आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

युरोकप फुटबलको छनोट खेलमा स्पेन र इटाली विजयी

युरोकप फुटबलको छनोट खेलमा स्पेन र इटाली विजयी

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १३ । युरोकप फुटबलका छनोट खेलहरुमा स्पेन र इटाली विजयी भएका छन् । समुह ‘एफ’ को खेलमा स्पेनले माल्टालाई २–० ले हराउँदा रोमानियाले फारो आईल्याण्डमाथि ४–१ को जित निकाल्यो । यही समुहको अर्को खेलमा स्विडेनले नर्वेसँग ३–३ गोलको बराबरी खेलेको छ । उता समुह ‘जे’ को खेलमा ईटालीले लिचेस्टाईनलाई ६–० ले हरायो । यही समुहका अन्य खेलहरुमा फिनल्याण्डले अर्मेनियालाई २–० ले हराउँदा बोस्निया र ग्रिसले २–२ गोलको बराबरी खेलेका छन् । यसैगरी समुह ‘डि’ को खेलमा आयरल्याण्डले जर्जीयालाई १–० ले हराउँदा स्विट्जरल्याण्ड र डेनमार्कले ३–३ गोलको बराबरी खेलेका छन् । (ईमेज खबर)...
आईपीएलमा चेन्नाईद्वारा दिल्ली पराजित, लामिछानेले खेल्न पाएनन्

आईपीएलमा चेन्नाईद्वारा दिल्ली पराजित, लामिछानेले खेल्न पाएनन्

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १३ । साविक विजेता चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । गएराती भएको खेलमा चेन्नाईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्‍यो । यो खेलम पनि नेपालका सन्दिप लामिछाने दिल्लीको प्लेईङ सेटमा पर्न सकेनन् । दिल्लीस्थित फिरोज कोट्ला रंगशालामा घरेलु टोलीले दिएको १ सय ४८ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नाईका लागि शेन वाट्सनले ४४ रनको योगदान दिदा कप्तान महेन्द्र सिंह धोनीले अविजित ३२ रन बनाए । दिल्लीका अमित मिश्राले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो । उसका लागि शिखर धवनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । जितसंगै चेन्नई २ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पराजित टो...
भारतमा जारी आइपिएल क्रिकेटमा मोदीविरुद्ध लाग्यो नारा– चौकीदार चोर हे

भारतमा जारी आइपिएल क्रिकेटमा मोदीविरुद्ध लाग्यो नारा– चौकीदार चोर हे

अन्तराष्ट्रिय, समाचार
काठमाडौँ — चैत्र १३ । भारतमा लोकसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका कार्यकर्ताहरु आफ्नो दलको प्रचारप्रसारमा जुट्न थालेका छन् । भारतमा जारी ‘इन्डियन प्रिमियर लिग’ (आइपिएल) क्रिकेट प्रतियोगिता पनि चुनाव प्रचारको माध्यम बन्न थालेको छ । खेल हेर्नका लागि स्टेडियम पुगेका दर्शकहरु खेलकै क्रममा राजनीतिक नारा लगाउन थालेका हुन् । यसै क्रममा गत सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दर्शकले स्टेडियममै नारा लगाएका छन् । मोदीले आफूलाई देश र जनताको ‘चौकीदार’ बताइरहँदा दर्शकको एक समूहले क्रिकेट म्याच चलिरहेको समयमा ‘चौकीदार चोर हे’ भन्दै नारावाजी गरेको हो । यो नारा भारतको प्रमुख विपक्षी दल कांग्रेस आइले लगाउने गरेको छ । सोमबार राति जयपुरमा किंग्स इलेभेन पञ्जाव र राजस्थान रोयल्सबीचको खेलका क्रममा दर्शकले नारा लगाएका हुन् । दर्शकको नारावाजीसहितको २४ सेकेन्डको भिडियो सामाजिक सञ्ज...
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ५२ औं वार्षिक साधारणसभा  सम्पन्न, कुल मुनाफा रु. १ अर्व १० करोड

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ५२ औं वार्षिक साधारणसभा सम्पन्न, कुल मुनाफा रु. १ अर्व १० करोड

