रुपन्देहीको तिलोतमा नगरपालिका–१० मैनहियामा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका झपेन्द्र सिंजालीको पशु फार्मका माधव मुसहरसँग झगडा भएको खुलेको छ । जेठ १४ गते ज्यान गुमाएका मुसहर र झपेन्द्रबीच गंगादेवी पशु फार्ममै झगडा भएको र झगडा गर्ने क्रममा झपेन्द्रले ज्यान मार्ने धम्की दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
हत्या गरिएकाहरुमा ४० वर्षीय माधवसहित, उनकी श्रीमती जानकी मुसहर ३७ बर्ष, कोषराज मुसहर १४ वर्ष, करण चौधरी १७ वर्ष र आशिष चौधरी १७ वर्षमा रहेका छन् । पोषराजलाई माधवले धर्मपुत्रको रुपमा पालेको पाइएको छ । घटनामा मृत्यु भएका सबै तिलोत्तमा नगरपालिकाकै हुन् । हत्यामा संग्लन सिँजाली भने सुर्खेका रहेको बुझिएको छ ।
करण र आशिषबाहेक अन्य तीनजना भैँसीफार्ममा काम गर्दै आएका थिए । करण र आशिष कामदार नभएर फर्ममा बस्न गएका रुपन्देहीका प्रहरी प्रमुख हेम बहादुर थापाले बताए ।
