बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

समाज

सामूहिक हत्यामा संलग्न रहेको आरोपीत झपेन्द्रले माधवलाई दिएका थिए ज्यान मार्ने धम्की

सामूहिक हत्यामा संलग्न रहेको आरोपीत झपेन्द्रले माधवलाई दिएका थिए ज्यान मार्ने धम्की

अपराध, समाचार, समाज
रुपन्देहीको तिलोतमा नगरपालिका–१० मैनहियामा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका झपेन्द्र सिंजालीको पशु फार्मका माधव मुसहरसँग झगडा भएको खुलेको छ । जेठ १४ गते ज्यान गुमाएका मुसहर र झपेन्द्रबीच गंगादेवी पशु फार्ममै झगडा भएको र झगडा गर्ने क्रममा झपेन्द्रले ज्यान मार्ने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । हत्या गरिएकाहरुमा ४० वर्षीय माधवसहित, उनकी श्रीमती जानकी मुसहर ३७ बर्ष, कोषराज मुसहर १४ वर्ष, करण चौधरी १७ वर्ष र आशिष चौधरी १७ वर्षमा रहेका छन् । पोषराजलाई माधवले धर्मपुत्रको रुपमा पालेको पाइएको छ । घटनामा मृत्यु भएका सबै तिलोत्तमा नगरपालिकाकै हुन् । हत्यामा संग्लन सिँजाली भने सुर्खेका रहेको बुझिएको छ । करण र आशिषबाहेक अन्य तीनजना भैँसीफार्ममा काम गर्दै आएका थिए । करण र आशिष कामदार नभएर फर्ममा बस्न गएका रुपन्देहीका प्रहरी प्रमुख हेम बहादुर थापाले ब...
नवराज बिक ‘हत्याकाण्डको दोषीलाई  कड़ा कारवाहिको माग गर्दै सामाजिक न्यायको लागि जनआवाजको र्याली

नवराज बिक ‘हत्याकाण्डको दोषीलाई कड़ा कारवाहिको माग गर्दै सामाजिक न्यायको लागि जनआवाजको र्याली

समाचार, समाज
१४ औ छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिनको अवसरमा बुधवार रुकुम घटनामा मारिएका नमराज बिक लगाएत ६ जना को हत्याकाण्डको दोषीलाई कारवाहिको माग गर्दै काठमाडौंको चाबहिल चोकमा सामाजिक न्यायको लागि जन आवाज चर्कियो । पश्चिम रुकुमको चौरिजहारीमा भएको नवराज बिक ‘हत्याकाण्डको दोषीलाई कड़ा भन्दा कड़ा कारवाहिको माग गर्दै कपनबाट सुरु गारियको र्याली काठमाडौं चाबहिलमा गयर कोण सभा मा परिणत भएको थियो । सामाजिक न्यायको लागि जन आवाजको नेतृत्व गेरेका महिन्द्र सुनार ,जन युद्धका एक बिर्कट कमान्ड ,अमर बिक, जनजाति प्रतिष्ठानको सदस्य लम्जम शेर्पा ,दलित आयोग का पुर्व सदस्य सचिव सिताराम घले परियार एककृत बिश्वकर्मा समाज केन्द्रीय उपाध्यक्ष संगम गहतराज ,समाज सेवी रमेश सुनार,राजकुमार दर्नाल लागयत वक्ता हरूले यो एउटा जाति को मात्र नभइ सिंगो न्याय प्रेमी जन समुदायको लडाइँ भएको बताएका थिए । आज नेपाली समाज माथि गम्भीर प्...
स्वर्गिय राजा वीरेन्द्रको स्‍मृतिमा प्रतिष्ठानबाट दिप प्रज्वलन

