आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

२ लाखको बोयर बोको, सबैलाई मार्दै हिड्ने बोकाको तौलनै एक सय किलो (भिडियो)

२ लाखको बोयर बोको, सबैलाई मार्दै हिड्ने बोकाको तौलनै एक सय किलो (भिडियो)

समाज
असोज २४ काठमाडौं । शिवराज पुरीले पछिल्ला २ बर्षदेखि व्यवसायिक रुपमा बाख्रा पाल्दै आएका छन् । उनको खारमा अहिले १ सय बढी बाख्रा छन् । उनको व्यवसायलाइ २ छोराले साथ दिइरहेका छन् । उनको खोरमा बोयर जातका तीनवटा ठुलाठुला बोका छन् । तीन बोका मध्ये सबैभन्दा ठुलो बोकाको नाम ‘धुम्मे’ हो । शिवराजका अनुसार धुम्मेको तौल लगभग एक सय किलो छ । ‘पहिला जोख्दा एक सय किलो भन्दा धेरै थियो’ शिवराजले भने, ‘अहिले त समातेर जोख्नै सकिदैन ।’ धुम्मे निकै रिसाहा स्वभावको छ । उसले आफ्नो मालिक बाहेक सबैलाई मार्छ । ‘बाहिरको मान्छे त देख्नै सक्दैन’ शिवराजले भने, ‘उसलाइ रिस उठ्यो भने मलाइ समेत छोड्दैन ।’ यो ७५ प्रतिशत बोयर जातको बोको हो । शिवराजले धुम्मेको मुल्य २ लाख रुपैयाँ तोकेका छन् । अहिले बोयर जातको बाख्रा पालन तर्फ नेपालमा किसानहरुको आकर्षण बढ्दै गएको छ । शिवराजले पनि बोयर जातको धुम्मे बोको किनेर स्थानीय जात...
कोरोना संक्रमित बढेपछि गोदावरी नगरपालिका बन्द

कोरोना संक्रमित बढेपछि गोदावरी नगरपालिका बन्द

समाज
असोज २४ गोदावरी । ललितपुरको गोदावरी नगरपालिका आउँदो आइतबारदेखि एक हप्ताका लागि बन्द हुने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले शुक्रबार सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना सङ्क्रमित सङ्ख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी दिएका छन् । नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजपत्रमा प्रकाशन गरेका सेवा मात्र सञ्चालनमा रहने सूचनामा जानकारी दिइएको छ । यसैबीच गोदावरीमा कोरोना सङ्क्रमितका कूल सङ्ख्या २८२ पुगेको छ ।  जसमध्ये १४६ जना संक्रमण मुक्त भइसकेका छन् । यस्तै, १ सय २१ जना होम आइसोलेसनमा छन् ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । नगरपालिकाको बडिखेल आइसोलेशनमा ६ र सङ्क्रमणबाट मृत्यु भएका तीन रहेको नगरपालिकाले जनाएको छ । यही असोज २० गते गोदावरीका नगर प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा कोरोना सङ्क्रमणमुक्त भएका थिए । ...
सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई

अन्तराष्ट्रिय, समाचार, समाज
सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ। भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने निर्णय लिइएको पुरस्कार दिने संस्थाले जनाएको छ। उक्त पुरस्कारको रकम १० लाख अमेरिकी डलर छ। नर्वेजियन नोबेल कमिटीका अनुसार विश्व खाद्य कार्यक्रमले “भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग” गर्न रोक्ने प्रयास गरेकाले उक्त सम्मान दिइएको हो। ओस्लोमा १०१ औँ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिएको हो। यसअघि चिकित्साशास्त्र, भौतिक शास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ। गत वर्ष इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाएका थिए। ...
रानीपोखरी पुनर्निमाणको काम सकियो

रानीपोखरी पुनर्निमाणको काम सकियो

समाचार, समाज
रानीपोखरी पुनर्निमाणको काम सकिएको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएपछि बत्ती जोड्ने र सरसफाइ गर्ने काम भइरहेको छ । रंगरोगनको काम लगभग सकिएको छ । अब यो काम पनि केही दिनमै सकिने र पुनर्निर्मित रानीपोखरी उद्घाटनका लागि तयार हुने राष्ट्रय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण्का इन्जिनियर राजुमान मानन्धरका अनुसार रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाटै गर्ने योजना छ । २०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरीबाटै पुनर्निर्माण अभियान सुरु गरेकी थिइन् । लामो समयको अलमल र विवाद पछि रानीपोखरीलाई मल्लकालीन शैलीमा पुननिर्माण गरिएको हो । बालगोपालेश्वर मन्दिर पनि मल्लकालमै रहेको ग्रन्थकुट (शिखर) शैलीमै बनेको छ । त्यसअघि राणाकालमा यो मन्दिर गुम्बज शैलीमा पुनर्निर्माण भएको थियो । रानीपोखरीलाई प्राकृतिक स्वरुपमा फर्काउन विभिन्न माछाका भुरा पनि हालिने...
बलत्कारीलाई फाँसी दिने वा आजीवन नपुंसक बनाउने कानूनको आवश्यक :डा.डिआर उपाध्याय

