशा जगाउने दियो यस्तो संकेत

डब्लुएचओले पहिलोपटक कोरोना अन्त्यबारे आशा जगाउने दियो यस्तो संकेत

स्वास्थ्य
भदाै २४ काठमाडौ । कोरोना महामारीले मानव जाति पीडित र भयभीत भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहिलोपटक आशा जगाउने कुरा गरेको छ । विश्वभर कोरोनाबाट झन्डै साढे ७ लाख मानिसको मृत्यु तथा दुई करोडभन्दा बढी संक्रमित भइसकेको भए पनि डब्लुएचओले यो महामारी अन्त्य हुने आशा अझै बाँकी रहेको जनाएको हो । डब्लुएचओले विश्वलाई पीडित बनाइरहेको कोरोना महामारी अन्त्यका लागि कडा कदम उठाउन अझै ढिला भइनसकेको बताएको छ । यसका प्रमुख डा। टेड्रोस एडहनम गिब्रेयससले एक पत्रकार सम्मेलनमा भने, ‘म स्पष्ट भन्न चाहन्छु कि अझै आशाको किरण बाँकी छ । यस महामारीको अन्त्य गर्न अझै ढिला भइसकेको छैन ।’ तर यस विषयमा उनले यसभन्दा बढी केही बताएका छैनन्। खोपको सबैमा पहुँच सुनिश्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पु¥याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्...
कोरोनाबाट थप ६ जनाको मृत्यु

कोरोनाबाट थप ६ जनाको मृत्यु

स्वास्थ्य
भदाै २४ काठमाडाैं । नेपालमा कोरोना संक्रमण (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका डा जागेश्वर गौतमले बताए । यस्तै कास्कीमा ७३ वर्षीया महिला, अर्घाखाँँचीमा ४२ वर्षीय पुरुष, बाँकेमा ८० वर्षीया महिला र नवलपरासीमा ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।  ...
उपत्यकामा थपिए ४६४ संक्रमित, २ जनाको मृत्यु

उपत्यकामा थपिए ४६४ संक्रमित, २ जनाको मृत्यु

स्वास्थ्य
भदाै २४ काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनसार आज उपत्यकाका तीन जिल्लामा १४५ महिला र ३१९ पुरुष गरी थप ४६४ कोरोना संक्रमित थपिएका हुन्। आज काठमाडौंमा ३९४ (१०४ महिला, २९० पुरुष), भक्तपुरमा ३६ (२० महिला, १६ पुरुष), ललितपुरमा ३४(२१ महिला, १३ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज काठमाडौंमा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८३ वर्षिया महिला र ६७ वर्षिय पुरुष रहेका छन्। उपत्यकामा मंगलबार ३९६जनामा कोरोना पुष्टि भएको थियो। आज देशभर एक हजार ८१ जनामा कोरोना संक्रमण देखिएको छ। ...
थप १ हजार ८१ मा कोरोना संक्रमण पुष्टि

थप १ हजार ८१ मा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।आज ११ हजार १६७ पीसीआर परीक्षण गरिएको थियो। ...
काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु

स्वास्थ्य
भदाै २४ काठमाडौं । काठमाडौंमा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ।जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ। काठमाडौं विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो।भर्ना गर्दै उनको स्वास्थ्य जटिल रहेको र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।मंगलबार नै उनको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। मृतक पुरुष मधुमेह, रक्तचापका विरामी रहेको अस्पतालले जनाएको छ। ...
एकाबिहानै १८ महिने बालकसहित ११ जना कोरोना संक्रमित चितवनमा थपिए

एकाबिहानै १८ महिने बालकसहित ११ जना कोरोना संक्रमित चितवनमा थपिए

स्वास्थ्य
भदाै २४ चितवन- चितवनमा बुधबार बिहानै ११ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित थपिनेमा भरतपुर महानगरपालिकाका ९ र माडीका २ जनामा कोरोना संक्रमण देखिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले बताइन् । भरतपुर अस्पताल प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा ११ जना थपिएका हुन् । कोरोना पोजेटिभ देखिनेहरू १८ महिने बालकदेखि ५४ बर्ष सम्मका छन् । मंगलबार राति १२ बजेसम्म २५७ वटा नमुना परीक्षण गरिएकोमा सिन्धुपाल्चोकका एक जनासहित १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरुको स्वाब भरतपुर अस्पताल स्वाब संकलन केन्द्र र पुरानो मेडिकल कलेज तथा माडीमा क्वारेन्टिनबाट संकलन गरिएको थियो। ...
पर्सा, बारा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा, बारा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा ४ वर्षका बालक देखि ६७ वर्ष उमेर समूहका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार राती गरिएको परीक्षणमा पर्सा, बारा र रौतहट जिल्लाका गरि थप ३७ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। संक्रमण देखिनेमा पर्साका ६, बाराका ९ र रौतहटका २२ जना रहेका चौरसियाले बताए । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा दुईजना, २८ र ३२ मा एक एक जना, पटेर्वा सुगौली गाउँपालिकामा एक र चैनपुरमा एक जनामा संक्रमण देखिएको छ। बाराको कलैया उप महानगरपालिकामा दुईजना, जितपुर सिमरा २ मा एक, बारागढी गाउँपालिकामा एक, कोल्हवी नगरपालिकामा तीन र इलाका प्रहरी कार्यालय बारागढीका एक जनामा संक्रमण देखिएको छ। यस्तै रौतहटको दुर्गा भगवती गाउँपालिका ५ मा २२ जनामा कोरोना पुष्टि भएको छ। ...
कोरोना संक्रमणकाे लक्षण  छैन कांग्रेस महामन्त्री शशांक कोइरालालाई

कोरोना संक्रमणकाे लक्षण छैन कांग्रेस महामन्त्री शशांक कोइरालालाई

स्वास्थ्य
भदाै २३ काठकाडाैं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ।‘उहाँलई कोरोना संक्रमण पुष्टि भएको अनौपचारिक जानकारी आयो,’ कोइरालाका सहयोगी भरत तिवारीले नेपालखबरसँग भने, ‘उहाँलाई कुनै समस्या छैन, रुघाखोकी, ज्वरो केही छैन, कोरोना आशंका गरिएपछि तातो पानी पिउनुभएको छ।’ कहाँबाट सरेको हो भन्ने थाहा नभएको उनले बताए।‘हामी चार दिनअघि मेरियट्स होटल गएका थियौं, त्यसयता घरमै छौं,’ तिवारीले भने,  ‘उहाँ स्वस्थ हुनुहुन्छ।’ ...
एकैदिन २२ सय ८७ जना कोरोना संक्रमित निको भए

एकैदिन २२ सय ८७ जना कोरोना संक्रमित निको भए

स्वास्थ्य
भदाै २३ काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २८७ कोरोना संक्रमित निको भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरबाट थप २ हजार २८७ कोरोना संक्रमित निको भएका हुन्। यो निको हुनेमध्येको अहिलेसम्मकै उच्च संख्या हो। आज थप ९०२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ।गौतमले कुल संक्रमितमध्ये ६८ प्रतिशत निको भएको बताए। ...