स्वर्गिय राजा वीरेन्द्रको स्‍मृतिमा प्रतिष्ठानबाट दिप प्रज्वलन

समाचार, समाज
ललितपुर, - स्वर्गिय राजा वीरेन्द्रको स्‍मृतिमा स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले दिप प्रज्जवलन गरेको छ । प्रतिष्ठानले सोमबार जेठ १९ गते स्व. राजा वीरेन्द्रको स्‍मृति दिवसको सन्दर्भमा दिप प्रज्जवलन गरेको हो । प्रतिष्ठानले जावलाखेल स्थित स्व राजा वीरेन्द्रको शालिक स्थलमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको थियो । सो दिप प्रज्वलन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल र शुभेच्छुकहरुले उपस्थिती जनाएका थिए । दिप प्रज्वलनसंगै उनीहरुले ‘स्व राजा वीरेन्द्र अमर रहुन’ भन्ने लगायतका नारा लगाउदै शालिकको परिक्रमा गरेका थिए भने उनको आत्माको चीर शान्तीको कामना समेत गरेका थिए । दिप प्रज्वलन कार्यक्रम पस्चात प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै स्वर्गिय राजा वीरेन्द्र मृदु, शालिन, शान्तिप्रेमी, विकासप्रेमी र जनप्रेमी राजा रहेको उल्लेख गर्दै उन...
लायन्स क्लब अन्तराष्ट्रिय ३२५ ए टु डा.मल्लको नेतृत्वमा ,जुलाईदेखी कार्यभार सम्हाल्ने

लायन्स क्लब अन्तराष्ट्रिय ३२५ ए टु डा.मल्लको नेतृत्वमा ,जुलाईदेखी कार्यभार सम्हाल्ने

शिक्षा, समाचार, समाज
काठमाडौं । डा.सुशिला मल्ल लायन्स क्लब अन्तराष्ट्रिय ३२५ ए टु को डिस्ट्रिक गभर्नर पदमा चयन भएकी छन । अघिल्लो हप्ता भएको इ भोटिङमा डा. मल्लसँगै फस्ट डिस्ट्रिक गभर्नरमा केशव पाण्डे र सेकेण्ड डिस्ट्रिक गभर्नरमा दिनेश श्रेष्ठले पनि एस भोट प्राप्त गरी उक्त पदमा चयन भएका छन् । कोभिड–१९ का कारण यो वर्ष लायन्समा कन्भेन्सनको आयोजना नगरि इ भोटिङको व्यवस्था गरिएको थियो । जसमा ३५७ जना मतदाता सहभागि भएका थिए । मत परिणाम अनुसार डा. मल्लले एक मात्र नो भोट पाएकी थिइन् भने ३५६ एस भोट प्राप्त गरेकी थिइन् । त्यस्तै पाण्डेले १७ नो भोट र ३४० एस भोट तथा श्रेष्ठले २ नो भोट र ३५५ एस भोट पाएका थिए । नयाँ नेतृत्वले आगामी जुलाइदेखि कार्यभार सम्हाल्ने छ । उनीहरुको कार्यकाल आगामी सन् २०२१ को जुनसम्म रहने छ । यसअघि नै डा.मल्लले आफ्नो कार्यकालमा क्लबहरुलाई थप क्रियाशिल बनाउने उद्घोष गरिसकेकी छन । ...
१२ जनाको मृत्यु भएको बाँके दुर्घटनामा घाइते हुनेहरुको नामावली

१२ जनाको मृत्यु भएको बाँके दुर्घटनामा घाइते हुनेहरुको नामावली

समाचार, समाज
बाँके दुर्घटनामा घाइते हुनेहरुको नामावली प्राप्त भएको छ । आइतबार मध्यराति नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बाँकेको ठुरिया जङ्गलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा १२ जनाको मृत्यु भएको थियो । त्यसैगरी दुर्घटनामा २२ जना घाइते भएका छन् । मृतकमध्ये ११ जना पुरुष र एकजना महिला रहेका छन् । मृतकको सनाखत भइरहेको छ भने दुर्घटनामा घाइते भएका २१ मध्ये २० जनाको पहिचान खुलेको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् भने १७ जना मध्यम घाइते भएको बाँके प्रहरीले जनाएको छ । घाइते हुनेहरुको नामावली यस्तो छ । १. मेघराज केसी (४५) घोराही उपमनपा धर्ना–५, दाङ २. सुनिल परियार (१७), त्रिवेणी गाउँपालिका ७, रोल्पा ३. वीरेन्द्र परियार (२०) त्रिवेणी गाउँपालिका ७, रोल्पा ४. पुरन परियार (१८) त्रिवेणी गाउँपालिका ७, रोल्पा ५. विष्णु गिरी (३९) दाङ, तुल्सीपु...
भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र :  नेपाली सेना