बलत्कारीलाई फाँसी दिने वा आजीवन नपुंसक बनाउने कानूनको आवश्यक :डा.डिआर उपाध्याय

समाचार, समाज
हामी अनेक धार्मिक चलचित्र, टेलिश्रृखंलामा हेर्छौ राक्षसहरुले पृथ्वीबासीमाथी चरम अत्याचार गर्ने थालेपछि र देउताहरु समेतले उनीहरुलाई पराजीत गर्न नसकेपछि सबै त्राहिमाम–त्राहिमाम गर्दैै महादेव शिव वा भगवान बिष्णु समक्ष पुगेर राक्षसहरुको अत्याचार अन्त्य गर्न आग्रह गर्छन । बलत्कारीहरुले आज सिंगो मानवियतालाई त्यसै गरी दिनहँु क्षत–बिक्षत पारिरहेका छन् । हाम्रो देशमै सुन्दै पढद्दै मुटु थर्रर कपाउने बलत्कारका घटना एकमाथी अर्को भई रहेका छन् । धनुषामा ५वर्षे बालकको मलद्धार च्यातिने गरी भिनाजुबाट यही असोजमा भएको बलत्कारले अमानवियताको पराकाष्टा नै नाघिदियो । यहि असोज १५ गते सिन्धुपाल्चोक जुगल गाउँपालिका –३ तेम्बाथानकी ३२ वर्षिय एक छोरा र एक छोराकी आमालाई बाटोमा हिँडदै गर्दा मोटरसाइकलमा अपहरण गरेर लगी बोलेरो जिपमा चारजनाले बलत्कार गरे । यही महिना १६ तथा १७ गते राजधानी उपत्यकाकै भक्तपुरमा एक किशोरी बन...
हरिवंश दम्पतीलाई कोरोना संक्रमण पुष्टि

हरिवंश दम्पतीलाई कोरोना संक्रमण पुष्टि

समाचार, समाज
हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरस संक्रमण भएको छ । आचार्यले सामाजिक सञ्जालमार्फत आफु र पत्नी रमिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका हुन् । कोरोनाको सामान्य लक्षण देखिएपछि हिजो पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् । त्यस्तै उनले आफुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र आफुहरुको सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । साथै जनस्वास्थ्यका मापदण्ड सबैलाई अनिवार्य पालना गर्न पनि अनुरोध गरेका छन् । ‘सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला । यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामील...
चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई गैँडा मृतावस्थामा फेला परे

चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई गैँडा मृतावस्थामा फेला परे

समाचार, समाज
चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई गैँडा मृतावस्थामा फेला परेका छन्। नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ। नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मिकि टाईगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए। भारतको प्रोटोकल अनुसार मृत गैँडाको ‘पोष्टमार्टम’ गरी जलाउने काम भारतको वाल्मीकि टाइगर रिजर्भबाट भएको सूचना अधिकारी रामले बताए। यस्तै निकुञ्जको सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टी बाटोको ढिकमा उँधोमुन्टो भई अर्को अन्दाजी १२ वर्षको भाले गैँडा मृतावस्थामा फेला परेको छ। मृत गैँडाको प्रकृति हेर्दा गैँडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ। गैँडाको पछाडिको खुट्टा भाँचिएको प...
भक्तपुर यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना, सम्पूर्ण सेवा बन्द

भक्तपुर यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना, सम्पूर्ण सेवा बन्द

समाचार, समाज
 यातायात व्यवस्था कार्यालय भक्तपुरले सबै सेवा बन्द गरेको छ । असोज १८ गतेबाट लागू हुने गरी हालका लागि सम्पूर्ण सेवाहरु स्थगित गरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रत्यक्ष जनसम्पर्कमा रही सेवा प्रदान गर्दै आएका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुरबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको हो । सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको कार्यालयले जनाएको छ ।  ...
नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिइन्

नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिइन्

समाचार, समाज
राजधानीको थापाथलीस्थित परोपकार प्रसूति गृहमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन्। सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन्। ५ मध्ये चार शिशु जीवितै रहेको र एक शिशुको जन्म हुनुअघि नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ। मृत भएका छोरा हुन् भने बाँकी सबै छोरीहरु। अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशु जन्मिएका थिए। शल्यक्रियामा संलग्न चिकित्सक डा. सुवेदीका अनुसार शिशुको स्वास्थ्य सामान्य रहे पनि उनीहरुलाई एनआईसियूमा अब्जर्भेसनका लागि राखिएको छ। ४ शिशुमध्ये पहिलोको तौल १ किलो ९ सय ग्राम, दोस्रो १ किलो ८ सय ग्राम, तेस्रो १ किलो ६ सय ग्राम र चौथौको ८ सय ग्राम रहेको अस्पतालले जनाएको छ। शल्यक्रियामा डा. सुवेदीको नेतृत्वमा डा. दीप्ति श्रेष्ठ, डा. नमिता सिङदेन थिए भने एनेस्...
७८ नेपाली शान्तिसेना कोरोना महामारीबीच सुडान प्रस्थान

७८ नेपाली शान्तिसेना कोरोना महामारीबीच सुडान प्रस्थान

समाचार, समाज
कोरोना महामारीबीच ७८ जना नेपाली शान्ति सैनिक दक्षिण सुडानमा शान्ति स्थापनार्थ आइतबार राति त्यसतर्फ प्रस्थान गरेका छन्। दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत हाई रेडिनेस कम्पनी (एचआरसी) काे नियमित अदलबदलीका क्रममा नेपाली शान्ति सैनिककाे पहिलो डफ्फा काठमाडौंबाट जहाजमार्फत त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ। सेनाले जारी गरेको विज्ञप्तिअनुसार दक्षिण सुडानबाट फर्किने सेना भने  असाेज २० गते आइपुग्नेछन्।  ...