आँखाको समस्याबाट पीडित बिरामीका लागि ज्यादै महत्वपूर्ण उपचार
स्वस्थ आँखा तथा सामान्य दृष्टिका लागि आँसु ज्यादै महत्वपूर्ण हुन्छ।
आँखाको नानीको बाहिरी सतहमा (प्रि कर्नियल) आँसुको पातलो सतह (टियर फिल्म) ले लेन्सको काम गरी सामान्य दृष्टि (नर्मल भिजन) बनाउन मद्दत गर्छ। आँसुका तीन सतह हुन्छन्: ‘लिपिड’ सतह, ‘एक्वियस’ सतह र ‘म्युकिन’ सतह।
आँसु उत्पादन गर्ने विभिन्न ग्रन्थीको समस्याले उत्पादन क्षमतामा कमी तथा सामान्य गुणस्तरको आँसु बन्न नसक्दा आँखा सुख्खा हुने समस्या आउँछ।
यस्तै, गर्मी मौसममा तापक्रम वृद्धिसँगै हुरिबतास चल्ने तथा वायुमण्लमा धुलो, धुँवाको मात्रा बढ्ने हुनाले आँसु चाँडै बाफ बनेर उडेर जान्छ र आँखा रातो भई पोल्ने र चिलाउने गर्छ।
अत्यधिक वायुप्रदूषणले गर्दा धुलोका कण तथा रसायन छिरेर आँखाको नानीमा टाँसिन्छ। जसले गर्दा आँखामा अप्ठेरो महसुस हुन्छ र संक्रमण हुन सक्छ।
पैदल यात्रु, सडकमा कार्यरत कर्मचारी, मोटरसाइकल चालक आदि यो समस्याबा...