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र : नेपाली सेना

समाचार, समाज
काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले दुई भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र भएको जनाएको छ ।  हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डटकमले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको टिप्पणीमाथि खण्डन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिए पनि नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापाले अस्वीकार गरेको दाबी गरेको थियो । तर, नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै ती दाबीलाई प्रोपगाण्डा मात्र भएको जनाएको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।’ राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले यस प...
बाँके जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी

बाँके जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी

समाचार, समाज, स्वास्थ्य
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले बुधबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा जारी गरेको प्रजिअ कुरुम्वाङद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट जिल्लामा हालसम्म एक जनाको ज्यान जानाका साथै १७० जना संक्रमित भएका छन् । संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको जनाउँदै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुरुङ्वाङद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । निषेधाज्ञामा जिल्लामा अत्यावश्यक से...
गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको सजाय मिनाहा

गणतन्त्र दिवसको अवसरमा २ सय ३३ जना कैदीको सजाय मिनाहा

अपराध, समाचार, समाज
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनाको सजाय माफी गरेकी छिन् भने २ सय ३३ जना कैदीको सजाय मिनाहा गरेकी छिन् । नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिल देव साह कानूसमेत ८ जना व्यक्तिहरुलाई विभिन्न अदालत न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसला बमोजिम लागेको कैद, दण्ड, सर्वस्वलगायतका सजाय माफी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरे जानकारी दिए । ...
काभ्रेमा करिब ५० वर्ष यताकै भिषण वर्षा

काभ्रेमा करिब ५० वर्ष यताकै भिषण वर्षा

समाचार, समाज
काठमाडौं । काभ्रेको रोशी–३ खहरेपाङ र भकुण्डे–६ खाक्सी भन्ने स्थानमा बाढीमा फसेका ३ जनालाई गएराति उद्धार गरिएको छ । खाक्सीमा फसेकालाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले तथा खहरेपाङमा फसेका व्यक्तिलाई प्रहरी र स्थानीयबासीले उद्धार गरेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए । बुधबार बनेपा र पनौती क्षेत्रमा परेको वर्षा र बाढी ५० वर्ष यताकै भयानक भएको स्थानीयले बताएका छन् । बाढीले पनौती नगरपालिका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । पुन्यमाता खोलामा आएको बाढीले तीनवटा पुल बगाएको छ भने केही घर डुबानमा परेका छन् । सयौं रोपनीको बालीसमेत बाढीले नष्ट गरेको छ । पनौती क्षेत्रमा बाढीले एउटा टोयोटा गाडी बगाएको थियो । त्यसलाई प्रहरी र स्थानीयले बाढीबाट निकालेका थिए । बाढीले पनौतीको त्रिवेणीधाम क्षेत्रका केही मन्दिर समेत डुवानमा परेको छ । प्रहरीले बाढीले पु¥याएको क्षतिको पूरा विवरण आउ...
फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग

फोटो पत्रकारलाई प्रेस ज्याकेट सहयोग

आर्थिक, समाज
काठमाडौँ, १० जेठ (रासस) : विपद्को समयमा अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलनमा खट्ने फोटो पत्रकारलाई एकपछि अर्को गर्दै सहयोग प्राप्त हुनेक्रम बढेको छ । न्यू मुनलाइट सर्टिङ सुटिङका सञ्चालक जाकिर हुसेनले आज राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाललाई कूल १०० थान प्रेस ज्याकेट हस्तान्तरण गर्नुभयो । आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले कोरोनाको जोखिमसँग लडेर आम नागरिकलाई सूचना प्रवाहमा खटिने पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनोस् भन्ने लक्ष्यका साथ प्रेस ज्याकेट उपलब्ध गराएको बताउनुभयो । व्यवसायी हुसेनले अग्रपङ्क्तिमा खटिरहेका फोटो पत्रकारको एकरुपताका लागि आफ्नै गार्मेन्टमा सिलाएर प्रेस ज्याकेट उपलब्ध गराएको जानकारी दिँदै सङ्कटमा काम गर्नेको अवस्थालाई आफूले नजिकबाट देखेकाले सहयोग गरेको जानकारी दिनुभयो । उहाँले विपद्को समयमा जोखिमपूर्ण काम गर्ने पत्रकारलाई सानो सहयोग गर्न पाउँदा खुशी ला...