आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

काठमाडौं उपत्यकामा थप एक हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप एक हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा थप एक हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।जसमध्ये ५ सय ६९ जना महिला छन् भने बाँकी ७८८ जना पुरूष हुन्। काठमाडौंमा ६१ हजार ८ सय ५५ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४४ हजार ७ सय ४६ जना निको भइसकेका छन् भने २१९ जनाको मृत्यु भएको छ। यस्तै, १६ हजार ८ सय ९० जना संक्रिय संक्रमित छन्। यसैगरी, भक्तपुरमा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ४४८२ जना निको भइसकेका छन् भने ६६ जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित ११५१ जना छन्। त्यस्तै, ललितपुरमा ८७९४ जना कोरोना संक्रमित छन्। त्यसमध्ये ६४३१ जना निको भइसकेका छन् भने ६० जनाको मृत्यु भएको छ। संक्रिय संक्रमित २३०३ छन्। ...
गत २४ घण्टामा विश्वमा ५ लाख ७३ हजार ५ सय ९ कोरोनाका संक्रमित थपिए

गत २४ घण्टामा विश्वमा ५ लाख ७३ हजार ५ सय ९ कोरोनाका संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
गत २४ घण्टामा अमेरिकामा १ लाख १ हजार बढी कोरानोका संक्रमितहरु थपिएका छन्। अथ्यांक अनुसार अमेरिकामा कोराना संत्रमित हुनेको संख्या ९३ लाख १६ हजार १ सय भन्दा धरै रहेको छ। अमेरिकामा १ लाख १ हजार कोरोनाका संक्रमित थपिएसँगै विश्वमा एकैदिनमा ५ लाख ७३ हजार ५ सय ९ कोरोनाका विरामीहरु थपिएका हुन्। गत २४ घण्टामा अमेरिकापछि फ्रान्समा सबैभन्दा धेरै कोरोनाका संक्रमितहरु थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार फ्रान्समा ४९ हजार २ सय १५ जना कोरोनाका विरामीहरु थपिएका हुन्। योसँगै फ्रान्समा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ लाख ३१ हजार ९ सय बढिरहेको छ। भारतमा पछिल्ला केहीदिन यता कोरोना संक्रमित हुनेको संख्या घट्दो छ। गत २४ घण्टामा भारतमा ४८ हजार १ सय २० कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८१ लाख ३६ हजार १ सय बढीरहेको छ। हालसम्म भारतमा कोरोनाका कारण १ लाख ...
भक्तपुरमा अहिलेसम्म होम आइसोलेसनमा रहेका ६ कोरोना संक्रमितको मृत्यु

भक्तपुरमा अहिलेसम्म होम आइसोलेसनमा रहेका ६ कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकामा आज बिहान ती महिलाको होम आइसोलेसनमै मृत्यु भएको हो । भक्तपुरमा अहिलेसम्म होम आइसोलेसनमा रहेका ६ कोरोना संक्रमितको मृत्यु भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए । त्यस्तै भक्तपुर अस्पतालमा कोरोना संक्रमित ७९ वर्षीय एक पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् । भक्तपुर नगरपालिका–१ चुनदेवी बस्ने पुरुषमा गत असोज २३ गते कोेरोना संक्रमण पुष्टि भएको थियो । दुवै शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ । भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७१ जनाको मृत्यु भएको मिजारले जानकारी दिए । रासस ...
स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा लागू गरौं :डा.डिआर उपाध्याय

स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा लागू गरौं :डा.डिआर उपाध्याय

समाचार, स्वास्थ्य
कोरोना भाइरसबाट बच्ने उपाय भनेकै सावधानी अपनाउनु हो कोरोना भाइरसले हालसम्म विश्वका धेरै मानिसको ज्यान लिइसकेको छ। भाइरसलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन कुनै देशले सकेका छैनन् । विश्वव्यापी रूपमा फैलिरहेको यो भाइरस प्रभावले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन। यो भाइरसलाई प्राणघातक भाइरससमेत भनिन्छ। कोभिड– १९ को उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीमा संक्रमणको जोखिम उच्च देखिएको छ । यो भाइरसबाट बच्ने सबैभन्दा महत्वपूर्ण र आधारभूत उपाय भनेकै सावधानी अपनाउनु हो। यसबाट बच्न सकिने उपाय भनेको सरसफाइमा ध्यान दिनु पर्छ । मास्क प्रयोग गर्न छोडनु हुदैन । हातले नाक, मुख र ऑखा छुनु हुदैन । बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुनु पर्छ । पोसिलो खानेकुरा खानु पर्छ । माछा, मासु राम्रोसँग पकाएर खानु पर्छ । भीडभाडमा सावधानी अपनाउनु पर्छ । सामाजिक दूरी कायम गर्नु पर्छ । संक्रमित तथा रुघा...
विश्वमा हालसम्म चार करोड ५३ लाख एक हजार एक सय ९१ जना संक्रमित,११ लाख ८५ हजार ६ सय ३२ जनाको मृत्यु