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १२ । काठमाण्डौ, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। उक्त सभाले आ.व.२०७४।०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । उक्त वर्ष कर्पोरेशनले कुल मुनाफा रु. १ अर्व १० करोड ८१ लाख आर्जन गर्न सफल भएको थियो । कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष श्री लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७४।०७५ मा रु. ९ अर्व ६९ करोडको कारोवार गर्न सफल भएको बताए । अघिल्लो वर्ष रु. ८ अर्व ५८ करोडको कारोवार भएको थियो । कर्पोरेशनले यस वर्षको सुरुको ७ महिनाको कारोवार तर्फ माघ मसान्तसम्म रु.४ अर्व ७९ करोड व्यावसायिक कारोवार गरेको उनले जानकारी दिए । अध्यक्ष मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्य...
यसरी अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानले गरे कानुनी शासनको उल्लंघन, उच्च अदालतको टिप्पणी

यसरी अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानले गरे कानुनी शासनको उल्लंघन, उच्च अदालतको टिप्पणी

अपराध, समाचार
काठमाडौँ — चैत्र १२ । उच्च अदालत पाटनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले राज्यसंयन्त्रलाई ‘यान्त्रिक अभ्यास’ मा लैजान खोजेर मुलुकको कानुनी शासन उल्लंघन गरेको टिप्पणी गरेको छ । पत्रकार कुन्दमणि दीक्षित, साझा प्रकाशनका अध्यक्ष कनकमणि दीक्षितलगायतको जग्गा हदबन्दीसम्बन्धी मुद्दामा उच्च अदालतले ‘अख्तियारले आफ्नो अधिकार क्षेत्रबाहिर गएर निर्णय गरेको’ ठहर्‍याएको हो । न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र अग्निप्रसाद थपलियाको इजलासले ‘नेपाली नागरिकको जग्गा जफतको निर्णय गर्ने अधिकार अख्तियारलाई नरहेको’ भनी टिप्पणी गरेको छ । कार्कीको निर्देशनमा त्यतिबेला भूमिसुधार अधिकारी उपसचिव शान्तिराज प्रसाईंले निर्णय गरेका थिए । अर्धन्यायिक निकायका हैसियतले स्वतन्त्र र निष्पक्ष न्यायसम्पादन गर्ने जिम्मेवारी छाडेर अख्तियारको ठाडो निर्देशनलाई मात्रै दृष्टिग...
चन्द समूहकाे नेकपाले गर्‍याे आन्दाेलनकाे घाेषणा, चैतभित्र प्रतिबन्ध नहटाए सरकारलाई प्रतिबन्ध लगाउने चेतावनी

चन्द समूहकाे नेकपाले गर्‍याे आन्दाेलनकाे घाेषणा, चैतभित्र प्रतिबन्ध नहटाए सरकारलाई प्रतिबन्ध लगाउने चेतावनी

राजनीति, समाचार
काठमाडौँ — चैत १२ । सरकारले लगाएको प्रतिबन्धविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाले आन्दोलनको घोषणा गरेको छ । चैतभित्र प्रतिबन्ध हटाउन माग गर्दै उसले नभए सरकारका कार्यक्रममाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएकाे छ । सोमबार महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले जारी गरेकाे वक्तव्यमा पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाईको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन्।वक्तव्यमा 'चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध र आम हड्तालको तयारी’ समेत भनिएको छ। सरकारले गत फागुन २८ मा चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो।त्यसयता सरकारले चन्दका कार्यकर्तामाथि निगरानी बढाएकाे छ। गत शुक्रबार मध्य क्षेत्रीय कमाण्डर हेमन्तप्रकाश वली 'सुदर्शन'सहितका कार्यकर्ता पक्राउ परेका थिए। आइतबारकोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ परे...
एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा रक्षात्मक बन्दा नेपालको फराकिलो हार

एएफसी यू–२३ च्याम्पियनसिप छनोटमा रक्षात्मक बन्दा नेपालको फराकिलो हार

खेलकुद, समाचार
काठमाडौँ — चैत १२ । उमेर समूहको यू–२३ एसियाली प्रतियोगितामा नेपालको प्रदर्शन सुरुदेखि नै राम्रो होइन । योसहित चार संस्करणको छनोट चरणमा नेपालले बिर्सनलायक प्रदर्शन गरेको छ । कतारसँग आइतबार दोहा स्पोर्टस सिटीको एस्पायर मैदानमा ५ गोल खाएपछि नेपाली टोली थप आलोचित बनेको छ । कतार स्वाभाविक रूपमा फिफा वरीयता, पूर्वाधार र प्रदर्शनमा राम्रो रहेको टिम हो । हालै एसियन कप विजेता कतारले आफ्नो रवाफ कायम राख्दा नेपाल स्वाभाविक प्रदर्शन गर्न समेत असफल भयो । अन्य प्रशिक्षकले जस्तै नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि बलियो टोलीविरुद्ध रक्षात्मक रणनीति लिएका थिए । त्यही रणनीति नेपालका लागि प्रत्युत्पादक भइदियो । ४–१–४–१ को रणनीतिमा उत्रिएको नेपालले खेल अवधिभर विपक्षी पोस्टमा एउटै राम्रो आक्रमण बुन्न सकेन । कतारी रक्षापंक्ति निकै फुर्सदिलो बन्यो । त्यस विपरीत बल प्रायः नेपालको क्षेत्रमै सीम...
इन्डियन प्रिमियर लिगमा पञ्जावको विजयी सुरुवात, क्रिश गेलको उत्कृष्ट ब्याटिङ

