आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३३७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार४३ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ । अहिलेसम्म नेपालमा १६ लाख ७० हजार ४५६ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६२९ रहेको छ । ...
कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको निधन

कोरोना भाइरसको संक्रमणबाट वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको निधन

समाचार, स्वास्थ्य
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालले एक अर्का वरिष्ठ चिकित्सक गुमाएको छ। वरिष्ठ चिकित्सक डा.ध्रुव शर्मा मुडभरीको शनिवार उपचारको क्रममा निधन भएको हो। काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा वरिष्ठ चिकित्सक शर्माको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। लामो समयदेखि ओम अस्पतालमा कार्यरत शर्मालाई केहीदिनअघि कोरोना संक्रमण भएको थियो। ओम अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्मा नेपालका वरिष्ठ सर्जन थिए। डा.मुडभरीको निधनमा ओम अस्पतालले अभिभावक गुमाएको भन्दै दुःख व्यक्त गरेको छ। ...
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८९९जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८९९जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा आठ हजार १४४ नमूना परीक्षण गर्दा थप एक हजार ६७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा मात्रै ८९९ सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६३९ पुगेको छ। हालसम्म कोरोनाका कारण एक हजार ३०५ जनाको मृत्यु भएको छ। तीमध्ये एक लाख ९३ हजार ३२५ सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर २४ हजार नौ सक्रिय सङ्क्रमित छन्। सत्र हजार २०६ जना होम आइसोलेसनमा छन्। तीन सय ३६ जनाको आइसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौँमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९, काभ्रेमा ५६, तनहुँमा ४४, कैलालीमा ४०, बाँकेमा ३९, कास्कीमा ७५, चितवनमा ६१, झापा र रुपन्देहीका ५७/५७, कपिलवस्तु र नवलपरासीमा ३३र३३, नवलपुरमा २८, मकवानपुरमा २५ र पाल्पाका १९ जना कोरो...
औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगायो

औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगायो

समाचार, स्वास्थ्य
औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानी पु¥याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो। बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाउन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए। उनका अनुसार सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ। यसैगरी मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका ...
स्वास्थ्य मन्त्रालयले पिसिआर रिपोर्टको गुणस्तर जाँच्न गर्न छानबिन समिति गठन

स्वास्थ्य मन्त्रालयले पिसिआर रिपोर्टको गुणस्तर जाँच्न गर्न छानबिन समिति गठन

समाचार, स्वास्थ्य
केही यात्रुको पिसिआर रिपोर्टमा देखिएको समस्याले नेपाल एयरलाइन्सको उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ। मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले डाक्टर मुकुन्द शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा डा. अमृत पोखरेल र बलराम गौतम सदस्य छन्। काठमाडौंका केही अस्पताल र निजी प्रयोगशालाबाट कोरोना परीक्षण गरी विदेश उडेका यात्रुमा उता फेरि जाँच्दा पोजेटिभ रिपोर्ट आएपछि सरकारले छानबिन गर्न लागेको हो।  यो समस्याले हङकङ, युएईसहित केही देशमा उडान रोकिएपछि  नेपाल एयरलाइन्सले सरकारी प्रयोगशालामा परीक्षण गरेकालाई मात्र उडान अनुमति दिने भएको छ। ...
सुरक्षित खानपानका लागि डब्लुएचओको ५  टिप्स

सुरक्षित खानपानका लागि डब्लुएचओको ५ टिप्स

समाचार, स्वास्थ्य
११ महिनादेखि फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणका कारण मानिसहरु अहिले पनि त्रसित छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सबै क्षेत्र ठप्पप्राय छ । यसैका कारण मानिसहरुको आनीबानी, खानपान र अन्य विभिन्न आचरणमा समेत परिवर्तन आएको छ । कामकाजदेखि सरसफाइ र खानपान जस्ता कुराहरुमा मानिसहरुले सुरक्षित तौरतरिका अपनाउन थालेका छन् । यसैबीच सरससफाइ, स्वास्थ्य, खानपान तथा स्वच्छता मानिसको प्राथमिकता भएका कारण सुरक्षित खानपानका लागि ५ वटा टिप्स विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको छ ।  १. सधैं स्वच्छ रहनुस् । खाना पकाउनुअघि तथा पकाइरहँदा पनि हात धुनुस्।शौचालय गएपछि हात राम्रोसँग धुनुस्।खाना बनाउने ठाउँ (किचेन), चुल्हो तथा भाँडाकुँडा राम्रोसँग सफा गर्नुस् र सेनिटाइज पनि गर्नुस्।किचेनलाई किरा- फट्यांग्रा तथा घरपालुवा जनावरको पहुँचबाट टाढा राख्नुस्। २. नपकाइएको खाने...
कोरोना संक्रमणका कारण दुईजना वरिष्ठ चिकित्सकहरुको निधन

कोरोना संक्रमणका कारण दुईजना वरिष्ठ चिकित्सकहरुको निधन

समाचार, स्वास्थ्य
कोरोना संक्रमणका कारण दुईजना वरिष्ठ चिकित्सकहरुको निधन भएको छ। स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनील झाको आइतबार राति कोरोनाका कारण निधन भएको जनाएको छ। यस्तै नेपाल बर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डा.नारायणबहादुर थापाको निधन भएको छ। दुबैजना कोरोनाका विरामीको उपचार गर्दागर्दै आफै संक्रमित बन्न पुगेका थिए। स्वास्थ्य मन्त्रालयले दुई चिकित्सकको मृत्युले राष्ट्रलाई अपुरणीय क्षति भएको जनाएको छ। ...
पछिल्लो २४ घण्टामा थप १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा थप १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ । पछिल्लो २४ घण्टामा २७ सय ९८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २२१ पुगेको छ। यस्तै हालसम्म १ हजार २१ जना क्वारेन्टिनमा रहेका छन् । कोरोनबाट निको हुने प्रतिशत ८२.७ रहेको छ। ...
पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४ हजार २४२ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ । पछिल्लो २४ घण्टामा २३ सय ४९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार १८९ पुगेको छ। यस्तै हालसम्म ९७४ जना क्वारेन्टिनमा रहेका छन् । ...
सरकारी अस्पताल तथा प्रयोगशालामा कोरोना उपचार तथा परीक्षण निःशुल्क हुने:स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

सरकारी अस्पताल तथा प्रयोगशालामा कोरोना उपचार तथा परीक्षण निःशुल्क हुने:स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताल तथा प्रयोगशालामा कोरोना उपचार तथा परीक्षण निःशुल्क हुने जनाएको छ। बुधबार मन्त्रालयका प्रवक्ता डा‍ जागेश्वर गौतम सरकारले सूचीकृत गरेको सरकारी अस्पताल तथा प्रयोगशालामा कोरोना उपचार तथा परीक्षण निःशुल्क हुने बताए। यसअघि सरकारले आफ्नै खर्चमा उपचारमा गर्नुपर्ने निर्णय गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो। सर्वोच्च अदालतले समेत कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्नु भनि आदे शदिएपछि मन्त्रिपरिषद्ले समेत कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो। ‘लक्षण वा चिन्ह देखिएका सरकारी प्रयोगशाला र अस्पतालमा कोरोनाका बिरामीको परीक्षण र उपचार निःशुल्क गरिने छ,’ डा. गौतमले भने, ‘तर, उल्लेखित व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएको सबै परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोरिने छ।’ सक्षम, इच्छुक र योगदान गर्न...