विश्वमा हालसम्म चार करोड ५३ लाख एक हजार एक सय ९१ जना संक्रमित,११ लाख ८५ हजार ६ सय ३२ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वमा हालसम्म चार करोड ५३ लाख एक हजार एक सय ९१ जना संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ११ लाख ८५ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ । विश्वमा हालसम्म तीन करोड २९ लाखभन्दा बढी कोरोना भाइरस संक्रमित निको भएका छन् । शुक्रबार बिहानसम्ममा विश्वभरका तीन करोड २९ लाख ६४ हजार आठ सय ७२ जना कोरोनामुक्त भएका हुन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ९२ लाख सात हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये ५९ लाख ७१ हजारभन्दा बढी निको भइसकेका छन् । त्यहाँ अहिले पनि ३० लाखभन्दा बढी मानिस संक्रमित अवस्थामै छन् । अमेरिकामा कोरोना संक्रमणबाट हालसम्म दुई लाख ३४ हजार एक सय १४ जनाको मृत्यु भइसकेको छ । भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८० लाख ८८ हजारभन्दा बढी पुगेको छ । त्यहाँ अहिले पनि पाँच लाख ९५ हजार मानिस संक्रमित...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६१५ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६१५ जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६१५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना संक्रमित थपिएका हुन्। योसँगै काठमाडौंमा १६ हजार ५२१, भक्तपुरमा १ हजार ७५ र ललितपुरमा २ हजार ४७० जना संक्रिय संक्रमित रहेका छन् ।
सरकारले अब हप्ताको दुई दिन आइतबार र बुधबार मात्रै कोरोनाभाइरस संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने

सरकारले अब हप्ताको दुई दिन आइतबार र बुधबार मात्रै कोरोनाभाइरस संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने

समाचार, स्वास्थ्य
सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोनाभाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए। दशैंका लागि उक्त ब्रिफिङ ५ दिनसम्म स्थगित गरिएको थियो। अरू बार वेवसाइट र अरू विभिन्न माध्यमबाट संक्रमणको अवस्थाबारे जानकारी दिइने गौतमले बताए। सरकारले गत चैत ११ गते लकडाउन गरेदेखि दैनिक सवा ४ बजेतिर कोरोना ब्रिफिङ गर्दै आएको थियो। उक्त ब्रिफिङमा संक्रमितको संख्यामात्रै भन्ने गरिएको भन्दै आलोचना भइरहेको थियो। स्वास्थ्य मन्त्रालयले भने ब्रिफिङमा महत्वपूर्ण सूचनासँगै विभिन्न विज्ञहरूलाई बोलाएर विभिन्न रोगबारे छलफल गर्ने गरेको थियो। ...
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५४ जना,काठमाडौं उपत्यकामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५४ जना,काठमाडौं उपत्यकामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । पछिल्लो २४ घण्टामा थप २९८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् । संक्रमणका कारण ११ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८ सय ८७ पुगेको छ। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८४३ जनामा...
नेपालमा कोरोनामुक्त हुने दर ७४.१ प्रतिशत नाघेको छ,एक लाख १८ हजार आठ सय ४३ जना कोरोनामुक्त

नेपालमा कोरोनामुक्त हुने दर ७४.१ प्रतिशत नाघेको छ,एक लाख १८ हजार आठ सय ४३ जना कोरोनामुक्त

समाचार, स्वास्थ्य
नेपालमा कोरोनामुक्त हुने दर ७४.१ प्रतिशत नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार आठ सय ४३ जना कोरोनामुक्त भएका छन्। प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार चार सय ७८, बागमतीमा ५७ हजार नौ सय ५५, गण्डकीमा पाँच हजार सात सय ६०, लुम्बिनीमा १४ हजार पाँच सय १०, कर्णालीमा चार हजार ६ सष २० र सुदूरपश्चिममा आठ हजार चार सय ९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा तीन हजार एक सय ६८ जना कोरोनामुक्त भएका छन्। देशभर मंगलबार पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार सात सय २५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। काठमाडौंमा दुई सय २५, भक्तपुरमा चार र ललितपुरमा २३ संक्रमित थपिएका छन् । प्रदेश १ मा ३५, प्रदेश २ मा १५, बागमतीमा दुई सय ७३, गण्डकीमा ८० र लुम्बिनीमा एक सय ६७ जनामा संक्रमण पुष्टि भएको छ। कर्...
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ४० लाख,तीन करोड १० लाख २३ हजार ३३३ जना निको भए,११ लाख ६७ हजारले ज्यान गुमाए

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ४० लाख,तीन करोड १० लाख २३ हजार ३३३ जना निको भए,११ लाख ६७ हजारले ज्यान गुमाए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ४० लाख पुगेको छ। तीमध्ये तीन करोड १० लाख २३ हजार ३३३ जना निको भएका छन् भने हालसम्म ११ लाख ६७ हजारले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजार १६४ जना नयाँ संक्रमित थपिएका छन्। सबैभन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा ८९ लाख ७९ हजार ३६० जना संक्रमित भएका छन्। तीमध्ये २ लाख ३१ हजार ३४४ जनाको मृत्यु भएको छ। अमेरिकामा ५८ लाख ४३ हजार ३०३ जना निको भएका छन्। दोस्रो नम्बरमा रहेको भारतमा ७९ लाख ७८ हजार ९७२ जना संक्रमित पुगेका छन् । ती मध्ये १ लाख १९ हजार ८७१ जनाको मृत्यु भएको छ भने भारतमा ७२ लाख ४२ हजार ९९५ जना निको भएका छन्। तेस्रो नम्बरमा रहेको ब्राजीलमा ५४ लाख १५ हजार ६७१ जना संक्रमित पुगेका छन् भने त्यहाँ १ लाख ५७ हजार ५२८ जनाको मृत्यु भएको छ। ब्राजीलमा ४८ लाख ६५ हजार ९३० जना निको भएका छन्। चौथो नम्बरमा रहेको रुसमा ...