संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ६० सहसचिव वा सो सरहका कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयको मंगलबार बसेको बैठकले उक्त संख्याका सहसचिवको काज÷कामकाज सरुवा गरेको हो।
केन्द्र सरकारका विभिन्न मन्त्रालय कार्यालयमा रहेका सहसचिवहरु प्रदेशमातहतका कार्यालयमा समेत पुगेका छन्।
निषेधाज्ञाको काराण आज बिहानैदेखि काठमाडौं उपत्यका सुनसान देखिएको छ। कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनैवटै जिल्लामा एक साताको लागि एकसाथ निषेधाज्ञा लागू गरेका हुन्।
यो निषेधाज्ञा १० भदौसम्म जारी रहने छ। बुधबार राति १२ बजेदेखि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको हो।
स्थानीय प्रशासनको निषेधाज्ञाको कारण बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा मानिसहरुको आवत जावत न्युन छ। सडकमा प्रहरीको संख्या बढाइएको छ। सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन्।
ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल गरिरहेको छ। कतिपठ ठाउँमा भने स्थानीय प्रशासनले नै बिहान सात बजेसम्म किराना पसल खोल्न दिएको छ।
अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व...
बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज निधन भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
बबई नदीको कुसुम्बा घाटमा दाहसंस्कार हुँदा मलाम गएका सबैलाई क्वारेन्टिनमा राख्ने र संक्रमितको बस्ती पनि सिल गर्ने तयारी भएको मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बताए।
संक्रमित पुरुष निमोनिया भएपछि सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए।
आज बिहान १ः३० बजे उनको निधन भएको र ३ः३० बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सन डा दिनेश श्रेष्ठले जानकारी दिए। रासस
...
दाङमा टिप्परको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा बा ५ ख १४५ नम्बरको टिपरले अपराह्न २ः३० बजे ठक्कर दिँदा सोही ठाउँ निवासी सात वर्षीय राकेश कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।
भालुबाङबाट लमही जाँदै गरेको टिपरले बालकलाई ठक्कर दिएको थियो। ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा छन्। तीव्र गतिमा गुडेको टिपरले बालकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस
...
काठमाडौं । सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन् । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीले पनि प्रयास गर्छ नै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि राख्छन् । यसैले मेकअप गर्दा एकदम ध्यान पुयाएर गर्नुपर्छ । यसपटकको तीज भने कोरोना भाईरसका कारण खल्लो भएको छ । सरकारले पनि सार्वजनिक स्थलमा भेला नहुन र बढि मानिस जम्मा हुन समेत बन्देज लगाएको छ । तर पनि यो नेपाली महिलाहरुको मान चाड भएकोले घरमै बसेर पनि यसलाई हर्ष उल्लासका साथ मनाउन सकिन्छ । यो बेला चेलीहरु सौभाग्यको सूचक चुरा, पोते, धागो, रातो पहिरन र चोलीमा सजिएर रातो टीकाको साथमा ब्रत, उपासना, पूजाआजा र स्नानका साथै हृदयदेखिका कथा-व्यथाहरुलाई गीतको माध्यमद्धारा पस्केर भव्यताका साथ तीज मनाउँदछन् ।
महिलाहरुको स्वतन्त्र पर्वको रुपमा रहेको तीज नेपली चेलीहरुका लागि विशेष गरी विवाहित नव—बुहारीहरुका लागि एउ...
दमक, २६ साउन । रेडियो झापाको आयोजनामा आज दमकमा कोरोना भाइरसको संक्रमणका विषयमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ । कोरोना भाइरसबाट सुरक्षित रहनका लागि माक्सको प्रयोग, साबुन पानीले हात धुनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने आम नगरवासीमा चेतना फैलाउँदै माक्स वितरण गरिएको थियो ।
दमकको फाल्गुनन्द चोक र गणतन्त्र चोकमा रेडियो झापाले मास्क बितरण तथा कोरना बिषयमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । रेडियो झापाबाट उक्त कार्यक्रमको करिब अढाई घण्टा प्रत्यक्ष प्रशारण भएको थियो । त्यस कार्यक्रममा दमक उधोग बाणिज्य संघले ६ सय थान मास्क उपलब्ध गराएको थियो ।
सचेतना कार्यक्रममा दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकको प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रम दमकको गणतन्त्र चोकबाट सुरु भइ फाल्गुनन्द चोकमा गएर समापन भएको थियो । त्यस कार्यक्रममा अटो चालक, ब्यापारी, पैदलयात्री, ए...
मनसुनको न्यून चपाीय रेखा फेरि नेपालतर्फ नजिकिँदै गरेकाले देशभर वर्षाको मात्रा बढ्दै गएको मौसमविद्ले बताएका छन्।
बागमतीदेखि पश्चिम हिजै साँझदेखि नै वर्षा भइरहेको र आज रातिदेखि अझ बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।
‘कर्णाली र सुदूरपश्चिम प्रदेशतिर त हिजै साँझदेखि वर्षा भइरहेको छ, यसैगरी ५ नम्बर, गण्डकी र बागमती प्रदेशका केही स्थानमा रातिदेखि हल्का पानी परिरहेको छ,’ मौसमविद् कँडेलले शनिबार बिहान नेपालखबरसँग भनिन्, ‘आज रातिबाट वर्षा अझ बढ्ने सम्भावना छ।’
उनका अनुसार बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यकामा पनि रातिदेखि नै वर्षा भइरहेको छ। गत २० घण्टामा उपत्यकामा २९ मिलिमिटर वर्षा भएको माैसमविद् कँडेलले जानकारी दिइन्। यो भनेको मध्यम वर्षा हो। ५० मिलिमिटर कटेपछि भारी वर्षा मानिन्छ।
महाशाखाले शुक्रबार साँझ नै जारी गरेको विशेष...
भक्तपुरमा स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले बुधबार दिउँसो भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा घाइते पैदलयात्रीको बिहीबार बिहान मृत्यु भएको हो। स्कुटरको ठक्करबाट घाइते भनपा–२ भोलाछें बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारी पठाइएकामा उपचारकै क्रममा बिहीबार बिहान ८ बजे मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए ।
प्रहरीले स्कुटर चालक चाँगुनारायण नपा–६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी द...
काठमाडौं। विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको छ । तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढङ्गले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । “कोरोना सकिए झै गरेर लापरवाही गर्ने बढेको पाइयो, अहिलेसम्म जरिवानालाई प्राथमिकता दिइएको थियो, अब कैद नै गर्ने मनस्थितिमा पुगेका छौँ”, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने।
सङ्क्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म...
काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची बजारनजिकै पहिरोमा पुरिएर आठजना मजदुर बेपत्ता भएका छन्।
मेलम्ची नगरपालिका-११ स्थित मेलम्ची बजार पिपल बोटमा कभर्ड निर्माणका लागि खटिएका मजदुरहरूलाई पहिरोले पुरेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले बताए।
मजदुरहरू बसेको छाप्रो पहिरोले पुर्दा ९ जना हराएका थिए। तीमध्ये एकजनाको जीवितै उद्धार गरिएको छ। आठजनाको खोजी भइरहेको छ। “घटनास्थलको प्रकृति हेर्दा उनीहरूको जीवितै उद्धार हुनसक्ने सम्भावना न्यून देखिन्छ”, उनले भने।
मेयर अर्यालका अनुसार ती मजदुरहरू ठेकेदारले तराईबाट ल्याएका थिए। उनीहरूको नाम ठेगाना खुलिसकेको छैन। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोलीले उद्धारलाई जारी राखेको छ।
...