इन्डियन प्रिमियर लिगमा पञ्जावको विजयी सुरुवात, क्रिश गेलको उत्कृष्ट ब्याटिङ

खेलकुद, समाचार
काठमाडौँ — चैत १२ । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा किंग्स इलाभेन पञ्जावले विजयी सुरुवात गरेको छ । गएराति जयपुरस्थित राजस्थानको मैदानमा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकालेको हो । खेलमा १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदे १ सय ७० रनमै समेटियो । उसका लागि जोस बट्लरले ४३ बलमा ६९ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । उसका लागि क्रिश गेलले ७९ रन बनाउँदा सर्फराज खानले अविजित ४६ रनको योगदान दिए । बलिङतर्फ राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए । आईपिएल क्रिकेटमा आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किङ्ससँग खेल्ने छ । पहिलो खेलमा विजयी भएका दिल्ली र चेन्नाई आज लगातार दोस्रो जितको खोजीमा...
नेपाली कामदारलाई जापानी नागरिकसरह सेवा सुविधा

नेपाली कामदारलाई जापानी नागरिकसरह सेवा सुविधा

आर्थिक, समाचार
काठमाडौँ — चैत १२ । जापानले १४ वटा क्षेत्रमा दक्ष नेपाली कामदार लैजाने भएको छ । कामदारले जापानी नागरिकसरह सेवा र सुविधा पाउनेछन् । नेपाल र जापान सरकारबीच सोमबार सहयोग समझदारी (एमओसी) भएपछि श्रम भिसामा दक्ष नेपाली कामदार जापान जाने बाटो खुलेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा समझदारीमा नेपालका तर्फबाट श्रम मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गरेका छन् । समझदारी अप्रिल १ देखि कार्यान्वयनमा आउनेछ । समझदारीअनुसार ‘सीप’ र ‘उच्च सीपयुक्त’ कामदार मात्रै जान पाउनेछन् । सम्बन्धित कार्यक्षेत्रमा अनुभव भएकालाई सीप र उच्च तहको अनुभव भएकालाई उच्च सीपयुक्त कामदार भनेर वर्गीकरण गरिएको छ । सीप मात्रै भएका श्रमिकले बढीमा ५ वर्षसम्म काम गर्न पाउनेछन् । उच्च सीपयुक्त कामदारको अवधि ५ वर...
पूर्वाञ्चल बेस्ट मोडल नेपाल–२०१९ को ग्रान्ड फिनाले चैत्र १६ मा

पूर्वाञ्चल बेस्ट मोडल नेपाल–२०१९ को ग्रान्ड फिनाले चैत्र १६ मा

मनोरन्जन, समाचार
थ्रि डि ईभेन्ट एण्ड मेडिया हाउस प्रालिको प्रस्तुतीमा अबिबाहित तथा बिबाहित युवती तथा महिलाहरु लक्षित गरी आयोजना गरिएको “पूर्वाञ्चल बेस्ट मोडल नेपाल–२०१९” सौन्दर्य प्रतियोगिताको ग्रान्ड फिनाले यहि चैत्र१६ गते होटल प्यासिफिक विराटनगरमा हुने भएको छ। विर्तामोड दमक र विराटनगरमा कार्यक्रममा सहभागि प्रतिस्पर्धीहरुलाई केहि साता यता तालिम प्रदान गरिदै आएको अायोजकले जानकारि गराएका छन् ! प्रतियोगिताको फोटो ग्राफी एम के फोटो स्टुडियो गरिरहेको जनाईएको छ। यस सौन्दर्य प्रतियोगिता मार्फत केन्द्रिकित रूपमा काठमाण्डौमा मात्र सन्चालन हुने सौन्दर्य प्रतियोगितामा भाग लिन नसकि निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरु तथा पुरूषहरुलाई उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको थ्रिडी ईभेन्ट एण्ड मिडिया ...